कहीं दीप जले, कहीं दिल
३० साउन २०६७
•
११ मिनेट पाठ
कहीं दीप जले, कहीं दिल
आज भारतले आफनो स्वाधीनता दिवस मनाउँदैछ। स्वतन्त्रताको यो ६३ वर्ष लामो यात्रामा भारतले गरेका उपलव्धिहरु साँच्चै आश्चर्य लाग्दा छन। शनिवार भारतको राजधानी दिल्लीको वाटो काठमाडौं फर्किदा इन्दिरा गान्धी विमानस्थलको कायापलट देखेपछि स्तम्भकारलाई लाग्यो, भारत अव सांच्चै एक्काइसौं शताव्दीको यात्रामा पाइला लम्काइ रहेको छ।
दिल्ली विमानस्थलमा जुटाइएको अन्तर्राष्ट्रिय स्तरको सेवा र सुविधाले भारतको वढदो आर्थिक समृध्दिको मात्रै तस्वीर कोर्दैन, दिल्लीलाई अन्तर्राष्ट्रिय जगतसंग दक्षिण एशियालाई जोड्ने प्रस्थान विन्दूका रुपमा पनि विकसित गर्नेछ।




आफनो देशको त कुरै नगरे भयो। यस्तो लाग्दछ, हामी सर्वनाशतिरको यात्रामा कस्सिएर जुटदैछौं। तर, हाम्रो विमानस्थलसम्म पनि तुलनामा कतै जोडिदैन। सम्झना कतै आउंदैन। मन र शरीर दुवैले थाकेका दुइ दर्जन शरीरहरु कर्मचारीका रुपमा अध्यागमन र भन्सारमा उभिएका छन। उनीहरु साक्षी मात्रै हुन। उनीहरुले दिनसक्ने सुविधा कतै केही छैन। पर्यटकका लागि पिउने पानी र साभार फोनको व्यवस्था भएपनि ती काउण्टरहरुमा पानी र टेलिफोनका सेवा छैनन, साइनवोर्ड मात्रै छन। टेवुलमुनी कम्प्यूटर लुकाएर पर्यटक आगमनको सूचना संकलन गरी रहेका भेटिन्छन कर्मचारीहरु। माओवादी नेतृत्वको सरकारले विमानस्थलमा पाइने शुल्कमुक्त वजारको सुविधा हटाएपछि विमानस्थलको आकर्षण र रौनक दुवै हराएको छ। जुन देशमा राजनीतिले मानिसको नियतिलाई वन्दी वनाएको हुन्छ, त्यो देशको विकास कसरी सम्भव हुन्छ? कसैले जवाफ दिन सक्दैन होला। यस्तै हो, कहीं दीप जले, कहीं दिल †
शहरमा साविक झैं वावुराम र प्रचण्डको चर्चा छ, चर्चाको लहरमा रामचन्द्र र झलनाथ हुनुहुन्छ। नयां कुरा यति मात्रै कि, झगडा चर्कै छ। केही दिनदेखि माओवादीका वौध्दिक नेता वावुराम आत्मरक्षाको मोडमा उभिनु भएको छ। जवाहरलाल नेहरु युनिभर्सिटीमा पढेर विद्यावारिधिको उपाधि प्राप्त गरेदेखि प्रधानमन्त्री शेेरवहादुर देउवालाई मांगपत्र वुझाएर 'जंगल' युध्दमा प्रवेश गरेसम्म, दिल्लीमा वार्‍हवूंदे सहमति निर्माण गरेदेखि संविधान सभाको चुनाव भएसम्मका फेहरिस्तहरु दोहोर्‍याएर उहां आफूलाई सावितगर्ने प्रयत्नमा लाग्नु भएको छ। उहा" प्रधानमन्त्री भए देशका सवै समस्या रातारात समाधानहुने आशामा वसेका उहाका समर्थकहरु दिनहूं उहांको गीता गाइ रहेका छन। समर्थकहरुले जलाएको दीपशीखामा भट्टराईको अनुहार चम्किइ रहेकोछ।
देशका जवर्जस्त र आकर्षक नेताको खिताव जितिसक्नु भएका माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री पदको दौडमा लगातारको प्राविधिक पराजयपछि पनि दौडवाट हटन चाहनु भएको छैन। भनिन्छ, उहांले यो पदका लागि साम दान दण्ड र भेदका चारै चाणक्य नीतिको अवलम्वन गरी सक्नु भएकोछ। उहांले आफनो कद काठी र औकात समेत दाउमा लगाउनु भएको छ। उहा"का लागि सवभन्दा ठूलो सत्य वर्तमान भएकोछ। अहिले पालो मिचिए भोलि पालो नआउने भयले उहा" ग्रस्त हुनु भएकोछ। दौडका तेस्रा नेता तथा कांग्रेस संगठनका उपाध्यक्ष रामचन्द्र पौडेल आफू लडेको चुनावमा अहिलेसम्म तटस्थ रहेको वामपन्थी सहयात्रीको मन पग्लिने आशामा अल्भि्करहनु भएको छ। उहा"पनि प्रचण्डकै जस्तो मनस्थितिमा देखिनु हुन्छ - अहिले नभए कहिल्यै भइन्न। यी तीनजना वाहेक अरु यस्ता नेताहरु पनि छन जो च्या"खे दाउमा आफनो भाग्य अडकाएर लाममा उभिइ रहेका छन।
राजनीतिको पेशामा लागेका केही मानिसका व्यक्तिगत महत्वाकांक्षामा एउटा सिंगो देश र एउटा सग्लो लोकतन्त्र लामो समयसम्म वन्धक परेपछि के हुन्छ? यसवारे विव्दानहरुले केही वोलेका छैनन। विश्लेषकहरु थाकेका छन। टिप्पणीकारहरु रिसाएका छन। पर्यवेक्षकहरु उक्ताएका छन। पत्रकारहरु अलपत्र परेका छन। समाचारहरु छन। तर, तिनको सान्दर्भिकता एकछिन पनि टिक्न पाउंदैन। कतिवेला को दौडवाट अलग्गिन्छ र कतिवेला दौडमा को प्रवेश गर्दछ? कसैले पनि अनुमानगर्न सक्दैन।
निश्चय पनि, सानो देश नेपालले धेरै यस्ता मुद्दाहरु वोकेको छ जसलाई धान्न सक्ने क्षमता हामी जनतासंग छैन। शान्ति र काम गरेर खान पाइने वातावरणको आशमा हामीले धेरै कुराहरु गुमाइ सकेका छौं। यो त निश्चित नै छ, हाम्रा नेताहरु आफनो र आफनो सत्ताको भविष्य सुनिश्चित नगरेसम्म हामी जनताकै लागि मात्र सहमतिमा आउन तयार हुनुहुन्न। कुनै एउटा कुरामा सहमति भएपनि नेताहरु असहमतिको विन्दू पहिल्याउन माहिर हुनुहुन्छ। सत्तामा वलियो र दीर्घकालीन पकड सवैको लक्ष्य देखिएको छ।
प्रचण्ड, वावुराम र रामचन्द्र - यी तीन मध्ये कुनैपनि नेताको गलामा प्रधानमन्त्री पदको विजय माला झुण्डिएपनि देशको शासन व्यवस्थामा स्थिरता आउने लक्षणहरु देखिएका छैनन। प्रचण्डको सहयोग र सहमति विना वावुराम सफलहुने सम्भावना नै छैन भने प्रचण्डको सत्तामोहले उहांको आफनै नैतिक आधार समाप्त पारी दिएको छ। रामचन्द्र पौडेलको पनि शासनको आधार वलियो छैन। पार्टीहरुको गठवन्धन हो, कुनैवेला पनि टुटन सक्दछ र टुटेपछि फेरी जुटन नसक्ने चरित्र देखिएको छ नेपालका पार्टीहरुको। यो अवस्थामा देशको शासन सूत्र सम्हाल्नेले आफना ज्वाईं-भानिज, साली-जेठी सासू, भाइ-भतीजा र आसे-पासेको कल्याणका सूत्रहरु त तयार गर्ने नै छन, तर देशलाई कुनै गति दिन नसक्ने प्रष्ट नै छ। व्यक्तिगत स्वार्थका लागि राष्ट्रिय सत्ताको परिचालनगर्ने मोहवाट अहिलेका कुनै पनि नेता मुक्त छैनन। आफू दूध पिउने नेताहरुले आफना समर्थकहरुलाई मद्यपान गराएका धेरै उदाहरणहरु छापामा आइ सके्का छन।
नेपाली राजनीतिले अहिले देखाएको मुख्य विषय हो हाम्रा नेताहरु हामी नेपालीहरुले चाहेको जस्तो सहमतिको वाटोमा हिडाउन सक्षम छैनन। पांच वर्ष अघि कुन स्वार्थले उनीहरु जन आन्दोलनका लागि एकसाथ उत्रिएका थिए? सम्भवत त्यो घटना आफैमा चमत्कार थियो। यतिवेला अव त्यस्तो कुनै चमत्कार हुने आशा क्षीण भइ सकेको छ। अहिले सत्ताका दौडमा लागेका नेताहरुले नै सहमति र समन्वयको आधारमा संविधान वनाउने हो भने आगामी पचास वर्षपनि शायद संविधान नवन्ला। आपसमा यति विधि कटुता र कलुष वोकेका नेताहरु मन माझेर एकपटक देशका लागि एकै ठाउंमा उभिएलान भन्ने कसैले नचिताएपनि हुन्छ। सवै ठूला र महान भएर मात्रै देश वन्दैन, कुनै न कुनै महान मानिसले खुम्चिने र झुक्ने साहस पनि देखाउनु पर्दछ। को किन कसका अघि झुक्ने? देशका लागि निजी स्वार्थको त्याग कसैमा पनि देखिएको छैन।
राजनीतिले निश्चयपनि व्यवसायिक रुप धारण गरेको छ। तर, यो सम्पूर्ण रुपमा व्यवसाय मात्रै भएर चल्न सक्दैन। यसका केही निश्चित मान्यताहरु हुन्छन। यतिवेला हाम्रा नेताहरु ती मान्यताका विपक्षमा उभिएका छन। हामी लोकतन्त्र हुने कि? हामी जन लोकतन्त्र हुने कि? हामी यथास्थितिमा रहने कि? चयनको अधिकार जनतामा निहित हुनु पर्दछ। जनताको नाममा राजनीतिक दलहरुले नौटंकी मन्चन गरी रहने हो भने त्यसवाट उत्पन्नहुने विद्रूप स्थितिले हामीलाई सर्वनाशतिरै डोहोर्‍याउने छ।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस