आज नयाँ सरकार बन्दैछ। सरकारको नेतृत्व गर्ने व्यक्तित्वका रूपमा चर्चित नेताहरू संचार माध्यममा व्याप्त भइरहेका छन्। संचारमाध्यमले तिनको शरीरका एक एक अंगको नापतौल लिइसकेका छन्।
कसको चित्त सानो छ, कसको दिल ठूलो छ, कसको छाती फराकिलो छ र कसको मुटु बलियो छ? जानकारीका यस्ता कुनै बुँदा सार्वजनिक हुनबाट जोगिएका छैनन्। तर, प्रधानमन्त्रीका संभावित उम्मेदवारहरूको भाव र अभिव्यक्तिको सांगोपांगो अध्ययन गर्दा कसैमा पनि सरकारको नेतृत्व सहज ढंगले सम्हाल्ने आत्मविश्वास देखिँदैन। जो सरकारमा पुगेपनि देशको अवस्था निरापद छैन। प्रधानमन्त्रीको पदमा पुग्ने अवसर पाउने नेताको अनुहारमा पद र गोपनीयताको शपथ ग्रहणपछि पनि संशयको बादल मडारिई रहनेछ।
राजनीतिक विश्लेषकहरूले पनि सरकारको नेतृत्व यसैले गर्छ भन्ने किटान गर्न सकेका छैनन्। अहिलेका लागि दलहरूले राष्ट्रपतिद्वारा निर्धारित म्यादको सीमा र मर्यादा राख्ने हो भने सरकार बन्नै पर्छमात्र भन्न सकिन्छ। आशा गरौं, त्यस समयको सीमाभित्रै नेतृत्वको टुंगो लाग्नेछ। राष्ट्रपतिले अर्कोपटक म्याद थप्ने झन्झट गर्नु पर्नेछैन। नेपाली राजनीतिको चलनअनुसार शनिबार मध्यरातिसम्म कुरो टुंगिन पनि सक्छ। सामान्य जनताको आशा र अपेक्षा छ, देशमा सहमतिको त्यस्तो सरकार बनोस् र त्यसले सबैको चित्त बुझाएर नयाँ संविधान निर्माण गरोस्। त्यो संविधानभित्र सबैका लागि 'स्पेस' होस्।
तर, राजनीतिमा थोरैमात्र चासो राख्ने व्यक्तिलाई पनि त्यस्तो सरकार बन्ला भन्ने भरोसा छैन। विगत चार वर्षको अवधिमा राजनीतिकर्मीहरूले कसैलाई पनि त्यस्तो भरोसा दिन सकेका छैनन्। दोस्रो जनआन्दोलनपछिका चार वर्ष बिनसित्तिका तर्कमा खेर गएका छन्। वैचारिक बहसमा अल्झिएका नेताले व्यावहारिक धरातलमा उभिएर जनताका सामान्य आवश्यकता पूरागर्न सामूहिक नीतिको रेखांकन गर्ने र आत्मनिर्भरताको बाटोमा हिँडाउने कर्तव्यलाई सापेक्षतामा पालना गर्न सकेका छैनन्।
विद्रोही माओवादीसँग शान्ति सम्झौतापछिको समयमा नेपालीले हिंसात्मक राजनीतिका बहुआयामिक प्रभाव भोगिसकेका छन्। द्वन्द्वको चर्को मूल्य चुकाइरहेका छन्। यो ऐतिहासिक विवेचनाको विषयमात्रै होइन। गोली बारुद र बन्दुकमा खर्च गरिएको एकएक पैसा निर्धन जनताको भागमा छुट्याइएको स्रोत काटेर जुटाइएको थियो। अहिले पनि देश हतियारको त्यही भुमरीमा रन्थनिइरहेको छ। राजनीतिज्ञहरू हतियार र हतियार चलाउने व्यवसायीमाथिको आफनो भरोसा र वर्चस्व कम हुन नदिन जोडतोडले लागेका छन्। यसलाई सत्ता मोहभन्दा फरक पर्दैन।
राजनीतिगर्ने मानिसमा सत्ताको पबल मोहहुनु स्वाभाविकै हो। यस्तो प्रलोभनले नै उसलाई लगनशील बनाउँछ। रतिरागप्रति आशक्त व्यक्तिले जीवनका विविध मोडमा जानीजानी चिन्ता, अवसाद, खुसी र पीडाको सिर्जना गरेजस्तै राजनीति गर्नेले सामान्य जनतालाई रंगीविरंगी सपनाको संसार देखाउँछ।
ती सपनासँग जोडेर जानीजानी समस्याहरु सिर्जना गर्छ। त्यसपछि ती सपना पूरागर्ने बाटोमा आइपरेका समस्या देखाएर समाधानका लागि समर्थनको आह्वान गर्छ। जुन राजनीतिज्ञले जनतालाई उन्मादको जति अग्लो शिखरमा पुर्याउन सक्दछ ऊ त्यति नै सफल मानिन्छ। राजनीतिज्ञ वास्तवमा नृत्यको भाव र भंगिमाको ज्ञान नभएको नटुवा हो। तै पनि, उसमा मानिसलाई आफनो पक्षमा नचाउने खुबी हुन्छ। उसले जति धेरैलाई नचाउन सक्छ त्यति नै सफल मानिन्छ। दुनियाँ आफ्नो इसारामा नाचोस् भन्ने कल्पना गरेन भने त ऊ राजनीतिज्ञै हुँदैन।
नेपाली राजनीतिका समस्या कति राजनीतिज्ञले आफ्नै स्वार्थका लागि जानीजानी सिर्जना गरेका हुन् र कति बाहिरी प्रभावको आँधीबेहरीसँगै मिसिन आइपुगेका हुन्? यसै भन्न सकिँदैन। नेताहरूले निरन्तररूपमा प्रजातन्त्रको माला जप्दै आएका हुन्। पछिल्लो समय लोकतन्त्रले प्रजातन्त्र शव्दलाई विस्थापित गरेपनि राजनीतिको स्वरूप बदलिएको छैन। तीन युगान्तकारी क्रान्ति र अनेकौँ चरणमा भएका संघर्षले निश्चय पनि मानिसको सोचाइको धरातल फराकिलो पारिदिएको छ।
चिन्तनका शैली बदलिएका छन् तर व्यवहारमा आफनो मानिस नभई केही नहुने पध्दति यथावत् छ। परिवर्तनले राजनीतिलाई सीमित व्यक्तिको प्रभावबाट बाहिर ल्याउन सकेको छैन। देश सानो भएपनि राजनीतिको 'स्केल' निकै ठूलो छ। राजनीति अर्थात 'पावर'! धेरैको सोचाइ छ, पावर छैन भने केही पनि छैन।
देशमा उद्योगधन्दा, कलकारखाना, बन्दव्यवसाय जे पनि छन् र जति पनि छन् त्यसमाथि पावरकै नियन्त्रण छ। अवसर सीमित छन्। ती अवसर पाउन पढेरमात्रै पुग्दैन। अभिव्यक्ति र अवसरको समानताका मामिलामा देशका दलहरूका बीच त्यति ठूलो वैचारिक मतभेद पनि देखिँदैन। तर पनि, समस्या यथावतै छ। अवसरको समानताका लागि राज्यको पुनर्संरचनाको माग राख्दै दशक लामो हिंसात्मक संघर्ष गरेर शान्तिको बाटोमा आएका माओवादी र अवसरकै समानताका लागि साठी वर्षदेखि हिंसा र अहिंसाको सोझो घुमाउरो संघर्षमा लागेको कांग्रेस दुवै शक्ति अहिले किंकर्तव्यविमूढ अवस्थामा दोबाटामा उभिएका छन्। यी दुई विचारबीच न 'फ्युजन' सम्भव देखिएको छ न संघर्षको अवस्था नै छ। यस्तो अवस्थामा यी दुई विचार मिलेर नयाँ नेपालका लागि सन्तुलित संविधान बनाउलान् भन्ने कल्पना न माओवादी समर्थकले, न कांग्रेस समर्थकले नै गरेका छन्।
पावरको खेलमा कसले जित्ला वा को हार्ला? सहमति कायम भयो भने पार्टीहरूलाई परस्परमा बाँध्ने विश्वासको बन्धन कति लामो तानिएला? सहमति कायम भएन भने देश विग्रहको कुन अवस्थामा पुग्ला? देशका बारे सोच्नेहरूले ध्यान दिनैपर्ने प्रश्न हुन् यी। अहिलेको अवस्थामा सरकार निर्माणका लागिमात्रै सहमति भएर पुग्दैन। राजनीतिज्ञले सरकारलाई पहिलो प्राथमिकतामा राखे पनि जनताले संविधान निर्माणलाई पहिलो सूचीमा राखेका छन्। नयाँ संविधान निर्माणअघिको राजनीतिक प्रतिस्पर्द्धा समयको बर्बादीमात्रै हो।
वास्तवमा, अहिलेको नेपाली राजनीति निरन्तरताको हाँगोमा अड्किएको छ। पदबाट जाँदाजाँदै प्रधानमन्त्री माधव नेपालले निरन्तरताको हाँगोमा अड्किने मोह त्याग्न सक्नु भएन। उहाँले सगर्व घोषणा गर्नुभयो- 'म नेपालको तेत्तीसौं प्रधानमन्त्री हूँ। अर्थात, जंगबहादुरको क्रमागत उत्तराधिकारी।'
तीस वर्षअघि बीपी कोइरालाले महाकवि देवकोटाको चर्चा गर्दै भन्नुभएको थियो- 'साहित्यमा सम्राट पनि विवस्त्र हुन्छ, राजनीतिको सानो मानिसलाई पनि पोसाक चाहिन्छ।' अहिले कसैलाई पनि पोसाक चाहिएको छैन। यति बेलाको राजनीति सर्वांग विवस्त्र भइसकेको छ। रमाइलो के भने यो विवस्त्र भएर पनि पारदर्शी हुन सकेको छैन।
नेताहरूले आफू नांगिएर पनि राजनीतिलाई पारदर्शी हुनबाट जोगाएका छन्। यसलाई राजनीतिज्ञको खुबी मान्ने हो कि राजनीतिको विडम्बना यसै भन्न सकिँदैन। भन्छन्, राजनीति पारदर्शी नभएसम्म लोकतान्त्रिक हुन सक्दैन। तर, नेपाली लोकतन्त्रको परिभाषा बेग्लै धातुमा कुँदिएको छ।