मधेशवादी दलले ठूला दलहबीच सहमति नभएको बेलामा मोर्चा बनाएर एकता प्रदर्शन गरी आफ्नो महत्व बढाएका छन्। अहिले उनीहरू मुलुकलाई निकास दिने निर्णयक भूमिकामा पुगेका छन्।
परिस्थितिवश मोर्चाले पाएको अवसरले मधेशका सबाल तथा मुलुकका भविष्य दुवैलाई प्रभावित गर्न सक्छ। मोर्चा जिम्मेवार राजनीतिक शक्ति भएकाले मुलुकलाई अनिर्णयमा राख्नेमा सहायक बन्नु हुदैन। अहिलेको तटस्थताले अनिश्चितता बढाएको छ। सम्भवतः यसबाट छुटकारा पाउनकै लागि मधेशी मोर्चाले आफ्नो अवधारणा प्रस्तुत गरेको हो। अवधारणाले मधेशको हित र प्रधानमंत्री चयन तथा संविधान निर्माणलाई कति सहज पारेको छ भन्ने विश्लेषण हुनुपर्छ।
मोर्चाको अवधारणामा नयाँ विषयका साथै गैरमधेशवादी दलहरूले माओवादीसँग राखेका सर्त धेरै देखिन्छन्। विशेषगरी काग्रेस र एमालेले माओवादीसित राखेका सर्तलाई बढी स्थान दिइएको छ। जस्तै कब्जा सम्पति फिर्ता, लडाकु समायोजन, वाईसीएलको रूपान्तरण, माओवादीको नागरिक पार्टीमा रुपान्तरणजस्ता सर्त मधेशवादीका अवधारणामा समावेश छन्। माओवादी इतरका शक्तिले स्वतन्त्र न्यायपालिकाका संदर्भमा प्रकट गरेका धारणा पनि मोर्चाले त्यसमा राखेको छ। यो माओवादीको धारणाविपरीत छ। यसबाट मोर्चा कांग्रेसभन्दा माओवादीलाई सहयोग गर्न बढी उत्सुक छ भन्ने स्पष्ट छ। किनभने अवधारणामा उठाइएका अधिकांश माग माओवादीले पूरा गर्नुपर्ने प्रकारका छन्। मोर्चाको सर्त हेर्दा मधेशवादीको मौलिक माग नभई अन्यत्रबाट सुझाइएको सन्देह हुन्छ। मोर्चाको सर्त माओवादीले स्वीकार गर्ने हो भने अरू शक्तिले विमति जनाउने अवस्थै रहँदैन। बरु, मोर्चाको आफ्नै महत्व घट्ने हो कि?
मोर्चाले अवधारणाका नाममा थुप्रै सर्त राखे पनि आवश्यक महत्वपूर्ण विषय छुटाएको छ भने मधेशका प्रमुख सबाल पनि प्राथमिकता नपरेको देखिएको छ। मोर्चाले आफ्ना सर्तहरू पूरा गर्न राष्ट्रिय सहमति वा दुई तिहाई बहुमत आश्यक ठानेको देखिँदैन। न नयाँ सरकारले सहमति वा दुई तिहाइ बहुमत निश्चित्भित्र पुर्याउनुपर्छ नै भनेको छ। अवधारणा पत्रमा राखिएका सर्त सामान्य बहुमतको सरकारले पूरा गर्न सक्तैन। सर्त पूरा गर्न संविधान बन्नैपर्छ। संविधान बन्नलाई सरकारको नेतृत्व गर्नेले राष्ट्रिय सहमति वा दुई तिहाइ सभासदको गठनबन्धन तयार नगरी हुन्न। यो दायित्व पूरा गर्न प्रधानमंत्रीलाई वाध्य बनाउने कुनै सर्त नराखेकाले मधेशी मोर्चाको आँखा सरकार निर्माणमा केन्द्रित भएको स्पष्ट हुन्छ। अर्थात्, संविधान निर्माण र शान्ति प्रक्रिया मधेशी मोर्चाको प्राथमिकतामा नपरेको पुष्टि हुन्छ।
अवधारणामा मधेशवादी दलसित विगतमा भएका सहमति पूरा गर्ने विषयलाई बढी प्राथमिकता दिएको देखिन्छ। यसमा न त नौलो विषय छ न त कुनै दल वा सरकार त्यसलाई पूरा गर्न इन्कारै गरेका छन्। सहमति भएदेखि नै सबैले पूरा गर्ने प्रतिबद्धता गरे पनि कार्यान्वयन भएको छैन। त्यसैले पूरा हुन बाँकी विषय कार्यान्वयन गर्न निश्चित् समय तोकी प्रधानमंत्रीलाई बाध्य पार्नुपर्थ्यो। मधेशको वन विनाश र मरुभूमीकरण रोक्ने माग गरिएको छ। वन विनाश र मरुभूमीकरणमा मधेशवादी दल नेता कार्यकर्ताको भूमिका धेरै छ। सरकार र अरू दलभन्दा मधेशवादी शक्ति नै वन विनाशमा बढी संलग्न भएकाले यस मागको कुनै अर्थ छैन। उदाहरणका लागि बालुवागिटी निकासी संसदीय समितिलेे रोकेपनि मधेशवादी दलका आपूर्ति मंत्री आफैँले फुकुवा गरेका छन्।
मधेशको सबैभन्दा महत्वपूर्ण विषय सशस्त्र समूहसितको वार्ता हो। सरकारी उदासीनताले द्वन्द्व लम्मिनुका साथै मधेशको शान्ति सुरक्षा पनि बिग्रेको छ। अहिले मधेशमा तस्करी, अपराध र हिंसा बढेको छ। मधेशको आर्थिक, समाजिक, राजनीतिक, संस्कृतिक विकास ओझेलमा परेको छ। यसलाई नियन्त्रिण गर्न मधेशका सशस्त्र समूहसित वार्ता गर्नु आवश्यक छ। मधेशी मोर्चाले द्वन्द्व समाधान गर्न नयाँ सरकारलाई प्रतिबद्धता गराउन प्राथमिकता दिनुपर्छ। तर, मोर्चाले भने यसलाई अन्तिम प्राथमिकतामा राखेर झारा टारेको छ। लडाकु समायोजन व्यवस्थापनको निम्ति निश्चित समय तोक्ने माग गर्दा सशस्त्र समूहसित वार्ताको समय तोकिएको छैन। यसबाट पनि मधेशको द्वन्द्व समाधानमा मोर्चा उत्सुक नभएको स्पष्ट हुन्छ। नेपाली सेनामा मधेशीको समूहगत प्रवेशलाई पनि प्राथमिकतामा राखिएको छैन।
मोर्चाको अवधारणा मधेश केन्द्रित छैन। समग्रमा अवधारणाले निकास दिनुभन्दा जटिलता उत्पन गरेको छ भने मधेशको मुद्दालाई दोस्रो प्राथमिकतामा राखेको छ। यसैले मोर्चा साँच्चै नै गम्भीर छ भने अवधारणामा पुनर्विचार गर्नुपर्छ।