नेपालको वैदेशिक व्यापार मुलुकमा गम्भीर आर्थिक संकट सिर्जना गर्ने क्षेत्रका रूपमा प्रकट भएको छ। सीमित निर्यात पनि घट्ने तर ठूलो आयात उच्च दरमा बढ्ने पवृत्तिले चुलिँदै गएको व्यापार घाटा आसन्न आर्थिक संकटको मुख्य कारक बन्ने लगभग निश्चित् छ।
सबै स्रोतबाट आर्जित विदेशी मुद्रा पनि व्यापार घाटाको खाल्डो पुर्न अपर्याप्त हुने भएपछि अर्थतन्त्रले संकटको बाटो समात्यो भनेर बुझ्नुपर्ने हुन्छ। किनभने व्यापार घाटा बढेकै कारणले विदेशी मुद्राको संचिति घटेर ६.६ महिनाको वस्तु तथा सेवाको आयातमात्र धान्न पुग्ने भएको छ। ठीक एक वर्षअगाडि यस्तो संचितले १० महिनाभन्दा बढी अवधिको आयात धान्न सक्थ्यो। आउँदा दिनमा विदेशी मुद्राको आर्जनमा उल्लेख्य सुधार नगर्ने हो भने नेपालले या त अन्तर्राष्ट्रिय बजारमा आफ्नो कुनै बिक्री योग्य सम्पत्ति बेच्नु पर्नेछ नभए बाह्य ऋण लिनु पर्नेछ।
नेपालले निर्यात योग्य वस्तुको विकास गर्न र भएको निर्यातलाई टिकाउन नसकेर तथा सम्पूर्ण विकास र आधुनिकीकरणको प्रयास आयातमै निर्भर रहेकाले यस्तो स्थिति उत्पन्न भएको हो। त्यसमा पनि अनियन्त्रित मात्रामा सुन, चाँदी आयात गरिएपछि संकट चर्कनु स्वाभाविकै हो।
दशकौंदेखि अन्तर्राष्ट्रिय व्यापारमा संलग्न भए पनि नेपालले अहिलेसम्म कुनै वस्तुमा अन्तर्राष्ट्रिय बजारमा आफ्नो पहिचान स्थापित गर्न सकेको छैन। नेपालमा निर्यातलाई मात्र आफ्नो प्रमुख व्यवसाय बनाएर 'एक्स्पोर्ट हाउस'को पहिचान बनाएको कुनै व्यापारिक घराना छैन। अर्थात्, निर्यात व्यापारलाई नेपालमा प्रमुख व्यापार, व्यवसायका रूपमा लिने गरिएको छैन। नेपालको तेस्रो मुलुकतर्फको निर्यातमा हालसम्म कुनै पनि किसिमको गतिशीलता नदेखिनु त्यसैको परिणाम हो।
उनी गलैचा, तयारी पोसाक र पस्मिना निर्यात केही वर्ष निकै चल्यो। तर विविध कारणले नेपालले त्यो टिकाउन सकेन। यी तीन वस्तुको निर्यातलाई टिकाउन र बढाउन निजी क्षेत्र र सरकार दुवै आवश्यक मात्रामा गम्भीर र जिम्मेवारीपूर्णरूपमा लागेको कहिल्यै देखिएन। फलस्वरूप यी तीनै वस्तुको निर्यात विगत केही वर्षदेखि चिन्ताजनक अवस्थामा छ। नेपालीसँग यी तीन वस्तुको उत्पादन र निर्यातका सम्पूर्ण पक्षको राम्रो अनुभव रहेकोले त्यसलाई जगाउन अझै पनि सक्नुपर्ने हो। सम्बन्धित पक्षलाई यसो गर्न केले छेकेको छ, बुझ्न सकिँदैन। अतः सरकार र निजी क्षेत्रले ठूलो छाती बनाएर यी तीन वस्तुको निर्यात बढाउन ठोस प्रयास गर्नुपर्छ।
हस्तकलाका सामान, जडीबुटी, नेपाली कागज र यस्का उत्पादन, सुन र चाँदीका गहना, प्रशोधित छाला, चियाआदि वस्तुको निर्यातमा टिकाउपन देखिएको छ। तर निर्यात परिमाण भने धेरै छैन र खासै बढी रहेको पनि छैन। यिनमा हस्तकला र नेपाली कागजको निर्यात निरन्तर प्रगतिउन्मुख छ। यिनकेा निर्यात बढाउन र टिकाउन सरकारले सम्भव हुने सबै किसिमको सहयोग गर्न कन्जुस्याँई गर्नु हुँदैन। किनभने यी नेपालका शतप्रतिशत आफ्नै उत्पादन हुन् र श्रममूलक उत्पादन रोजगारी बढाउन पनि यिनको उत्पादन र निर्यात महत्वपूर्ण हुन्छ। नेपालले हालसम्म गर्न नसकेको, गर्नुपर्ने र पर्याप्त सम्भावना पनि भएको क्षेत्र जडीबुटी हो। नेपालमा कति महत्वपूर्ण र कति किसिमका जडीबुटी पाइन्छन् भन्ने विषयमा थप चर्चा आबश्यक छैन। तैपनि यसको उत्पादन, बितरण र निर्यातलाई अझसम्म व्यवस्थित गर्न नसक्नु दुःख लाग्ने विषय हो। निकै बढी तुलनात्मक लाभ र उच्च मूल्य अभिवृद्धि (भ्यालु एड) हुने यस्ता वस्तुको व्यवस्थापन र विकास गरी अधिकतम लाभ उठाउन नसक्ने/नचाहने सरकार र निजी क्षेत्र दुवै आलोचनायोग्य छन्। डाबर नेपालले बाहिरबाट आएर जडीबुटीमा आधारित केही वस्तुको उत्पादन र निर्यात सुरु गरेको छ र यो निरन्तर प्रगतिउन्मुख छ। यस क्षेत्रमा यस्तै किसिमका अरू थुप्रै उद्योग आउनुपर्ने हो।
त्यसैगरी नेपालको चिया निर्यातको पनि ठूलो सम्भावना छ। चियाको निर्यात केही मात्रामा भई पनि रहेको छ। बिशेषगरी अर्थोडक्स चियाको निर्यात उत्साहबर्धक छ। अन्तर्राष्ट्रिय बजारमा चियाको चर्को प्रतिस्पर्धा भए पनि नेपाली चियाको उच्च गुणस्तरीयताका कारणले यसमा हाम्रो प्रतिस्पर्धात्मक क्षमता पनि छ। त्यसैले निजी क्षेत्र केन्द्रित हुनसक्ने यो अर्को आकर्षक क्षेत्र हो। तर निजी क्षेत्र किन पूर्णरूपमा यसमा होमिएको नसकेको हो बुझ्न सकिँदैन। त्यसैले यी र यस्तै अन्य वस्तुको उत्पादन र निर्यातमा निजी क्षेत्र गम्भीररूपमा पवेश गर्ने र सरकारले पनि दिनुपर्ने सुविधा उदारतापूर्वक दिने दीर्घकालीन नीति अनुसरण गरेमा नेपालको निर्यातको पर्याप्त विस्तार हुन सक्छ।
नेपालबाट तेस्रो मुलुकमा हुने निर्यातका तुलनामा भारततर्फको निर्यातमा केही गतिशीलता देखिन्छ। भारततर्फको निर्यातमा परम्परागत कृषिजन्य उत्पादनसँगै पछिल्लो समयमा जस्तापाता, दन्तमन्जन, कपडा, धागो, साबुन, फलफूलको रस, पोलिस्टर धागो, जीआई.पाइप, तामाका तारजस्ता केही नयाँ औद्योगिक उत्पादन पनि थपिएका छन्। केही वर्ष अघिसम्म नेपालबाट भारततर्फ निर्यात हुने प्रमुख वस्तुमा वनस्पति घिउ र तेल हुने गर्थे। तर भारतले पहिले त्यसमा परिमाणात्मक बन्देज र पछि आफ्नो नीति नै खुकुलो पारेपछि शिथिलता आयो र अहिले त्यसको निर्यातमा उल्लेख्य गिरावट आएको छ।
भारततर्फको निर्यातमा पर्याप्त अनिश्चितता छन्। नेपालमा भारतीय बजारमा माग र आपूर्तिको स्थिति हेरेर निर्यातका वस्तु उत्पादन गर्ने उद्योग स्थापित गर्ने परम्परा छ। तर पछि भारतले नीतिगत परिवर्तन गर्दा त्यस्ता उद्योग अलपत्र परेका थुप्रै उदाहरण छन्। नेपालको वनस्पति घिउ, तेल उद्योग भारतको त्यही नीतिगत परिवर्तनको पछिल्लो सिकार हो। विगतमा अन्य उद्योगले पनि यो स्थितिको सामना गर्नुपरेको थियो। यसरी भारततर्फको निर्यातलाई लक्षित गरी दीर्घकालीनरूपमा कुनै उद्योग स्थापना गर्ने कार्य जोखिमपूर्ण छ। त्यसैले भारततर्फ गरिने निर्यातमा सुधार ल्याउन त्यसतर्फको निर्यातमा सुनिश्चितता हुने वातावरण तयार गर्नु जरुरी छ। त्यसको लागि वाणिज्य सन्धिमा गरिने व्यवस्थालाई स्थायित्व दिने र तिनको कार्यान्वयनको अनुगमन कडाइका साथ गर्नेमा नेपालले विशेष जोड दिनुपर्छ।
नेपालको सम्पूर्ण नयाँ निर्माण, आधुनिकीकरण कार्य आयातमा नै निर्भर रहेकोले अनावश्यक र विलासिताका वस्तुको आयातमा असीमित मात्रामा विदेशी मुद्रा खर्च गर्नु बुद्धिमानी हुँदैन। त्यसैले नेपालले आवश्यक वस्तुको आयात धान्नको लागि आवश्यक हुने विदेशी मुद्रा निर्यात र पर्यटन क्षेत्रबाटै आर्जन गर्ने उद्देश्य राख्नुपर्छ।