उनी गए, यिनी आए
२७ साउन २०६७
•
१२ मिनेट पाठ
उनी गए, यिनी आए
उनी श्यामशरण हुन्। उनी बिनासूचना चोरबाटो हुँदै नेपाल आए, सुटुक्क। ठूलो देशका ठुल्दाइका दूत आउँदा उनी चोर झैँ आए भन्न सानो देशको कूटनीतिक मर्यादाले दिँदैन। परराष्ट्र मन्त्रालय परराष्ट्रहरूसित नाता गाँस्ने कूटनीतिक सेतु हो। छनलाई सेतु हाम्रो पनि छ तर, हाम्रो परराष्ट्र मन्त्रालयलाई श्यामशरणको आगमनको अत्तोपत्तै थिएन।
कूटनीतिक मर्यादाको थोरैमात्र पनि हेक्का राखिएको भए श्यामशरण यो मन्त्रालयको सम्मति लिएर आउनुपर्ने हो। तर, ती यसरी आए जसरी कुनै मौजाको जिम्दार हातमा छडी हल्लाउँदै आफ्ना हरुवाचरुवाको बस्तीमा जान्छ। श्यामशरणले त्रिभुवन विमानस्थलमा पदार्पण गर्नेबित्तिकै काठमाडौंका अशक्त र आत्महीन शक्तिकेन्द्रहरू थर्कमान भए।

र श्यामशरणका लागि एकाएक पाँचोटा द्वार खुले। बालुवाटार दरबारको द्वार, शीतलनिवास दरबारको द्वार, महाराजगन्ज निवासको द्वार, नयाँ बजार निवासको द्वार र डल्लु निवासको द्वार। सके यी पञ्च द्वार लैनचौरका काजीसापको इसारामा खुलेका थिए। त्यो क्षणमा आत्मनिर्णयकारी शक्ति, प्रतिरोधी सामर्थ्य र लज्जाशील विवेक भएको राज्य कहीँ कतै देखिएन। देखियो त राज्य नाउँको भिजेको मुसोमात्र।

कूटनीतिक मर्यादाका न्यूनतम मानक के के हुन्? श्यामशरणलाई सोध्ने आँट कसैले गरेन। राष्ट्रपति यादव, प्रधानमन्त्री माधव, कावा सभापति सुशील, अध्यक्ष पुष्पकमल र अध्यक्ष झलनाथ मानौँ तँछाडमछाड गर्दै धनुष्टङ्कार मुद्रामा श्यामशरणसामु प्रस्तुत भए। श्यामशरणसँग राष्ट्रपति यादव र प्रधानमन्त्री माधवको दर्शनभेटको त कुरै लुकाइयो। आगन्तुकले के भने र दर्शनार्थीले के जबाफ दिए त्यो तिनैका चित्तमा गोप्य रह्यो। यसरी नागरिकको सूचनाको हक नै हरण गरियो। नेपाली राजनीतिको धेरै समय राष्ट्रवादमा बित्छ। राष्ट्रवादका उत्तेजक नारासहित धुवाँ उडाउँदै जुलुस निस्कन्छन्। सीमा अभियान चल्छन्। कालापानीतिर कुच मारिन्छ। महाकालीतिर लस्कर लाग्छ। गर्जन-तर्जनले गगनमण्डल गुञ्जायमान हुन्छ।

र, तँ ठूलो राष्ट्रवादी कि म भन्ने सेखासेख चल्छ। तर, जब श्यामशरण आए, हाम्रो राष्ट्रवादको हविगत देखियो। अरू त अरू, भयङ्कर राष्ट्रवादी पुष्पकमल दाहालले पनि कूटनीतिक मर्यादाको अर्थ के हो श्रीमान् भनेर श्यामशरणलाई सोध्नु जरुरी ठानेनन्। स्मरण गरौँ, पछिल्लो पटक गिरिजाप्रसद कोइराला र झलनाथ खनाल दिल्ली जाँदा तिनलाई भारतीय सत्ताका हस्तीले भेटै नदिई कसरी झुलाएका र गलाएका थिए? तिनले यिनको कति साह्रो अपमान गरेका थिए! तर, कूटनीतिक मर्यादाका सारा मानकलाई च्यातचुत पार्दै जब श्यामशरण आए, धर्मान्ध भक्तहरू आफ्ना इष्टदेवसामु लत्रिएझैँ हाम्रा सबै लत्रिए।

निहुरिनमात्र जान्नेलाई निहुराउने र दल्नेको यो दुनियाँमा कमी छैन। दोष निहुराउने र दल्नेको होइन। उसको त धन्दा नै त्यही हो। उसलाई गर्न मजा आउने पनि त्यही हो। दोष त निहुरिन रहर गर्ने, आत्महीनता प्रदर्शन गर्ने र पछि गनगन गर्नेको पो हो। निहुराइँदा पहिले मौन रहेर पछि बक्बक् गर्नुको कुनै तुक छैन। कसैकोमा जब गृहकलह हुन्छ, छिमेकीले भलाद्मी पल्टिने मौका पाउँछ। र, सुलहकारी भलाद्मीको भेषमा ऊ हातमा कोर्रा बोकेर कलहकर्मीका आँगनमा प्रकट हुन्छ। आफ्नो निर्णय आफैँ गर्न नसक्नेले निर्णय थोपर्न छिमेकी आयो भनेर धारे हात लाउनु ब्यर्थ छ। बनाउनुपर्ने अख्तियारवालाले प्रधानमन्त्री बनाउन सकेनन्, र आफूलाई अनुकूल हुने प्रधानमन्त्री बनाइदिन श्यामशरण आए। यसमा दक्षिणपन्थीको किल्लातुल्य बूढो दिल्लीको के दोष?

हेप्न बानी लागेकालाई कसलाई हेपूँ, कसलाई हेपूँ लागिरहन्छ। र, हेप्दै जाँदा ऊ निर्वस्त्र भएर हेप्न थाल्छ। श्यामशरण फिर्ता गएलगत्तै लैनचौर दूतावासले त्यही गर्‍यो। सुब्रत दास नामक कर्मचारीले सभासद् रामकुमार शर्माको सासै निभाइदिनेसम्मको ध्वाँस दिएछन्। शर्मासँग ध्वाँस दिनेका फोन नम्बर सुरक्षित छन्। राज्यका उच्चासनमा स्वाभिमान र साहस भएका जीव हुँदा हुन् त ती हेपाहा दासलाई चौबीस घन्टाभित्रै देशनिकाला गर्थे। तर, बोल्नुपर्ने गद्दीवाल कोही बोलेनन्। नागरिकका अभिभावकको आसनमा बसेका राष्ट्रपतिलाई आफ्नो नागरिकको ज्यानको माया लागेन। ती मौन रहे। ‘कठपुतली' भनेर हुर्मत लिइएका प्रधानमन्त्रीलाई चिन्ता लागेन।

ती कठतुल्य भई चुपचाप बसे। पराष्ट्रमन्त्रीको गद्दीमा बसेकी फाँटवाला मन्त्रीलाई कुनै तातो लागेन। तिनी मेकअप गर्नमै मग्न रहिन्। हाम्रो निर्णयाधिकार हरण गर्न र हाम्रा ज्यानमा दागा धर्न कोही परचक्री मुस्तण्ड मुद्रामा हाम्रै आँगनमा ङिच्च हाँस्दै उभिरहेको छ। सत्ताधारी उसैको लाचार छाया झैँ निस्तेज, निरीह र निरुपाय छन्। आखिर यो बिनाएकीकृत प्रतिवाद र बिनासबल प्रतिकार हामी हेपिँदै आउँदाको नतिजा न हो!

दिन बानी लागेको दिल्लीबाट श्यामशरण दिन आएका थिए। नभन्दै ती दिएर गए। तिनले कांग्रेस र एमालेलाई वरदान दिए, माओवादीलाई श्राप दिए र मधेसी दललाई कोर्रा दिए। कांग्रेस-एमाले परे नागरिक दल, र नै यिनलाई सिंहासनको वरदान प्राप्त भयो। माओवादी ठहरियो अनागरिक दल, र नै यसलाई श्रापको उपहार प्राप्त भयो। विचारधाराविहीन मधेसी दललाई रात्री भोजको मोजसँगै वचनको कोर्रा प्राप्त भयो। र, प्रधानमन्त्रीको चौंथो चरणको चुनावमा यी दानदातव्यको फल प्रत्यक्ष भयो। दायित्वच्यूत एवं अकर्मण्य मुद्रामा एमाले र मधेसी दल हात बाँधेर तटस्थ बसे। र, चुनाव नाउँको चौथो प्रहसन बिस्ट्याउनेलाई भन्दा देख्नेलाई लाज भनेझैँ भयो। यसरी श्यामशरणले जिते, नेपाली राजनीतिले हार्‍यो।

लुरे नै भए पनि राज्य छ, तर राज्यमा सरकार छैन। केबल खानसम्मको काम चलाउने म्यादी सरकार छ। सरकार बनाउने प्रक्रिया विद्रूप हास्यरसको स्रोत बनेको छ। र, सरकार बन्न नदिन एमालेका झलनाथहरू मरिमेटेर मैदानमा डटेका छन्। बरा मधेसीका के कुरा गर्नु? श्यामशरण गुरुका वचनका कोर्राको डाम छाम्दै ती किंकर्तव्यविमूढ छन्। झलनाथगणलाई सहमतिको सरकार चाहिया छ। कुरा सुन्दा राम्रो लाग्छ। तर, यो ‘राम्रो'भित्रको दाउ अर्कै छ। पुष्पकमल र रामचन्द्र चुनावी अखाडाबाट पन्छिऊन्।

अनि मै हुनेछु प्रधानमन्त्रीको निर्विकल्प विकल्प। सायद झलनाथको भित्री इरादा यही हो। माओवादी नेतृत्वको अछूत सरकारलाई कांग्रेस नमान्ने। कांग्रेसको नेतृत्वको सरकारमा माओवादी कालत्र सामेल नहुने। अनि कुन जादूको छडीले, कुन अदृश्य शक्तिको प्रतापले बन्छ सहमतिको राष्ट्रिय सरकार? तर, झलनाथहरू जिरह गर्छन् - न, न, सहमतीय बन्नैपर्छ।

राजनीतिको मेलोमा हलो अड्काएर झलनाथगण विकृतिको डङ्गुर लगाउनमा तल्लीन छ। एउटा च्याँखे दल फुटिसक्यो। फ्लोर क्रसको थर्कोसँगै उपेन्द्र फोरम चर्किसक्यो। एमाले आफैँ अहिले फुटुँ कि भरे फुटुँको साइतको व्यग्र प्रतीक्षामा छ। राजवादीको आरोपलाई निम्त्याउँदै पुष्पकमल दुईचार भोटको याचना गर्न राजसेवी कमल थापाका द्वारमा हाजिर भइसके।

एक थान मन्त्री पद पड्काउन कतिपय सभासद्माझ आत्मविक्रयको धन्दा सुरु हुन अब बेर नलाग्ला। लोकतन्त्रका नेताको छवि झन्झन् धूमिल हुँदो छ। राजनीतिमा आदर्श, मूल्य र नैतिकताको बीउ नै मासिने खतरा भइसक्यो। यो सब दुर्दशा देखेर संविधान सभाको बध गर्ने दुःस्वप्नको झोली बोकेर हिँडेकाको चुरिफुरी दिन दुगुना रात चौगुना बढ्दो छ। तैपनि झलनाथगण सहमतिको सुन्दर आवरणभित्र निजी आकांक्षाको ट्वाक बजाउँदै राजनीतिको ट्राफिक जाम गरिरहेको छ।

र, आफ्नो दाउ माथिपर्ने गरी ट्राफिक जाम गराइरहन वा ट्राफिक खोल्न श्यामशरणपछि केभी राजनको आगमन भएको छ। उही बाटोबाट। उही शैलीमा। उसरी नै छडी हल्लाउँदै हरुवाचरुवाको बस्तीमा गएसरह।

अब कसको मर्जीअनुसार कसको कस्तो सरकार बन्ने वा नबन्ने हो? उनीपछि यिनी आई जो सके!
अर्को समाचार
फेसबुके प्रेम
२८ कार्तिक २०७७
•
१ मिनेट पाठ
फेसबुके प्रेम

त्रिलोचन ढकाल

 

– बाबा मलाई यही केटासँग विवाह गरिदिनुपर्छ । हेर्नुस् त फोटो कति राम्रो । कस्तो हृष्टपुष्ट । नामजस्तै विशाल । कति मायालु आँखा ।

– तिमीले कसरी चिन्यौं  सरस्वती छोरी !

– फेसबुकमा भेटेको बाबा । कुरा गर्दागर्दै गहिरो प्रेम बस्यो ।

– परिवार पनि हेर्नु पर्यो । जातपात के हो । पढाइ कति छ । जागिर के हो । सबै बुझ्न पर्यो नि छोरी ।

– केही बुझ्नु पर्दैन बाबा । मैले सबै बुझेकी छु । ऊ दुवैमा जागिरे छ । मेरो उसँग गहिरो  प्रेम छ ।

– यसरी पनि विवाह हुन्छ त छोरी ! अन्धो प्रेमले त धोका दिन्छ नि ।

– मेरो विवाह यही हिरोसँग गर्दिनुपर्छ । नत्र मैले आत्महत्या गर्दछु ।

भनेको केटासँग विवाह नगरिदिँदा धेरै युवतीहरूले आत्महत्या गरेको सुनेको थियो उसले । ऊ डरायो । छोरीको जिद्दिले उसलाई झुकाइदियो अनि त्यही केटासँग विवाह गरिदिने निर्णय गर्यो ।

– बोलाऊ त छोरी विशाललाई ।

विशाल आइपुग्यो । बाउले एकान्तमा बोलाएर सबै सोधखोज गरे । अनि विवाह गरेर पठाइदिए । 

उनीहरू सुहागरात मनाउन बन्दीपुर पुगे । दिनभर पहाडकी रानीको अङ्गप्रत्यङ्गमा छामछामछुमछुम गरे । सेरोफेरोको दृश्यावलोकन गरे । साँझमा बास बस्न रिसोर्टमा कोठा रिजर्भ गर्नु स्वाभाविक थियो । कोठाभित्र प्रवेश गरेपछि विशाल नुहाउन बाथरूममा पस्नु अस्वाभाविक भएन । कपडा खोलेर बाथरूमभित्र पस्यो । उसले कपडा खोल्दा कमिजको खल्तीभित्र रहेको  नागरिकताको प्रमाणपत्र भुईमा खसेछ । सरस्वतीले उठाएर पढिन् । त्यहाँ त नाम विशाल विश्वकर्मा लेखिएको रहेछ  । अनि उनी आत्तिइन् र बाबुलाई फोन गरिन्– बाबा यिनी त विश्वकर्मा रहेछन् नि । म भागौँ !’

– नआत्तियौं  छोरी, मलाई यो सब थाहा थियो । मैले उनको पूजा गरेको छु । अब उनी ब्राह्मण भए ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस