उहिले रोमका शासकहरू आफ्नो शासनको दीर्घायुका लागि गरिखाने जनतालाई आश्वासन दिन्थे, हामी रोटी र सर्कसको व्यवस्था गर्दिन्छौं।
अहिलेका शासक भने गरिखाने जनताको रोटीको अधिकार त खोसेर लिन्छन् नै, सर्कस वा मनोरञ्जन पनि देखाउँदैनन्, देखाउनै परे भरपूर मूल्य असुल्छन्। रोमका शासकले देखाउने सर्कसकै पछिल्लो कडी हो फुटबल। त्यसमा पनि विश्वकप फुटबल त उत्कर्ष नै हो सर्कस शैलीको मनोरञ्जनको। मनोरञ्जन बेच, नाफा कमाऊ, खुसी र आनन्द बेच, आफ्नो वर्गीय सत्ता पनि टिकाऊ! दोहोरो फाइदा हुने सूत्र लागू गर्ने मामिलामा फिफा, फिफासँग जोडिएका बहुराष्ट्रिय कम्पनी र दक्षिण अफ्रिकी सरकार सफल देखिएका छन्।
फुटबल हिलोमा खेल्दै हुर्कने गरिबहरूको खेल हो। सामूहिक भावनाका साथ खेलिने फुटबल हेरेर लाखौं मानिसले आनन्द लिन्छन्। तर यस खेललाई पनि अपहरण गरिएको छ, सानो कुलीन वर्गबाट। यस्तो सुन्दर खेल पनि दुरुपयोग भएको छ, धेरै कमाउने उद्देश्यका लागि। यसलाई गरिखाने वर्गको खल्तीबाट पैसा खुसीसाथ निकाल्न लगाउने अनि कुलीन वर्गको ढुकुटीमा जम्मा गर्ने खेल बनाइएको छ, थोरबहुत आनन्द र केही खुसीसँगै धेरैभन्दा धेरै माल बेच्ने व्यापार बनाइएको छ।
व्यापारिक शुभलाभकै क्रममा दक्षिण अफ्रिकामा भएको विश्वकप फुटबलबाट फिफालाई कुल ३ अर्ब ३० करोड डलर आम्दानी भएको छ। त्यसमध्ये १ अर्ब २० करोड डलर प्रतियोगितामा खर्च भएको छ भने १ अर्ब १० करोड डलर फुटबल विकास परियोजनामा खर्च भएको छ र खुद नाफा भएको छ कम्तीमा पनि १ अर्ब डलर। यसमा प्रत्यक्ष टेलिभिजन प्रसारण गरेका र प्रत्येक उत्पादनको प्रायोजन गरेका बहुराष्ट्रिय कम्पनीले कमाएको अर्बौं अर्ब डलरको हिसाबै भएको छैन।
सन् १९७४ मा फिफा अध्यक्ष जोआओ हाभेलाङ्गे, बहुराष्ट्रिय कम्पनी एडिडास फ्रान्सका सिइओ होर्स्ट ड्याजलर र मार्केटिङ गुरू प्याटि्रक नेलीबीच गठबन्धन भएपछि सुरु भएको ठूलो लगानी र ठूलै आम्दानी गर्ने पुँजीको खेलकै परिणाम हो, यो विशाल रकमको मुनाफा। बाहिर देखिँदा विश्वकपको आयोजक दक्षिण अफ्रिका हो, तर त्यसको सम्पूर्ण हर्ताकर्ता फिफाले नै टीभी प्रसारणको अधिकार बेच्ने, विज्ञापनदातासँग व्यापार गर्ने र रंगशालाको स्थान बिक्री गरी अर्बौं रकम असुलेको छ।
फिफाका वास्तविक 'पार्टनर' पनि दक्षिण अफ्रिका होइन, १२ करोड ५० लाख डलरका दरले प्रायोजन गर्ने एडिडास, सोनी, भिसा, इमिरेट्स, कोकाकोला र ह्युन्डाइ-किया मोटर्स हुन्। र, उसका लोकल साझेदार हुन् : एमटीएन, फर्स्ट नेसनल बैंक, कन्टिनेन्टल टायर्स, क्यास्ट्रोल, म्याकडोनल्ड, सत्यम, टेलिकोम र केही राष्ट्रिय कम्पनी। यसरी फिफा अध्यक्ष 'सेप' ब्लाटरको भाषामा 'व्यावसायिक रूपमा अत्यन्त सफल रहेको' विश्वकप: २०१० मा दक्षिण अफ्रिका कनिष्ठ साझेदार मात्रै हो, जसले आफ्नो मुलुकको स्रोत, साधन, सम्पत्ति र शक्तिको भरपूर दोहन गर्न दिएको छ।
दक्षिण अफ्रिकाले विश्वकप: २०१० आयोजनाका लागि ५० अर्ब डलरभन्दा बेसी खर्च गरेको छ, प्रचुर लगानी र व्यापार वृद्धिको आशामा। घरबारविहीन ३० लाख जनतालाई बसोबासको व्यवस्था गर्न सकिने हदसम्मको रकम खर्चेको छ, फुटबलबाट विकास र प्रगतिको भरोसामा। वास्तविकता के हो भने दक्षिण अफ्रिका स्वयम् नै अफ्रिकी महादेशका लागि नयाँ आर्थिक शक्तिको रूपमा उदाइसकेको छ, जसले गरिबलाई होइन, धनीलाई हेर्छ। अरू अफ्रिकी देशमा उसका कम्पनीको लगानी र व्यापारको विस्तार एकपक्षीय छ र भरपूर मुनाफायुक्त छ। अर्को यथार्थ पनि के हो भने देशभित्र र बाहिर लगानी गर्ने अधिकांश कम्पनी गोरा कुलीनकै हातमा छन्, केहीचाहिँ नयाँ काला धनाढ्यको हातमा पनि छन्।
यसरी पुरानो गोरो पुँजी र नयाँ कालो पुँजीबीचको 'फ्युजन'मा अगाडि बढिरहेको दक्षिण अफ्रिकी अर्थतन्त्रले देशबाहिर पनि नवऔपनिवेशिक स्वार्थ-सम्बन्ध विस्तार गरेको छ। ती सबै कम्पनीले देशभित्र र बाहिर गर्ने शोषणउत्पीडनमा भने कुनै भेदभाव गरेको छैन र सबै प्रकारका शोषणउत्पीडनमा दक्षिण अफ्रिकी सरकारको पनि समान सहभागिता र सहयोग छ। विश्वकपको आयोजनाबाट देशभित्र हुने रहलपहलमा पनि एकाधिकार तिनै कम्पनी र सरकारको भएको छ र गरिबी, पछौटेपन र अकाल मृत्युमा गरिब र गरिखाने वर्गकै बाहुल्य छ।
दक्षिण अफ्रिकी जनताले नेल्सन मन्डेला र अफ्रिकी नेसनल कंग्रेस (एएनसी)को नेतृत्वमा गोरा शासनविरुद्ध रंगभेद अन्त्यका लागि मात्रै लडेका होइनन्। गोरा शासनको १९९४ मा अन्त्यसँगै राष्ट्रपति नेल्सन मन्डेलाले पनि सिंगो राष्ट्र र समाजको पुनर्संरचना र पुनर्निर्माणको अभियानको अगुवाइ गर्ने उद्घोषसमेत गरेका थिए।
तर, दक्षिण अफ्रिकी कम्युनिस्ट पार्टी (एसएसीपी)को पनि सहभागिता रहेको एएनसी सरकारले नवउदारवादी अर्थनीति अँगालेपछि सो अभियान कुलीनमुखी लोकतान्त्रिक रूपान्तरण'मा फेरियो। बैंक र खानी राष्ट्रियकरण गरी देश विकास गर्ने नारा लगाएका मन्डेलाले पनि सन् १९९६ देखि पुँजीवादी आर्थिक उदारीकरणको नीतिलाई नै सकारे। 'टक लेफ्ट, वाक राइट' (कुरा वामपन्थी, काम दक्षिणपन्थी) प्रक्रियाबाटै सन् २०१० सम्म आउँदा, मन्डेलाबाट ज्याकोब जुमासम्म पुग्दा 'वामपन्थी कुरा' पनि कमै सुनिन थालेको छ।
जुमाको सरकारले निरन्तरता दिएको कुलीनमुखी सुधार र उदारवादी नीतिलाई ठूलै टेवा दियो, विश्वकपले पनि। सामान्य गरिब काला जनतामा व्याप्त दरिद्रतालाई 'कुलीनमुखी लोकतान्त्रिक रूपान्तरण'ले बढाइरहेको बेला विश्वकपले थप मलजल गर्यो, बहुराष्ट्रिय कम्पनीसँग जोडिएका धेरै गोरा कुलीन र केही नयाँ काला धनाढ्यको ढुकुटीलाई थप वृद्धि गर्यो। यसको सिधा अर्थ हो, गरिबी र असमानताको वृद्धि, द्वन्द्व र संघर्षमा तीव्रता, सबै समान, सबै स्वतन्त्र र सबै धनी हुने अफ्रिकी सपनाको विनाश।
जुमाको सरकार भने विश्वकप सफलतापूवर्क सम्पन्न गर्न पाएकोमा दंगदास छ, दक्षिण अफ्रिकी जनतालाई सदियौं लामो द्वन्द्व र हिन्द महासागरभन्दा गहिरो गरिबीबाट मुक्तिको आश्वासन बाँड्दै। तर कस्तो विडम्बना, विश्वकपको आयोजनाले दक्षिण अफ्रिकी जनताको द्वन्द्व र गरिबीलाई घटाएन, रंगभेद घटाएको र मेलमिलाप बढाएको जस्तो मात्रै देखियो। तर आर्थिक क्षेत्रमा गोरा कुलीनको आधिपत्य र गरिबीको क्षेत्रमा रहेको काला गरिबको बहुलता भने घटेको छैन। अनि कसरी रंगभेद घट्छ, मेलमिलाप बढ्छ?
के ४० प्रतिशत बेरोजगार हुनु राष्ट्रिय संकट होइन? दुई वर्षमा मात्रै १० लाखको रोजगार खोसिनु आर्थिक समस्या मात्रै हो कि मानवीय संकट पनि हो? जहाँ सडकमा बसेर माग्नु र जंगलमा गएर सिकार गर्नुलाई पनि 'रोजगारी' ठानिन्छ, त्यहाँ बाँकी रोजगारको हालत पनि मगन्तेको भन्दा कसरी उन्नत होला? रंगभेदवादी गोरा शासनबाट लोकतान्त्रिक सरकारमा संक्रमण हुँदा पनि आर्थिक लोकतन्त्र स्थापित गरिएन। त्यसैले अर्बौंअर्ब डलरको लगानीमा विश्वकप आयोजना गरिँदा पनि बेरोजगारी घटेन, गरिबी त सपनै भयो। हो, पक्कै पनि ६-६ वटा रंगशाला बनाइँदा, यातायात, बन्दरगाह, दूरसञ्चार, रेल र एयरपोर्टको विकास गरिँदा केही रोजगार पनि बढेको होला, तर त्यस्ता मौसमी रोजगारमाथि पनि ग्रुप फाइभ र मुर्रे एन्ड रोबर्ट्सजस्ता पुराना श्वेत निर्माण कम्पनी र टोक्यो सेक्जवेल र बुइलानी न्गुकाजस्ता नयाँ काला धनाढ्यकै प्रभुत्व रह्यो।
भनिन्छ, फुटबल युद्धकै विस्तारित मनोरञ्जक रूप हो। पहिले लडाइँमा शत्रुका टाउको हानेर मनोरञ्जन लिइन्थ्यो, आजभोलि गरिब देशका गरिब जनताविरुद्ध लक्षित गरिएको छ यस्तो लडाइँ। विश्वकप फुटबलका नाममा पनि एउटा युद्ध छेडियो गरिखाने जनताविरुद्ध। डर्बन, जोसानसबर्ग र केप टाउन सहरका हजारौंहजार झुप्रे बस्ती हटाउने, तिनका न्यायपूर्ण संघर्षलाई दबाउने र तिनका नेतालाई गुन्डा लगाएर पिटाउने र गिरफ्तार गर्ने कामसमेत गरियो। फुटबल खेलाइने सहरहरूलाई सुन्दर पार्ने नाममा फुटपाथका लाखौं ससाना व्यापारीलाई सहरबाट धपाइयो र तिनको रोजगार खोसियो। समुद्रमा माछा मार्ने माझीको जीविका खोसियो। कयौं स्कुल भवन भत्काएर विद्यार्थीको शैक्षिक अधिकारसमेत हनन गरियो। फिफाको सम्पत्ति रक्षाका निहुँमा, पर्यटकको सुरक्षाका नाममा नागरिक अधिकार पनि खोसियो, भेला हुने, बोल्ने र अन्यायको विरोधमा जुलुस गर्ने हक पनि लुटियो।
यसरी गरिखानेहरूलाई बहिष्करण गर्दै, तिनकै नाममा भव्यताका साथ गरिएको विश्वकप आज सम्पन्न हुँदैछ। तर, विडम्बना, ती भव्य रंगशालाबाट गुन्जिने भुभुजेला बाजाको भुनभुन आवाजमा हराएको छ, बहिष्करणमा परेका जनताका गुनासो। सकिराको 'वाका वाका' गीत र मस्तीले भरिपूर्ण नाच अनि केनानको 'वेभिङ फ्लाय्ग' गीतको तीव्र ध्वनिमा दबिएका छन्, गरिखाने जनताका आँसु मिसिएका आक्रोश र चित्कार। विश्वकपको भव्यता र झिलिमिलीबीच हराएका छन्, तिनका सामाजिक आन्दोलन, जीवनका कठोर संघर्ष। ठूलठूला रंगशालाबाट टिभिका पर्दाबाट निस्कने 'गोल' गोल'को आवाजमा हराएका छन्, रंगशाला बनाइएका वस्तीमा टाउको लुकाउने आवासका लागि भएका संघर्ष, गरिब वस्तीमा खानेपानी, सरसफाइ र बिजुलीको व्यापारीकरणविरुद्ध भएका आन्दोलन।
र पनि विश्वकप फुटबल २०१० को सफल आयोजनालाई दक्षिण अफ्रिकी सरकार र फिफालगायत सबैजसो बहुराष्ट्रिय कम्पनीले 'भव्य विजय'का रूपमा दाबी गरेका छन्। तर, यो कसको विजय हो भन्ने प्रश्नको जवाफ उनीहरूबाट आएको छैन। र, विजयोत्सव मनाउने दक्षिण अफ्रिकीले पनि आफ्नो खल्ती रित्तिएको, वर्तमान जीवनलाई अरूले फुटबल बनाएर खेलेको र आफू हारेको यथार्थ थाहा नपाउन सक्छन्।