पर्यटन, संस्कृति र शान्तिको सन्देश
१९ जेष्ठ २०८२
•
७ मिनेट पाठ
पर्यटन, संस्कृति र शान्तिको सन्देश
सगरमाथाको चुचुरोसँगै उठेको सपना थियो - ‘पर्यटनलाई समृद्धिको आधार बनाउने।’ त्यही सपना साकार पार्न नेपाल पर्यटन बोर्ड ऐन, २०५३ कार्यान्वयनमा आएपछि २०५५ सालमा नेपाल पर्यटन बोर्डको स्थापना भयो।




सांस्कृतिक र प्राकृतिक सम्पदाले भरिपूर्ण नेपालको छवि संसारभरका पर्यटकसम्म पुर्‍याउन स्थापनादेखि नै बोर्डले विभिन्न क्रियाकलाप गर्दै आएको छ। गन्तव्यको प्रवर्द्धनमा मात्र सीमित नरही बोर्डले हिमालको शान्ति, जङ्गलको रहस्य र संस्कृतिको मिठास लगायतका नेपाली सम्पदाका आत्मा विश्वसामु पस्किने गरी काम गरिरहेको छ।

कुनै समय ठमेलका गल्ली र पोखराको लेकसाइडमा मात्र झुम्मिने विदेशी पर्यटक यतिबेला नेपालका कुनाकुनासम्म पुग्ने थालेका छन्। पहिले तीर्थाटनमा मात्र घर बाहिर जाने गरेका नेपालीमा अहिले विभिन्न स्थानमा आन्तरिक पर्यटकको रूपमा घुमफिर गर्ने प्रचलन ह्वात्तै बढेको छ।

नेपाल पर्यटन बोर्डको बोर्डको प्रयासमा नयाँ गन्तव्य उजागर भइरहेका छन्, पुराना कथा नयाँ स्वादमा पस्कने क्रम जारी छ। बौद्ध तीर्थयात्रीको चित्तशान्तिको कामना होस् वा साहसिक हिमाली पदयात्रामा रमाउने युवा नै किन नहुन्, सबैका पाइला नेपाली भूमिको स्पर्श गर्न लालायित छन्। जहाँ प्रत्येक पाइलाले एउटा कथा बोल्छ, प्रत्येक दृश्यको स्मरणले मात्र पनि मन प्रसन्न हुन्छ।
यो पर्यटनको यात्रा मात्र होइन, नेपाललाई फर्कीफर्की हेर्न चाहने मनको सम्मिलन पनि हो। पर्यटकमा त्यही मनोभाव बगाइरहने वातावरण सिर्जना गर्दै बोर्डले निरन्तर आफ्ना योजना बनाइरहेको छ, नीतिहरूमा सुधार गरिरहेको छ र समयानुकूल रणनीति र क्रियाकलाप परिवर्तन गरिरहेको छ।

बोर्डका लागि पर्यटन ’गन्तव्यको व्यापार’ मात्र होइन, यो त विचार, संस्कृति र संवेदनाको अन्तर्राष्ट्रिय संवाद पनि हो। यही सन्देश लिएर बोर्ड सन् २०२५ को मार्च ८ र ९ मा अमेरिका, डेनभर (कोलोराडो) मा सम्पन्न ‘ट्राभल एण्ड एड्भेन्चर शो २०२५’ मा सहभागी भयो। दुई दिनसम्म चलेको यस भव्य मेलामा २५० भन्दा बढी अन्तर्राष्ट्रिय पर्यटन व्यवसायी सहभागी भए, जहाँ ११ हजारभन्दा बढी आगन्तुकले नेपालका गन्तव्यलाई आँखामा अँगाले।

अमेरिकामा मात्र होइन, आइटिबी बर्लिनमा सहभागी भएको नेपालका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेलाई वर्षको उत्कृष्ट पर्यटनमन्त्रीको उपाधिबाट सम्मानित गरियो।

पर्यटनमन्त्री पाण्डेको नेतृत्वमा फ्रान्स पुगेको नेपाल पर्यटन बोर्डको प्रतिनिधिमण्डलाई त्यहाँको सरकारले नेपाली पुरातात्त्विक सम्पदा फिर्ता गर्ने प्रतिबद्धता समेत दियो। विभिन्न कालखाण्डमा चोरी–तस्करीबाट फ्रान्स पुर्‍याइएका नेपाली ऐतिहासिक सम्पदा फिर्ता हुने क्रम जारी छ।

युरोपका विभिन्न मुलुक पुगेर नेपालका गन्तव्य, नेपाली कला–संस्कृति र खान्की तथा आतिथ्य प्रवर्द्धनमा लागिरहेको बोर्डले युद्ध लडिरहेको रुस पुगेर शान्तिको कामना गर्‍यो।

रुसी नागरिकलाई युद्धबाट पर पुगेर बुद्धको जन्मस्थल, संसारको सबैभन्दा उँचो शिखर सगरमाथा हेर्न निमन्त्रणा दियो। बोर्डले संसारका हरेक कुनामा पुगेर नेपालको आत्मा संसारसामु खोलेर देखाउने प्रयत्न जारी राखेको छ। जहाँ हिमालका कुरा मात्र हुँदैनन्, शान्तिका सन्देश पनि प्रसार भइरहेका हुन्छन्।
अमेरिका र युरोपका पर्यटकका लागि साहसिक हिमाली यात्राको आकर्षण बनाएको नेपाललाई बोर्डले म्यानमार, थाइल्यान्ड जस्ता बौद्ध बहुल राष्ट्रका लागि ’लुम्बिनीको शान्ति सन्देश’को केन्द्रमा रह्यो। छिमेकी भारत र चीनका लागि नेपालले धार्मिक सहिष्णुता र बहुसांस्कृतिक सौन्दर्यको उदाहरण त प्रस्तुत गरिरहेकै छ, संयुक्त अरब इमिरेट्स लगायतका मुस्लिम मुलुकमा पनि नेपाली धार्मिक सहिष्णुता र संस्कृतिको प्रवर्द्धन गरिरहेको छ। नेपाली खानाको स्वाद चखाउने, नेपाली कलाको विविधता प्रस्तुत गर्ने जिम्मेवारी बोर्डले निरन्तर निर्वाह गर्दै छ।

अन्तर्राष्ट्रिय जगतमा नेपालको यो सहभागिता ‘डेस्टिनेसन शोकेसिङ’ मा सीमित रहेन, नेपालले पर्यटन मार्फत संवादको वातावरण पनि सिर्जना गर्‍यो। बोर्डले विश्वभरका आगन्तुकलाई नेपाल डाक्न बुद्धिस्ट इन्टरनेशनल ट्राभल मार्ट, हिमालयन ट्राभल मार्ट र सगरमाथा संवाद जस्ता अन्तर्राष्ट्रिय कार्यक्रम आयोजना गर्दै आफ्नो ‘सफ्ट-पावर’ मार्फत देशको सामर्थ्य समेत प्रस्तुत गरिरहेको छ।

बोर्डले विदेशमा गएर कार्यक्रम त गर्छ नै, विदेशीलाई नेपाल बोलाएर पनि कार्यक्रम उतिकै संख्यामा गरिरहेको छ। बोर्ड विदेशी पाहुनालाई स्थानीय गन्तव्यमा पुर्‍याउने काममा पनि निरन्तर लागिरहेको छ।

ग्रामीण पर्यटन प्रवर्द्धनका लागि पनि विभिन्न प्रदेशमा ट्राभल मार्ट गर्नेदेखि गाउँ पर्यटन मार्टकोसमेत अवधारणामा निरन्तर काम गर्दै यसका सम्भावना उजागर गर्ने र चुनौती चिर्ने विषयमा बहस गर्दै आएको छ।

पछिल्लो तीन महिनामा बोर्डले स्वदेश तथा विदेशमा पाँच दर्जनभन्दा बढी पर्यटन प्रवर्द्धनका कार्यक्रम गरिसकेको छ। नेपाल सरकारको पहलमा भएको सगरमाथा संवादको व्यवस्थापन गर्ने र पर्यटनमा जलवायु परिवर्तनले पारेको असरबारे बोर्डले छलफल गराएको छ।

सगरमाथा संवाद सम्मेलनमा मात्र सीमित बनेन, जलवायु न्याय, सामाजिक समावेशीता र पर्यटनबारे पुनःविचार गर्ने बहसको फोरम पनि बनेको छ। जलवायु परिवर्तनले पर्यटकीय क्षेत्रमा पारेको असरबारे बहस भएको छ।

वायु प्रदूषणले नेपाल छवि र हिमालको सुन्दरतालाई छोपिदिँदा पर्यटन उद्योगले भोग्नुपरेको पीडा र आगामी रणनीतिबारे पनि बोर्डले सरोकारवाला निकायसँग छलफल गराएको छ।
बोर्डले नेपालको पर्यटन क्षेत्रमा महिलाको भूमिका र प्रविधिले सिर्जना गरेका समस्या र सहजताका विषयमा पनि बहस र छलफल गराएको छ।

यसले सरकारलाई दीर्घकालीन नीति र योजना बनाउन सुझाव दिने कामसमेत गरेको छ। सरकार र निजी क्षेत्रबीच सेतुको रूपमा काम गर्दै आएको छ, बोर्डले कहिले सगरमाथाको आधार शिविरमा पुगेर आरोही, टुर गाइड, भरिया र आरोहणसँग सम्बन्धित व्यक्ति र निकायका समस्या सुन्ने गरेको छ भने कहिले सात समुद्रपारि गएर विदेशीलाई नेपाल घुम्न उत्प्रेरित गरिरहेको छ।

भुटानमा सम्पन्न ’ग्रामीण पर्यटनमा दक्षिण एसियाली महिला सम्मेलन’मा सहभागी भएर बोर्डले नेपालको महिला - नेतृत्वमा आधारित होमस्टे प्रणाली, ग्रामीण महिलाको स्वरोजगार र स्थानीय उत्पादनलाई पर्यटनसँग जोड्ने मोडेल प्रस्तुत गर्‍यो। जसमा नेपाल, भारत, भुटान, बङ्गलादेश, माल्दिभ्स, श्रीलङ्का र अफगानिस्तानका नेतृ र विज्ञहरूबीच बहस भएको थियो।

शान्तिका दूत गौतमबुद्धको जन्मस्थान नेपाल भएकाले बुद्धिस्ट इन्टरनेशनल ट्राभल मार्ट (बिआइटीएम) गर्दै विश्व शान्तिको कामनासमेत बोर्डले गरिरहेको छ। २०२५ मे २३ देखि २५ सम्म काठमाडौँ र लुम्बिनीमा आयोजना भएको छ।

बिआइटीएम मार्फतनेपालले नेपाललाई बौद्ध, आध्यात्म र शान्ति पर्यटनको विश्व केन्द्रको रूपमा स्थापित गरिने प्रतिबद्धता जनाएको छ। मुलुक शान्ति र समृद्धिको नयाँ युगतर्फको यात्राको रहेकाले विश्व शान्तिको चाहना राख्नेलाई नेपाल भ्रमण गर्नसमेत आग्रह गरिएको छ।

त्यसैगरी जुन महिनाको पहिलो साता हिमालय ट्राभल मार्ट गर्ने भएको छ। बिआइटीएम धर्म र शान्तिका लागि पर्यटन प्रवर्द्धन गर्ने माध्यम हो भने, हिमालयन ट्राभल मार्ट (एचटीएम) साहस, सांस्कृतिक मिश्रण र हिमालप्रतिको आकर्षणको आह्वान हो। यसमा साहसिक पर्यटनका लागि नेपाललाई पूर्वाधार, सेवा र सुरक्षा दृष्टिले सक्षम गन्तव्यका रूपमा चिनाउने लक्ष्य लिएको छ।

नेपाल पर्यटन बोर्डले डिजिटल रूपमा पर्यटन सेवा प्रदायक, अन्तर्राष्ट्रिय खरिदकर्ता र मिडिया जोड्ने सञ्चार प्लेटफर्म विकास गरेको छ। यहाँबाट बिटुबी सञ्जाल निर्माण, टुर प्याकेज प्रवर्द्धन, क्यालेन्डर कार्यक्रम र ट्रेड म्याटेरियल उपलब्ध गराउने गरेको छ।
 आजको नेपाल सगरमाथा आरोहण, पदयात्रा वा साहसिक पर्यटनको गन्तव्यमा मात्र सीमित छैन। नेपाललाई संवेदनशील, जिम्मेवार र अनुभवमा आधारित पर्यटनको अन्तर्राष्ट्रिय नेतृत्व गर्न सक्षम बनाउने रणनीति अख्तियार गरिएको छ।

भूगोल, वेषभूषा, भोजन र भावना–यी सबै नेपालका सम्पत्ति हुन्। संस्कृति र प्रकृतिको अनुपम केन्द्र नेपालका यिनै सम्पदालाई बोर्डले अन्तर्राष्ट्रिय जगतमा प्रस्तुत गर्दै पर्यटकीय राष्ट्रको छवि निर्माण गरिरहेको छ। हिजोको ’पर्यटकीय गन्तव्य’ आजको ’नीतिगत बहसको मञ्च’ बनिसकेको छ।

यसबीचमा सगरमाथा आरोहणको ७२औं वर्ष पूरा भएको अवसरमा आयोजित सगरमाथा दिवसमा नेपाल पर्यटन बोर्डले ‘वर्ल्ड समिटर्स समिट’ को आयोजना गरेको छ। यसमा सगरमाथा आरोहण गरेका र सगरमाथा क्षेत्रमा काम गरिरहेकालाई एउटै मञ्चमा ल्याएर हिमाल आरोहणका समस्या, चुनौती र समाधानका उपायबारे गम्भीर र जिम्मेवार बहस चलाएको छ।

नेपाल सरकारले नेपालको पर्यटन नीति सुधारका लागि ‘राष्ट्रिय पर्यटन संवाद’ सञ्चालन गरेको छ। बोर्डको समन्वयमा गरिएको यस कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले नै नीति सुधारका लागि सरोकारवाला निकायको सुझाव महत्त्वपूर्ण भएको र सुझाव अनुसार नीति बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
बोर्ड अब एउटा संस्थामा मात्र पनि सीमित रहेन, यो त नेपालका सपना, सम्भावना र संस्कृतिको संवाहक बनेको छ - जहाँ गन्तव्यहरू बोल्छन्, संस्कृति गुञ्जिन्छ र प्रत्येक आगन्तुकको हृदयमा सधैंका लागि नेपाल बस्न थाल्छ। आखिर जुन देशका आकाशमा सगरमाथा मुस्कान बन्न उभिन्छ, त्यो देशको पर्यटन सपना मात्र होइन, विश्वलाई देखाउने सन्देश हुन्छ - शान्ति, संस्कृति र संवेदनाको सुन्दर संवाद।

( कार्की नेपाल पर्यटन बोर्डसँग आबद्ध छन्।)  
अर्को समाचार
बौद्ध भिच्छुलाई सबैले सम्मान गर्नुपर्छः मन्त्री आले
०८ फागुन २०७८
•
१ मिनेट पाठ
बौद्ध भिच्छुलाई सबैले सम्मान गर्नुपर्छः मन्त्री आले
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले देश विदेशमा शान्तिको सन्देश फैलाउनमा बौद्ध भिच्छुहरुको अतुलनीय योगदान रहेको बताएका छन्।




भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा भिच्छुद्वारा आयोजना गरिएको ‘विश्व शान्ति प्रणिधान पूजा’ कार्यक्रममा उनले हाम्रो देश नेपालसहित विश्वमा शान्ति फैलियोस् भनेर बौद्ध भिच्छुहरुले सधैँ कामनासहित पूजाआजा गरिरहेको र बुद्धलाई चिनाउने बौद्ध भिच्छु भएकाले उनीहरुलाई सबैले सम्मान गर्नुपर्ने बताएका हुन्।

मन्त्री आलेले लुम्बिनीमा पूजाआजाका लागि आउने बौद्ध भिच्छुलाई सुरक्षाकर्मी र आन्तरिक कर्मचारीबाट अभद्र व्यवहार हुने गरेको गुनासो आएकाले त्यसो नगर्न सम्बन्धित पक्षलाई आग्रह गरे। उनले भने, “शान्तिको देश नेपाल भनेर चिनाउने बौद्ध गुरुहरुलाई अभद्र व्यवहार नहोस्, यसो गरेको पाइएमा त्यस्ता व्यक्तिलाई सरकारद्वारा कारवाही हुन्छ, बौद्ध गुरुहरुलाई सम्मान गर्न म सबैसँग आग्रह गर्छु।”

मन्त्री आलेले लम्बिनी क्षेत्रको विकासका लागि आफू र मन्त्रालयका तर्फबाट गर्न सक्ने सक्दो सहयोग गर्ने आश्वासन दिदैं लुम्बिनीको विकास गर्न सके हजारौँ, लाखौँ पर्यटक भित्र्याउन सकिने भएकाले यहाँको विकासका लागि सरकारले कुनै कसर बाँकी नराख्ने बताए। उनले आफू मन्त्री भएर आएपछि क्यासिनो सञ्चालन गरेर रोयल्टी नतिर्ने विभिन्न क्यासिनो तथा होटलहरुलाई कारवाही गरेको र वर्षौसम्म पनि सरकारलाई तिर्न बाँकी राखेको रोयल्टी तिराएको दाबी गरे।रासस
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ८ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस