विश्वको एकल अति महाशक्ति दाबी गर्ने देश हो अमेरिका। कसैसँग निहुँ खोज्नुपर्यो भने अमेरिकाले कुनै पनि देशको नामलाई आतंकवादसँग जोड्ने गर्छ। इराक र आफगानिस्तानलाई आतंकवादसँग नाम जोडेरै उसले ती देशमाथि युद्ध थोपरिसकेको छ। ओसामा बिन लादेनको नेतृत्वमा चलेको अल-कायदासँग सम्बन्ध रहेको आरोप लगाउँदै अमेरिकाले ती देशमाथि हिंसाचार गरिरहेको छ। हुनत, लादेन र अल-कायदालाई भष्मासुर बन्ने शक्तिसहित वरदान दिने त अमेरिकै हो। तैपनि ऊ नयाँ सिकार खोज्दै हिँड्छ, आतंकवादको आरोप लाद्ने नियतका साथ।
अचेल अमेरिकाले पाकिस्तानमाथि पनि 'आतंकवाद निर्यात गरेको' आरोप लगाउन थालेको छ। यतिन्जेल पाकिस्तान अमेरिकाकै त्यस्तो असल सहयोगी राष्ट्र थियो जसले सोभियतसंघविरुद्ध शीतयुद्ध र सशस्त्र युद्धमा साथ दिएको थियो। अब त अमेरिकाले लामो राजनीतिक अस्थिरतामाथि टेक्दै भारतमा आतंकवादी हमला हुनसक्ने चेतावनीयुक्त आरोप नेपालमाथि पनि थोपरेको छ। नेपाल पनि अमेरिकाको 'आतंकवादविरोधी विश्वव्यापी युद्ध'को सहयोगी नै हो। तर, पाकिस्तानदेखि नेपालसम्म यस्तो नीति अख्तियार गरिनुको नेपथ्यमा छ, अमेरिकाको नयाँ साझेदार भारत, जो दक्षिण एसियामा क्षेत्रीय राष्ट्र भएको डिङ हाँक्छ र विश्वकै एक महाशक्ति हुने सपना देख्छ।
भारतलाई खुसी पार्न बेलायतले पाकिस्तानलाई आतंकवादको निर्यातकर्ता भनेलगत्तै अमेरिकाले पनि त्यही आरोप दोहोर्याएको थियो। अब त अमेरिकाले 'नेपालको अस्थिरताबाट भारतलाई आतंकवादी खतरा भएकाले भारत पूरै होसियार हुनुपर्ने' चेतावनी पनि दिन भ्याएको छ। 'कन्ट्री रिपोर्ट्स अन टेरोरिज्म फर द इयर २००९' मा उसले राजनीतिक अस्थिरताको बाटोमा रहेको नेपालको खुला सीमा भएर लडाकु समूह 'लस्कर-ए-तयबा'को चलखेल बढेको संकेत दिएको छ। पाकिस्तान र कस्मिरमा क्रियाशील लडाकु समूहतिर लक्षित गर्दै दिइएको चेतावनीले दक्षिण एसियामा बेलायत-अमेरिका-भारतबीचको रणनीतिक साझेदारीलाई उजागर गर्न खोजेको छ।
अमेरिकाले भारतमाथि आतंकवादी हमला हुनसक्ने चेतावनी विगतमा पनि पटकपटक नदिएको होइन, 'मित्रता प्रदर्शन गर्न'। तर, पछिल्लो पटक मित्रता प्रदर्शन गर्न खोज्दा भारतीय भावभंगिमा सापटी लिने दरिद्रता देखाइयो, नेपालमा कस्मिरी आतंकवादी समूहको चलखेल रहेको संकेत गर्दै। हुन त अमेरिकाले भारतको आँखाबाट नेपालको राजनीतिलाई हेर्ने काम रोकेको छैन, ओबामा प्रशासन आए पनि। उसले यहाँको राजनीतिक गतिरोधको निकास दिने जिम्मा भारतलाई दिँदै आएको तथ्य ओबामा प्रशासनले जुन महिनामा पुनः पुष्टि गरेको छ, राजनीतिक मामिलासम्बन्धी अमेरिकी उपमन्त्री विलियम जे बर्न्समार्फत। बर्न्सले 'भारतको उदय र भारत-अमेरिकी सम्बन्ध'माथि भाषण गर्ने क्रममा नेपालको गतिरोध हटाउन भारतको नेतृत्वलाई सघाउने उद्घोष गरेका हुन् ।
भारतलाई राष्ट्रसंघीय सुरक्षा परिषद्को स्थायी सदस्य बनाउने, आतंकवादविरोधी मोर्चाको सहयात्री बनाउने र आणविक अस्त्रले सुसज्जित अणुशक्ति राष्ट्र बनाउने काममा अमेरिकाले भारतसँगको सहकार्यलाई तीव्र पारेको छ। त्यसैले क्षेत्रीय शक्तिबाट विश्वशक्तिमा फड्को मार्न खोजिरहेको भारतले केही मतभेद हुँदाहुँदै पनि अमेरिकाकै बुई चढेर नेपालमा प्रभाव विस्तारमा लागिपरेको छ। त्यही प्रभाव विस्तारको प्रतिविम्बका रूपमा देखिएको हो, नेपाललगायत दक्षिण एसियाली राष्ट्रमा भारतको चलखेल।
हेक्का रहोस्, नेपालबारे अमेरिकी चेतावनी आएकै बेला भारतीय प्रधानमन्त्रीका विशेषदूत श्यामशरण नेपालमा चलखेल गर्दै थिए। उनको चलखेलकै बेला नेपालको अस्थिरताका कारण भारतमा आतंकवादी आक्रमणको सम्भावनाबारेे कडा चेतावनी दिइनुको निहितार्थ सामान्यमात्रै हुन सक्तैन, न आकस्मिकमात्रै हुनसक्छ। त्यस चेतावनीको व्यापक प्रचारप्रसार भारतीय र नेपाली मिडियामा भएको छ, मानौं नेपालबाट आतंकवादीको लस्करै भारत पसेको हो कि भन्ने भान पार्ने गरी। त्यसको निहितार्थ पनि कम छैन।
साउन २१ गते दिइएको अमेरिकी चेतावनी नेपालमा जारी भारतीय चलखेललाई वैधता दिने र उचित ठहर्याउने खालको छ। र, नेपालको अस्थिर राजनीतिमा पौडी खेलिरहेका सबैजसो राजनीतिक खेलाडीलाई मानसिक रूपमा कमजोर पार्ने खालको छ। किनभने यो चेतावनी भारतलाई भन्दा नेपालका राजनीतिक दललाई मानसिक दबाबका रूपमा आएको छ। चेतावनीको समय र शब्द छनौट हेर्दा त्यस चेतावनीले भारतलाई थप चलखेलका लागि उक्साएको हुनसक्छ। तीनतिरको खुला सीमा, अन्तर्राष्ट्रिय विमानस्थलको असुरक्षा र लामो समयदेखि जारी अस्थिर राजनीतिको उठाएकाले भारत मोलमोलाइ गर्न प्रेरित भएको हुनसक्छ।
हुन त भारतसँग सुरक्षा र अन्य मामिलामा सहकार्य गरिरहेको अमेरिकाले चेतावनीमार्फत् भारतलाई सचेत र सतर्कमात्रै गराउन खोजेको हो भने आशंका गर्नुपर्ने ठाउँ धेरै हुँदैन। तर नेपाललगायत सिंगो दक्षिण एसियामा थप चलखेलका लागि उक्साउन खोजेको हो भने नेपालमा अस्थिरता, अराजकता र हिंसात्मक द्वन्द्व अरू बढ्नसक्छ। र, त्यस्तो स्थिति चीन र भारतलगायत दक्षिण एसियाकै लागि खतराको संकेत हुने कटुसत्य सबैले बुझेकै छन्। तर, यस्तो उक्साहट आफ्नो भूराजनीतिक स्वार्थका लागि जस्तोसुकै दुस्साहस पनि गर्ने अमेरिका र उसको सहयोगी भारतको स्वार्थ नेपालमार्फत् चीनको विभाजन, विशेषतः तिब्बतको 'स्वतन्त्रता'सँग जोडिएको पनि हुनसक्छ। यस अर्थमा भारत-चीनबीच अवस्थित नेपालमा भारतका विशेषदूत र पूर्वदूतहरुको चलखेलसँग अमेरिकी चेतावनीलाई तिनको भूराजनीतिक स्वार्थसँग गाँसेर हेर्दा बेठीक हुँदैन। त्यसैले नेपालमार्फत् आतंकवादी हमला हुनसक्ने चेतावनी पनि अमेरिका-भारत रणनीतिक साझेदारीको क्रममा भएको मनोवैज्ञानिक प्रचारयुद्धको कडी हुनसक्छ। नेपालको मामिलालाई भारतीय आँखाबाट हेर्ने र उसकै नेतृत्वमा दक्षिण एसियालाई हाँक्न दिने अमेरिकी नीतिकै निरन्तरतामा यस्तो रणनीतिक चेतावनी दिइएको हुनसक्छ।
भारतसँग मित्रता प्रदर्शन गर्न खोज्दा अमेरिकाले नेपाललाई होच्याउन खोजेको आभास भएको छ। नेपालको अस्थिरता र खुला सीमा प्रयोग गरी आतंकवादी हमला हुनसक्ने चेतावनीपूर्ण रिपोर्टमा नेपालको राजनीतिक अस्थिरताबारे अमेरिकाको चिन्ता देखिएको छैन, तर त्यसमा उसमा भारतमाथि आतंकवादी हमला हुने 'ठूलो त्रास' भने देखिएको छ। किनभने उसको आँखामा नेपालको तुलनामा रणनीतिक साझेदार भारतको महत्ता बेसी छ। अमेरिका नेपालको पनि मित्रराष्ट्र हो भने उसले यहाँको राजनीतिक अस्थिरता र शान्तिसुरक्षाको समस्याबारे चिन्ता र चासो जाहेर गर्नुलाई नाजायज भन्नमिल्दैन। तर नेपालको राजनीतिक अस्थिरता र शान्तिसुरक्षाको समस्याका कारण भारतमाथि आतंकवादी हमला होला भन्ने चिन्ता र चासो नै बेसी पोखिएकाले सन्तुलन खलबलिएको हो। पक्कै पनि कुनै पनि तवरले भारतमाथि आतंकवादी हमलाको संकेत देखिनु छिमेकीका नाताले नेपालका लागि चिन्ता र चासोको विषय हो, अझ अमेरिकाको तुलनामा त बेसी नै हो। नेपालले भारत वा चीनका सुरक्षा चासो र चिन्तालाई गहिरो सहानुभूतिका साथ ख्याल गर्नु जरुरी छ, तर त्यसको केन्द्र पनि आन्तरिक सुरक्षा र स्थिरतै हुनुपर्छ, बाह्य मुलुकको स्वार्थ होइन। अमेरिकासँगै भारतले बुझ्नुपर्छ, नेपाललाई राजनीतिक रूपमा अस्थिर, कानुन व्यवस्थामा असुरक्षित र आर्थिक-सांस्कृतिकरूपमा पनि भारतमुखी बनाइराख्नु आफ्नै बृहत्तर स्वार्थसिद्धिका लागि पनि हितकर छैन।
नेपाल सरकारको स्थिति भने अमेरिका र भारतनिर्भताका कारण भिजेको मुसाजस्तै छ, तिनै विदेशी शक्तिको निरन्तर दबाबका कारण। कामचलाउ सरकारको गृहमन्त्रालयले गरेको अमेरिकी आरोपको खण्डन बिरालोसामु मुसाको क्रन्दनजस्तै छ। गृहमन्त्रायलले नेपालमा कुनै पनि प्रकारको आतंकवादी सञ्जाल नरहेको स्पष्ट पारेको छ। स्पष्टीकरण आफै हास्यास्पद छ। किनभने अमेरिकी सरकारले दाबी नै नगरेको विषयमा खण्डन गरिएको छ। अमेरिकी सरकारले नेपालमा आतंकवादी सञ्जाल रहेको दाबी गरेकै छैन भने त्यसको खण्डन गर्नुको के तुक रहन्छ? अमेरिकाको विदेश मन्त्रालयलेे त 'नेपाल अन्तर्राष्ट्रिय आतंकवादीका लागि सुरक्षितस्थल रहेको देखिएन' भनेकै थियो र नेपाललाई आतंकवादीले पारवहन विन्दु (ट्रान्जिट पोइन्ट)का रूपमा उपयोग गर्न थालेको पो संकेत गरेको थियो। यसबारे अनभिज्ञ नरहेको गृहमन्त्रालयले खण्डन त 'अन्तर्राष्ट्रिय आतंकवादीका लागि सुरक्षितस्थल रहेको' भनी बंग्याएर समाचार छाप्ने भारतीय र नेपाली सञ्चार माध्यमको पो गर्नुपर्थ्यो। अमेरिकी राजदूत स्कट एच डेलिसीले त कार्यबाहक अमेरिकी उपमन्त्री अतुल केसपको भ्रमणकैे बेला नेपालमा कुनै पनि प्रकारको आतंकवादी सञ्जाल नरहेको पुनः स्पष्ट पार्दै सञ्चार माध्यममा गलत समाचार सम्प्रेषण भएकोमा स्पष्टीकरण पनि दिएका थिए। यसैले अमेरिकी रिपोर्टको खण्डनै गर्ने आँट गरेको हो भने गृहमन्त्रालयले अमेरिकी सरकारसँग नेपाललाई आतंकवादीले 'ट्रान्जिट प्वाइन्ट' बनाएर चलखेल गरेका प्रमाण मागगर्न सक्नुपर्थ्यो र तिनको सम्बोधनका लागि पहल गर्न सक्थ्यो । त्यसो गर्नुको साटो उसले औपचारिकता पूरा गरेको छ, 'नेपालको मौजुदा ऐनकानुनले कुनै प्रकारका आपराधिक समूहका गैरकानुनी क्रियाकलापलाई छूट नदिने र त्यस्ता समूहलाई कारबाही गर्न सरकार कटिबद्ध रहेको छ।'
अमेरिकाले आफ्नो रिपोर्टमा भारतको सिमानासँग जोडिएको नेपालको तराईमा सयभन्दा बेसी आपराधिक समूह क्रियाशील रहेको, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सुरक्षित नभएको र माओवादीसम्बद्ध वाईसीएल संगठित अपराधमा संलग्न रहेको आरोप लगाएको छ। ती विषयमा मौन रहेर आरोपै नलगाइएको विषयमा खण्डन गर्नुको सरकारी अर्थ बुझ्न आमजनतालाई खासै गाह्रो छैन। तर, सुतूरमुर्गजस्तै भुईंमा टाउको लुकाएर आफ्नो देशमाथि लागेको गम्भीर लाञ्छनाको सामना गर्नसकिँदैन भन्ने तथ्य गृहमन्त्रालयदेखि सिंगो सिंहदरबारसम्म चलाउने मन्त्री प्रधानमन्त्रीले कहिले बुझ्ने होलान्?