के नेपाल तानाशाही शासन भएको देश हो इराकजस्तै? के नेपाल युद्धग्रस्त मुलुक हो अफगानिस्तानजस्तै? होइन भने भारतले किन विशेष दूत खटायो त? यस्ता प्रश्नको जवाफ खोज्न गाह्रो भए पनि असम्भव भने छैन।
एजाज अहमदको ‘इराक, अफगानिस्तान, इम्पेरियलिज्म अफ आवर टाइम'अनुसार इराकमा तानाशाहीबाट मुक्ति र प्रजातन्त्र स्थापनाका लागि भन्ने निहुँमा विशेष दूत पठाइयो। सद्दाम हुसेनको तानाशाहीको अन्त्यका नाममा युद्ध थोपर्दै अमेरिकाले पल ब्रेमरलाई विशेष दूतका रूपमा इराक पठाएको थियो। ब्रेमरलाई इराकमा लोकतन्त्रीकरण र पुनर्निर्माणको विशेष ठेक्का दिइयो। ब्रेमरले राष्ट्रपति सद्दाम हुसेनलाई सत्ताच्युत गरेर संहारकारी युद्ध सञ्चालन गरी ‘लोकतन्त्रीकरण र पुनर्निर्माण' गरे। स्वदेशको स्वार्थ पूरा गरे।
अफगानिस्तानमा आतंकवादी सञ्जाल अल कायदाका नेता ओसामा बिन लादेनलाई समात्ने र तालिबानलाई सत्ताच्युत गरेर युद्ध समाप्त पार्ने निहुँमा अर्का विशेष दूत खटाइए। सोभियतसंघविरुद्ध लड्न आफैँले जन्माएका अल कायदा र तालिबानले भष्मासुरको रूप लिए पछि अमेरिकाले अफगानिस्तानमा युद्धको मोर्चा खोल्यो। युद्ध अन्त्य गर्ने र शान्ति स्थापना गर्ने आकर्षक नारा लागू गर्ने जिम्मेवारी विशेष दूत जाल्मे खलिलजादलाई दिइयो।
जाल्मे खलिलजादले युद्धको अन्त्य र शान्तिको स्थापना गर्न नसके पनि केही ठोस काम गरेर देखाए। एजाज अहमदका अनुसार, उनी अफगानिस्तानमा तेलको पाइप बिछ्याउने काम गरिरहेको अमेरिकी बहुराष्ट्रिय ऊर्जा कम्पनी युनोकलका सल्लाहकार थिए। त्यसैले उनले युनोकलकै अर्का सल्लाहकार हमिद कारजाईलाई अन्तरिम सरकारका मुखिया बनाए। पहिले तालिबानसँग निकट रहेका कारजाई अचेल तालिबानविरुद्ध ‘जेहाद' छोड्दै छन्।
नेपाल इराक वा अफगानिस्तान नभए पनि यहाँ भारतीय विशेष दूतको आगमन भयो। नेपालका लागि भारत पनि अमेरिकाजस्तै शक्तिराष्ट्र हो। यसले क्षेत्रीय शक्तिबाट महाशक्ति बन्ने क्रममा नेपालको राजनीतिक संकट हल गर्ने नाममा विशेष दूत खटायो। तर, विशेष दूत खटाउँदा भारतले नेपाल सरकारलाई सामान्य जानकारी दिन पनि जरुरी ठानेन, स्वीकृतिका वा भेटघाटको जानकारी दिनु त टाढाकै विषय भयो। ‘बिन बुलाए मेहमान'का रूपमा आएका विशेष दूतले यहाँ भव्य स्वागत र सत्कार पाए। कसैले पनि उनको विशेष दूतको हैसियत र वैधताबारे सोध्ने आँट गरेनन्।
सञ्चार माधयममा व्यापक चर्चा भयो, श्यामशरण राजदूत हुँदा बाह्रबुँदे समझदारी निर्माणमा ‘सहजकर्ताको भूमिका' खेलेको विषयको। सहजकर्ताको भूमिका खेले पनि नखेले पनि, यस्तो प्रचारबाट उनको राजनीतिक भ्रमणलाई वैध, वैधानिक र औचित्यपूर्ण साबित गर्न खोजियो। सन् १९४० को दशकमा चीनका लागि अमेरिकी राजदूत प्याटि्रक हर्लेको पनि राजनीतिक क्षेत्रमा त्यस्तै चर्चा हुन्थ्यो।
चिनियाँ कम्युनिस्ट पार्टीका अध्यक्ष माओ त्सेतुंग र चाउ एनलाईसँग क्वमिन्ताङका नेता तथा चीनका शासक च्याङ काइसेकबीच शान्तिवार्ता गराउने र छुङकिङ सम्झौता गराउने अमेरिकी मध्यस्थकर्ताका रूपमा। तर, राजदूत हर्ले सम्झौता लागू गराउन सहयोग गर्नुभन्दा पनि आफ्ना कठपुतली शासक च्यांग काइसेकको सत्ता बचाउ गर्नेतिर लागे। चिनियाँ जनमुक्ति सेनालाई निःशस्त्र गर्ने तर सत्ता साझेदारीमा भने चिनियाँ कम्युनिस्ट पार्टीलाई सहभागी नगराउने नीति अख्तियार गरे। के पूर्वराजदूत श्यामशरणको भूमिका पनि अमेरिकी राजदूत हर्लेको भन्दा भिन्न भयो?
हुन त चिनियाँ कम्युनिस्ट पार्टी र क्वमिन्ताङको भूमिका र क्षमताबारे हर्ले र अन्य अमेरिकी राजदूत एवं अमेरिकी राज्यका गलत आकलनका कारण मिलिजुली सरकार बनेन र अन्ततः क्रान्तिपछि क्वमिन्ताङ सत्ताच्युत भयो भने च्याङ काइसेक ताइवानतिर भाग्न बाध्य भए। यस्तो दृष्टान्तबाट पाठ नसिक्ने शक्ति राष्ट्रका गलत आकलन र स्वार्थी नीतिका कारण नेपालमा पनि उनीहरू असफल भएका उदाहरणको छन्, सफलताका दृष्टान्तसँगै।
सन् १८१६ को सुगौली सन्धिपछि बीसौं वर्षसम्म नेपालमा प्रभावशाली भूमिका खेलेका ब्रिटिस रेजिडेन्ट थिए ब्रायन एच. हडसन। राजदूत हडसनले ठानेका थिए, नेपाल ब्रिटिस भारतका सीमा क्षेत्रको सुरक्षाका लागि भीमसेन थापाको शासन हटाउनु जरुरी छ। थापालाई सत्ताच्युत गरेपछि नेपालको परराष्ट्र नीतिलाई आफ्नो स्वार्थअनुकूल फेर्ने उद्देश्यले नीति निर्देशन गर्न ब्रिटेनलाई सहज हुनसक्छ।
यही ठम्याइका साथ ब्रिटिस साम्राज्यले थापालाई सत्ताच्युत गर्न सघायो, तर हडसनको ठम्याइ लामो कालखण्डसम्म वस्तुसम्मत ठहरिएन। त्यसको ठीक उल्टो, नेपालमा चीनको समर्थन पाउन दरबारियाबीच होडबाजी नै चलेको समेत देखियो। इतिहासमा जस्तै वर्तमानमा पनि आआफ्ना स्वार्थ पूरा गर्ने लक्ष्यका साथ सरकार बनाउने र बिगार्ने खेल जारी छ। यस्तै बेला भारतका विशेष दूतको नेपाल यात्राले यहाँ त्यस्तै दुर्घटना दोहोरिने शंका हुनु पक्कै पनि अस्वाभाविक होइन।
लियो इ. रोजको ‘नेपाल स्ट्रेटजी फर सर्भाइभल'अनुसार भीमसेन थापा सत्ताबाट हटाइएपछि ब्रिटिस रेजिडेन्टको सहयोगमा आएका प्रत्येक सरकार र राजा राजेन्द्रले पनि ब्रिटेनको स्वार्थ पूरा गरेनन्। उनीहरूले ब्रिटेनविरुद्ध मोर्चाबन्दीका लागि चीनलगायत चारैतिरका देशसँग हारगुहार गर्न थालेको देखेर हडसन निकै निराश र आक्रोशित भए। उनले कूटनीतिक समाधान विफल भएको ठानेर नेपालविरुद्ध फेरि पनि सैनिक आक्रमण गरी सरकारलाई तह लगाउने विचार पनि गरेका थिए। तर ब्रिटिस इन्डियाका गभर्नर जनरल अकल्याण्डले ‘ब्रिटेनले भारतीय क्षेत्रमा सामना गर्नुपरेका शक्तिमध्ये सबैभन्दा खतरनाक शत्रु घोषणा गरे' पनि तत्काल नेपालविरुद्ध फौजी आक्रमण नगर्ने जनाउ दिए। हडसनले युद्धको कडा चेतावनी दिँदादिँदै पनि नेपाल सरकारले अन्य देशसँग कूटनीतिक पहल जारी राखेपछि ब्रिटिस साम्राज्यले सीमा क्षेत्रमा सेना परिचालन गर्यो।
कूटनीतिक दबाब र फौजी परिचालनपछि राजा राजेन्द्र पछि हटे। अनि अकल्यान्डको पत्र र हडसनको दबाबमुताबिकै नेपालमा सरकार फेरि पनि फेरियो। ब्रिटिस साम्राज्यसँग दोस्ती बढाउने कसम खाँदै ब्रिटेनविरोधी परराष्ट्र नीति अँगालेका राजेन्द्रले अन्ततः सरकारको मुख्तियारी चौतरिया फत्तेजंग शाहलाई सुम्पे। यस्तै घटना भारतीय उच्चस्तरीय फोन कलका कारण लोकतान्त्रिक गणतन्त्रमा पनि दोहोरियो, पुष्पकमल दाहाल सरकारको राजीनामा र माधवकुमार नेपालको सरकार निर्माणका बेला। यो इतिहासको पुनरावृत्ति संयोग मात्रै हो कि नियमित प्रक्रिया नै हो? यसको जवाफ समयले फेरि दिएको छ, माधव नेपाल सरकारको उत्तरवर्ती सरकार निर्माणमा।
कोतपर्ववरिपरिको नेपाली इतिहास पल्टाउँदा तीतो यथार्थ के देखिन्छ भनेे फत्तेजंग शाह हुन् या माथवरसिंह थापा सबैजसो प्रधानमन्त्रीको संहार नभएसम्म न नेपाली राजनीतिमा स्थिरता आयो, न त स्थिररूपमा ब्रिटिस स्वार्थ पूर्ति हुने स्थिति नै बन्यो। वर्तमान नेपालको अवस्था हेर्दा मनमा चिसो पस्छ, कतै नेपालको राजनीति कोतपर्वपूर्वको अवस्थातिरै फर्कन खोजेको हो कि? चाहे ब्रिटेन होस् या ब्रिटिस उपनिवेश भारत होस्, सबैजसो शक्तिराष्ट्रले आफ्नो स्वार्थ पूर्तिको सर्तमा मात्रै नेपालीलाई सहयोग गर्ने हो। कहिले राजनीतिक स्थिरताका नाममा त कहिले शान्ति र संविधान निर्माणका नाममा गरिने सहयोगको नेपथ्यमा उनीहरूको राष्ट्रिय स्वार्थको ध्येय हुन्छ। त्यस्तो ध्येयको नेतृत्व गर्ने हुन्, राजदूत वा विशेष दूतहरूले, चाहे ती ब्रायन हडसन हुन् या श्यामशरण। यसको अघिल्लो उदाहरण हो, राणाकालमा ब्रिटेनका कारण रहेको अर्ध-औपनिवेशिक स्थिति अनि राणाकालपछि प्रजातन्त्रको पहिलो दशकसम्म रहेको भारतनिर्भरताको अवस्था।
कुनैकुनै इतिहासकार अतिराष्ट्रवादी कोणबाट इतिहासको व्याख्या गर्ने क्रममा गौरवसाथ दावी गर्छन्: नेपाल कहिल्यै कसैको उपनिवेश भएन, यहाँ आउने ब्रिटिस राजदूतले राणाकालमा लैनचौरबाट निस्कन पनि सरकारी स्वीकृति लिनुपर्थ्यो। पञ्चायतकालमा पनि राजदूतले कुनै नेता, मन्त्री वा प्रशासकलाई भेट्नुपर्यो भने परराष्ट्र मन्त्रालयलाई जानकारी दिनुपर्थ्यो। पक्कै पनि अन्तर्राष्ट्रिय प्रचलन पनि यही हो, यसमा शंका छैन। तर हामीले बिर्सनै नहुने ऐतिहासिक तथ्य पनि केही छन्, जसले इतिहासको अतिराष्ट्रवादी व्याख्यालाई खण्डित गर्छन्।
कोतपर्वको त्रासदीको पूर्वानुमान गर्दै राजा राजेन्द्र आफैँ लैनचौर गएर ब्रिटिस राजदूत मेजर हेनरी लरेन्सलाई बोलाउन जाँदा लरेन्सले उनलाई भेटसम्म पनि नदिई ढोकाबाटै रित्तो हात फर्काएका थिए। कोतपर्वबाट स्थापित राणाशासनको अन्त्यपछि लैनचौर दरबार ब्रिटिस र भारतीय दूतावासमा बाँडियो, तर पनि ती नारायणहिटी दरबार र सिंहदरबारभन्दा बलिया भए। लैनचौरकै प्रतिनिधि राजाका सेक्रेटरीदेखि प्रधानमन्त्रीका सल्लाहकारसम्म भए, त्यसबेला। आजभोलि तिनकै दूत नेता, प्रधानमन्त्री र राष्ट्रपतिका कोठामा समेत सजिलै पुग्ने भए, विशेष सन्देश लिएर।
जब विशेष दूतलाई कानुनी हैसियत सोध्नुको साटो देवदूत नै ठानिन्छ, छिमेकीको घरमा लागेको आगो निभाउन दमकल लिएर आएका हर्कुलस नै मानिन्छ, तब दिउँसै दूत-क्रीडा हुनु पनि आश्चर्यजनक हुँदैन। हो, तब त युद्धको हाहाकार र तानाशाहीको मारामार जरुरी नै हुँदैन, विशेष दूतका नाममा ‘मिसन श्यामशरण' सञ्चालन गर्न, ‘सार्वभौम' मुलुकको आत्मनिर्णयको अधिकार मिच्न, चौथो चरणको चुनाव अनिर्णित बनाउन, आफ्नो स्वार्थअनुकूलको माओवादीइतरको ‘लोकतान्त्रिक' सरकार बनाउन।
यस्ता मिसनबाट छिमेकी देशमा मित्र कमाइँदैन, बरु शत्रुको संख्यामात्रै बढाइन्छ। अर्काको देशमा जथाभावी दूत पठाउने क्षेत्रीय शक्ति भारतलाई यो सत्य बुझ्न कति दशक लाग्ला?