एमाले नेता माधवकुमार नेपाल प्रधानमन्त्री भएको तीन सातामा पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन। यति धेरै दिनमा पनि गठबन्धन दलहरुबीच मन्त्रालय बाँडफाँडमा सहमति हुन नसक्नु लाजमर्दो घटना हो।
प्रधानमन्त्रीकै पार्टी एमालेबाट मन्त्री चयन पनि हुन नसक्नु झन् दुर्भाग्यपूर्ण हो। एमालेले आफ्ना कमजोरी लुकाउन दलहरुबीच मन्त्रालय बाँडफाँडमा सहमति हुन नसकेको भनिरहेको छ। नेपाल दुई÷दुई ठाउँबाट चुनाव हारेर पनि प्रधानमन्त्री भएकामा भन्दा पनि बढी मन्त्रिपरिषद् गठन गर्न नसकेकामा आलोचनाको पात्र बनिरहेका छन्।
प्रधानमन्त्रीको छवि स्वच्छ छ उनको बोलीमा कपट हुन्न भनिन्छ। सँगसँगै उनको बोलीमा परिपक्वता पनि छैन। नेपालको लगामबिनाको बोलीको सकस रक्षामन्त्री विद्या भण्डारी र अर्थमन्त्री सुरेन्द्र पाण्डेले खेपिरहेका छन्। प्रधानमन्त्रीले अघिल्लो दिन भण्डारीलाई रक्षा र पाण्डेलाई अर्थको जिम्मेवारी दिए। त्यसको भोलिपल्ट उनले भनिदिए ुभण्डारी र पाण्डेको जिम्मेवारी कामचलाउ हो जिम्मेवारी परिवर्तन हुन सक्छ।ु प्रधानमन्त्रीको यस्तो अभिव्यक्तिका कारण दुवै जनालाई मन्त्रालयमा काम गर्न गाह्रो परिरहेको छ। जिम्मेवारी नै परिवर्तन हुने केही दिनका पाहुना मन्त्रीलाई स्वभाविकरुपमा कर्मचारीले पूर्ण सहयोग गर्दैनन्। प्रधानमन्त्रीजस्तो जिम्मेवार व्यक्तिले यति सानो कुरा बुझेनन् भनेर आलोचना गर्नु पनि अर्घेल्याइँमात्र हुन्छ।
प्रधानमन्त्रीको निर्णयहीनताको अझ बढी पीडा कांग्रेस र मालेका बिनाविभागीय मन्त्रीले भोगिरहेका छन्। कांग्रेसकी सुजाता कोइरालाले परराष्ट्रको जिम्मेवारी पाए पनि अरु पाँच जनाले मन्त्रालय पाएका छैनन्। मालेका डम्बर श्रेष्ठ पनि जिम्मेवारीविहीन छन्। उनीहरु अरु नेता तथा कार्यकर्ता र आफ्नो गृह जिल्ला या निर्वाचन क्षेत्रका जनताले देख्दा मन्त्री भएका छन्। िसंहदरबार जाउँ मन्त्रालय तोकिएको छैन। बाहिर राजनीतिक या अरु कुनै कार्यक्रममा निस्कौं सबैले कुन मन्त्रालय पाउने हो भनेर सोध्छन् जवाफ के दिने के काम गर्ने पुल्चोकस्थित सरकारी क्वार्टरमा बसेका हुन् या आफ्नै निवासमा सबै बिनाविभागीय मन्त्री मानसिक यन्त्रणा सहँदैछन्। मन्त्री घोषणा हुँदाको केही गरेर देखाउने उत्साहमा एक साताको छटपटीलॆ पानी खन्याइसके हुनुपर्छ।
एमाले-कांग्रेस नेतृत्वको गठबन्धनलाई मन्त्रिपरिषद्को गठन भ्यागुताको धार्नी भनेझैँ भएको छ। त्यसमा पनि बढी जिम्मेवार त प्रधानमन्त्रीको पार्टी एमाले नै हो।
संविधानसभाको तेस्रो ठूलो दल भएर पनि शान्ति प्रकि्रयालाई तार्किक निष्कर्षमा पुर् याउने र नयाँ संविधान निर्माण गर्ने महत्वपूर्ण क्षणमा सरकारको नेतृत्व गर्न पाउनु एमालेका लागि ठूलो अवसर हो। यस्तो बेलामा एमाले पार्टी र त्यसका नेताले छाती ठूलो बनाएर अरु दलसित सहमति खोज्नुपर्नेमा आफँभित्र खोसाखोस गरिरहेका छन्। एमालेको बैठकमा प्रधानमन्त्री नेपाल अध्यक्ष झलनाथ खनाल र नेता केपी ओलीले मन्त्री बनाउन तीनथरी नाम अघि सारेको सार्वजनिक हुँदा गठबन्धनका बैरीलाई काखी ठोक्ने मौका मिलेको छ। एमालेका नेताद्वय खनाल र ओलीले आफ्ना मान्छेलाई जसरी पनि मन्त्री बनाऊ भनेर प्रधानमन्त्रीको हात बाँध्नुहुँदैन। यो सरकारको सफलता र असफलताले पार्टीको उन्नति र अवनतिमा थोरबहुत भूमिका खेल्ने नै छ। त्यसैले खनाल र ओलीले प्रधानमन्त्रीलाई स्वविवेकमा मन्त्री छान्ने अधिकार दिनुपर्छ। एमाले खनाल र ओली ध्रुवमा विभाजित छ। प्रधानमन्त्रीलाई अधिकार दिने हो भने उनमाथि सन्तुलन मिलाउन दबाब पर्नेछ।
आफ्नो नेतृत्वको सरकारद्वारा हटाइएका सेनापति रुक्मांगत कटवाललाई राष्ट्रपतिले पुनर्बहाली गरिदिएपछि सत्ताबाट हटेको माओवादी त्यसैलाई निहुँ बनाएर बखेडा गरिरहेको छ। नागरिक सर्वोच्चता बहाली गर्ने नाउँमा माओवादीले एकातिर संसद् चल्न दिएको छैन भने अर्कातिर सडक आन्दोलनसमेत गरेर सरकारलाई असफल पार्ने प्रयत्नमा छ। प्रधानमन्त्रीमाथि मधेशी जनअधिकार फोरमलाई विभाजन गराएको आरोपसमेत लागेको छ। बहुमत सभासद्सहित विजयकुमार गच्छदार नेतृत्वको समूह सरकारमा गएपछि अध्यक्ष उपेन्द्र यादव खेमा सरकारसित आक्रोशित भएको हो। यादव समूहसामु एकातिर सरकारलाई अप्ठ्यारामा पार्नु छ भने अर्कातिर विभाजनले कमजोर भएको पार्टीलाई पुरानै स्थितिमा पुर् याउने चुनौती छ। त्यसका लागि यादव समूहले मधेशमा आन्दोलन चर्काउनेछ।
सरकारका सामु माओवादी र फोरमको आन्दोलनको सामना गर्ने चुनौती छैनन्। राजनीतिक गतिरोधले ओझेलमा परेका शान्ति प्रकि्रया र नयाँ संविधान निर्माणलाई गति दिनु प्रमुख चुनौती हुन्। नेपाल नेतृत्वको सरकारले यी दुई प्रमुख दायित्व पूरा गर्न कम्तीमा माओवादी र मधेशी दलहरुको विश्वास जित्नु अपरिहार्य छ। महिनौंसम्म मन्त्रालय बाँडफाँडमा र मन्त्रिपरिषद् गठनमा अल्झिरहने हो भने यो सरकारले औचित्य गुमाउनेछ।
एमालेभित्रको किचलो तत्काल समाधान भएन भने यो नेपाल नेतृत्वको सरकारको औचित्य दुइटा ुउपलब्धिु कायम गरेर बिदा हुनेछ। एउटा माओवादीको असंवैधानिक कदम सच्याउने नाममा राष्ट्रपतिको गैरसंवैधानिक कदमलाई वैधानिकता दिई सेनापति कटवाललाई पूरा अवधि टिकाउने र अर्को नेता नेपाल केही दिन भए पनि प्रधानमन्त्री भएको इतिहास कायम गर्नु नै एमाले-कांग्रेस नेतृत्वको गठबन्धनको 'उपलब्धि' हुनेछन्।
balaram@nagariknews.com