कांग्रेस र समावेशीकरण
०६ कार्तिक २०७५
•
१४ मिनेट पाठ
कांग्रेस र समावेशीकरण
कृष्णकुमारी खतिवडा

नेपाली कांग्रेसको ०६४ असोज ८ मा सम्पन्न एकता महासमिति बैठक कांग्रेसको आन्तरिक जीवनमा महत्वपूर्ण बन्न पुग्यो । किनकि, उक्त महासमिति बैठक सम्पन्नको करिब सात महिनापछि मुलुकमा संविधानसभाको निर्वाचन सम्पन्न भयो । पहिलो संविधान सभामा जारी आफ्नो घोषणापत्रमा कांग्रेसले समावेशी लोकतन्त्रको मान्यता स्थापित गर्यो । समानुपातिक समावेशीकरणकै सिद्धान्तको आधारमा निर्वाचनमा उम्मेदवारसमेत चयन गर्यो।

उता क्षेत्रीय अधिवेशनका सदस्यहरूले महाधिवेशन प्रतिनिधिहरूमध्येबाट महासमितिका लागि कम्तीमा एक महिलासहित पाँच जना सदस्य चयन गर्ने व्यवस्था मिलायो । यतिले मात्र महिलाका मुद्दा सम्बोधन हुने स्थिति छैन । आज एकै खाले महिलाले पटक पटक आरक्षणका नाममा संसद् तथा पार्टीको केन्द्रीय समितिमा प्रतिनिधित्व पाएका छन् । अब पार्टीको केन्द्रीय समितिका सबै पदाधिकारी एवं सदस्य वडा तहबाटै चुनिँदै आउने व्यवस्था मिलाउन सक्दामात्र समावेशिताको नाराले सार्थकता पाउँछ ।

जहानियाँ राणा शासनले नेपाली जनतामा छरेको घना अन्धकार र अन्यौलपूर्ण परिवेशमा बिपी, सुवर्ण शमशेरलगायत नेताले दिएको क्रान्तिकारी सन्देश र प्रेरणाको आलोकमा नेपाली कांग्रेस ७ दशकपछि आजका मितिसम्म पनि अविचलित छ । लोकतन्त्रका खातिर पार्टीले सशस्त्र क्रान्ति, सत्याग्रह, शान्तिपूर्ण आन्दोलन, राष्ट्रिय मेलमिलाप, निर्वाचन र जनमत संग्रहसँगै गणतन्त्रमा फड्कने क्रान्तिकारी नीति अवलम्बन गर्यो । पार्टीले लिएको पछिल्लो नीति खास गरी लोकतन्त्रलाई प्रभावकारी बनाउन समाजवाद, लोकतान्त्रिक गणतन्त्र, संघीयता र समावेशी निर्वाचन प्रणाली थिए । आजका मितिसम्म कांग्रेसले लिएको सिद्धान्तप्रतिको अविचलित अडान र समयसापेक्ष नीतिकै कारण ऊ जीवन्त पार्टीका रूपमा रह्यो । तर, पार्टी स्थापनको ७२ वर्षपछि आज आएर कांग्रेसको भविष्यबारे विभिन्न कोणबाट बहस प्रारम्भ भएका छन्।

भन्नै पर्दैन– आजका मितिसम्म देशमा अग्रगामी परिवर्तन एवं आर्थिक र सामाजिक रूपान्तरणको भरपर्दो माध्यम कांग्रेस थियो र छ । पूर्ण लोकतान्त्रिक संविधान निर्माणसँगै गणतन्त्रको संस्थागत विकासको पहलकदमी कांग्रेसले नै लिएकै हो । समाजको अग्रगामी रूपान्तरण, समतामूलक समाज, सामाजिक न्यायसँगै राज्यको पुनःसंरचनाजस्ता महत्वपूर्ण कार्यभारको नेतृत्व गर्न अहिले पनि कांग्रेसमाथि नै दबाब छ । सरकारका पछिल्ला विवादास्पद एवं अलोकप्रिय कार्यले कांग्रेसप्रतिको भरोसा थप बढाउँदै लगेको हो । तर, सरकारद्वारा चौतर्फी रूपमा सिर्जित संसयसँगै हत्या, हिंसा, बलात्कार, महँगीजस्ता जनताको ढाडै सेक्ने काममा समेत राज्यको उदासीनता हुँदासमेतको असामान्य चुनौतीलाई कांग्रेसको वर्तमान नेतृत्वबाट चिर्न कति सम्भव होला भन्ने मूल प्रश्न आज जबर्जस्त रूपमा अगाडि तेर्सिएको छ।

पार्टी नेतृत्वबाटै सिर्जित गुटका कारण तमाम कार्यकर्ताको भरोसा पार्टी नेतृत्वमा हराउँदै गयो । विधान र पद्धतिको विषय त कथाजस्तै हुन लाग्यो नै कांग्रेसप्रति गर्व गर्ने तीनवटा विषय सबैभन्दा पुरानो क्रियाशील पार्टी, जननेता बिपीको सिद्धान्त र विचारद्वारा निर्देशित पार्टी र इतिहासमै शक्तिशाली पार्टीसमेत ओझेलमा पुर्याइएको छ । हिजो विशिष्ट कालखण्डमा पनि सफलता र असफलता, गुण र दोषलाई छलफल गराएर आप्mनो जिम्मा लिन पार्टी नेतृत्व किञ्चित पछि हट्दैनथ्यो । आज एउटा निर्वाचनको समीक्षाको विषय पनि महासमिति हुँदै महाधिवेशनसम्म राजनीतिक मुद्दाका रूपमा जाँदै छ । यो, कांग्रेसजस्तो लोकतान्त्रिक पार्टीका लागि पटक्कै सुहाउने विषय हैन । अझ महिलाका मुद्दाका सवालमा त कांग्रेस पूरै उदासीन देखिन्छ।

कांग्रेस ७ दशकसम्म लोकतान्त्रिक आन्दोलनको नेतृत्व गर्दैछ । २००७ को आन्दोलन, २०१५ को आमनिर्वाचन, ३० वर्ष निरन्तर पचायत व्यवस्था विरोधी संघर्ष, ०३६ सालमा जनमत संग्रह गराउन राजालाई घुँडा टेकाउन सफल, ०४६ को ऐतिहासिक जनआन्दोलन, ०६२–०६३ मा पार्टीको नीतिमै परिवर्तन ल्याई गणतन्त्रको बाटो समाएर राजतन्त्रको अन्त्यसँगै पछिल्लो आमनिर्वाचन सम्पन्न गराएर संविधानको कार्यान्वयनजस्ता उपलब्धि कांग्रेसकै खातामा जान्छ । एउटै राजनीतिक दललाई यति धेरै उपलब्धिको अगुवाइ गर्ने अवसर इतिहासले प्रदान गर्नु सामान्य विषय हुँदै होइन । तर, उपलब्धिको यत्रो चाङको जगमा उभिएको पार्टी आज असफलता उन्मुख हुनुका कारण आसन्न महासमितिजस्ता वैधानिक फोरममा खोजिनैपर्छ।

कांग्रेसमा आज नेतृत्व स्वयंले गुट चलाएको भन्ने आरोप छ । पार्टीमा विचार पद्धति फस्टाउने काम भएन । लामो समय शासनमा रहेको दलले शासकीय विकृतिलाई रोक्न सक्नुपथ्र्यो । रोक्नुको त कुरै छाडौँ पार्टी नेतृत्व स्वयं विकृतिमा लोभिन पुग्यो । नेपाली जनताले लोकतन्त्रको संस्थागत विकाससँगै कांग्रेसले नै २०१२ सालमा लिएको समाजवादी नीति लागू गर्ने अवसर पटकपटक दिए । तर, ती अवसरलाई छोप्ने समय कांग्रेस स्वयं आफ्नै नै सरकार ढाल्ने र बनाउनेसँगै पार्टी नै तोड्ने जस्ता कार्यमा तल्लीन भयो । परिवर्तनको नेतृत्व गर्ने सवालमा अब्बल देखिएको कांग्रेसमा गणतन्त्रसम्म आइपुग्दा सत्ता सञ्चालनमा भने गम्भीर कमजोरी देखियो । आजको विषम परिस्थितिको संघारमा आइपुगेको कांग्रेसको भोलिको मार्गचित्र के ? आजका मितिसम्म कांग्रेसले देखेको सपना चुनावअघि बाँड्ने र चुनाव लगत्तै बिर्सिने भनेर पार्टीमाथिको आरोप जबर्जस्त बन्दै गएको छ । वास्तवमा आजका मितिसम्म देखिएको ‘परम्परागत प्रजातन्त्रवादी’ भएर भोलिको युगको प्रतिनिधित्व कांग्रेसले गर्न सक्ला त ? अब भोलिका मितिमा लिने छुट्टै नीतिउपर बहस चलाउन नसक्ने हो भने जनताले साथ दिइरहन सक्ने स्थिति देखिँदैन।

शान्ति सुरक्षा, करको मार, प्रेस तथा न्यायालयप्रतिको नीति, विपक्षीप्रतिको व्यवहार, मेडिकल माफियाको पृष्ठपोषण, मानवअधिकार उल्लंघनका गम्भीर घटनाको बढोत्तरी, जनजीविकाका सवाललाई पूर्ण रूपमा गरिएको बेवास्ताजस्ता विषयले सरकारको लोकप्रियता तीव्र गतिमा ओरालो लाग्दैछ । आज, छाडा बजार त प्रोत्साहित भएकै छ नेकपाका नेताहरूको आ–आप्mनै स्वार्थका कारण समृद्धिको मुद्दा नै ओझेलमा पर्न पुगेको छ । सरकारबारे नेकपाकै वरिष्ठ नेता माधवकुमार नेपालले संसद्मा दिएको अभिव्यक्तिले धेरै कुराको संकेत गर्छ । तसर्थ, यति नै बेला नेपाली जनतालाई चाहिएको ओज र गरिमायुक्त शक्ति हो । तर, कांग्रेस स्वयं त्यो शक्ति निर्माणभन्दा पनि चार ताराको मान नै राख्न नसक्ने गरी थलिन पुगेको छ।

आजका मितिसम्म नेपाली जनताले कल्पना गरेको उच्चतम व्यवस्था गणतन्त्र पाएका छन् । सरकार दुई तिहाइ बहुमतको बलियो छ । सरकार स्वयंले पनि शालीनसँगै कमजोर प्रतिपक्ष पाएको छ । इतिहासकै बलियो भनेको सरकारले पनि बहाना नै खोजेर हिँड्छ भने जनतामा निराशा छाउँदा आशाको सञ्चार गरिदिने शक्तिसमेत बाँकी रहन्न । कांग्रेसको पनि शालीनता हेर्दा लाग्छ– निर्मला हत्या प्रकरण, महँगी, शान्ति सुरक्षा र करलगायतको सन्दर्भमा प्रतिपक्षीको हैसियतले उठाउने विषय नै छैनन् झैँ प्रतीत हुन्छ। 

कुरा जनताको मात्र गर्ने विश्वभरकै वामपन्थीहरूले काममा भने के गर्छन् भनेर हेर्न अन्यत्र जानै पर्दैन । जनताको हैसियतभन्दा माथि करको दायरा निर्धारण गरेर आज जनताको ढाड सेक्ने काम भएको छ । समाजवादका खातिर लडेको बताउने वामपन्थीहरू सर्वसाधारण जनताप्रति उत्तरदायी छैनन् भन्ने बलियो प्रमाण हो यो । यसबाट निष्कर्ष निकाल्न सकिन्छ जनतालाई सामाजिक न्याय दिन एकातिर राज्य चुक्दै छ भने जनताको आर्थिक तथा न्यायका सन्दर्भमा प्रतिपक्षीसमेत बेखबरझैँ देखिएको छ।

यसर्थ भन्नैपर्ने हुन्छ, नेपालमा राजनीतिक परिवर्तन त भयो तर यहाँका दल र जनताको अवस्था भने जहाँको तहीँ  रह्यो । जनताले लड्दै राजनीतिक व्यवस्था त फेरे तर जनताको आधारभूत अवस्था भने झनै कष्टकर बन्दै गयो । जनजीविकाका यी र यस्ता सवालमा राज्य र प्रतिपक्ष दुवै चुक्न पुगे । शक्तिमा हालीमुहाली हिजो राणा, शाह र ठकुरीको थियो । आज पात्र परिवर्तन भएर शक्तिमा हालीमुहाली अरुकै छ । पात्र बदलिए तर प्रवृत्तिमा बदलाव आएन । यसले जनतामा थप निराशासिवाय अन्य केही उत्पन्न गराएको छैन । यस्तो अवस्थामा सत्ताभन्दा पनि प्रतिपक्षी चनाखो देखिनु पथ्र्याे तर प्रतिपक्षी पनि नेतृत्वकै कारण समपर्णवादी भइदियो।

यो अवस्थाबाट कांग्रेसलाई ब्युँत्याउन नेतृत्व परिवर्तन अपरिहार्य त छँदै छ सँगै परिवर्तित नेतृत्वले पनि कांग्रेसलाई परिवर्तन गर्न चुनौतीपूर्ण कार्यभार सम्पन्न गर्नुपर्ने हुन्छ । किनभने लामो ऐतिहासिक विरासत बोकेको पार्टीप्रति जनतामा फैलिएको चरम निराशा एकाध घटनाक्रम र अपवादका रूपमा उदाएका नेतृत्वले तत्काल सम्बोधन गर्ने विषय हुन सक्दैन ।  सरकारको काम कारबाही, पार्टीले लिने नीति, समावेशिताको आधारमा निर्माण गरिने विधान र महिलाका मुद्दाजस्ता विषयमा बहस चलाउँदै नजाने हो भने जनताले पुरानो पार्टी भनेर नेपाली कांग्रेसलाई नै साथ दिइरहने छैनन्।

(खतिवडा कांग्रेस महासमिति सदस्य हुन्)
अर्को समाचार
समावेशीकरण र नेपाली कांग्रेस
१४ जेष्ठ २०७१
•
११ मिनेट पाठ
समावेशीकरण र नेपाली कांग्रेस
मुलकका सबै जातजाति, भाषाभाषी समुदायका जनताले राज्य संरचना र शासन प्रशासनमा आफनो प्रतिनिधित्व नदेख्दासम्म राष्ट्रिय एकता र लोकतन्त्र बलियो हुन सक्दैन। नेपालजस्तो विविध विशेषता भएको देशमा राज्य व्यवस्थालाई लोकतान्त्रिक, लोकहितैषी, सहभागितामूलक र समावेशी नबनाई लोककल्याणकारी राज्यको स्थापना हुँदैन।त्यसैगरी सबै शासकीय र प्रशासनिक व्यवस्था राजधानी काठमाडौंमा केन्द्रित हुँदा विकास प्रक्रिया त असन्तुलित भएकै छ समग्र राजनिति र शासन व्यवस्थालाई भ्रष्ट हुन सजिलो बनाएको छ। अर्थात् राजधानीमुखी राज्यसंरचना उत्तरदायी एवं लोकतान्त्रिक हुनसक्दैन। यस कोणबाट हेर्दा लोकतन्त्र र परिर्वतनको संवाहक राजनीतिक पार्टी नेपाली कांग्रेस अहिले इतिहासको सबैभन्दा गम्भीर मोडमा उभिएको छ। कारण, यस विन्दुबाट सुरु हुने अबको यात्राले नै राष्ट्रको चरित्रमा नै परिवर्तन ल्याउनेछ।
नेपाल अधिराज्यको संविधान, २०४७ ले नेपाललाई बहुभाषिक, बहुजातीय र बहुसांस्कृतिक मुलुकका रूपमा परिभाषित गरेको थियो। तर, त्यसलाई राजनितिकरूपले सम्बोधन गर्न नसकेको कारण निरंकुश पञ्चायतकाल झैँ ‘एउटा भाषा एउटा भेष’को नीतिलाई नै संवैधानिक मान्यता प्रदान गरिएकाले जनतामा गलत सन्देश जानु अस्वाभाविक थिएन। पहिलो जनआन्दोलन (२०४६) को वेग रहदँासम्म पहिलो निर्वाचित सरकारमा परिवर्तनको केही रापताप रहेको अनुभूति हुन्थ्यो। तर दोस्रो संसदीय चुनावपछि राजनीतिक दलका नेतामा उत्पन्न भएको सिद्धान्तहीन सत्ता मोहले मुलुक एवं जनताका ज्वलन्त समस्यालाई ओझलमा पार्दै लग्यो। यी सर्न्दभलाई अहिले स्मरण नगर्ने हो भनेे विस्मृतिले पुनः विकृति जन्माउने र इतिहासको पुनरावृति हुनेछ।
नेपालको आधाभन्दा बढी जनसंख्या रहेेको मधेस र मधेसीको स्थिति माथि उठाउने पहल नहुँदासम्म, तिनको अर्थपूर्ण सहभागितामा विकासका कार्यक्रम तर्जुमा, कार्यान्वयन, व्यवस्थापन र सबै कार्य संचालन समुदायप्रति संवेदनशीलता नअपनाउँदासम्म न त समग्र विकास सम्भव छ न त गरिएको कार्य दिगो नै हुन्छ। मधेसीले खोजेको अर्थपूर्ण सहभागीता हो। यस अर्थमा मधेसीलाई कसरी सहभागी गराउने र तिनको सहभागितालाई कसरी अर्थपूर्ण बनाउने भन्ने नै अहिले ध्यान दिनुपर्ने महत्वपूर्ण विषय हो। अनिमात्र मधेसी समुदायले अपनत्वको अनुभव गर्नेछ।
विगतमा मधेसी समुदायविरुद्ध लक्षित विभेदको राजनीतिको मुख्य प्रयोजन नै राज्य संयन्त्र तथा राज्य शक्तिको अभ्यास हुने निकायबाट मधेसीलाई सकेसम्म अलग राख्नुथियो। राज्य संयन्त्रमा मधेस र मधेसीको न्यायोचित सहभागिताका लागि भएकाले तराईमा मधेस विद्रोह सम्भव भएको थियो। त्यस आन्दोलनमा नेपाली कांग्रेस एवं अन्य पार्टीमा आबद्ध नेता र कार्यकर्ता पनि संलग्न थिए। दुःखका साथ भन्नु पर्छ, आज पनि स्थितीमा खासै सुधार भएको छैन।
लोकतान्त्रिक प्रणालीमा उपेक्षित तथा उत्पीडित समुदायलाई राष्ट्रको मूलधारमा समावेश गराउने र तत्सम्बन्धी नीति निर्माण तथा कार्यान्वयन गर्ने माध्यम राजनीति नै हो। राजनीतिक नेतृत्वले यस विषयलाई सार्थक सोचको साथ अगाडि बढाएमा लक्षित वर्गले उपलब्धि हासिल गर्न सक्छ। नेपाली कांग्रेसभित्र संगठनको बनावट, कामको बाँडफाँट, नेतृत्व विकासको अवसरजस्ता सबालमा दलको नेतृत्व पंक्तिको जातीय संरचना हेर्दा अझै पनि सामेलीपूर्ण एवम उत्साहजनक हुनसकेको देखिँदैन। संविधान सभा संसद्भित्रका समितिहरुको निर्माणमा मधेसीलाई उत्साहप्रद जिम्मेवारी तोकिएको छैन। मधेसीको सांगठनिक विकासको कार्यभार मधेस केन्द्रित अन्य दलको काँधमा मात्र त छैन। नेपाली कांग्रेसको मधेसमा व्यापक सांगठनिक संजाल रहेको छ। पछिल्लो संविधान सभा निर्वाचनमा समेत उल्लेख्य जनसमर्थन कांग्रेसले प्राप्त गरेको छ। तसर्थ कांग्रेसको जिम्मेवारी झन् महत्वपूर्ण हुन आउँछ। मधेसी, महिला, दलित, जनजाति एवं मुस्लिम नेतृत्वको सशक्तीकरण, संरक्षण र छवि निर्माणका लागि अवसर र ठाउँ दिन दलभित्र कन्जुस्याइँ गरिनु हँुदैन। त्यसैले माथि उल्लेखित समूहको घट्दो प्रतिनिधित्वलाई विभिन्न अवसर उपलब्ध गराई क्षतिपूर्ति गर्नु पर्छ। मन्त्रिपरिषद्ले २६ सभासद् मनोनयन गर्दा यही समूहलाई प्रतिनिधित्व गराउन उदारतापूर्वक मौका दिइनुपर्छ।
मुलुकको सम्पूर्ण विकास योजना निर्धारणको दायित्व बोकेको निकाय राष्ट्रिय योजना आयोगमा समेत मधेसी समुदायले न्यायोचित सहभागिता खोजेको छ। त्यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोग, लोकसेवा आयोग, राष्ट्रिय मानवअधिकार आयोग, महिला र दलित आयोगलगायत पुनरावेदन एवं सर्वोच्च अदालतआदिमा हुने नियुक्तिलाई कसरी बढीभन्दा बढी समावेशी बनाउन सकिन्छ भन्ने जिम्म्ोवारीबोध शासकहरूमा हुनु जरुरी छ। विभिन्न राष्ट्रका लागी राजदूत एवम् महावाणिज्य दूतहरूको नियुक्तिका साथै विभिन्न सरकारी एवं अर्धसरकारी संस्थान तथा संचार मन्त्रालय अन्तर्गतलगायत अन्य निकायमा हुने राजनितिक तथा वित्तिय संस्था तथा प्रज्ञाप्रतिष्ठान, नास्ट, विश्वविद्यालयजस्ता संस्थामा राज्यबाट नियुक्ति गरिँदा मधेसीलगायतका समूहबाट न्यायोचित प्रतिनिधित्व हुन्छ कि हुदैन हेर्नुपर्ने विषय भएको छ।
लामो समयदेखि हुने गरेको सचिवको बढुवामा मधेसी एक जना पनि नपर्नु अर्थात् प्रशासनको उच्चतहमा मधेसी समुदायका पदाधिकारीको उपस्थिती अत्यन्त न्यून हुने, प्रहरी एवं प्रमुख जिल्ला अधिकारीको नियुक्तिमा मधेसीलगायत उपेक्षित वर्गको उपस्थिति र स्वामित्व रहेको सन्देश दिनसक्ने गरी निर्णय हुन नसकेको छैन। प्रक्रियागतरूपमा हुने बढुवाका क्रममा मधेसीलगायत उपेक्षित समूहका उमेदवारलाई नियोजित रूपमै पन्छाउने काम त भइरहेको छैन? यस्तो सन्देश प्रवाह हुन थाल्यो भने मधेसी र उपेक्षित वर्गमा असन्तुष्टि बढ्ने संम्भावनाप्रति गम्भीर ध्यान दिनु जरुरी छ। सरकारले राजस्वको बाँडफाँट र विकास निर्माणका योजना तर्जुमा गर्दा मधेसलगायत सबै भौगोलिक क्षेत्रमा न्यायोचित विनियोजन गर्न सक्नुपर्छ। 
बहुल सामाजिक, संास्कृतिक समाजमा सबै समुदाय र भौगोलिक क्षेत्रका नागरिकको राष्ट्रिय मामिलामा समानरुपमा सहभागिता हुन सकोस् र सबैको सही प्रतिनिधित्व होस् भन्ने नै समावेशीकरणको मूल आशय हो । लोकतन्त्रमा शान्ति पूर्ण परिवर्तनको वैध उपाय पनि यही हो। नेपालको सन्दर्भमा समावेशी, लोकतान्त्रिक एवं लोककल्याणकारी राज्य निर्माण गर्न अगुवाइ गर्ने जिम्मेवारी समयले पुनः नेपाली कांग्रेसलाई दिएको छ। यो कार्य आफैँमा आन्दोलन हो। नेपाली कांग्रेस लोकतन्त्र एवं परिर्वतनको संवाहक पार्टी भएकोले अन्य दल समेतलाई सहमत गराई यावत् समस्याको समाधान खोज्ने जिम्मेवारी यही दलको काँधमा छ। समावेशी राज्य निर्माणलगायतका अन्य ज्वलन्त समस्याको समाधान एव संविधान निर्माणका क्रममा उठेका अनेकौं प्रश्नको उत्तर एवं समाधानमो अग्रसरता लिन सके यो चुनौती नेपाली कांग्रेसका लागि अवसरमा रूपान्तरण हुन सक्नेछ। 

केन्द्रीय सदस्य, नेपाली कांग्रेस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस