दलित र सामाजिक न्याय
२३ पौष २०७५
•
७ मिनेट पाठ
दलित र सामाजिक न्याय
सामाजमा निर्मित कृत्रिम भेदभावको अन्त्य भएमा मानव सभ्यताको विकास हुन्छ भन्ने चिन्तनमा सामाजिक न्यायको आवधारणा आएको पाइन्छ। जबदेखि समाजमा शोषण, अन्याय र असमानताको प्रवृत्ति विकसित हुन थाल्यो त्यही समयदेखि विद्वान्, चिन्तक र समाजसेवीले समान न्याय र मुक्तिका लागि आवाज उठाउन थालेका हुन्। समाजमा प्राकृतिक रूपले महिला, पुरुष, गोरा, काला, होचा, अग्ला आदि विभिन्न प्रकारका व्यक्ति हुन्छन्। समाजद्वारा सिर्जित व्यक्ति–व्यक्तिबीचको असमानतालाई हामी निराकरण गर्न सक्छौँ र हटाउन सक्छौँ। हटाउन पनि आवश्यक देखिन्छ।




तर, यहाँ हाम्रो समाजमा उल्टो परिणाम देखिन्छ। मदनपुर कविलासी नगरपालिका–६, सर्लाहीमा गैरदलित युवती स्थानीय दलित युवासँग भागेको आशंकामा बसेको पञ्चायतले केटा पक्षले २ दिनभित्र केटी–केटालाई उपस्थिति नगरे केटाकी अविवाहित बहिनीलाई सार्वजनिक रुपमा सामूहिक बलात्कार गर्न पाउनुपर्ने पञ्चायतको निर्णयलाई विरोध गर्दा राष्ट्रियसभाका सदस्य रामपृत पासवान कुटिएका थिए। राष्ट्रियसभाका सदस्य जस्ता पदमा बसेका दलित प्रतिनिधिको अवस्था यस्तो छ भने सर्वसाधारण दलितहरुको अवस्था समाजमा कस्तो भयावह होला हामी कल्पना गर्न सक्छाैँ। दलितहरुका लागि यस्ता अमानवीय प्रवृत्तिका निर्णय सुनाइन्छ। तर यस्ता घटनामा पनि समाज र राज्य मौन भएको पाइन्छ। के यो सामाजिक न्याय हो ? कसैमाथि कुनै भेदभावबिना सही व्यवहार गर्नु, जुन कुरा सही छ, त्यसको रक्षा गर्नु न्याय हो। व्यक्तिहरु विभिन्न कारणले सामाजिक न्यायबाट वञ्चित भएका हुन्छन्। कोही जातले, केही संस्कृतिले, कोही भाषाले, कोही धर्मले त कोही आर्थिक अवस्थाले सामाजिक न्यायबाट वञ्चित भएका हुन्छन्।

समाजबाट उसले समानता र न्यायको माग गर्छ तथा मागका लागि आवाज उठाउँछ। तसर्थ सामाजिक न्याय सामाजिक आनदोलन पनि हो। समाजभित्र रहेका असमानताहरु जस्तैः जातजाति, वर्ग, वर्ण, धर्म आदिको भेदभावबिना समाजमा विद्यमान सबै प्रकारको बन्धन र असमानताको अन्त्यका लागि नागरिक स्वतन्त्रता, सहभागिता, शक्तिको वितरण, सम्पत्तिको अवसर र स्रोतको न्यायोचित वितरण गर्नु नै समाजिक न्याय मानिन्छ।

तर, यहाँ जातकै कारण अन्याय सहन बाध्य बनाइन्छ। दलित समुदाय सदियाँैदेखि सामाजिक अन्यायबाट पिल्सिएका छन्। समाजमा जीवन यापन गर्नका लागि श्रमिकका रुपमा मात्र प्रयोग हुने गरेको छ। त्यति मात्र होइन, कानुनको बेवास्ताले प्रताडित भएका छन्। मानव भएर पनि मानवको जस्तो जीवन बाँच्न पाएका छैनन्। दानवीय व्यवहार सहन बाध्य भएको अवस्था छ। कर्जन्हा नगरपालिका सिरहाका नगरप्रमुख गंगा पासवानको नेतृत्व स्वीकार गर्नमा हीनताबोध गर्नु सामाजिक विकासका बाधक हुन्। त्यसको विकास कार्यमा बाधा व्यवधान पुर्‍याउनु सामाजिक अन्याय मानिन्छ।

तर, यी पाखण्डी समाज एक्काइसौँ शताब्दीको कुरा गर्ने तर, व्यवहार र सोच अठाराँै शताब्दीको गरेको देखिन्छ। अहिले पनि दलित समुदायले विभिन्न अन्याय अत्याचारको सामना गरिरहनु परेको अवस्था छ। सार्वजनिक मठ, मन्दिर, इनार, कुवा आदि ठाउँमा जानलाई वञ्चित गरिन्छ।

सामाजिक न्यायले समान अवसर स्रोतको विभाजन, व्यवहार एवं देश विकासको कार्यमा समान सहभागिता र समान अवसरको अपेक्षा राख्छ। यदि अवसरको असमान विभाजन, असमान व्यवहार, असमान उपलब्धि भएमा एक व्यक्तिले अर्को व्यक्तिलाई हेप्ने प्रवृत्तिको विकास हुन्छ। यो अवस्थामा व्यक्तिले समाजबाट शोषण, आत्मग्लानि, हीनताका भावना पाउँछ र उसमा त्यस्ता प्रवृत्तिलाई विरोध गर्ने भावना सृजना हुन्छ। जुन समाजका लागि राम्रो पक्ष होइन।

च्याउ जस्तै उम्रेका संघ संस्थाहरु दलित विकासका भाषण छाँट्छन्। अन्तक्र्रिया गोष्ठी गर्छन्। त्यो पनि पाँचतारे होटलमा। समस्या गाउँमा छ, अन्तक्र्रिया, गोष्ठी पाँचतारे होटलमा हुन्छ। चोट खुट्टामा औषधी नाइटोमा जस्ता उखानलाई प्रमाणित गर्न। दलितसम्बन्धी कुनै किसिमको घटना घट्यो भने जिल्ला, क्षेत्रीय, केन्द्रीय स्तरका संघ संस्थाहरु स्थलगत रिपोर्ट लिन आउँछ। लुटिएको अस्मितामाथि रंगरोगन गरेर जान्छ।

तर, अपसोच दलितहरूको समस्या जहाँको त्यहीँ थुप्रिन्छ। तर संघ–संस्थाहरुको रिपोर्टमा नेपाललाई बेर्ने खालको खर्चको लिस्ट देखाइन्छ। त्यसकारण दलित समुदायले आफ्नो हक अधिकार र न्यायका लागि आफैँ अगाडि आउनुपर्ने हुन्छ। अर्काको भर् चाँडै मर् भने जस्तै कहिलेसम्म अर्काको भरमा बाँच्ने ? र अर्कातर्फ संघ–संस्था र नागरिक समाजले जबसम्म आफ्नो हृदयदेखि दलितको समस्यालाई मनन गर्दैन, तबसम्म दलितको नाममा एउटा ढोँगी बाबा जस्तै हुन्छ भन्ने कुरा पनि बुझ्नु आवश्यक देखिन्छ । त्यसकारण दलितको समस्याप्रति राज्यले पनि गम्भीरतापूर्वक सोच्नुपर्छ। राज्यको तर्फबाट दोषीमाथि कडाभन्दा कडा कारबाही गर्ने परिपाटी बसाल्नुपर्ने हुन्छ। अनि मात्र समाजमा सामाजिक न्यायको स्थापना गर्न सकिनेछ।
अर्को समाचार
आफ्नै सरकारसँग न्याय माग्दै धर्नामा बसे खगेन्द्र र रिमासहितका रास्वपा सांसदहरू
११ वैशाख २०८३
•
२ मिनेट पाठ
आफ्नै सरकारसँग न्याय माग्दै धर्नामा बसे खगेन्द्र र रिमासहितका रास्वपा सांसदहरू
सिन्धुलीको सुनकोशी गाउँपालिका-३ का २२ वर्षीय श्रीकृष्ण विकको प्रहरी हिरासतमा शंकास्पद ढंगले ज्यान गएपछि सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले आफ्नै सरकारसँग न्याय मागेका छन्।




इलाका प्रहरी कार्यालय खुर्कोटको हिरासतमा रहेका विकको शव वैशाख ७ गते साँझ शौचालयको झ्यालमा झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। तर मृतकका परिवार र सांसदहरूले भने प्रहरीको यातनाका कारण उनको मृत्यु भएको दाबी गरेका छन्।

रास्वपा सांसद रिमा विश्वकर्माले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘एकातिर दलित समुदायसँग क्षमायाचना अर्को तिर अन्तरजातीय विवाहसम्बन्धी उजुरीकै आडमा हिरासतभित्रै (दलित) नागरिकको शंकास्पद मृत्यु ! न्याय देऊ सरकार !’

त्यस्तै, अर्का सांसद खगेन्द्र सुनारले घटनाको छानबिन नहुँदासम्म आफू लगायत सांसदहरू (रिमा विश्वकर्मा, सुस्मा स्वर्णकार, गणेश विक, खिमा विश्वकर्मा र आसिस गजुरेल) ले बिहीबारदेखि सिन्धुलीमा धर्ना सुरु गरेको बताएका छन्। उनले सिडिओ, एसपी र खुर्कोट इलाकाका इन्स्पेक्टरलाई तत्काल निलम्बन गरी उच्च स्तरीय र संसदीय छानबिन समिति गठन गर्न माग गरेका छन्।

मृतककी आमा विन्दामाया विकले एक ज्ञप्तिमार्फत आफ्नो छोराको हत्या भएको आरोप लगाएकी छन्। उनले छोराको मृत्यु प्रहरीको यातनाबाट भएको भनेकी छन्। उनका अनुसार सत्य कुरा तोडमोड गर्न आत्महत्याको हल्ला चलाइएको हो। 

विज्ञप्तिअनुसार ललितपुरको सातदोबाटोबाट अन्तरजातीय विवाहको विषयमा पक्राउ परेका विकलाई वैशाख ४ गते खुर्कोट लगिएको थियो। प्रहरीले जबरजस्ती करणीको मुद्दा चलाउन दबाब दिँदै छोरालाई मानसिक र शारीरिक यातना दिएको उनले बताएकी छन्।

यस घटनाप्रति राष्ट्रिय दलित आयोगले पनि गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। आयोगका प्रवक्ता सुन्दर पुर्कुटीले विज्ञप्ति जारी गर्दै प्रहरी हिरासतमा व्यक्तिको मृत्यु हुनु मानव अधिकारको दृष्टिले गम्भीर विषय भएको बताएका छन्। आयोगले घटनाको स्वतन्त्र र निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न र पीडित परिवारलाई न्याय दिलाउन सरकारसँग माग गरेको छ।

रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस