लाग्छ, चरम् घर्षणशील नेपाली समाजको नयाँ सपना र आवेगसँग प्रधानमन्त्री माधवकुमार नेपालको बाह्र हात परको साइनो पनि छैन । र नै त होला, उनले जेठ २८ गते राजा ज्ञानेन्द्रलाई झल्झली सम्झाए । स्मृति भन्छ, बन्धु विनाशबाट पाएको इच्छित वरदान हात थापेर जब ज्ञानेन्द्र खुट्टा हल्लाउँदै रक्तरञ्जित सिंहासनमा बसे, तिनको तामसी ताहुरमाहुर थामिनसक्नु भयो । तिनले आप\mनो चरणका धुलीकणसरहका महारथी-रथीलाई आप\mनो अभिनन्दनको नौटङ्की रच्न हुकुम दिए । बस्, अब सुरु भयो उत्पात तामझाम र तडकभडकयुक्त ज्ञानेन्द्र अभिनन्दन अभियान । जङ्गी फुलीधारी रथीहरु कोर्रा हल्लाउँदै दुनियाँलाई थर्काएर फुलगुच्छाको चाङ लगाउँथे ।
राजाको जयजयकार गर्न आओ भनेर ती चारैतिर जाङ्गी उर्दी जारी गर्थे । आखिर सङ्गीनधारी जङ्गीको भयकारी उर्दी न ठहरियो, 'नाइँ' भन्न कसका बाउको पिताम ?
तानाशाह मौसुफको जयजयकार गरिने थलोमा अकिञ्चन नरनारी निहुरिएर, आप\mनै छायाँजस्ता भएर लुखुरलुखुर आउँथे । धेरैजसो नरनारी नगए मारी पो हाल्लान् कि भन्ने डरले आए होलान् । त्यसरी क्रूर सत्ताको तरबारमुनि घिसारेर ल्याइनेमा स्कुले बालबालिका सधैँ नै धेरै हुन्थे । ती टन्टलापुर घाममा टट्टिँदै घन्टौँसम्म ठिङ्ग उभिन विवश हुन्थे । परिवेशमा आतङ्क व्याप्त हुन्थ्यो । मेरा पिँडुला दुखे, म थाकेँ, मलाई तिर्खा लाग्यो, मलाई भोक लाग्यो, मलाई रिङ्गटा लाग्यो भन्न पाउनु छैन । भने प्वाक्क मार्लान् भन्ने भय छ । बालबालिकाले आफ्ना दुःख प्रकट गर्दा जङ्गी पोसाक लगाएका ज्ञानेन्द्र 'ठीक छ, बुझेँ' भन्दै तिनका जीवनमाथि क्रूरतम ठट्टा गर्थे । यसरी सङ्गीन र बुटको ध्वाँसको सहाराले राजाको धुमधाम जयजयकार गराइन्थ्यो र भनिन्थ्यो - हेर ! यो हो नयाँ राजाको लोकपि्रयता ! कसैले आँट गरेर 'होइन' भने उसको ज्यानै जाने खतरा थियो ।
वागी नागरिकले एक ज्यान, एक मन भएर जब विप्लवी आँधीको सिर्जना गरे, दमन, दम्भ र पाखण्डको पर्याय बनेको ज्ञानेन्द्रीय मकरतन्त्र गोपिक्याँच भयो । शाही सिंहासन गल्र्यामगुर्लुम ढल्दाको थर्कोसँगै जनजनका स्पन्दनशील मनमा नयाँ आशा र उमङ्गको उत्ताल ज्वार उठेको थियो । अब भने त्यो करकाप, भय, दमन, आतङ्क र पाखण्डको पीडाबाट मुक्त हुने भइयो । अबलाई सदाका लागि गए ती काला दिन ! तर चिताइएको एक थोक थियो, भयो अर्कै थोक । श्रीपेच लाउने एकजना राजा लखेटिएर खाली भएको ठाउँमा त टोपी लाउने अनेक राजा पो प्रकट भए बा ।
टोपीधारी राजाको प्रतिनिधि पात्र हेटौँडामा दृष्टिगोचर भयो । ऊ प्रधानमन्त्री माधव नेपालको कलेवरमा प्रकट भएको थियो । कुन्नि, सत्तामा प्रम माधवको उदय सुलहको होइन कलहको, शान्तिको होइन युद्धको, सिर्जनाको होइन विनाशको उपासना गर्नकै लागि पो भएको हो कि ! राजनीतिमा कलह र विग्रहको वेग झन्झन् उर्लँदो छ, माधवबाबु भने भोजभतेर, अभिनन्दन, उद्घाटन र शिलान्यासमा मगनमस्त छन् । यही मस्ती अभियानमा गत जेठ २८ गते फलामचरीमा हररर सयर गर्दै हेटौँडामा यिनको सवारी भएथ्यो । केन्द्रीय खेलकुद प्रतिष्ष्ठानको शिलान्यास गर्नु सवारीको निहुँ थियो ।
जेठ २९ गते नागरिक र रिपब्लिका दैनिकको पहिलो पातोमा सवारीबाट सिर्जित क्रूरताका आङै सिरिङ्ग हुने कथा सचित्र छापिएका छन् । प्रधानमन्त्रीको स्वागत गर्न भनेर एक दर्जन विद्यालयका विद्यार्थीलाई भेडा-च्याङ्ग्रा झैँ धपाउँदै ल्याइएछ । नर्सरीका कलिला र निम्छरा बालबालिका पनि छडीको ऐठनकारी छायाँमुनि डोर्याइएछन् । जेठमासको हुर्हुरी आगो ओकल्ने घाममा तिनलाई तीन घन्टासम्म बिनाहलचल र बोलचाल उभ्याइएछ । कलिला हातमा फूलका थुँगा छन् । उखर्माउलो गर्मीले पग्लिएका शरीरमा पसिनाका धारा छुटेका छन् । शिक्षक-शिक्षिका हात-हातमा छडी लिएर ओरपर घुमिरहेका छन् । अहो ! त्यो बर्बरता, त्यो यन्त्रणा, त्यो अपराधिक कृत्य - त्यसले अबोध र असहाय बालबालिकाका आहत हृदयमा उब्जाएको पीडाको अजङ्गको बोझ मेरा लुरे शब्दले बोक्नै सक्दैनन् ।
नागरिक र रिपब्लिकामा छापिएका दुधमुखे बालबालिकाका ओइलाएका तस्बिर पसिना र आँसुले लपक्कै भिजेका छन् । ती थकित, आतङ्कति र क्रुद्ध अनुहार तिनको त्यो दारुण दशाका स्रष्टाको मनोविकार हेर्ने सफा ऐना हुन् । त्यो आपराधिक कृत्यका सौभाग्यशाली उपभोक्ता त प्रधानमन्त्री भइनै हाले । तर त्यो कृत्यका स्रष्टाचाहिँ को हुन् ? समाचार भन्छ - बालबालिकालाई त्यो अकथनीय यातनाको निर्मम उपहार टक्रयाउन केन्द्रीय खेलकुद प्रतिष्ठान समितिले उर्दी जारी गरेथ्यो । को हुन् त्यो समितिका विवेकवान् जीवात् ? अनि तिनलाई त्यसो गर्न अह्राउने उपरवालेचाहिँ को हुन् ? कागजी आदर्शअनुसारको आचरणको अपेक्षा गर्ने हो भने शिक्षक-शिक्षिका आप\mना विद्यार्थीका आमाबाबुपछिका आमाबाबु हुन् । आमाबाबु आप\mना कलिला, निम्छरा र अबोध सन्तान विश्वास र आस्थाका साथ तिनका हातमा सुम्पिदिन्छन् । दुई नम्बरका आमाबाबुको भूमिकामा रहेका यी पाषाण हृदयी शिक्षक-शिक्षिका को हुन् ? तिनले कुन बफादारी, प्रलोभन वा वाध्यतावश आप\mना चिचिला विद्यार्थीको त्यो कन्तबिजोक चुपचाप, टुलुटुलु हेर्नु परेको हो ? के विद्यालय यातनालय हुन् ?
शाही शैलीको सवारीको तामझाम र तडकभडकको सोख अघिल्ला प्रधानमन्त्री प्रचण्डमा पनि राम्रैसँग नदेखिएको होइन । तिनका बाहिर-भित्रका भ्रमणमा पनि नमस्कार सिरियलको आनन्द उपभोग गर्न कर्मचारी र विद्यार्थीको लस्कर उभ्याइएको देखिएकै हो । हुँदाहुँदा फूलमालाको ओजन बढेर एक्काइस किलो पुगेको भद्दा दृश्य पनि हामीले यिनै आँखाले देख्नु परेकै हो । परिवर्तनको आँधी लिएर उच्च विचार र सादा जीवनको सन्देश छर्दै आएका प्रचण्डको त्यो तामझाम र तडकभडक मोहमा भन्नु र गर्नुबीच विकराल खाडलको चित्र कोरिएको छ । सवारीको यो तामझाम र तडकभडक आखिर उही शाही सोख र शैलीको खुरुखुरु नक्कल न हो । हिजो र आज फरक भयो के त ? संस्कृति र शैलीमा के के नयाँ हुन थालेर नेपाल नयाँ हुँदै गएको हो ?
प्रधानमन्त्री बन्ने धूनमा शाही प्रधानमन्त्री बन्नसमेत धनुषटङ्कार मुद्रामा प्रस्तुत हुने पात्रको चिन्तन र आचरणमा नयाँ, मङ्कलकारी र सुन्दर चीज देख्न रहर गर्दा व्यर्थै पछुतो मान्नुपर्छ । राजाजस्ता लाग्ने टोपीधारी प्रधानमन्त्रीको कथित सवारीको शान राख्न ज्यानमा बाहुबल, मनमा मनोबल र मुखमा वागी स्वर नभएका अबोध र असहाय बालबालिकालाई दारुण यातना दिनेलाई दण्ड त दिनै पर्ला । दण्ड दिइनुपर्ने कसुरदार को को हु्न् र दण्ड दिने निकाय कुन हो ? यहाँ आर्जनमुखी बालअधिकारकर्मीको सम्झना गर्नु त व्यर्थ छ । तर, हाम्रा छ सय एक विधायकको काम-कर्तव्य फगत उङ्नु, हाई काड्नु र काखी कन्याउनु मात्र त नहोला नै ।