सरकारको सरोकार र विकास
२१ साउन २०७५
•
१२ मिनेट पाठ
सरकारको सरोकार र विकास
जनताले विकास भनेर बुझ्ने गरेको बाटोघाटो, स्वच्छ पिउने पानी, सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य र शिक्षा नै हो । ज्वरो आउँदा सिटामोल नपाएका जनतालाई चुनावका बेला सबै नेताले उल्लिखित सबै सुविधा घरघरै ल्याउने वाचा गर्छन् । चुनाव जितेपछि र सरकार बनाएपछि सबै पोलेर खान्छन् र घुमिफिरी रुम्जाटार पुग्छन् अनि सीमित व्यापारीकै पक्षपोषणमा रात दिन खट्छन् भन्ने आम सर्वसाधारणको मनमा गढेर बसेको विगतदेखिको यथार्थलाई फेरि सत्य त त्यही पो रहेछ त भन्ने भनाइलाई नै सरकारका क्रियाकलापले एकपछि अर्को गरी साबित गर्दै आफैँलाई निर्वस्त्र बनाउँदै लगेको अवस्थामा एकाएक प्रधानमन्त्रीको सक्रियताले चिकित्साक्षेत्र सुधारको आन्दोलन २७ दिनमा गएर सफल अवतरण भएको छ।




समयमै होस पु-याउन सकिएन भने बन्दै गरेका प्रादेशिक राजधानीले पनि विस्तारै यही नियति व्यहोर्न बाध्य हुनेछन् । अहिले नै प्रादेशिक राजधानी तोकिएका सहरहरूमा बसाइँसराइको लर्को चल्न थालेको छ, गुणस्तरीय स्वास्थ्य र शिक्षा पाइहालिन्छ कि भनेर । मुख्यमन्त्रीले प्रादेशिक राजधानीमै रुमल्लिने व्यवस्था पक्कै मिलाउँछन् र गाउँमा भन्दा पहिले आफैँ दैनिक हिँडडुल गर्ने क्षेत्रमै विकासका पूर्वाधार केन्द्रित गराउँछन् भन्ने सर्वसाधारणलाई लाग्नु र सरकारको पछिल्ला व्यवहार त्यतैतर्फ उन्मुख हुनुले प्रादेशिक राजधानीहरू क्रमशः बुटबल, पोखरा वा विराटनगर छेउछाउ घरजग्गाको भाउ आकासिएको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेत यसको पहिलो निशाना बन्न थालिसकेको छ । त्यस भेगका जग्गाधनी भने यही मौकामा गाउँबाट आएका सोझासाझालाई चर्को मूल्यमा आफ्नो जायजेथा बेचेर केन्द्रीय राजधानी काठमाडौँ आउन आतुर देखिन्छन् । यता पहिलेदेखि नै काठमाडौँमा घरजम गरी जमेका कैँयन् सर्वसाधारण भने देशको अस्थिरता देखेर अमेरिका–अस्ट्रेलियाको टिकट किन्ने हतारो र चटारोमै रहेको देखिन्छ । यहाँ भएका घरजग्गा पनि बेचेर हुन्डीमार्फत पैसा लाने बाटो खोज्ने गरेको तथ्यसमेत पुरानो भइसक्यो । विकासको असमान वितरण प्रणालीमा क्रमभङ्गता ल्याउन नसक्दा गाउँबाट सहर पस्दै देश छोड्ने प्रक्रियाले निरन्तरता पाइरहेको छ।

तुलनात्मक हिसाबले सबै दलहरूले प्रतिस्पर्धी राम्रालाई भन्दा दलका आसेपासे र हो मा हो मिलाउने हाम्रालाई अवसर दिने गरेकाले सामान्य नेपाली भएर बाँच्न चाहने जो कोही टिक्ने वातावरण क्रमशः स्खलित हुँदै गएको जानकारहरू बताउँछन् । यस्तो अवस्थामा स्वतन्त्र रूपले जिउन चाहने जो कोही नेपालीले यहाँ भविष्य नदेख्नु अस्वाभाविक होइन । चिकित्सा क्षेत्रको आन्दोलनका बेला स्वतःस्फूर्त रूपमा सडकमा ओर्लेका कैँयन् सर्वसाधारणसमेत कुनै न कुनै दलको बिल्ला भिराइहाल्ने पवृत्तिको शिकार हुन पुगे । आफ्नो सरोकारको विषय भएकाले सडकमा ओर्लेको आम नागरिकले सोच्दै गर्दा सरकार भने प्रतिपक्षको उक्साहटमा सडकमा भीड बढेको सम्झँदै सरकार सबैको साझा अभिभावक बन्ने र समस्याको समाधान खोज्ने तर्फभन्दा लान्छनायुक्त स्वरहरूमै भासियो केही दिन । धन्न समयमै होस फिर्याे! 

जनदैलामा नै कम्तीमा स्वास्थ्य र शिक्षालाई सर्वसुलभ हुने सुनिश्चित गर्न सक्ने चिकित्सा शिक्षा विधयेक नै ल्याउन सरकार लागिपरेको हो भन्ने विश्वसनीय वातावरण बनाउन समयमै सकेको भए, शृंखलाबद्ध अनशन र आन्दोलन जरुरत नै पर्दैनथ्यो । बसाइँसराइको चाप सहरोन्मुख क्षेत्रले व्यहोर्नै पर्दैनथ्यो । सरकार होलसेलमा वाचा गरेर किस्ताबन्दीमै भए पनि वाचा पु-याउने विश्वसनीय आधार बनाउनुको साटो उल्टोपाल्टो हिँडेको भान हुने गरी सर्वसाधारणसामु प्रस्तुत भयो तर विकास (?) को वातावरण धमिल्याउन उद्यत तप्कालाई युरिया मल प्राप्त भएको हेक्का राख्न सकेन । व्यक्तिगत तहमा उत्रेर सरकारका जिम्मेवार पदाधिकारी, सत्तारूढ पार्टीका नेता, कार्यकर्ता वा मन्त्रीसमेत उतर्सिंदै हिँड्नाले परिस्थिति सहजता तर्फभन्दा थप जटिल मोडतर्फ अगाडि बढेकाले नै सर्वसाधारणमा समेत थुप्रै जिज्ञासा, संशय र आशंकाले डेरा जमाउने मौका पाएको र सडक बाक्लिएको तथ्यप्रति सरकारले बालापन देखायो र निकास निकाल्न समय लाग्यो । झल्याँस्स भएका दिन समस्या सल्टिहाल्यो।  

यो सबै नै विकासको वितरण प्रणालीमा रहेको खोटको उपज हो । यसलाई समयमा नै सुधार गर्न सकिएन भने यो घनचक्करले आगामी कैँयन् वर्षसम्म नेपाललाई पिरोल्ने र काँचो वायु बनेर दुःख दिने निश्चित छ । यस्तो परिस्थितिको निर्माणले आवाज र पहुँचविहीन सर्वसाधारणले यो नियति भोगिरहने, गाउँघर थप उजाडिँदै जाने, सहरका सक्षम पुस्ता पनि पलायन हुने विद्यमान अवस्थामा किञ्चित सुधार हुनेछैन यदि समयलाई बुझेर निर्णय गर्नमा विलम्ब हुँदै गयो भने ।

गाउँलाई केन्द्रविन्दु बनाउन कन्जुस्याइँ गरेर हुँदै आएको विकास अवधारणाको ज्वलन्त परिणाम चिकित्सा क्षेत्रको आन्दोलन हो भन्न हिच्किचाउनु पर्दैन । समन्यायिक ढंगले विकास प्रक्रियालाई अनवरत अगाडि बढाउन सकेको भए आजको पुस्ताले यो दुर्दिन व्यहोर्न त के देख्नैपर्ने थिएन । जेलका चिसा छिँडीलाई तताएर आएका कैँयन् नेताहरू क्षणिक रूपमै भए पनि बदलाको भावले उद्वेलित भएर आफ्नो विचारसँग असहमतहरूलाई तह लगाउन लालायित भएको हो कि भन्ने आशंका गर्नेहरूलाई बल पुग्ने क्रियाकलापमा लागिपरेको देखियो । जसलाई प्रतिपक्षले अधिनायकवादको संज्ञा दिँदा आम सर्वसाधारणलेसमेत सो शब्दलाई थेगो बनाउने हुन् कि भन्ने देखियो।

त्यसैले फुर्सदका बेला र हिउँदमा मात्र आन्दोलनले गति लिने परम्परा रहेको नेपालमा मध्य बर्खाको उखर्मौलो गर्मीमा पनि चिकित्सा क्षेत्र सुधारको पक्ष लिएर जनस्तरमै आन्दोलन भयो । सोही बेला प्रतिपक्षले पनि आफ्नो विगतको पाप पखाल्ने राम्रो मसला र मौका भेट्टायो । यसमा घ्यु थप्न सरकारकै मन्त्री एवं पार्टी पंक्तिमा राम्रो छवि बनाएका जिम्मेवार पदाधिकारीहरूको प्रतिक्रियात्मक शैली र असहिष्णु भूमिका कारक बन्यो । कवि शिरोमणि लेखनाथ पौड्यालको ‘फलेको वृक्ष ननुहेको कहाँ छ र ?’ भन्ने व्यवहार न सत्ता पक्षले तत्काल देखाउन सक्यो न कामले नै प्रतिपक्षलाई जवाफ दिने रणनीतिमा ऊ अगाडि बढ्यो । फलतः जनस्तरबाटै सरकारतर्फको दबाब बढ्दो रफ्तारमा पुग्यो र सडक बाक्लियो । ढिलै भए पनि प्रधानमन्त्रीको बुद्धमत्तापूर्ण सक्रियताले चिकित्सा क्षेत्रको आन्दोलनले निकास पायो । यद्यपि कार्यान्वयनको पाटो सिङ्गै बाँकी छ। 

सरकारमा रहेका कसैले पनि यसको पृष्ठभूमिलाई ठण्डा दिमागले सोच्ने फुर्सद निकाल्न सायद सकेनन् वा तिनको क्षमताले भ्याएन । अन्यथा, सरकार पक्षका कैँयन् भरोसायोग्य होनहार नेताहरूसमेत टेलिभजनका पर्दामा संयमता गुमाउँदै नाङ्गिने थिएनन् । मुलुकको दूरदराजबाट आएका नेताहरू नै पर्यटक बनेर गाउँ जान रुचाउने र चुनावका बेला मात्रै घोषणापत्र दोहो-याएर हेर्न भ्याउने बेफुर्सदिलो भएपछि कसरी विकास प्रणालीको वितरण समन्यायिक बनाउन सकिन्छ र ?  समाजवादको नारा घन्काएर विजयी भएका नेताले उठाउनुपर्ने विषय एउटा सादगी डाक्टरले उठाउँदा अनेक लान्छना लगाउन उद्यत रहे सत्ता पक्षका प्रायः सबै केही समय।   

चन्दा लिएर जितेको चुनावको हिस्सेदार बन्नबाट कदाचित कुनै दाता विमुख हुन पुग्यो भने उसले राज्य व्यवस्था नै हल्लाउने सामथ्र्य राख्न सक्ने रहेछ भन्ने अहिलेको परिदृश्यले सबैलाई छ्याङ्ग बनाएको हुनुपर्छ । चुनाव जित्नेलाई पनि दाताको खातामा केही सहज हुने गरी सरकारमा रहेका बेला काम गर्न सकिएन भने अर्को चुनावमा जिल्लाराम भइएला भन्ने चिन्ता र भयले नेताज्यूहरूको दिमाग रन्थनाएरै र त होला त्यस्तो परिस्थिति देखिएको । यद्यपि त्यो धेरै दिन टिक्न सकेन, सर्वसाधारणसमेत सडकमा आउन थालेपछि । ढिलै भए पनि चिकित्सा क्षेत्र सुधारको आन्दोलन सरकार पक्षका नेताहरूले सकारात्मक ढंगले टुंग्याए । जुन वर्तमानमा स्तुतियोग्य त छ तर कार्यान्वयनले यसलाई प्रमाणित गर्न बाँकी नै छ। यति बेला पक्ष–प्रतिपक्ष लगायत सर्वसाधारण सबैको जित भएकाले कसैले पनि वाक्युद्धमा लाग्नु आवश्यक छैन।
अर्को समाचार
अपर अरुण स्वदेशी लगानीमै बनाउन ध्यानाकर्षण
१५ असोज २०६९
•
३ मिनेट पाठ
अपर अरुण स्वदेशी लगानीमै बनाउन ध्यानाकर्षण
काठमाडौं, असोज १६ (नागरिक)- माथिल्लो अरुण सरोकार समितिले स्वदेशी लगानीबाटै आयोजना निर्माण गर्न सरकारको ध्यानाकर्षण गरेको छ।समितिले प्रधानमन्त्री बाबुराम भट्टराई, अर्थमन्त्री वर्षमान पुन, विद्युत विकास विभागलाई पत्र लेखेर सरकारी तथा गैर सरकारी संस्था, वित्तीय संस्थाहरु, सार्वजनिक संस्थान, निजी कम्पनी र स्थानीयवासीको लगानीमा आयोजना निर्माण अघि बढाउन आग्रह गरेको छ।
तीन सय ३५ मेगावाट बिजुली उत्पादन हुने यो आयोजना संखुवासभा जिल्लामा पर्छ। 
 
समितिले यो आयोजना निकै सस्तो पर्ने भएकोले स्वदेशी लगानीमै बनाउन सरकारसँग आग्रह गरेको छ। विदेशी कम्पनीलाई लाइसेन्स दिँदा यसबाट हुने प्रतिफल विदेश जाने भएकोले विद्युत प्राधिकरणको अग्रसरतामा स्थानीयवासीलाई सहभागी गराएर बनाउन माग गरेको छ।
विदेशीलाई आयोजनाको लाइसेन्स दिइएमा आन्दोलन गर्ने धम्की समेत सरोकार समितिले दिएको छ। यही आयोजनाभन्दा तल तल्लो अरुणको लाइसेन्स ब्राजिलको ब्रास पावरले लिएको छ। त्यस्तै अरुण-३ को लाइसेन्स भारतीय कम्पनी सतलजसँग छ।




तल्लो अरुण ६ सय मेगावाट र अरुण-३ नौसय मेगावाटका हुन्। माथिल्लो अरुणलाई पाँचसय मेगावाटसम्म बनाउन मिल्ने प्राविधिकहरुले बताएका छन्। समितिले स्वदेशी सीप र प्रविधि प्रयोग गरेर आयोजना अघि बढाउन पहलको निम्ति संखुवासभाका सबै राजनीतिक दलहरुसँग अपिल समेत गरेका छन्।

यो आयोजना बनाउन प्राधिकरणले फागुन पहिलो साता विद्युत विकास विभागमा आवेदन दिएको छ। प्राधिकरण सञ्चालक समितिले यो आयोजनाको सर्वेक्षण अनुमति लिएर निर्माण गर्ने निर्णय गरेको हो।

यो आयोजनाको लाइसेन्स विगतमा प्राधिकरणसँग रहेकोमा खारेज भएको थियो। आवेदन बापत चार वर्ष अघि तिरेको झण्डै १० लाख रुपैयाँ समेत फिर्ता लिएको थिएन।
अरुण-तेस्रोभन्दा माथि बन्ने अपर अरुणको लागि ४५ किलोमिटरमात्र पहुँच मार्ग निर्माण गरे हुन्छ। यो आयोजना क्यू-७२ मा निर्माण हुनेछ। क्यू-७२ भनेको वर्षभरिमा ७२ प्रतिशत (२६२ दिन) पूरै क्षमतामा बिजुली उत्पादन हुने हो। अहिले सञ्चालनमा रहेका विद्युतगृहहरु क्यू-४० मा समेत छन्।

विद्युत विकास विभागले भने यो आयोजनाको लाइसेन्स निजी कम्पनीलाई दिने योजना बनाएको छ। विभागले भारतीय र ऊर्जा मन्त्रालयका केही अधिकारीहरुले यो आयोजनाको सर्वेक्षण अनुमतिपत्र चिनिया कम्पनीलाई दिनको लागि भित्री तयारी गरिरहेको स्रोतले बतायो।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस