अमेरिकाको राजधानी वासिंगटन सहरको डुपोंट सर्किलमा एक जना अमेरिकी पत्रकार मित्रसँग नेपाली राजनीतिको चर्चा गर्दा उनले नजीकै चम्किइरहेको होर्डिंग बोर्ड देखाउँदै भने - 'बोर्डमा के लेखिएको छ पढ त।' मैले आँखा घुमाएँ। बोर्डमा लेखिएको थियो - 'दी पोलिटिक्स इज ब्ल्याक।'
झट्ट हेर्दा यस सन्देशले अमेरिकाका (पहिला अश्वेत) राष्ट्रपति बाराक आबामाको राजनीतिलाई संकेत गरेजस्तो लागेपनि उहाँसँग यसको कुनै सम्बन्ध थिएन। पत्रकार मित्रले बताए - 'कालो रंगका धेरै परिभाषा र व्याख्या छन्। कालो रंगको प्रयोग सौन्दर्यका हिसाबले पनि हुने गर्दछ र कालो रंगले निष्पट्ट अन्धकारको पनि प्रतिनिधित्व गर्छ। यस सन्देशमा लेखिएको 'कालो' शब्दले समानताको प्रतिनिधित्व गर्छ होला। मेरो विचारमा तिमीहरूको देशमा चाहिँ अहिले निख्खुर र निष्पट्ट कालो राजनीति प्रचलनमा छ।'
नेपालमा अहिले सरकार छैन भन्ने जानकारी नेपाली मामिलामा चासो राख्ने सबै अमेरिकीलाई छ। सुदृढ सरकारको अभावमा नेपाली जीवनका लागि अति आवश्यक धेरै विषय असरल्ल परेका छन्। तर, अमेरिकीले नबुझेका यस्ता अरू धेरै कुरा छन् जो प्रजातान्त्रिक देशमा प्रचलित छैनन्। विश्वव्यापी प्रजातान्त्रिक मान्यताअनुसार, अवधि सकिएपछि निर्वाचित संस्था स्वतः विघटित हुन्छन् र राजनीतिक पार्टीहरू जनताबाट नयाँ वैधानिकता प्राप्तगर्न चुनावमा जान्छन्। तोकिएको समय सीमाभित्र आफनो दायित्व पूरागर्न असफल निर्वाचित संस्थाले जनतासमक्ष आत्मसमर्पण गर्नु नै एकमात्र प्रजातान्त्रिक विकल्प मानिन्छ। संविधान सभाको म्याद किनारामा पुगिसकेको अवस्थामा नेपालका सभासदले आफैं मनखुसी संविधान सभाको म्याद कसरी थपे? अमेरिकीले नेपाली राजनीतिको यो त्रू्कर तत्व बुझेका छैनन्। पा"च वर्षअघि भएको त्यति ठूलो जन आन्दोलनपछि पार्टीहरूले नया" राजनीतिक प्रणालीको विकास नगरेर दश वर्ष पुरानो संसद्को पुनर्स्थापना गर्नुपनि तिनको समझ बाहिर थियो। अमेरिकी वुध्दिजीवीका विचारमा, नेपालका राजनीतिक नेताहरूले वैधानिक प्रणाली स्थापनागर्ने नाममा अपनाएका विधि पूरै अवैधानिक छन्। प्रजातन्त्रमा यस्तो अवैधानिक काम अपराध मानिन्छ। घटनाक्रमले नेपाली राजनीतिक नेताको मनभित्रको आपराधिक आशय र राजनीतिमा त्यसको प्रयोग छर्लंग पारेका छन्।
संविधान निर्माणको प्रक्रिया कुनैपनि देशमा सहज हुँदैन। अमेरिकामा पनि संविधान निर्माणको प्रक्रिया पटकपटक घात, प्रतिघात र संघातको अवस्थाबाट गुजि्रएको थियो। तर, जस्तोसुकै अप्ठेरो अवस्थामा पनि नेताहरू संविधान निर्माणको मुख्य विन्दुबाट अन्त लागेनन्। विभिन्न विचारको घर्षणपछि उनीहरूले स"धै छलफललाई संविधानको मुख्य विषयमा केन्द्रित गरे। राजनीतिक असहमतिले पटकपटक झगडाकै रूपलिँदा पनि उनीहरू मुख्य विषयबाट कहिल्यै भौँतारिएनन्। उनीहरूमा आगोको चर्को राप सहने क्षमता थियो। वर्तमान समयमा पनि धेरै देशले संविधान निर्माणको बाटोमा आइपरेका अवरोधको सामनागर्दै व्यवस्थित प्रजातान्त्रिक समाजतर्फको यात्रा तय गरेका छन्। नेपालमा चाहिँ त्यस्तो देखिएको छैन। सतहबाट हेर्दा खासै साँस्कृतिक कचिंगल पनि देखिदैन नेपालमा। तै पनि, नेपाली जनताका आकांक्षा पूरा हुने मोडमा पुगेका छैनन्।
नेपालमा कार्यरत विभिन्न सामाजिक, राजनीतिक वैदेशिक संस्थाले तयार पारेका नेपालसम्बन्धी प्रतिवेदन र सन्दर्भ सामग्रीमा पहूँच भएका अमेरिकी वुध्दिजीवीले जनताको आकांक्षा विरुध्द राजनीतिक दलहरूबीच यति ठूलो असहमतिको कारण बुझन सकेका छैनन्। समझदारीको राजनीतिमा आएका माओवादीलाई हौवा बनाएर बाँकी दलले प्रजातान्त्रिक मान्यताको खिल्ली उडाएको ठान्छन् अमेरिकीहरू। उनीहरूको विचारमा, माओवादीको प्रवृत्ति केही समय आक्रामक रहेपनि प्रजातान्त्रिक पध्दतिले गति लिने बित्तिकै त्यो टिक्न सक्तैन। देशका सबै भागका जनताले राजनीतिक दलहरूलाई सहमतिको आधारमा संविधान निर्माणका लागि निरन्तर दबाब दिँदा पनि दलहरूले त्यसको कदर गरेका छैनन् भने त्यसलाई ढीठताबाहेक अरू केही भन्न सकिँदैन। जनताको तहबाट यति सकारात्मक जनादेश पाएका दलहरू सहमतिमा अघि बढ्न नसक्नु डरलाग्दो अवस्था हो। यो अवस्था थप विकसित हुँदै गयो भने नेपाली राज्यको संप्रभुता नै खतरामा पर्दछ। यस्तो बेला पार्टीले एकअर्कालाई दोष थुपारेर पन्छिन मिल्दैन। त्यस्तो दुर्भाग्यका लागि सबै पार्टी बराबर जिम्मेवार हुनु पर्नेछ। पछिल्लो समयमा नेपाली राजनीतिमा यस्ता अनुत्तरदायी पक्ष बढ्दै गएका छन्। यो राम्रो लक्षण होइन। कुनै पनि दलले पद्धतिको निर्माणका लागि निर्णायक विन्दुमा पुग्न हिम्मतका साथ अघि नसर्ने हो भने नेपाली समाजको घोर दुर्दशा हुनेछ।
नेपाली नेताहरू संविधान निर्माण र राज्य पुनर्संरचनाका कार्यसूची बारे राजनीतिक मञ्च, सभा सम्मेलन र अनौपचारिक बैठकमा लच्छेदार भाषण गर्छन्। उनीहरू राजनीतिक सुधारका प्रतिबध्दता पटकपटक दोहोर्याउने गर्छन्। तर, उनीहरूको ध्यान सत्ता र निजी स्वार्थका असान्दर्भिक विषयमा बढी केन्द्रित देखिन्छ। संविधानमा समावेश हुनुपर्ने गंभीर विषयलाई विधिवत् उठाउनु र छलफल गर्नुपर्ने शक्तिको मुख्य केन्द्र अर्थात् संविधान सभामा यी विषयले प्रवेश पाएको देखिँदैन। नेपालका नेताहरूमा असहमतिबीचबाट माथि उठेर देशका लागि आगोको लप्कासँग खेल्ने ताकत र क्षमता देखिएन। संविधान निर्माण प्रक्रियालाई गम्भीरतापूर्वक नियाल्दा नेताहरूमा जनता र जनमतको आदरगर्ने प्रवृत्तिको एकदमै अभाव देखिन्छ। उनीहरूको चाहना संविधान सभाको आधिकारिकताको प्रयोगद्वारा देशका लागि संविधानको निर्माण गर्ने भन्दा संविधान सभालाई नै निरस्त गरेर आफनो निजी हैकमबाट राजनीतिलाई निर्देशित गर्ने देखिन्छ। विभिन्न पार्टीको प्रतिनिधित्व गर्दै संविधान सभामा निर्वाचित सदस्यहरू भूमिकाविहीन अवस्थामा निरीह देखिएका छन्। उनीहरूलाई आफनो क्षेत्रका बारे संविधान सभामा विषय प्रवेश गराउने अवसरसम्म पनि दिइएको देखिँदैन। संविधान निर्माणका लागि स्वतन्त्ररूपमा हुनुपर्ने व्यापक छलफलको घाँटी पार्टी ह्विपद्वारा निमोठिएको छ। यो विषयमा माओवादी र अरू दल भन्ने कुरै छैन। वासिंगटनका विचारशील र नेपालको भलो चिताउने व्यक्तिहरूको विश्लेषणमा सबै दलका नेताहरूको दृष्टिकोण राजनीतिमा आफनै नेतृत्वको एकाधिकार स्थापना गर्ने तिर ढल्केको छ।
नेपालमा भोलि नयाँ सरकार बन्ला नबन्ला अमेरिकी विद्वान्हरूले त्यसको चिन्ता गरेका छैनन्। सहमतिको सरकार बनेर थपिएको म्यादभित्रै संविधान बन्नेमा उनीहरूको भरोसा पटक्कै छैन। अमेरिकी विदेश विभागसँग सम्बन्धित एक कूटनीतिज्ञको विश्लेषणअनुसार यतिखेर नेपाली प्रजातन्त्रको भविष्य निरापद छैन। पछिल्लो जनआन्दोलनपछि नेपाली राजनीतिमा एकाएक ठूलो शून्य देखा पर्यो। जनताले राजतन्त्रबाट मुक्ति पाएपछि राजाले प्रयोग गर्दै आएका अधिकार जनतामा हस्तान्तरित हुन सकेनन्। निर्वाचित राजनीतिक संस्थाको अभावमा त्यसको आधिकारिक हक नेपाली सेनामा स्थापित हुन पुग्यो। पुराना दलले यसलाई यथावत् रूपमा स्वीकार गरे भने नया" माओवादी दल त्यो अधिकारमा समायोजन खोजी रहेको छ। यसको टुँगो नलागेसम्म नेपालको संवैधानिक समस्याको टु"गो लाग्ने देखिँदैन। राज्य पुनर्संरचना, संघीय संरचना र समावेशी समाजको निर्माणका लागि पार्टीहरूबीच पहिले भइसकेका सहमति अलपत्र पर्नु र उनीहरूबीच पहिलेकै विन्दुबाट एकपटक फेरी मनमुटाव सुरु हुनुको मुख्य कारण यही हो।
जानिफकारहरू नेपालमा भएका र हुन बाँकी रहेका परिवर्तनमा अमेरिकाको भूमिका साह्रै सीमित हुने बताउँछन्। वामपन्थीहरूले नेपाली राजनीतिको पाइलापाइलामा अमेरिकी हस्तक्षेप देखेपनि सत्य निकै फरक छ। कूटनीतिज्ञहरूका अनुसार, आतंकवादविरुध्द अफगानिस्तानमा ठूलो सामरिक संलग्नताले गर्दा अमेरिकाले प्रजातन्त्र सुदृढगर्न सहयोग पुर्याउनु पर्ने धेरै क्षेत्रमा ध्यान दिन सकेको छैन। मानव अधिकारका धेरै क्षेत्रमा अमेरिकी सहयोग पातलिएको छ।
परिस्थितिमा व्यापक सुधार नआएसम्म अमेरिकाको भूमिका अहिलेकै हदमा सीमित रहनेछ।