किन चाहियो अर्को सरकार?
०१ साउन २०६७
•
१० मिनेट पाठ
किन चाहियो अर्को सरकार?
प्रधानमन्त्री माधवकुमार नेपालले सहमतिको सरकार बनोस् भन्ने ठूलो सदाशय र उदारताका साथ राजीनामा गर्नु भएको पनि तीन साता बितिसकेको छ। तर, पद त्याग गरेको बाह्रौं दिनसम्म पनि सहमतिको सरकार बन्न नसकेपछि उहाँको कद हलक्क बढेको छ।
उहाँलाई सिंहासनबाट ओराल्न चाहने सबै नेताको कद समानुपातिक हिसाबले घटेको छ। त्यसैले, यति बेला अरूका तुलनामा उहाँ अग्लो देखिनु भएको छ। अर्थात, अरू पुड्का भएकाले उहाँ अग्लो हुनु भएको छ।




देश अहिले पनि सरकारविहीन छैन। वहुमतको आधारमा बनेको पूर्ववर्ती सरकारले काम चलाइरहेको छ। भर्खरै संसद्मा पेस्की बजेट प्रस्तुत गरेर पेस्कीकै आधारमा जीवित नेपाली जनताको उपकार गरेको छ। कर्मचारी वर्गको सरुवा-वढुवागर्न, मरुवा-परुवामा शोक र सुखका वक्तव्य जारीगर्न र आफूखुसी चन्दा पुरस्कारको वितरण गर्न सरकार सक्रियै छ। देशमा चल्दै आएका सबै मामिला निर्वाध गतिमा अघि बढिरहेकै छन्। कतै केही रोकिएको पनि छैन र कतै केही सुरु भएको पनि छैन। मानौं समय हनुमान ढोकाको सत्ता स"घारमा टक्क अडिएको छ।

सत्ताको त्यही सँघारबाट बाहिरिँदाबाहिरिँदै संचार मन्त्री शंकर पोखरेलले ठाउँ ठाउँमा पुगेर माधव सरकारको नियमितताको माँग गर्न थाल्नु भएको छ। उहाँको तर्कमा प्रसस्त दम छ र माग पनि अत्यन्त जायज छ। संविधानसभाको म्याद बढाउने सिलसिलामा प्रमुख दलका नेताबीच राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि माधव नेपालले राजीनामा दिएर बाटो खुला गर्ने सहमति भएको सुनिएको थियो। संविधान सभाको म्याद एक वर्षका लागि बढ्यो र केही प्रारम्भिक आनाकानीपछि प्रधानमन्त्रीको राजीनामा पनि आयो। तर, सहमतिको सरकार बन्न सकेन। माधव नेपालसँग सहमतिको सरकार निर्माणका लागि राजीनामा मांगिएको थियो।

 

बहुमतको सरकार त त्यसै पनि छँदै थियो। जुन उद्देश्यका लागि राजिनामा मांगिएको थियो त्यही नै पूरा नभएपछि माधव नेपालमाथि मात्रै किन अन्याय गर्ने? तेत्तीसौं माधवको बदलामा चौंतीसौं माधव भर्ती गरेरमात्रै आखिर हुने त केही होइन।

आश्चर्य, माधव नेपाल सिंहासनारुढ भए यता अहोरात्र उहाँको प्रतिरक्षामा मन, वचन र कर्मले लाग्नुभएका केपी ओली यति बेला निःशव्द हुनुहुन्छ। उहाँको यो मौनलाई स्वाभाविक मान्न सकिँदैन। उहाँ कसैले खाइपाई आएको भाग खोसेर आफैँ संविधानसभामा पुग्ने बाटोमा लाग्नु भएको पनि देखिएको छैन। स्वाभाविक हो, उहाँ अहिलेसम्म स्वयं प्रधानमन्त्रीको दौडमा देखिनु भएको छैन।

 

माधव नेपाल बन्ने आकांक्षा अभिव्यक्त गर्न नसकेर कोटेश्वरको दाबाटोमा अड्किइरहेको कुनै अर्को घोडालाई लक्ष्यतिर दौडाउन मद्दत गरिरहेको पनि देखिनु भएको छैन। माधव नेपालको असामयिक, अनावश्यक र अचानकको राजीनामाले आहत ओली कुनै अर्कै खेलमा लाग्नु भएको भए कुरा अर्कै हो। नभए, यति बेला शंकर पोखरेलका विचार काठमाडौं सहरको सतहमा स्थापित भइसकेका हुने थिए। तर, एमालेको राजनीतिमा नेताहरू फुत्त झर्ने परम्परा छ। बाबुरामजीलाई सम्झना होला, २०४६ को जनआन्दोलनपछि झलनाथजी रत्नपार्कको सभामा फुत्त झर्नु भएको थियो।

कुनै पनि पार्टीमा माधवको चौतीसौं अवतारका रूपमा सिहासनमा बस्न आतुर नेताको कमी छैन। तर, बहुमतको समीकरण कसरी बन्ने हो? त्यसको अत्तोपत्तो कसैलाई छैन। कांग्रेसका नेता विधिको व्यवस्था कि आन्तरिक प्रतिस्पर्ध्दा भन्ने पुरानै बहसमा अल्भि्कएका देखिन्छन् भने एमालेका अध्यक्ष बाटाका काँढा पन्छाउन तल्लीन देखिनुहुन्छ। पार्टी पथका काँढा पन्छाउन सफलता मिलेपनि कांग्रेससँग उहाँको समीकरण मिल्न कठिनै देखिन्छ। संविधानसभामा ‘सरताज' पार्टीका रूपमा रहेको माओवादी पार्टीभित्र नेता बाबुराम भट्टराई अध्यक्ष प्रचण्डका ‘चाउ एन लाई' बन्न कसिएर लाग्नु भएको बताइन्छ। तर, माओवादी पार्टीभित्रका जानिफकार भन्छन, अध्यक्ष प्रचण्ड कसैलाई पनि त्यस्तो स्थान दिन उत्सुक देखिनुहुन्न। प्रचण्डको विकल्प खुला भएको संचारी हल्ला चारैतिर चलेपनि त्यसबारे स्वयं माओवादी पनि यसै हो भन्नसक्ने अवस्थामा देखिँदैनन्।

प्रत्येक पार्टीभित्र आन्तरिकरूपमा नै ‘किसेबल लिप्स' को अभाव देखिएका बेला अलगअलग पार्टीमा त्यस्ता लिप्सको खोजी कठिन विषय हो। योग गुरु स्वामी रामदेवका अनुसार, उमेरले पचास नाघेका पुरुषको दाँत र गीजामा किटाणुको संक्रमण बढी नै हुने गर्छ। बजारमा मुख नगन्हाउने दन्तमन्जन र ‘माउथ फ्रेसनर' छ्यापछ्याप्ती नपाइने होइनन्। तर, तिनका क्षमता संदेहास्पद छन्। समीकरणको निर्माण एकछिनको सहवासजस्तो होइन। पाँच वर्षअघि माओवादी र गैरमाओवादी पार्टी एकअर्काको शरीरको गन्धबाट अत्यन्त आकर्षित थिए। तर, तीन वर्ष बित्दानबित्दै दुवै पक्षका लागि आपसी सहवास असह्य भयो। त्यसैले पनि, समीकरणको स्थायित्व संदिग्ध बन्न पुगेको हो। यस्तोमा ‘किसेबल लिप्स'को खोजी कठिनतम कसरत साबित हुने पक्कै छ।

त्यसैले पनि, दलका नेताले नयाँ समीकरण बनाउने र नयाँ प्रधानमन्त्री चुन्ने झन्झटमा नपरेर संविधान सभाको थपिएको अवधिभरका लागि भइरहेकै प्रधानमन्त्रीलाई निरन्तरता दिनु सबैभन्दा बुध्दिमानी हुनेछ। किनभने, थपिएको अवधिमा पनि संविधान नलेखिने त अव ध्रुव सत्य भै सकेको छ। अरू त्यस्ता कुनै काम पनि देखिएका छैनन् जसका लागि सरकार परिवर्तन गर्नै परोस्। बिनसित्ति ३३ को संख्यामा एक थपेर ३४ बनाउनुसट्टा शपथ ग्रहणको झन्झटमा पनि नफसाई यही सरकारलाई निरन्तरता दिँदा संसारभर नेपालमा राजनीतिक स्थायित्व आएको सन्देश जान सक्छ।

 

बरु, नागरिक सर्वोच्चताको स्थापना र संविधान निर्माणका लागि आफ्नै नेतृत्वमा सहमतिको राष्ट्रिय सरकार बनाउने नारा दिँदै आएको माओवादी पार्टीले पनि निरन्तरताका तेत्तीसौं प्रधानमन्त्रीलाई नै समर्थन बुझाएर जनवादी उदारता र एकताको नमुना प्रस्तुत गर्नु बुध्दिमानी हुनेछ। खेलको नियम सबै खेलाडीले मान्नुपर्छ। माओवादीमात्रै यसको अपवाद हुन सक्तैन। अहिलेको राजनीतिक घटनाक्रमबाट सहमति माओवादीलाई मात्रै चाहिएको हो भन्ने स्पष्ट भइसकेको अवस्थामा माओवादीले माधवको विकल्पमा अर्को माधव खोज्नु आफैमा हास्यास्पद साबित हुनेछ।

हो, माधव सरकारलाई निरन्तरता दिने प्रस्ताव स्वीकार गरिने हो भने सरकारको वर्तमान अवतारमा केही ‘कस्मेटिक' परिवर्तन अपेक्षित छ। सज्जा, शृंगार र संचारको जमानामा त्यस्तो परिवर्तन अत्यन्त सरल छ। सरकारमा रहेका अहिलेका एक दर्जन मन्त्रीलाई बिदा गरेर तिनका ठाउँमा चारथान गगन थापा, चारथान रवीन्द्र अधिकारी र चारथान अनील कुमार झालाई स्वागतगर्ने हो भने सरकार तन्नेरीमात्र होइन, वौध्दिक र क्रान्तिकारी पनि देखिनेछ।

र आशा गरौं, यस्तो सरकारको साहुमहाजन, साधुसन्त, उद्योगीव्यापारी, कविकलाकार र नागरिक समाज सबैले राजधानीमा दीपावली गरेर भव्य स्वागत र हार्दिक समर्थन गर्नेछन्।
अर्को समाचार
६ उदाहरण दिँदै डा.भट्टराईको प्रश्न : यस्तो सरकार किन चाहियो?
०३ कार्तिक २०७७
•
१ मिनेट पाठ
६ उदाहरण दिँदै  डा.भट्टराईको प्रश्न : यस्तो सरकार किन चाहियो?
डा.बाबुराम भट्टराई
पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार नागरिकको समस्या सम्बोधन गर्न असक्षम रहेको आरोप लगाउँदै यस्तो सरकार किन चाहियो भनेर प्रश्न उठाएका छन्।  




कोरोनाको उपचार खर्चसमेत नागरिक आफैंले बेहोर्न भन्ने ओली सरकारको कुनै औचित्य नभएको दाबी गर्दै जनता समाजवादी पार्टीका वरिष्ठ नेता डा.भट्टराईले सोमबार सामाजिक सञ्जालमार्फत कटाक्ष गरेका हुन्।  

‘कोरोना उपचार खर्च आफैं बेहोर! बेहोस भए मात्रै अस्पताल जाऊ! बेरोजगार श्रमिक रुँदै गाउँ फर्क! भारतबाट फर्केका श्रमिक भोकै परेपछि दसैंको मुखमा भारततिरै फर्क! महिनौंदेखि स्कुल-कलेज बन्द भएर अलपत्र परेका विद्यार्थी जेसुकै गर! आसेपासेहरू कमिसन/भत्ता डकार,’ ट्विटरमा भट्टराईले प्रश्न गरेका छन्, ‘यस्तो सरकार किन चाहियो?’

रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस