प्रधानमन्त्रीका काम र कुरा
३२ असार २०७५
•
१५ मिनेट पाठ
प्रधानमन्त्रीका काम र कुरा
‘हामी शान्तिपूर्ण आन्दोलनमा हुँदा जो गोलीका आँखा हुँदैन भन्दै प्रहार गर्नुहुन्थ्यो, जसले तीनवर्षमा शान्तिपूर्ण प्रदर्शनमा १२२ नागरिकको ज्यान लिनुभयो, उहाँहरू अहिले अधिनायकवाद बेचिरहनुभएको छ । हामी आलोचना सुन्छौँ र देशमा बेथिति अन्त्य गर्छौं । संसारका सबै देशमा जहाँसुकै प्रदर्शन हुँदैनन्।’




गत २२ असारको माथिको ट्वीट प्रधानमन्त्री केपी शर्मा ओलीकै रहेछ, सुरुमा पत्यार नलागे पनि । पहिले त कुनै ‘फेक हयान्डल’ हो कि भन्ठानियो । किनकि भाषा त देशको प्रधानमन्त्रीका लागि, अझ त्यो पनि अभिलेख रहने विद्युतीय दस्तावेजका लागि अलि सुहाँउदो थिएन नै । विषय पनि व्यर्थ जोरी खोजेको जस्तो देखिन्थ्यो । जे होस, उक्त ट्वीटबाट प्रधानमन्त्री वा उनका ‘वार रुम’ सहयोगी तथा सल्लाहकारहरूको मनोदशा, योजना र कार्यशैलीबारे केही संकेतहरू मिल्छन् । जुन औपचारिक भाषण र दस्तावेजहरूबाट नमिल्न सक्छन् । तिनलाई केलाउने काममा यो आलेख केन्द्रित रहनेछ।

प्रधानमन्त्रीको काम समस्याको समाधान गर्ने हो, समस्या निम्त्याउने होइन।

सर्वप्रथम, आफूहरूले शान्तिपूर्ण आन्दोलन गर्दा तीन वर्षमा सरकारले १२२ नागरिकको ज्यान लिएको भन्ने कथनलाई केलाऔँ । मूलतः त्यस बेला सरकारले भारतसँग गरेको टनकपुर सम्झौता र एमाले महासचिव मदन भण्डारीको सडक दुर्घटनामा मृत्यु भएपश्चात् एमालेको आह्वानमा भएका विभिन्न आन्दोलनहरूमा प्रहरीको गोली प्रहारबाट ३६ जनाको मृत्यु भएको कुरा बेलायती विद्वान् जोन व्हेल्पटनको पुस्तक (अ हिस्ट्री अफ नेपाल, २००७– पृ. १८९–९०, क्याम्ब्रिज युनिभर्सिटी प्रेस)मा उल्लेख छ । त्यस बखत एमालेसँग निकट रहेको अनौपचारिक सेवा केन्द्र (इन्सेक) ले प्रकाशित गरेको वार्षिक प्रतिवेदन र पत्रपत्रिकामा आएका विवरणअनुसारै पनि जम्माजम्मी ६० जनाको ज्यान गएको देखिन्छ । अतः प्रधानमन्त्रीले ती आन्दोलनहरू कत्तिको शान्तिपूर्ण थिए भन्ने कुरा मात्र होइन, मृतकको संख्या पनि बिर्सेको जस्तो देखिन्छ । तर नेपाली जनताले भने ससाना कुरामा समेत हप्तैपिच्छे हुने गरेका नेपाल बन्द, चक्काजाम, हड्तालसँगै सडकपेटीका रेलिङ भत्काइने आन्दोलनको त्यो युग बिर्सेका छैनन् । बन्दको अवज्ञा गर्न खोज्ने जतिका उद्योग व्यवसाय र सवारी साधन तोडफोड, आगजनी गरिएका घटना बिर्सेका छैनन् । त्यस्तोमा प्रहरीको गोली लागी मरेका निर्दोष सर्वसाधारणको बारेमा सरकारले त जिम्मेवारी लिनैप-यो, आन्दोलनकारीले पनि नैतिक जिम्मेवारी लिँदा कसो होला ? ती १२२, ३६, ६० जति हुन तिनका आफन्तलाई खोजेर, पत्ता लाएर सोधौँ त उनीहरू यसमा के भन्छन् ।

छुरा जस्ता कुरा

‘उहाँहरू अहिले अधिनायकवाद बेचिरहनुभएको छ’ भन्ने प्रधानमन्त्रीको भाषा पद सुहाउँदो नभएपनि विपक्षीहरूले उनको सरकारमाथि अधिनायकवादको आरोप लगाइरहेको साँचो हो । तर जजसले जे भने पनि नेपालको भूराजनीति, आन्तरिक शक्ति सन्तुलन, राज्यको लोकतान्त्रिक स्वरूप र संविधान, राजनीतिक विकासक्रम, खुला समाज, बाह्य विश्वसँगको सम्बन्ध इतयादि कुनै ‘फ्याक्टर’ पनि अधिनायकवाद आउनका लागि अनुकूल छैनन् । लोकतन्त्र र स्वतन्त्रताको स्वाद चाखेका नेपाली जनता स्वयंले पनि कम्युनिस्ट लगायतको कुनै किसिमको अधिनायकवादलाई स्थापित हुन दिने छैनन्, दुई तिहाइ बहुमत प्राप्त कम्युनिस्ट पार्टीको सरकारले चाहे नै पनि । कम्युनिस्ट अधिनायकवाद सम्भव र उपयुक्त दुवै नहुने देखेरै उनीहरू आफैँ पनि लोकतान्त्रिक वामपन्थी पार्टीमा रूपान्तरण भएका हुन् । पार्टीको ठूलो र पुरानो घटक ओली नेतृत्वको नेकपा एमालेले त संसदीय लोकतन्त्र अपनाएकै तीन दशक हुन लागिसक्यो।

उसो भए किन अधिनायवादको आशंका गरिँदै वा आरोप लगाइँदै छ त ? किनकि, प्रधानमन्त्री र कतिपय मन्त्रीकै बोली र व्यवहारले त्यसो गर्ने ठाउँ दिएको छ । उदाहरण थुप्रै छन्, स्थानाभावले एउटा दुइटाको मात्र यहाँ चर्चा गरिन्छ । जस्तो कि, गृहमन्त्रीमा केही गरूँ भन्ने भावना त छ । तर काम गर्दा विधि, प्रक्रिया मिच्नु, पेल्नु र क्षेत्राधिकार उल्लंघन गर्नुलाई उनी सामान्य मात्र होइन, आवश्यक पनि ठान्छन् । आन्तरिक सुरक्षाको जिम्मा लिएका पदाधिकारीको कार्यशैली यस्तो भएपछि अधिनायकवादको आशंका त हुन्छ नै । अर्कातिर सूचना तथा सञ्चारमन्त्री छन् जो टिभी अन्तर्वार्ताका दौरान आफ्नो आचरणका बारेमा सप्रमाण प्रश्न गर्ने पत्रकारसँग रिसाएर क्यामेरैसामु उसलाई कुटुँला झैँ मात्र गर्दैनन्, त्यो कार्यक्रम नै बन्द गराइदिन्छन् । यस्तोमा प्रतिपक्षीलाई ‘अधिनायकवाद बेचिरहेको’ प्रत्यारोप लगाउनुको साटो प्रधानमन्त्रीले त्यस्ता मन्त्रीहरूउपर नियन्त्रण वा कारबाही गर्नसक्नु पथ्र्यो । धन्न, कांग्रेस जस्तो शीतल प्रतिपक्षी छ जो यतिखेर कमजोर पनि छ र आरोपबाजीमै सीमित छ । नेकपाजस्तै दल प्रतिपक्षमा भएको भए देशमा अहिलेसम्म कति आगो बलिसक्थ्यो ! बरु कांग्रेसजनलाई पो भन्नुपर्ने भएको छ कि प्रतिपक्ष यस्तै रहने हो र सशक्त नहुने हो भने सरकार निरकुंश हुन्छ र अधिनायवादको मार्ग खुल्छ।

कम्युनिस्ट अधिनायकवाद सम्भव र उपयुक्त दुवै नहुने देखेरै उनीहरू आफैँ पनि लोकतान्त्रिक वामपन्थी पार्टीमा रूपान्तरण भएका हुन्। पार्टीको ठूलो र पुरानो घटक ओली नेतृत्वको नेकपा एमालेले त संसदीय लोकतन्त्र अपनाएकै तीन दशक हुन लागिसक्यो।

‘हामी आलोचना सुन्छौँ’ भन्ने प्रधानमन्त्रीको कथन स्वागतयोग्य छ । जनता त चाहन्छन् नै यही कि उनी आलोचना सुनून्, र उनीहरूका संवेदनशीलता, गुनासा र मर्काप्रति संवेदनशील बनून्, तिनलाई ठट्टामा नउडाउन । देशमा बेथिति अन्त्य गर्छौं भन्ने उन्को कथन पनि जनचाहना अनुकूलै छ । अराजकता, बेथिति र भ्रष्टाचारले वाक्कदिक्क भइसकेका जनताले ती कुराहरूको अन्त्य गर्नका लागि भनेरै उनीहरूलाई प्रचण्ड बहुमतले चुनाव जिताएका हुन् । स्थिर सरकार दिएर र बलियो नेताका रूपमा प्रस्तुत भएर भ्रष्टाचार लगायतका बेथितिको साँच्चै अन्त्य गर्ने हो भने उनको राजनैतिक भविष्य उज्ज्वल छ । तर उनले यो पनि बुभ्mनुपर्छ कि यातायातका ज्यानमारा सिन्डिकेट र ठग ठेकेदारका पक्षमा खुलेर लागेका मन्त्रीलाई च्यापिरहेर बेथिति वा भ्रष्टाचार नियन्त्रण हुँदैन । मेडिकल कलेज माफियालाई पुरस्कृत गर्ने ‘क्रोनी क्यापिटलिज्म’को अभ्यास गरेर भ्रष्टाचार नियन्त्रण हुँदैन । यी केही उदाहरण मात्र हुन, बेथिति नियन्त्रणै गर्ने भए उनले त्यस्ता सिन्डिकेट, माफिया, ठग र भ्रष्टाचारीलगायत माथि दरो प्रहार गर्नुपर्छ, चाहे ती आप्mनै पार्टीका मानिस किन नहुन्।

‘संसारका सबै देशमा जहाँसुकै प्रदर्शन हुँदैनन् ।’ प्रधानमन्त्रीको यो कथनसँग पनि यो पंक्तिकार विमति राख्दैन । त्यस क्षेत्रको प्रयोग गर्ने बृहत् जनसमुदायको सुविधाका खातिर माइतीघर मण्डललाई निषेधित क्षेत्र घोषणा गर्नु र जुलुस प्रदर्शनका लागि अन्य उपयुक्त वैकल्पिक स्थान तोक्नुलाई अगिपछि भए गलत भन्न पर्दैनथ्यो । वास्तवमा हामीकहाँ यस्ता नियमनहरू गर्न ढिला भइसकेको छ । यतिखेरै आएर माइतीघर मण्डललाई निषेधित क्षेत्र तोकिनुका पछाडि त असल नियत निहित छ, डा. गोविन्द केसीविरुद्धको प्रतिशोध छैन भनेर पत्याउन कोही तयार छैनन्।

अवसर घर्किंदै, चुनौती थपिँदै

आप्mनो आलोचना धेरै भएपछि प्रधानमन्त्रीले आफू पक्षधर मिडियाकर्मी र सरकार एवं पार्टीका मानिसको टिमै बनाएर बचाउमा परिचालन गर्न खोजेको देखिन्छ, केही दिन यताको मिडिया र सामाजिक सञ्जालको अध्ययन गर्दा । यो रणनीति आप्mनो ठाउँमा ठीकै पनि होला, अनि यो ट्वीट पनि त्यही रणनीतिको कडी होला । तर देशको प्रधानमन्त्रीको सबभन्दा ठूलो पुँजी भनेको उनको र उनको टिमको कार्यसम्पादन नै हो । राम्रो कामको ‘मार्केटिङ’ र कमी कमजोरीको बचाउ त्यसपछि मात्र आउने कुरा हुन्।

विकास र समृद्धि आजको देशकै एजेन्डा हो जसलाई अगि सारेर ओलीले चुनाव जितेका हुन् । उत्पादन र आयमा वृद्धि, पूर्वाधार निर्माण, शिक्षा तथा स्वास्थ्यसेवाको पहुँच र गुणस्तरमा वृद्धि– यी कुरा विकास एवं समृद्धिका विश्वव्यापी मापदण्ड र हाम्रा आवश्यकता दुवै हुन् । तर सामाजिक न्यायविनाको विकास र समावेशिताविनाको प्रजातन्त्र अपुरो हुन्छ, त्यसैले हामीलाई त्यो पनि उत्तिकै चाहिएको छ । तर यहाँ त विकास र समृद्धिकै खिल्ली उडाउँदै अन्तर्समुदाय विभाजन र द्वन्द्वलाई सधैँ राष्ट्रको अजेन्डा बनाइरहन खोज्ने अतिवादीहरू पनि छन् । केही समय अगिसम्म निकै शक्तिशाली उनीहरूलाई सफल हुन नदिन पनि प्रधानमन्त्रीले बाँकी अरू सबैलाई समेट्नु जरुरी छ । जुन काम उनीहरूलाई भड्काउने यस्ता ट्वीटहरू गरेर हुन सक्दैन । त्यस्तै, जिम्मेवार पार्टी र प्रबुद्ध नागरिक कसैले पनि रेलमार्ग आवश्यक छैन भनेर भनेका छैनन् । तर रेलमार्गको निर्माण वा लगानीको मोडालिटीमा बहस गर्ने वा त्यसको सम्भाव्यता तथा हाम्रो क्षमतामा प्रश्न गर्ने प्रबुद्ध वर्गका कुरालाई सुन्नुपर्छ । तिनबाट शिक्षा लिनुपर्छ । तिनका विरुद्ध आफ्ना समर्थकहरूलाई खनिन लाएर हुँदैन । गर्नसक्ने र गर्नैपर्ने सडकका खाल्टाखुल्टी पुर्ने काम चाहिँ नगर्ने, तर अपत्यारिला लाग्ने पानीजहाजका सपना जनतालाई बाँड्ने, अनि तिनमा प्रश्न ग-यो भने प्रतिप्रश्न गर्ने र आरोप लगाउने शैली लोकतन्त्रमा प्रत्युत्पादक हुनसक्छ । ओलीले अवसर पाएका छन्, राष्ट्रनिर्माण गर्ने र इतिहासमा नाम लेखाउने । त्यो गर्न उनले पार्टीका अन्ध समर्थकहरूका घेराबाट माथि उठ्न, प्रतिपक्षीप्रति उदार हुन र आलोचकहरूप्रति सहिष्णु हुन सिक्नुपर्छ।

प्रधानमन्त्रीको काम समस्याको समाधान गर्ने हो, समस्या निम्त्याउने होइन।
अर्को समाचार
‘प्रधानमन्त्रीलाई विघटन गर्ने अधिकार छ’
२९ माघ २०७७
•
४ मिनेट पाठ
‘प्रधानमन्त्रीलाई विघटन गर्ने अधिकार छ’
संविधानमा नलेखिएको भए पनि मुलुकको कार्यकारी प्रमुखले अवशिष्ट अधिकार प्रयोग गर्न पाउँछन् भन्ने तर्क प्रधानमन्त्रीका वकिलहरूले गरेका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध संवैधानिक इजलासमा बुधबार भएको बहसमा प्रधानमन्त्रीका तर्फबाट वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले भने, ‘कानुनले रोकेबाहेकका काम मन्त्रिपरिषद्ले गर्न पाउँछ । अहिलेको संविधानको व्यवस्थाबमोजिम मन्त्रिपरिषद्ले र नेपालको संविधान, २०१९ को व्यवस्थाबमोजिम श्री ५ ले प्रयोग गर्न पाउने अवशिष्ट अधिकार एउटै हो । यो अधिकार २०४७ सालको संविधानमा थिएन ।’  




न्यौपानेले संविधानको धारा ५८ को अवशिष्ट अधिकार उल्लेख गर्दै भने, ‘संविधानबमोजिम संघ, प्रदेश तथा स्थानीय तहको अधिकारको सूची वा साझा सूचीमा उल्लेख नभएको वा यो संविधानमा कुनै तहले प्रयोग गर्नेगरी नतोकिएको विषयमा संघको अधिकार हुनेछ ।’  

नका अनुसार संघ भनेको मन्त्रिपरिषद् हो । उनले मन्त्रिपरिषद्ले संसद् विघटन गर्न पाउने दाबी गर्दै त्यसलाई संविधानको ५७ र अनुसूची ५ को १७ र ३५ सँग पनि जोडेर पुष्टि गर्न खोजेका थिए । उनले भने, ‘संविधानले संसद् विघटनको मनसाय देखाएको छ, यो संसद् स्थायी प्रकृतिको होइन भनेर संविधानले नै भनेको छ, त्यसैले त्यसलाई अवशिष्ट अधिकार प्रयोग गरेर विघटन गर्न सकिन्छ ।’ 

'संसद विघटनको अधिकार प्रधानमन्त्रीलाई नदिने हो भने ब्रेकफेल भएको गाडी कहाँ पुग्छ ? '
उनले २०४७ सालको संविधानको धारा ५३ (४) जस्तो प्रधानमन्त्रीलाई मात्र संसद् विघटनको अधिकार अहिलेको संविधानले नदिएको बताए । ‘अहिलेको संविधानले त्यो अधिकार मन्त्रिपरिषद्लाई दिएको छ, मन्त्रिपरिषद् भनेको समूह हो, मन्त्रिपरिषद् २५ जनाको हुन्छ, २५ जनाले निर्णय गर्दा धेरैको विचार मन्थन हुन्छ’, उनले भने, ‘संवैधानिक इजलासमा एक न्यायाधीशले र पाँच न्यायाधीशले सुनुवाइ गर्ने र पैmसला गर्ने कुरा जुन हिसाबले फरक छ, त्यसैगरी प्रधानमन्त्री र मन्त्रिपरिषद्को निर्णय पनि फरक छ ।’  

केपी ओली नेतृत्वको वर्तमान सरकार करिब दुईतिहाइ बहुमत प्राप्त भएको र पार्टी नफुट्दै संसद् विघटन भएको उनले बताए । उनले भने, ‘संसदीय व्यवस्थामा मन्त्रिपरिषद्लाई संसद् विघटन गर्न नदिने हो भने संसद् निरंकुश हुन जान्छ ।’ संसद् विघटन गरेर निर्वाचनमा जाने कुरा गलत नहुने भन्दै उनले पाँच वर्षपछि पाउने मताअधिकार ३ वर्षमै प्राप्त गर्न खोज्नु जनताको हितमा नै रहेको दाबी गरे । 

‘एउटै पार्टी भएर पनि सडकमा दुईतिर नारा लगाइरहेका छन् । एउटै पार्टीको सभामुख सरकारविरुद्ध रिट लिएर आउने, अब संसद् पुनस्र्थापना गर्दा प्रधानमन्त्रीले संसद् बोलाउनुभएन भने के हुन्छ ? यो संविधानले सबै कन्ट्रोल गर्ने अधिकार मन्त्रिपरिषद्लाई दिएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संसद् बोलाउनुपर्छ । यसकारण पनि संसद् पुनस्र्थापना गर्दा अझ बढी समस्या आउँछ ।’ वरिष्ठ अधिवक्ता न्यौपानेले अदालतले समस्या समाधान गर्ने हो, बल्झाउने होइन भन्दै संसद् विघटन सदर गर्न माग गरे । उनले भने, ‘अहिलेको अवस्थामा संसद् विघटन सदर गर्दै अब बरु सर्वोच्च अदालतले संसद् विघटनसम्बन्धी व्यवस्था गर्न बनेको ऐन बनाउनू भनेर फैसला गरोस् । संसदीय प्रणालीमा प्रतिनिधिसभा विघटनको अधिकार प्रधानमन्त्रीलाई नदिने हो भने ब्रेकफेल भएको गाडी कहाँ पुग्छ ? यसलाई नियन्त्रण गर्ने कसले त ?’ 

उनले संविधानमा लेखेको कुरा पालना नभएमात्र असंवैधानिक हुने बताए । उनले संविधान र प्राकृतिक न्यायको सिद्धान्तले पनि मन्त्रिपरिषद्लाई संसद् विघटनको अधिकार भएको दाबी गरे । अर्का वरिष्ठ अधिवक्ता माधवकुमार बस्नेतले प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने अधिकार भएको दाबी गर्दै संविधानको धारा ५६ (६), ७६ (१), ७६ (८), १११ (१०) बमोजिम प्रधानमन्त्रीले संसद् विघटन गर्न पाउने जिकिर गरे । उनले जर्मनीको संविधानको धारा ३९ (१), ६३ (४), को चर्चा गर्दैै संसद् विघटनको आधार पेस गरेका थिए । 

यसैगरी वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले न्यायपालिका र व्यवस्थापिकाबाहेक संविधानमा व्यवस्था नगरिएको सबै अधिकार कार्यकारी प्रमुखले प्रयोग गर्न पाउने दाबी गरे । ‘संविधानमा स्पष्ट रुपमा प्रतिबन्ध नलगाएकाले संसद् विघटनको अधिकार प्रधानमन्त्रीले प्रयोग गर्न पाउनु पर्दछ’, उनले भने । उनले ‘डकुमेन्ट’ मात्र हेरेर संविधानको व्याख्या गर्नु जायज नभएको तर्क गरे । ‘यो सरकार ७६ (१) को भएकाले यसले नत विश्वासको मत लिनु पर्दछ नत यो सरकारविरुद्ध अविश्वासको प्रस्ताव नै ल्याउन मिल्छ ।’

उनले यसो भनेपछि न्यायाधीश तेजबहादुर केसीले सोधे, ‘किन अविश्वासको प्रस्ताव ल्याउन पाइँदैन ?’ जबाफ आयो, ‘एउटै पार्टीको दुई तिहाइ बहुमतको सरकार छ । अविश्वासको प्रस्ताव प्रतिपक्षीले ल्याउने हो । प्रतिपक्षीसँग बहुमत पुग्दैन । सत्तापक्षले नै अविश्वासको प्रस्ताव ल्याउनु शोभनीय हुँदैन । अब चुनावमै जानुबाहेक अरु हुन सक्दैन ।’
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस