धर्म र राजनीति
३० असोज २०७५
•
१९ मिनेट पाठ
धर्म र राजनीति
विराटनगरमा केटाकेटी हुँदा आफ्नै घर, आँगन र टोलमा जीवनका प्रारम्भिक दसैँ बिते । त्यो पूर्ण संसार नै थियो मेरा लागि । दसैँमा केटाकेटीलाईदिने अनेकन् स्वादभन्दा ठूलो आकर्षण बिहानदेखि साँझसम्म टोले साथीहरूसँग धुलो उडाउँदै सडकमा नांगो खुट्टा हिँड्दाको स्वतन्त्रता थियो । अनि चंगा र तास खेल्दा हुने जीत–हारको उमंग नै मलाई बेग्लै थियो । जीवनका प्रारम्भिक दसैँहरू समाजले मनाउने पूजा पद्धतिभन्दा हामी केटाकेटीलेसिर्जना गरेको दसैं मनाउने तरिका पृथक थियो। 

दोस्रो चरणको दसैं त्यतिखेर आयो जव स्कुल र टोले साथीहरूवाट जीवन कलेजमा प्रवेश गर्यो । साथीहरूको संगत विस्तार भयो राजनीतिक र खेलकुदका कारण । अब साथीहरू टोलेमात्र रहेनन् । तसर्थ जमघटको केन्द्र वन्यो विराटनगरको काली मन्दिरछेउ रहेको  ‘रमाकान्त’ को चिया पसल।

विराटनगरको काली मन्दिरमा मैले कहिल्यै पनि पूजा गरेको थाहा छैन युवाकालमा । तर म रमाकान्तको चियापसलको नियमित ग्राहक थिएँ । जमघटको सक्रिय सदस्य थिए । विराटनगरमा मन्दिर, चिया पसल र सडक पेटीमा जमघट गर्ने कांंग्रेसीमात्र हुन्थे । अन्यत्रको सहरमा के छ मलाई थाहा भएन । कम्युनिस्ट भन्न रुचाउनेहरू  ‘बुर्जुवा’ हुन नरुचाएर हो कि  किन हो, यस्ता सार्वजनिक स्थलमा खासै देखिँदैनथे विराटनगरमा।

काली मन्दिरको रमाकान्तको चिया पसलले धर्म र पंथको ज्ञान बढाएन । राजनीतिक मित्रहरूको विस्तार भयो । चेतनामा पनि नयाँ आयाम थप्यो । दसैंले विस्तारै नयाँ रूप लिँदै थियो हाम्रा लागि । तास खेल्ने साथीहरूको संख्या वृद्धिहुँदै जाँदा रमाकान्तको चिया पसलमा बिहान कसले कति जित्यो र हार्यो भन्ने विषयले प्रमुखता पायो दसँै तिहारको समयमा।

विराटनगरमा तिनताका घनघोर जुवाँ हुन्थ्यो भन्ने कुरा त्यहाँको चिया पसलवाट सहजै थाहा पाइन्थ्यो । अधिकांश धनीमानी सुरक्षाकर्मीको सेटिङमा घरमा जुवा खेलाउँथे । हिजोआज धेरै कम भएको छ । खासगरी कौडी र फ्लासलाई म्यारिजले बिस्थापित गरेपछि विराटनगरमाजुवा खालका समाचार शून्य जस्तै भएका छन्।

हाम्रो सभ्यता र संंस्कृतिको विगत ४ हजार वर्षको एउटा मौलिक धारा प्रवाहको गति थियो जसलाई धर्म निरपेक्ष जस्तो शब्द संविधानको प्रस्तावनामै राखेर उल्टो पार्न खोजिएको छ।  

बिपी कोइरालाको राष्ट्रिय मेलमिलापको आह्वानले हामी जस्ता युवाको राजनीतिक सक्रियता बढायो । अब दसैं पनि चाडपर्व कम राजनीतिक पर्व धेरै भएर आउन थाल्यो । नेताहरूको घरमा जमघट गर्ने, बिपीको महानताबारे कथा कहानी सुन्ने आदि ।  तर यो बडो विचित्र र विरोधाभाषपूर्णखालको सक्रियता थियो । एकातिर बिपीले भनेजस्तो राजासँग कांग्रेसको मेलमिलाप कतै दृश्यमा थिएन, देखिएन । वास्तवमा एउटा युगपुरुष र मुर्धन्य समाजवादी नेताको निरंकुश राजासँग मेलमिलाप कसरी हुन्छ, कसरी घाँटी जोडिएको हुन्छ मैले आजसम्म पनि बुझ्न सकेको छैन।

मेलमिलापको सिद्धान्त विपरित क्याप्टेन यज्ञबहादुर थापा र भीमनारायण श्रेष्ठलाई जेलबाट निकालेर जंगलमा लगी हत्या गरियो राज्यवाट । यो घटनापछि हामीले बिपीको मेलमिलाप  नीतिलाई झनै बुझ्न सकेनौँ । आफ्नै टोलमा बसेका जुम्ल्याहा राम–लक्ष्मणलगायत कैयन् अग्रजहरूको टिम्बुरबोटेमा हत्या भएको मानसपटलमा ताजै थियो । कांग्रेस नेता  प्रदिप गिरि कैयन् पटक भन्छन्– ‘बिपीले भनेको बुझ्ने, खुरुक्क मान्ने ।’ यो अवस्था थियो कांग्रेसमा तिनताका । हामी पनि त्यस्तै थियौँ।

बिपी र राजाको मेलमिलाप नीतिले कांग्रेस–कम्युनिस्टबीचको घृणा चुलियो समाजमा । पानीमात्र होइन, विवाहवारी नै नहुने अवस्था सिर्जना भयो । घृणाको यो राजनीतिसँगै नेपालका युवा सिर्जनशील र उत्पादनशील राजनीतिमा कमै लागे । नेपालको भावी राजनीतिक नेतृत्व निर्माणको त्यो अवधि अत्यन्त तनाव, अभाव र घृणावाट पोषित र पालित भयो।

आज लोकतन्त्र आएको तीन दशकपछि पनि मुलुकले काँचुली फेर्न नसक्नुका पछाडि हिजोको विष आज वृक्ष भएको हो, फैलिएको हो । विराटनगरको महेन्द्र मोरङ कलेज प्रजातन्त्रविरुद्ध साम्यवादको, कांग्रेसविरुद्ध कम्युनिस्टको र नेपाल विद्यार्थी संघविरुद्ध अखिल पाँचौँको रणभूमिस्थल नै भयो भन्दा हुन्छ । अन्यत्रका कलेज पनि योभन्दा फरक थिएनन् होला।

विराटनगरबाट दसैं छुट्यो । तीन दशकअघि प्रजातन्त्र पुनस्र्थापनाभएसंँगै विराटनगर राजनीतिक शक्तिकेन्द्र भयो । प्रधानमन्त्रीदेखि प्रभावशाली मन्त्रीहरू सबै विराटनगरका भए । अब दसैं पनि दुर्गा भवानीको पूजामा सीमित थिएन । राजनीतिक शक्तिकेन्द्रको घरमा पुग्यो । मेरो राजनीतिक बैठकी पनि रमाकान्तको चिया पसलबाट काठमाडौँका कैयन् केन्द्रमा विस्तारित भयो । यही क्रममा गएको शुक्रवार रानीपोखरीछेउको रेस्टुरामा म, कृष्ण खनाल, लोकराज बराल, विनय खुर्सियतलगायत कैयन् साथी धर्म र राजनीतिको बहसमा उत्रियौँ।

नेपाल धर्मनिरपेक्ष राष्ट्र भएकामा हामीबीच मतमतान्तर अझै छ । यो मतमतान्तर हामीबीच मात्र होइन, यो देशका अधिकांश नागरिकबीच पनि छ । कम्युनिस्ट सिद्धान्तमा धर्मलाई अफिम मानिन्छ । यो हामीलाई थाहा छ । तर नेपालका कम्युनिस्ट धर्मभिरु छन् । यो पनि नांगो आँखाले देखिन्छ।

बिपी कोइराला व्यवहारमै नास्तिक थिए । बिपीमात्र होइन, विराटनगरको कोइराला परिवार नै कर्मकाण्ड र पूजापाठ पद्धतिमा विश्वास गर्दैनथ्यो २०४६ सालअघि । तर पनि बिपी कोइरालालाई धार्मिक पुरुष भन्न सकिन्छ र यसका कारण छन् । त्यो कारण हिन्दुमूल्य पद्धतिमा भेटिन्छ । मनमोहन अधिकारी कम्युनिस्ट आन्दोलनको मुर्धन्य नेता हुन् तर उनको विराटनगरको काली मन्दिरमा बोको बलि दिन गएको विषय पञ्चायतकालभर चर्चित रह्यो । अर्थात उनी धार्मिक होइन, कालीपंथको पक्षधर थिए भनी बुझिन्छ।

सत्ता प्राप्तिपछि सबै पंथ र तन्त्रमा विराटनगरको कोइराला परिवार लागेको मैले आफैँ देखेँ, भोगेँ । नयाँ डिएनको परिचय बोकी अहिले बिपी पुत्र कांग्रेस महामन्त्री डा. शशांक कोइराला प्रकट भएका छन् । उनी नेपाललाई हिन्दु राष्ट्र राख्नुपर्छ भनी हवाईजहाज चढ्नुअघि र जहाज अवतरणपछि पत्रकारमाझ भन्छन् र जनमत संग्रहको कुरा राख्छन् । धर्म र राजनीतिलाई बेढंगी तरिकाले घुलन गर्दा कांग्रेस र उनको पहिचान अपांग भएको छ।

धर्मनिरपेक्ष कोही हुनसक्तैन भन्ने मान्यता यो आर्यावर्तमा धेरै पहिलेदेखि स्थापित छ । हाम्रो सभ्यतामा धर्म केलाई भनिन्छ भन्ने प्रश्न आउँछ । धर्मलाई हाम्रा ऋषिमुनीहरूले जीवन पद्धतिमा व्यक्तिको उच्चतम आदर्श कायम राख्ने मन्त्र मानेका छन् । हिन्दु धर्म भनेको इन्द्रियहरूलाई वसमा राख्ने, अहंकारी नहुने, अरुलाई नठग्ने र नलुट्ने आदि दश सूत्र छन् । हिन्दु धर्मको परिभाषाले जीवन पद्धति कसरी अगाडि बढाउने भनी शिक्षा दिन्छ । पाश्चात्य जगतबाट आएको रिलिजनले ‘जीवन पद्धति होइन, पूजा पद्धति’ सिकाउँछ।

कुनै पनि रिलिजन अर्थात पंथमा चार अवस्थालाई अनिवार्य मानिन्छ । पहिलो एउटा भगवान, दोस्रो फाइनल अथोरिटीकोपुस्तक, तेस्रो सबैले मान्ने एउटा केन्द्रीय स्थल र चौथो केन्द्रमा पूजा गर्ने समान विधि । जस्तो इश्लाममा अल्लाह भगवान भए, कुरान फाइनल अथोरिटी भयो, मक्का मदिना केन्द्रीय स्थल भयो अनि पूजा विधि हज सबैले समानरूपमा गर्छन् । क्रिस्चियन रिलिजनमा पनि त्यही छ । क्राइस्ट, बाइबल, भ्याटिगन सिटी र पूजा विधि क्रसेड चिह्न । हिन्दु चलनचल्तीको जस्तो धर्म होइन भनी मान्ने उदाहरण यही हो । यहाँ असंख्य भगवान छन्, पूजा पद्धति फरक छन् सबैका, कुनै केन्द्र छैन जसमा सबैको भावधारा एकनासले प्रकट होस् र कुनै फाइनल अथोरिटीको पुस्तक पनि छैन । असंंख्य पुस्तक छन् विविध पंथकर्मीहरूका।

माथिका उदाहरणहरूबाट नेपाललाई धर्मनिरपेक्ष राष्ट्र राख्नु भनेको हाम्रा ऋषिमुनीहरूले जीवन पद्धतिका लागि अगाडि सारेको दश सूत्रबाट जनतालाई विमुख राख्नु हो, नेपालीलाई त्यसबाट चुँडाएर अनैतिक समाज निर्माण गर्नु हो भनी बुझ्न सकिन्छ । संविधान निर्माण गर्दा राज्यलाई पंथ निरपेक्ष राख्ने उद्देश्यबाट धर्मनिरपेक्ष हुनपुगेको कुरामा कुनै शंका छेन । संविधान निर्माण गर्दा धर्मलाई नकारात्मकरूपमा संविधान निर्माणकर्ताहरूले बुझे । वास्तवमा यो कानुन र ऐनका विषय थिएन । हाम्रो सभ्यता र संंस्कृतिको विगत ४ हजार वर्षको एउटा मौलिक धारा प्रवाहको गति थियो जसलाई धर्म निरपेक्ष जस्तो शब्द संविधानको प्रस्तावनामै राखेर उल्टो पार्न खोजिएको छ।  

अहिले बिपी पुत्र कांग्रेस महामन्त्री डा. शशांक कोइराला प्रकट भएका छन् । उनी नेपाललाई हिन्दु राष्ट्र राख्नुपर्छ भनी हवाईजहाज चढ्नुअघि र जहाज अवतरणपछि पत्रकारमाझ भन्छन् र जनमत संग्रहको कुरा राख्छन् । धर्म र राजनीतिलाई बेढंगी तरिकाले घुलन गर्दा कांग्रेस र उनको पहिचान अपांग भएको छ।

धर्मनिरपेक्ष शब्द पाश्चात जगतको हो । युरोपमा रिलिजनको दखल प्रत्यक्ष थियो राज्यमा । राज्यलाई दैवीय संस्थाको प्रतिनिधि मानिन्थ्यो । धार्मिक सुधारका आन्दोलन भए अनि धर्मले होइन, संंप्रभु जनताले निर्माण गरेका राज्य बने । अंग्रजीमा ‘रिलिजन’ भनिने शब्दलाई नेपालीमा धर्म भनियो । हाम्रो धर्मको समानार्थी शब्द रिलिजन ठीक छैन । रिलिजन शब्दको सही समानार्थ शब्द‘पंथ’ हुन सक्ला । सबै गडबडी यहीँबाट भएको छ।

त्यस्तै अंग्रजीमा ‘सेक्युलिरिज्म’ शब्दलाई नेपालीमा धर्म निरपेक्ष भनियो । यो पनि समानार्थी शब्द छैन । हिन्दु सभ्यतामा धर्म र राजनीति जोडिएर बिरलै आएको छ । जबकि पाश्चात्य जगतमा सबै राजनीति चर्चसँग जोडिएर आउँथ्यो । हाम्रा पुराना ग्रन्थमा राजा–महाराजाहरू अर्थात राजकाज चलाएकाहरू ऋषिमुनीलाई भेट्न उनको आश्रम जान्थे । समाजको नैतिक शिक्षा र धार्मिक सूत्रहरूको ज्ञान लिन जान्थे।

नेपाललाई हिन्दुराष्ट्र बनाउनुपर्छ भनी अभियान चलाउनेहरू जीवन पद्धतिमा सुधार गर्ने होइन, पूजा पद्धतिलाई स्थापित गर्ने सोचलाई नै हिन्दु राष्ट्र ठान्छन् । यो गलत हो र यसले देशमा अनिष्ठ ल्याउँछ । विगतमा राजतन्त्रले त्यही कर्म गर्यो र टिकेन राजतन्त्र । हिन्दु धर्मलाई पूजापद्धतिसँंग जोड्ने अनिष्ठ कार्यले हाम्रो समाजबाट सही अर्थमा हिन्दु सभ्यता समाप्त हुने खतरा रहन्छ।

हिन्दु के हो र त्यसका सूत्र कस्ता छन् भनी बुझ्न सबैभन्दा आलोचित र अनुदारवादी ग्रन्थ मनुस्मृति नै पढ्दा हुन्छ । मनुस्मृतिसमेतले पूजापद्धतिलाई हिन्दु मानेको छैन, जीवन पद्धतिलाई मानेको छ । विजयादशमीको अवसरलाई यो हिन्दुहरूको महान् चाड भनिन्छ । वास्तवमा यसमा नयाँ ढंगले बहस चलाउन जरुरी छ । दुर्गाको आराधना र शक्तिको पूजा कसरी सबै हिन्दुका लागि महान् चाड हुनसक्छ र ?यो शक्तिका पुजारीहरूको मार्ग हो । यो असत्यमाथि सत्यको जीत हो भनी बुझ्दा हिन्दु धर्मको नजिक पुग्न सकिन्छ । दुर्गा पूजा शक्तिको मात्र आराधना हो भने यसको हिन्दु धर्मसँग कुनै साइनो छैन । किनकि शक्ति र अंहंकारबीच नजिकको सम्बन्ध छ र यो हिन्दु धर्म विरोधी कुरा हो।

विराटनगरको रमाकान्तको चिया पसलबाट चार दशकअगाडि कांग्रेस ठीक र बिपी महामानव भनी राजनीतिक  बहस सुरु गर्दा रानीपोखरीमा पानी भरिभराउ थिए होला । संभवतः मैले रानीपोखरी देखेको पनि थिइन फोटोमा बाहेक । अहिले त्यही रानीपोखरीको छेउको रेस्टुरामा धर्म र राजनीतिबारे बहस गर्दा रानीपोखरी पानीबिहीन छ, उजाड र फुंग छ, नेपालको राजनीति जस्तै ।   अन्तमा,सेक्सपियरले भनेझैँ ‘नाममा के राखेको छ र?’ भनी चित्त बुझाउन सकिन्छ । तर तथाकथित हिन्दुधर्मको नाममा भारतमा काँडैकाँडामात्र अगाडि बढिरहेको देख्दा फेरि नेपालमा पनि घृणाको राजनीतिले प्रश्रय नपाओस् भनी चिन्ता प्रकट गरेकोमात्र हो । हाम्रो पुस्ताले आन्दोलन गर्यो तर राजकाज चलाउन जानेन किनकि हिन्दु सूत्रहरू बुझ्नु परेन । शक्तिको आराधना भने खुबै गरेका हाम्रो पुस्ताले भावी नेपाल सही अर्थमा हिन्दु धर्मको नजिक पुग्ने मार्गमात्र खिच्न सके सन्ततिले आशीषै देलान् । अब पालो आशीष दिने होइन, यो पुस्ताले भविष्यको पुस्ताबाट आशीष लिने कर्म गर्ने हो।
अर्को समाचार
धर्म र राजनीति
०८ जेष्ठ २०७०
•
५ मिनेट पाठ
धर्म र  राजनीति
धर्म के हो? यस प्रश्नको उत्तरमा श्रवण गर्ने हुनाले श्रुति हो, जान्ने वेद (ज्ञान) हो, स्मरण गर्ने स्मृति हो र धर्मशास्त्रको व्याख्या देश, काल, लोकसम्मत हुन्छ। श्रुति, स्मृति धर्मका दुई आँखा छन्। वेद धर्मको खानी हो, वेदको प्रसङ्गमा धर्म चर्चा हुन्छ भने वेदद्रष्टा धर्मज्ञ स्मृति धर्मशास्त्र प्रणित महर्षि हुन्। वेदअनुकूल स्मृति धर्म व्याख्या सर्वजन हिताय तथा बहुजन सुखाय छ भने त्यो जनअनुमोदित हुन्छ। 
लोकतन्त्र, जनतन्त्र, प्रजातन्त्र एवं गणतन्त्र बहुजन हितका पर्यायवाची शब्द हुन्। प्रजा लोक, दुनियाँ, जन, जनता, गण तथा संसार वा विश्वलगायत्का शब्दले सरल समष्टिभावको अर्थवाचन गर्छन्। सम्पूर्ण जगतको समय देश कार्यअनुसारको स्थिति रहन्छ। निर्गुण सगुण जे भए पनि स्वधर्मले कल्याण गर्छ, जतिसुकै गरे पनि परधर्म भयकारक नै हुन्छ ,सत्त्वर जतम त्रिगुणात्मिक धर्म पनि आफूअनुकूल हुन्छ। आध्यात्मिक आधिदैविक आधिभौतिक जगत्् प्रतिकूल अवस्था नै परिपन्थी हो अर्थात् शत्रु हो।
धर्म स्वदेश, परदेश, सर्वत्र मित्र हो। परिपन्थी पाप हो, अधर्म हो। दुष्कृतिको निवृत्ति सत्कर्ममा प्रवृत्ति लोकतन्त्रको पनि आभूषण हो, स्वदेशको मित्र हो र निराकार साकार दुवै सनातन छन्। लोकतन्त्र धर्मछाडा हुँदैन। अतः लोकतन्त्रमा धर्मलाई न्युनीकरण गरिँदैन। धर्मको सम्मानविना पनि लोकतन्त्र संकटमा पर्छ। धर्मको अभावमा त कसैको पनि भलो हुँदैन। जति पनि अनिष्ट वा इष्टको विगत र वर्तमान छ, त्यो मानिसका सजगताका लागि उदाहरण हो, शिक्षा पनि हो। शिक्षाको आधार पनि धर्म नै हो। धर्मात्माहरूबाट नै लोकशिक्षण प्रारम्भ भएको हो। धर्मज्ञानका लागि शिक्षा अनिवार्य छ। शिक्षाको प्रथम चरण आचार हो र अगाडि सत् थप्दा सदाचार शब्द बन्छ। इतिहास यस्तो भएको छ भन्ने चेतना जनमानसमा निश्चित भएपछि बल्ल जागरण प्रारम्भ हुन्छ। अँध्यारो रहेसम्म अथार्त् सूर्य नउदाउन्जेल दिनको उज्यालो कसैले पनि देख्दैन। धर्म दिनझैं छर्लङ्ग उज्यालो हुन्छ भने रात विपरीत स्थिति हो।
इतिवृत्त आफैं बोल्छ। श्रुति स्मृति दृष्टिगोचर हुन्छ। धर्माधर्म कार्यफल सबलाई अवगत हुन्छ। जस्तै– २०६४–२०६९ सम्म संविधान सभाको रामछायामा देशबासीलाई घुमाउनसम्म घुमाइयो। सोझा नेपालीलाई अँध्यारोमा पारियो। अन्ततोगत्वा मृगमरीचिकामै सबलाई रणभुल्ल पारियो। यो पनि अधर्मको पराकाष्ठा नै थियो। प्रायश्चित्त कसले गराउँछ? कर्ता स्वयम् नैतिक धार्मिक छैन भने राष्ट्रको कानुन हुन्छ। त्यो पनि भएन भने अनेक प्रकारको संकट कसैले पनि रोक्न सक्दैन।
माओवादीको दश वर्षे सशस्त्र जनयुद्ध निशाचरी कोलाहल थियो। हिंसामा अधर्मको जरो गाडिएको थियो। र, काँडोलाई काँडोले नै झिक्न धर्म निरपेक्षताको वाण चलाइएको थियो। पछि  माओवादी पार्टी फुटेर दुई चिरा पर्योश। नेपालमा पछिल्लो समयमा जुन प्रकारको हिंसात्मक गतिविधि चल्यो, सत्तासीनले गरेको अत्याचारको दाँजोमा निकै तल्लो स्तरको काम थियो। नेपालको इतिहासमा भएका अन्य अप्रिय विगत उछिन्यो र सयौं जघन्य कृत्य भयो। हजारौं राटि्रय संरचना ध्वस्त पारियो। लाखौं जनधन क्षति भयो। दुई वर्षे संविधान सभा बढेर चार वर्ष भए पनि त्यसले केही पनि फल दिएन। लोकतन्त्र सर्वसाधारणलाई आएन।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस