बजेटको उपेक्षा
२६ असार २०६७
•
७ मिनेट पाठ
बजेटको उपेक्षा
प्रधानमन्त्री माधवकुमार नेपालको राजिनामापछि काम चलाउ बनेको सरकारले पूर्ण बजेट ल्याउन सक्दैन। नयाँ सरकार पनि पूर्ण बजेट ल्याउने गरी बन्ने स्थिति छैन।
यसैले केही महिनाका लागि राजस्व उठाउन र खर्च गर्न पाउने कानुनी व्यवस्थाका लागि संसदमा पेस हुँदैछ- काम चलाउ सरकारको काम चलाउ बजेट।




चालु आर्थिक वर्षको बजेटको एक तृतियांश खर्च गर्न पाउने गरी ल्याउन लागिएको यस्तो बजेटले विकास कार्यक्रममा नकारात्मक प्रभाव पर्नेछ। नयाँ योजना सुरु हुने छैन। चालु आयोजनाले पर्याप्त बजेट पाउने छैनन्। समग्रमा समग्र आर्थिक गतिविधि अवरुद्ध हुनेछ। तर यस्तो संवेदनशील विषयमा पनि दलहरूबीच छलफलसमेत नगरी सजिलै काम चलाउ बजेट ल्याउने सहमति हुनु दुःखको विषय हो।

नवौं पंचवर्षीय योजनासम्म मुलुकको बजेट आवधिक योजनासँग आबद्ध हुन सकेको थिएन। दशौं योजनादेखि वार्षिक बजेटलाई योजनामा आबद्ध गर्न थालिएको हो। यससँगै बहुवर्षीय ठेक्का प्रणाली कार्यान्वयनमा आएपछि विकासका काममा केही सुधार भएको थियो। तर, बजेटमा देखिएको अलमलले आवधिक योजनाका लक्ष्य पनि हासिल हुनेछैनन्। बजेटकै कारण आगामी योजनाको लक्ष्य नै परिवर्तन गर्नुपर्ने देखिन्छ। बजेट नआउँदा राष्ट्र बैंकले मौद्रिक नीतिसमेत समयमा ल्याउन सक्नेछैन। बैंकहरूमा देखिएको तरलताको अभाव र अनुमतिलगायतका नीति ल्याउन ढिलो हुँदा बैंकिङ क्षेत्रको अन्योल बढाउने छ।

अहिले मुलुकको प्रमुख समस्या आयात उच्च हुनु र निर्यात कम हुनु हो। यस्तो स्थिति रहिरहेमा मुलुकको विदेशी मुद्रा संचिति रित्तिएर अन्तर्राष्ट्रिय मुद्रा कोषसँग विदेशी मुद्राका लागि हात फैलाउनु पर्ने हुनसक्छ। राजनीति गर्नेहरूले भने यस्तो अवस्थालाई गम्भीरतापूर्वक लिएनन्। उनीहरूले आर्थिक अवस्था बिग्य्रो भने राजनीति पनि सप्रिन सक्दैन भन्ने हेक्का राखेनन्।

यस्तो स्थिति आउन नदिन मुलुकबाट निर्यात हुने वस्तु र आयात प्रतिस्थापन गर्ने वस्तुलाई सरकारले निश्चित नीतिबाट प्राथमिकता दिनुपर्छ। यस्तो नीति बजेटमा नै लिन सकिएको भए मुलुकले अहिलेको समस्याबाट चाँडै मुक्ति पाउने थियो।
अहिले दाङदेखि रोल्पासम्म सञ्चालनको तयारीमा रहेका सिमेन्ट उद्योग आयात प्रतिस्थापनका लागि महत्वपूर्ण हुनेथिए। यी उद्योगको उत्पादनबाट करिब १५ अर्बको सिमेन्टको आयात प्रतिस्थापन हुन्छ।

 

अर्थात्, अहिलेको १७ अर्बको शोधनान्तर घाटा मेटाउन सिमेन्ट उद्योगै समर्थ देखिन्छ। यस्तै तरकारी, फलफुल र मासुको आयात कम गर्न सके पनि ठूलो सहयोग पुग्नेछ। यस आर्थिक वर्षको पहिलो नौ महिनाको अवधिमै १५ अर्ब रुपैयाँको मासुको आयात भएको छ। तरकारी र फलफूललगायतका वस्तुको आयात पनि बढ्दै गएको छ। यस्ता वस्तुको आयात प्रतिस्थापन गर्न मुलुकमा उत्पादन बढाउन कठिन छैन। यसका लागि सरकारले नीतिगत व्यवस्था मिलाए पुग्थ्यो। यी सबैको प्रबन्ध बजेटमार्फत् मिलाउन सकिन्थ्यो तर दुर्भाग्य, पूर्ण बजेट बन्ने नै भएन।

अहिले विचार पुर्‍याउनु पर्ने महत्वपूर्ण पक्ष लगानीको वातावरण हो। यसका लागि राजनीतिक तहको प्रतिबद्वता आवश्यक पर्छ। बन्द, हड्ताल नगर्ने, सुरक्षाको प्रत्याभूति दिने र मजदुर आन्दोलनका नाममा राजनीति नगर्ने प्रत्याभूतिमात्रै भए पनि यहाँ स्वदेशी र विदेशी लगानीकर्ताले नयाँ काम थाल्ने छन्। यसबाट अर्थतन्त्र चलायमान हुनेछ। रोजगारी सिर्जना हुनेछ। र हामी केही समयमा नै सहज अवस्थामा पुग्नेछौं।

 

तत्काल ध्यान दिनुपर्ने अर्को समस्या पेट्रोलियम पदार्थको मूल्य बजारलाई नछोड्नु हो। त्यसो हुन नसक्ता सरकारी ढुकुटीबाट नेपाल आयल निगमलाई अनुदान दिनुपर्ने र बजारमा समयमा नै पेट्रोलियम पदार्थ नपाउने अवस्था कायमै छ। यसको अन्त्य गर्न मूल्य निर्धारणका लागि अलग्गै निकाय खडा गरेर सरकार यस झन्झटबाट मुक्त हुनुपर्छ। सधैँ घाटामा जाने निगमलाई आफैँ कमाएर चल्ने बनाउनुपर्छ।

 

अर्थतन्त्रमा प्रभाव पार्ने अर्को क्षेत्र विद्युत्को महसुल हो। समयमै मूल्य समायोजन हुन नसक्दा लोडसेडिङको मार त छँदैछ। अझ यसले विकरालरूप लिने स्थिति छ। घाटाका कारण विद्युत् प्राधिकरण कमजोर बन्दै गएको छ। उसले नीजिक्षेत्रलाई ऊर्जा खरिद सम्झौताको मूल्य पुनरावलोकन गर्न सकेको छैन। फलस्वरूप विद्युतमा नयाँ लगानी आउन रोकिएको छ। अहिले लगानी नआए कहिले हट्ला लोडसेडिङ?

 

यसको अनुमान गर्नै कठिन छ। लोडसेडिङ कम गर्न विद्युतको मूल्य निर्धारण समयअनुरूप गर्ने हो भने यसले मुलुकलाई दीर्घकालीनरूपमा हित नै गर्नेछ। यी दुई वस्तुको मूल्य अहिलेकै अवस्थामा राख्ने हो भने समस्या जहिले पनि जहाँको त्यहीँ रहनेछ र मुलुकको विकास नै अवरुद्ध हुनेछ। यो विषयमा राजनीतिक नेतृत्वले सस्तो राजनीति गर्न छोड्नुपर्छ।
अर्को समाचार
‘सिंहदरबार आयो, किसानलाई बजेट आएन’
०४ मंसिर २०७५
•
४ मिनेट पाठ
‘सिंहदरबार आयो, किसानलाई बजेट आएन’
पशुसेवा विज्ञ केन्द्र उद्घाटन गर्दै जिसस प्रमुख बबी चामलीङ लगायत ।
खोटाङ– खोटाङका किसानले संघीयताको अभ्यासका क्रममा पशु व्यवसाय प्रवर्द्धनका कामलाई राज्यले उपेक्षा गरेको गुनासो गरेका छन्। पशुसेवा कार्यालयको सट्टामा बनाइएको भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रको सम्पर्क कार्यालय उद्घाटनका क्रममा उपस्थित किसानले केन्द्रको अधिकार गाउँमा आएको नारा अनुसार पशुपालन व्यवसाय प्रवर्द्धनमा बजेटको व्यवस्था नगरेको बताए।




‘गाउँ–गाउँमा सिंहदरबार’ भन्ने नारा आएपनि पशुपालन व्यवसायको व्यवसायीकरणका लागि उचित बजेटको व्यवस्था नगरेको किसान शिवनारायण श्रेष्ठले गुनासो गरे। भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रको सम्पर्क कार्यालयले आर्थिक वर्ष २०७५÷०७६ का लागि ८० लाख ५ हजार बजेट आएको जानकारी दिएपछि किसानले बजेटको आलोचना गरेका हुन्। ‘आवश्यकता अनुशार बजेट नआएपछि गाउँमा सिंहदरबार कसरी आउँछ ?,’ किसानका तर्फबाट श्रेष्ठले भने, ‘यत्रो किसानलाई तीन जना कर्मचारीले कसरी सेवा दिन सक्छ? पशु व्यवसायको व्यावसायीकरण र समृद्धिको नारा नाम मात्र हुने हो की भन्ने शंका उब्जिएको छ।’

भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रको सम्पर्क कार्यालय उद्घाटनका क्रममा निम्त्याइएका जनप्रतिनिधि एवं दलका नेताले समेत संघीयता कार्यान्वयनकाक्रममा किसानको मर्म अनुसार काम हुन नसकेको बताए। नयाँ शक्ति नेपालका जिल्ला अध्यक्ष सूर्य राईले राज्यले घाँसका लागि पर्याप्त बजेटको व्यवस्था नगरेसम्म पशु पालनको व्यवसायीकरण सम्भव नहुने बताए। ‘घाँस नभए पशु पालन व्यवसायको विकास हुन्न’, राईले भने, ‘त्यस कारण पहिला घाँस खेतीको प्रवर्द्धनमा राज्यको नजर पुग्न जरुरी छ।’

नेकपाका नेता राम दंगालले भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रको सम्पर्क कार्यालयमार्फत पठाइएको बजेटले पशुपालक किसानको मागलाई धान्न नसक्ने टिप्पणी गरे। ‘वर्षमा करोडौं बजेट पठाउँदा त पशुपालक किसानको माग पूरा हुन सकेको थिएन, सिमित बजेटबाट किसानले के पाउलान्’, दंगालले भने, ‘संघीयताको मर्म अनुशार काम नहुँदा चामलसँग पिठो साटेजस्तो भएको छ।’

भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रको सम्पर्क कार्यालय दिक्तेल जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबी चामलीङले उद्घाटन गरेका हुन्। सम्पर्क कार्यालयमा अण्डामा आत्मनिर्भर तथा परिवारिक पोषण सुरक्षाका लागि ग्रामिण कुखुरा प्रवर्द्धन, पशु पालन तथा रोगको निदानको लागि औषधि उपकरण खरिद, भेडा विकास प्रवर्द्धन, व्यवसायी बाख्रा फर्ममा बोयर बोका खरिद तथा वितरण लगायतका कार्यक्रमका लागि ८० लाख ५ हजार बजेट आएको बरिष्ठ पशुबिकास अधिकृत डा. रामनारायण मण्डलले बताए।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस