सरकार गठनको साँचो हातमा लिएर बसेका नेकपा (एमाले) र लोकतान्त्रिक मधेसी मोर्चाको तटस्थ बस्ने निर्णयप्रति यतिबेला टिकाटिप्पणी भइरहेको छ। मुलुकलाई अनिर्णयको बन्दी बनाएको आरोप दुवैमाथि समानरूपमा लगाइएको भए पनि तिनले उठाएका विषय भने भिन्न छन्।
एमालेले राष्ट्रिय सहमतिको अडान लिएको छ भने मोर्चाले मुख्यरूपमा ‘एक मधेस एक प्रदेश' को नारा अनुमोदन गराउन खोजेको छ। शान्ति र संविधानका लागि एमालेको अडानमा ढिलोचाँडो सबै दल नआई सुख छैन भने मोर्चाको अडानलाई स्वीकार गर्न सकिँदैन।
असली मुद्राको अभाव भयो भने खोटा मुद्राले बजार लिन्छ भन्ने ग्रेसमको सूत्र नेपाली राजनीतिमा लागू भइरहेको छ। माओवादी, कांग्रेस र एमाले मिल्न नसक्दा मधेसी दलहरूको भाउ माथि पुगेको हो। लामो इतिहास, विश्वव्यापी दार्शनिक आधार र देशव्यापी संगठनात्मक सञ्जाल भएका यी दलको साटो एकाएक उत्पत्ति भएका मधेसी दलका हातमा निर्णायक अवसर पुग्नु मुख्य दलका लागि लज्जास्पद हो। मधेसी दलहरूले उठाउँदै आएका असान्दर्भिक सबाल र तिनको भूमिकाका कारण गणतन्त्र नै बदनाम हुने अवस्थामा पुगेको छ। ‘एक मधेस: एक प्रदेश'को मागको कहाँ र कसरी न्वारन भयो भन्ने अहिलेसम्म रहस्यमै छ। भारतसँग जोडिएको पूर्वको झापादेखि पश्चिमको कञ्चनपुरसम्म एउटै प्रदेश हुनुपर्ने मागमा औचित्यपूणै तर्क छैन। यस क्षेत्रमा न एउटै जातिको बसोबास छ, न एउटै भाषा बोलिन्छ, न त एउटै संस्कृति छ, न एउटै धर्म छ, न त ऐतिहासिकतै मिल्छ। तर, पनि यसलाई एउटै प्रदेशमा बाँध्ने योजनाका पछाडि लुकेको रहस्य अनुमान गर्न सकिन्छ।
हिजो एकात्मक र केन्द्रीकृत राज्य व्यवस्था हुँदा सबै क्षेत्रमा समानरूपमा राज्यको ध्यान पुग्न सकेन भन्ने निष्कर्षका आधारमा लोकतन्त्र स्थापनापछि मुलकुलाई संघीय प्रणालीमा लैजाने सहमति भएको हो। तर, मधेसी दलहरूले भनेजस्तै आधा भूभागलाई एउटै प्रदेश बनाउने हो भने बाँकी पहाडका लागिमात्र अर्को प्रदेश आवश्यक छैन। नेपालको भूभाग एकै किसिमको छैन। कतै समथर उब्जनशील जमिन छ भने कतै पहाड हुन्छन्। कतै नदी-नाला र वन क्षेत्र छ। अर्को मुलुकसँग सीमा जोडिएको सबै उत्पादनशील क्षेत्रलाई एउटै प्रदेशमा बाँध्ने हो भने बाँकी मुलुक त्यसैको बन्धक हुनेछ।
प्रधानमन्त्रीका दुवै प्रतिस्पर्धी माओवादी र कांग्रेसले मधेसी मोर्चाले उठाएको एक मधेस प्रदेशको मागलाई अस्वीकार गरेर परिपक्वता प्रदर्शन गरेका छन्। पुष्पकमल दाहाल र रामचन्द्र पौडेल दुवैलाई प्रधानमन्त्री हुनु छ। पौडेलका लागि नभए पनि दाहालका लागि मधेसी दलको मत निर्णायक हुन्छ। सायद, यही मौका छोपेर आत्मनिर्णयको अधिकारसहितको एउटै स्वायत्त मधेस प्रदेश, नेपाली सेनमा समूहगत प्रवेशजस्ता अमान्य मागलाई उनीहरूले अघि सारेका हुन्। तर, राजनीतिमा सधैँ सोचेजस्तो मात्र हुँदैन। हुन त विगतमा जातिअनुसारका राज्य बाँड्दै हिँड्ने माओवादी नै हो।
एउटा जातिविरुद्ध अर्को जाति र एउटा क्षेत्रविरुद्ध अर्को क्षेत्रलाई उक्साउँदै त्यसैलाई ऊर्जाका रूपमा प्रयोग गरेर ‘जनयुद्ध' मा सफलता पाएको माओवादीलाई अहिले त्यही माग घाँडो भएको छ। अहिले पनि माओवादी झन्डै लत्रिन लागेको थियो। राज्य पुनःसंरचना आयोग गठन गर्ने तीन दलबीचको पूर्वनिर्णयबाट पछि हटेर उसले मधेसी दलहरूसँग हातेमालो गर्न नखोजेको होइन। सायद, आन्तरिक दबाब र लोकलाजले पुष्पकमल दाहाललाई त्यसबाट बाहिर निस्किन बाध्य बनायो।
नेपालको लोकतान्त्रिक आन्दोलनमा कुनै योगदान नभएका र गणतन्त्र स्थापनापछि एकाएक उत्पत्ति भएका दलले उठाएका विषयमा विश्वास गर्न सकिँदैन। क्षेत्र विशेष र जाति विशेषलाई मात्र प्रतिनिधित्व गर्ने कुनै पनि दलले राष्ट्रको प्रतिनिधित्व गर्न सक्दैन। मधेसी दलहरू संविधान सभाको निर्वाचनमा सामेल भएकै आधारमै समग्र मधेसका प्रतिनिधि मानिन सक्दैनन्।
पहाडमा पानी पर्दा मधेसमा बाढी आउँछ। मधेसका बाटो बिग्रँदा पहाडमा तरकारी अलिनो हुन्छ। यही अन्तरसम्बन्ध र अन्तरनिर्भरताले नेपाललाई धेरै फूलको माला बनाएको हो। यसलाई कमजोर बनाउन पाइँदैन। एउटै दलका आधा सभासद्ले एउटाको पक्षमा मत हाल्ने र बाँकी तटस्थ बस्नाले पनि मधेसी दलहरूको अविश्वसनीय प्रवृत्ति र चरित्र उदांगो बनाएको छ। माओवादीमा पैसा र बन्दुक नै सबै हो भन्ने मानसिकता छ तर, त्यही सोच मधेसी दलका नेतामा पनि भएको घटनाक्रमले सिद्ध गर्दै लगेको छ।
एमाले, कांग्रेस र माओवादीकै कारण अहिले मुलुक संकटमा धकेलिएको हो। यी तीन दल नमिल्दासम्म संकट समाधान हुँदैन। माओवादीले मधेसी दलसँग मिलेर सरकार बनायो भने राष्ट्रियता र लोकतन्त्रको दुर्दशाको शृंखला सुरु हुनेछ। सत्तालाई सबैथोक मान्ने दुई शक्तिको मिलनले अतिवादी शक्तिको प्रादुर्भाव गराउनेछ। ‘राष्ट्रिय सहमतिका लागि' माओवादीले १३ महिनासम्म माधवकुमार नेपालको राजीनामा माग गर्दा पनि साँच्चै राष्ट्रिय सहमति चाहेको थिएन र अहिले पनि चाहिरहेको छैन।
त्यसैकारण उसले अहिले दलहरूसँग विवादमा रहेका निष्कर्षमा पुग्नैपर्ने विषयमा छलफल गर्नै छोडेको छ। माओवादीको आँखा सिंहरबारतिर केन्द्रित छ, शान्ति र संविधानमा होइन। यस्तो अवस्थामा उसले मधेसी दलसँग गठबन्धन गरेमा त्यो प्रतिशोधप्रेरित हुनेछ। आफ्नै पार्टीभित्र समेत २०औँ वर्षदेखि बिना अनुमोदन टिकिरहेको नेतृत्व शिविरका लडाकु, कन्टेनरमा हतियार र बाहिर अर्धसैन्य संरचनासहित सत्ता पुग्ने हो भने मुलुकको अवस्था के हुन्छ भन्ने छनक कटवाल प्रकरणले दिइसकेको छ।
त्यसैले पनि कांग्रेस-एमालेले अधिकतम मिहिनेत गरेर मुलुकलाई त्यस दिशामा जानबाट रोकेर सहमतिको यात्रा अगाडि बढाउनुपर्छ।