देशका भाग्य विधाता मानिएका राजनीतिक दलका नेताहरूले सहमति र प्रतिस्पर्ध्दाका सिध्दान्तलाई लत्याएपछि देश भिरको चिण्डोमा रूपान्तरित हुन्छ। अहिले नेपालको अवस्था त्यस्तै छ। देशमा भर्खरै रोपिएको लोकतन्त्रको जरोले माटो थाम्न छाडेको छ।
नेताहरूले चारचार पटकको प्रयत्नपछि पनि एउटा सरकारसम्म बनाउन नसकेपछि राजनीति जग हँसाइको मसला बन्यो। काम चलाउ सरकारको म्याद बढाउँदै अब पाँचौ पटक प्रधानमन्त्री छान्ने प्रयत्न गरिँदैछ। तर, त्यो प्रयत्न पनि सफल होला नहोला? अनमान गर्ने ठाउँ बाँकी नै छ।
छिमेकी मित्र देशको राजनीति अराजक बन्दै गएपछि भारतका प्रधानमन्त्रीले सरकार निर्माणका लागि मध्यस्थकर्ताको भूमिका निर्वाह गर्न आफना कूटनीतिज्ञलाई खटाउनैपर्ने 'वाध्यात्मक' अवस्था उत्पन्न भएको हुनुपर्छ। यस्तो समय आउनु सम्भवतः कुनै पनि देश र समाजका लागि प्रीतिकर होइन। अझ, इतिहासको बिहानीदेखि नै आफनो देश स्वतन्त्र रहेको अहंकारमा बाँचेका नेपालीका लागि यो घटना आफैँमा लज्जाजनक अवस्था बनेकोछ। यस अवस्थाले अहिलेसम्मका हाम्रा गौरव गाथालाई मिथ्या साबितमात्र गरेको छैन, हाम्रो वर्तमानलाई समेत ध्वस्त पारिदिएको छ।
हामी हीनताको भासमा जाकिएका छौँ। राजनीतिक दलका नेताको निर्वुध्दि, अहंकार र संकीर्ण चिन्तनका कारण नेपाली कहिल्यै राष्ट्रिय सहमतिमा पुग्न नचाहने झगडालु र विभाजनकारी जातिका रूपमा चिनिन थालेका छन्। गरिबीले जर्जर पारेका जनता मनैले बेसहारा र एक्ला हुन्छन्। भोकले अशान्ति बढाउँछ। पार्टीहरूको बेमेल राजनीतिले देशमा भोक र अशान्ति दुवै बढाएको छ। आशा विमुख भएका छन् जनता। अहिलेको राजनीतिक वातावरणले गृह युध्दको पृष्ठभूमि तयार पार्न उक्साइरहेको छ।
राजाको जमानादेखि नै नेपालमा राष्ट्रवादको ठेक्का लिँदै आएका वामपन्थी दलहरू यतिबेला आफूले बुनेको जालोमा आफैँ फँसी रहेका छन्।
उनीहरूको राष्ट्रवाद स्पष्टरूपले सैध्दान्तिक संकीर्णता र व्यक्तिगत स्वार्थमा अल्भि्कएको देखिएको छ। पार्टीहरूभित्र व्यक्तिव्यक्ति बाँडिएका छन्। सबैभन्दा एकीकृत मानिएको र सबैभन्दा बलियो ठानिएको माओवादी पार्टी प्रचण्ड र बाबुरामको सेखीमा अडिएको छ। माधव नेपाल र झलनाथको पासोमा परेको छ मध्यमार्गीको बिल्ला भिर्न रुचाउने एमाले पार्टी। सत्ताका लागि जो सुकैसँग जस्तोसुकै पनि सम्झौता गर्न नहिच्किचाउने एमालेले सत्ताको सन्दर्भमा मात्रै माओवादीसँग घनिष्ठता खोजेर सैध्दान्तिक 'बदचलनी'को अहिलेसम्मका सबै रेकर्ड तोडेको छ। उता, वामपन्थीहरूसँग राजनीतिक सम्बन्धको अविश्वसनीय अवस्था बुझ्न नसकेका कांग्रेसका नेता सरकार चलाउने पालो पर्खँदा पर्खँदै हिस्सिन थालेका छन्। दलहरू आफनै अन्तर्ध्वंशी चरित्रको सिकार बनेका छन्। उनीहरूका लागि नया" संविधान गौण बनेको छ। तिनका नजरमा राजनीतिमा जे छ त्यो सरकारमै छ। बितेका केही साता राजनीतिका विद्रूप नाटक नेपाली रंगमञ्चमा जसरी मञ्चित भएका छन् त्यसलाई हेर्दा कतैपनि आशाका इन्द्रधनुष टल्किएको देखिँदैन। सर्वव्यापीरूपमा घटनाक्रमले ज्ञान, विचार, राजनीतिक कला र मर्मका हिसाबले नेपाली जातिको हैसियतलाई ठाडै ओरालोतिर धकेलिरहेका छन् निरन्तर।
यस पटक छिमेकी देशबाट आएका मध्यस्थकर्ता श्याम शरणलाई नेपाली राजनीतिको मेसो बुझ्न त्यति अप्ठेरो पक्कै परेन होला। सत्ताका लागि सबै दल बराबर शरणागत भएका बेला मध्यस्थकर्ताका लागि वातावरण स्वाभाविकरूपले सहज हुन जान्छ। त्यसमाथि नेपाली राजनीतिका गल्ली गल्छेडा नापेर प्रशस्त अनुभव कमाइसकेका श्याम शरणको भूमिका विस्तारितरूपले नै अन्तरंग भयो होला। उहाँको प्रयासले नेपालका राजनीतिक दलहरूबीच चल्दै आएको मतान्तर क्षणिकरूपमा मेटिए पनि दीर्घकालीनरूपमा यसले नेपाली शासन व्यवस्थाका दाबेदारको निर्णय क्षमता र स्वतन्त्र अस्तित्वमा प्रश्नचिन्ह लगाउने निश्चित छ। श्याम शरणको सफलताले नेपालका राजनीतिक दललाई तत्कालका लागि एउटा सरकार निर्माणमा मद्दत पुर्याएपनि नेपालीका लागि यो घटना अत्यन्तै खराब र अपमानजनक अवस्थाको प्रारम्भ साबित हुनसक्छ। श्याम शरणले यो बुझनु भएको छ। तै पनि, एउटा मध्यस्थकर्ताका रूपमा उहाँको भ्रमणको उद्देश्य पक्कै पनि सीमित हुनुपर्छ। जे गर्ने हो त्यो त नेपालका राजनीतिक दलका नेताले नै गर्ने हो। मध्यस्थकर्ता त साक्षीमात्रै बस्ने हो।
नारामा मात्रै भएपनि हामी नेपालीले सम्झनामा रहनसक्ने समयदेखि नै आफूलाई गर्विला प्राणीका रूपमा चिनाउँदै आएका छौं। आफनो आत्मसम्मानप्रति सँधै सचेत र राष्ट्रिय स्वाभिमानप्रति सँधै जागरुक। यस्ता धेरै विषय छन् जसमा हामीले गौरव गर्दै आएका थियौँ। थुप्रै प्रतीक र विम्बको रचना गरेका थियौं। महाकवि लक्ष्मीप्रसाद देवकोटाले देशको सानो आकारलाई दृष्टिको विलक्षण विम्बसँग तुलनागर्नु भएको थियो, 'हामी सानो छौँ र नै महत्वपूर्ण छौँ...आँखाको नानी पनि त सानो हुन्छ।' कवि गोपालप्रसाद रिमालले रातो र चन्द्रसूर्य अंकित झण्डाले सृजित गर्ने भावनात्मक जोसलाई शबदमा उतार्नु भएको थियो। कवि माधव घिमिरे गर्जिनु भएको थियो, 'कुन शक्तिको सामुन्ने कहिले हामी झुकेथ्यौँ?'
मध्यकालीन भारदार भीममल्लदेखि शाहकालीन भारदार भीमसेन थापासम्म, विश्वयुध्दमा भिक्टोरिया क्रस विजेता सुवेदार गजे घलेदेखि एडमण्ड हिलारीका सहयोगीका रूपमा पहिलोपल्ट सगरमाथाको चुचुरो टेक्ने सरदार तेन्जिंग नोर्गेसम्म - सबैलाई राष्ट्रिय प्रतीकका रूपमा आत्मसात् गर्दागर्दै हामीले इतिहासका थुप्रै कालखण्ड बितायौँ। देशभक्तिका नाममा हामीले निरन्तर बाजा बजाइ रह्यौँ। राजामहाराजा, भीरपाखा र छाँगाछहराका सयौँ गीत र संगीतको निर्माण गर्यौँ। तै पनि, हामीले कहिल्यै आफनो देशको वास्तविक आकार र अवस्था बुझ्न खोजेनौ। कवि भूपि शेरचनले हामी सबैका लागि प्रश्न राख्नुभयो, हामी वीर भएकाले बुध्दु भएका हौँ कि बुध्दु भएकाले वीर हौँ?
गौरवका ती कुनैपनि विषय अहिले हाम्रो स्मृतिमा जीवित छैनन्। कोही पनि अतीतलाई सम्झिएर टोलाउन चाहँदैन। बीसौं शताब्दीको अन्त्य हुँदानहुँदै हाम्रा राष्ट्रिय स्वाभिमानका सबै भ्रम टुटिसकेका छन्। छातीमा निरन्तर छटपटी बोकेर हुर्किएको नेपालको तन्नेरी पुस्ताले पुर्खाको वीरताको कथा गाएकै भरमा देशको भविष्य सुरक्षित नहुने ठहर गरिसकेको छ। एक्काईसौं शताब्दीको प्रारम्भसँगै सुरु भएका परिवर्तनका लहरले यथास्थितिको जरो नराम्ररी हल्लाइदिएका हुन्। तर, नयाँ युग प्रारम्भ भएको छोटो समय पनि बित्न नपाउँदै राजनीतिज्ञले जसरी लोकतान्त्रिक मान्यताको हुर्मत लिए त्यसले एकपटक फेरि यथास्थितिलाई नै परिवर्तनको छद्म रूपमा प्रस्तुत गर्यो। जनआकांक्षाका कार्यसूचीलाई बेमाख पारियो। यसले देशका सम्पूर्ण जनतालाई निराशाको दलदलमा गाडी दियो। यति बेला देश तन्नेरी पुस्ताको अचिन्त्य छटपटीसँगै छटपटाइरहेको छ। अहिले कुनै नेताले तन्नेरी पुस्ताको आवाज र अभिव्यक्तिको कदर गर्ने चासो देखाएको छैन। देशको इज्जत र मर्यादालाई तिरोहित गर्ने नेता तन्नेरी पुस्ताको नजरबाट स्खलित हुनु आश्चर्य पनि होइन।
हलेदो भनेर जानी सकेपछि कोट्याइरहनु नपर्ने अवस्थामा गाली र गुनासोको खासै अर्थ रहँदैन। नेपालको तन्नेरी पुस्ता राजनीतिक सत्ताको बागडोर सम्हाल्न तयार नहुँदासम्म यस्तो अवस्था पटकपटक आइरहन्छ। यस अवस्थालाई चिर्न देशका चिन्तनशील तन्नेरीले आँट गर्नुपर्छ। चार दशक उमेर ननाघेका नेताले विश्व हाँकी रहेको अवस्थामा तन, मन र विचार सबै हिसावले बूढा भइसकेका नेताको भरोसामा देशको भाग्य छाड्न मिल्दैन। अब बेला भएको छ तन्नेरी पुस्ता लोकतान्त्रिक शासनको अग्रस्थानमा सक्रिय हुने र राजनीतिलाई व्यवस्थित गर्ने। तन्नेरी पुस्ताको यस्तो सक्रियता नभएसम्म हामी नेपालीले नेपाली देश र नेपाली जनताका रूपमा गौरव गर्ने अर्को कुनै बिसौनी पाउने छैनौ।