यस स्तम्भको अगिल्लो लेख, ‘लेखकको पारिश्रमिक कति?' (१५ साउन), प्रकाशित भएको भोलिपल्ट त्यस लेखका सम्बन्धमा यस दैनिकका प्रधान सम्पादकबाट यसरी क्षमा याचना गरियोः ‘बुधबार पृष्ठ ६ मा रवीन्द्र मिश्रको ‘नितान्त व्यक्तिगत' शीर्षक अन्तर्गत प्रकाशित लेखमा अरू पत्रिकाको आलोचना छापिएकोमा हामी क्षमा चाहन्छौँ।
अरू संचार गृहप्रति लाञ्छना लगाउने कुनै नीति नभएको पनि स्पष्ट पार्छौं।' पारिश्रमिक सम्बन्धी लेखले जुन किसिमको प्रतिक्रिया जन्मायो त्यसबाट मेरो मनमा सम्पादकीय सन्तुलनको महत्वका बारे केही धारणा सल्बलाउन थाले। तिनलाई खासगरी संचारकर्मी र संचारसँग सरोकार राख्ने पाठकसँग बाँड्नु उपयुक्त सझेको छु।
यस लेखको मूल उद्देश्य सम्पादकले क्षमा याचना गर्ने परिस्थिति कहाँबाट आयो र त्यस्तो परिस्थितिलाई कसरी न्यून गर्न सकिन्छ भन्ने चर्चा गर्नु हो। त्रुटिपूर्ण र असन्तुलित ठानिएका लेख र समाचारको जन्म जहाँबाट हुन्छ कुरा त्यहिँबाट थालौँ। लेखकले विशेषगरी 'तथ्य' र 'सन्तुलन' मा अत्यधिक ध्यान दिनुपर्ने हुन्छ। कहिलेकाहीँ मानिसहरू 'तथ्य'लाई 'सत्य'को पर्यायका रूपमा हेरिदिन्छन्। तथ्य निरपेक्ष हुन्छ भने सत्य सापेक्ष हुन्छ। पत्रकारले सत्यको होइन, तथ्यको खोजी गर्दछ।
तथ्यको आधारमा मानिसले आआफ्ना दृष्टिकोण र बुझाइअनुरूप सत्य पहिल्याउने प्रयास गर्छन्। ‘तथ्य'ले हरेक समाचार र हरेक दृष्टिकोणमा समान र अकाट्य महत्व राख्छ। पत्रकारितामा तथ्यगत त्रुटि अपराध नै हो। त्यसैले तथ्यलाई दोहोर्याएर, तेहेर्याएर हेर्नुपर्ने हुन्छ। तर 'सन्तुलन'ले भने हरेक ‘समाचार'मा उच्च महत्व राखेपनि हरेक 'दृष्टिकोण'मा त्यित्तकै उच्च महत्व नराख्न सक्छ। तथ्यलाई समाचार र दृष्टिकोणै पिच्छे केलाएर हेरिन्छ भने सन्तुलनलाई एउटा निश्चित् समयावधि र निश्चित् परिप्रेक्षमा राखेरमात्र मूल्यांकन गर्नु उपयुक्त हुन्छ। कुनै पनि स्तम्भकार आफ्नो दृष्टिकोणमा कति सन्तुलित छ र उसले कसैको गुणैगुण र कसैको दोषैदोषको मात्र चर्चा गरिरहेको छ कि भन्ने बुझ्न उसको एउटा होइन कयौं लेख पढ्नुपर्ने हुन्छ।
तर पत्रकारिताको नैसर्गिक चरित्र नै कस्तो छ भने त्यसले उज्यालोभन्दा अँध्यारोलाई बढी कोट्याउँछ। नकोट्याइएको अँध्यारो कोट्याउन पत्रकारिता बढी लालयित हुन्छ। त्यसैको परिणामस्वरूप पछिल्लो समयमा मैले आफ्ना कतिपय लेखनलाई संचार माध्यमको आलोचनामा केन्द्रित गरेको छु। किनभने, देशका सबै संस्थाको नकारात्मकतामाथि निरन्तर प्रहार गर्ने संचार माध्यममा रहेका नकारात्मकताका बारे भने मूलधारको प्रेसमा चर्चै नहुने रहेछ। हाम्रो पेसाको चरित्रका कारण प्राप्त उँचो मञ्चमा उभिएर हामी सबैको आलोचना गर्दारहेछौँ तर आफ्नो आलोचना चाहिँ कसैले नगरिदेओस् भन्ने चाहँदा रहेछौँ।
त्यस्तो विडम्बनाको अन्त्य हामी सबैको हितमा छ तर त्यस्तो आलोचना पूर्णतः पेसागत र पूर्वाग्रहरहित हुनुपर्छ। सोही दृष्टिकोणका कारण, सन्दर्भअनुरूप मैले जसको आलोचना गरेको छु, तिनकै छाती खोलेर प्रशंसा गरेको छु र जसको प्रशंसा गरेको छु, सन्दर्भ परिवर्तन हुँदा तिनकै कम्मर कसेर आलोचना पनि गरेको छु। त्यसरी आलोचना गर्दा, आफ्नो दृष्टिकोणप्रति रहेको असहमति सम्बन्धमा मेरो कुनै गुनासो रहँदैन।
लेखकले यी सबै पक्षमा विचार पुर्याउँदा पुर्याउँदै पनि गल्ती गर्न सक्छ। त्यस गल्तीलाई औँल्याउने र सुधार्ने काम सम्पादकीय कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने दोस्रो पक्ष अर्थात् सम्पादकको हुन्छ। तर सम्बन्धित सम्पादकले क्षमा माग्नु परेको मेरो गत साताको लेखका हकमा भने उनीभन्दा बढी म दोषी छु। त्यस लेखमा मैले समष्टिगतरूपमा नेपालका ठूला प्रकाशन गृहका सबै प्रकाशक र सम्पादकको आलोचना गरेको थिएँ। तर खासगरी सिके लाल र खगेन्द्र संग्रौलाजस्ता अग्रणी स्तम्भकारलाई, मेरा दृष्टीकोणले, उचित पारिश्रमिक नदिइएको भन्दै सो लेखमा मैले यसै दैनिकको कडा शब्दमा आलोचना गरिको थिएँ।
भइदियो के भने, आफ्नै स्तम्भकारमाथि अन्याय गरेको भन्दै प्रकाशकहरूलाई 'धिक्कार छ' भनि गरिएको टिप्पणी छाप्नु अनुपयुक्त हुन्छ कि भन्ने जानकारी मलाई गराइयो, जुन स्वाभाविक थियो। 'त्यसोभए ठिकै छ नि त, ती स्तम्भकारहरुको नाम आइहाल्छ, पाठकले ती नागरिक दैनिककै स्तम्भकार हुन् भन्ने बुझिहाल्छन् र त्यसमा पनि मेरो लेख त सबै प्रकाशक र सम्पादकका बारेमा हो, त्यसैले नागरिकको आलोचनामा लेखिएको एउटा वाक्य झिके पनि दिन खोजेको सन्देश गइहाल्छ' भन्ने मेरो निष्कर्ष रह्यो। त्यसैले मैले सम्पादकलाई आपीत्तजनक लागेको अंश हटाउने मन्जुरी दिएँ, जुन स्पष्टतः मेरो गल्ती थियो। मेरो सम्पादकीय तन्तुले यस पत्रिकाको प्रकाशन गृहको आलोचनाको अंश हटाउने बित्तिकै लेखमा नाम किटान गरिएको अर्को प्रकाशन गृहविरुद्ध मात्र मैले प्रहार गर्न खोजेजस्तो देखिन्छ भन्ने थाहा पाउनु पर्थ्यो।
अनि मैले 'सो लेख या त छाप्दै नछापौँ, छाप्ने हो भने यस पत्रिकाको आलोचना गरिएको वाक्यसहित छापौँ' भन्नुपर्थ्यो। सायद, त्यही नभन्दा, भोलिपल्ट सम्पादकले क्षमा माग्नु पर्यो र यस लेखकको कुनै दूराग्रह र पूर्वाग्रह नभए पनि एउटा निश्चित् प्रकाशन गृहप्रति मात्र लक्षित देखिन गएको सो लेखबारे आफैंले दोषी महसुस गर्नुपर्ने स्थिति सिर्जना भयो। तर विषय क्षमा याचनामा सीमित रहेन। त्यसैसँग सम्बन्धित घटनाक्रममा मैले पहिले मनुज चौधरीको छद्म नाममा ‘हामी नेपाली' शीर्षकको स्तम्भ लेख्ने गरेको पत्रिकाले पुनः सोही नाम र सोही शीर्षकको स्तम्भ सुरु गर्यो। पुरानै नामहरूबाट सुरु भएको नयाँ स्तम्भको लेखक भने म होइन।
अनायासै सिर्जित यस परिस्थितिको स्पष्टरूपमा तीन वटा पाठ लिन सकिने मैले ठानेको छु। पहिलो, बदनियत नहुँदा, नहुँदै संवेदनशील विषयमा लेखिएको सामग्री सानो गल्तीले गर्दा सहजै असन्तुलित देखिन र सम्पादकले क्षमा नै माग्नुपर्ने स्थिति आउनसक्दो रहेछ। दोस्रो, र अझ महत्वपूर्ण शिक्षा के हो भने, आफूबारे असन्तुलित दृष्टिकोण छापिँदा त्यति पीडा हुँदोरहेछ भने अरूका बारेमा कयौंपल्ट तथ्यगतरूपमैं त्रुटिपूर्ण समाचार छाप्दा सम्बन्धित पक्षलाई कति पीडा हुँदोहोला भन्ने सहजै अनुमान लगाउन सकिन्छ। यो तथा अन्य प्रमुख राष्ट्रिय दैनिकमा व्यक्ति र संस्थाका बारे गलत समाचार छापिएका थुप्रै उदाहरण छन्, जसबारे बिरलै क्षमायाचना गरिएको छ।
तेस्रो तथा अन्तिम शिक्षा के हो भने, हामीकहाँ सानोको त कुरै छोडिदिउँ ठूला प्रकाशन गृहमा समेत आफ्ना पत्रकार, सम्पादक र लेखकका लागि बेलाबखत गर्नैपर्ने सम्पादकीय तालिमको व्यवस्था छैन। यसले सबैलाई आफ्नो काममा चुस्त राख्न मद्दत पुर्याउँछ। त्यस्तो तालिमको आर्थिक भार त्यति ठूलो पनि नहुन सक्छ तर त्यसले पत्रिकाको स्तर र साख बढाउन तथा गएको मेरो लेखमा देखिएजस्तो असन्तुलन एवं दिनदिनै जसो पत्रत्रिकामा देखिने मानहानीपूर्ण र तथ्यगतरूपमा गलत समाचार तथा लेखाइ न्यून गर्न ठूलो सहयोग पुर्याउन सक्छ।