नेपाली सेनामा माओवादीकरण रोक्न एमाले नेता माधवकुमार नेपालको नेतृत्वमा नयाँ सरकार गठन हुनुमा थोरबहुत सान्दर्भिकता थियो र छ पनि। माओवादीले पटकपटक विद्रोह गरी सत्ता कब्जा गर्छु भन्दै आएको छ। त्यस्तो पार्टीको नियन्त्रणमा नेपाली सेना पुग्यो भने उसलाई सत्ता कब्जा गर्न कसैले रोक्न सक्तैन। माओवादीले सेनामाथि गरेको हस्तक्षेप रोक्ने नाममा जसरी राष्ट्रपति रामवरण यादवबाट असंवैधानिक काम भयो त्यसैगरी नेपाल नेतृत्वको सरकारले पूर्णता नपाउँदै एकपछि अर्को नैतिक राजनीतिविपरीतका कर्म हुन थालेका छन्। मन्त्रालयको बाँडफाँडमा जसरी कांग्रेस एमाले फोरम गच्छदार समूह तमलोपा र सद्भावनाबीच जुन हानाथाप भइरहेको छ त्यसले २०५१ देखि ०५६ सम्मको त्रिशंकु संसद्कालमा सरकार बनाउन भएका हर्कतको याद गराइरहेको छ। त्रिशंकुकालमा कांग्रेस नेता शेरबहादुर देउवा नेतृत्वकाललाई संसदीय व्यवस्थाकै कलंकका रुपमा लिइन्छ। नयाँ संविधान निर्माण र शान्ति प्रकि्रयालाई तार्किक निष्कर्षमा पुर् याउनुपर्ने दुइटा महत्वपूर्ण एजेन्डालाई सफल पार्ने दायित्व भएको गठबन्धनले सबै दलका सत्ताकांक्षीलाई भाग पुर् याउन जम्बो मन्त्रिपरिषद् बनाउने तयारी गर्नु विडम्बना हो। त्यसले सत्तारुढ गठबन्धनका पाँच प्रमुख दल शान्ति प्रकि्रया र नयाँ संविधान निर्माणप्रति इमानदार छैनन् कि भन्ने शंका उत्पन्न भएको छ।
पूर्णता नपाउँदै सरकारले अनेकौं नकारात्मक कीर्तिमान राख्न थालेको छ। पहिलो कीर्तिमान प्रधानमन्त्री आफैं बनेका छन्। दुई÷दुई ठाउँबाट हारेर मनोनीत कोटामा सभासद् बनेका व्यक्ति प्रधानमन्त्री हुनु संसारलाई छक्क पार्ने कीर्तिमान हो। प्रधानमन्त्री भएको एक महिना पुगिसक्न लाग्ता पनि सरकार गठन हुन नसक्नु पनि अर्को कीर्तिमान हो। गठबन्धनको दोस्रो कीर्तिमान हो- मुलुकको सबभन्दा लामो समय लोकतन्त्रका लागि लडेको पार्टी र त्यसका सम्मानित नेता गिरिजाप्रसाद कोइराला धृतराष्ट्र बनेको घटना। कांग्रेसमा चुनाव जितेका योग्य वरिष्ठ र अनुभवी नेता हुँदाहुँदै जनताबाट अस्वीकृत छोरी सुजातालाई सरकारमा पार्टीको नेतृत्व गर्न पठाएर कोइराला २१ औं शताब्दीका धृतराष्ट्र बनेका छन्।
मुलुकमा प्रजातन्त्र पुनःस्थापनापछि गैरसभासद्लाई कमैमात्र मन्त्री बनाइन्थ्यो। अझ त्यति बेला चुनाव हारेका व्यक्ति मन्त्री बनेको उदाहरण त सायदै होला। यसपटक सरकारमा चुनाव नलडेका गैरसभासद्को मात्र होइन जनताबाट अस्वीकृत व्यक्तिको झन्डै बहुमत हुनेछ। उनीहरुलाई जनताबाट अस्वीकृत हुनु नै पुरस्कार बनेको छ। एमालेबाट मन्त्री बन्नेमा संविधानसभाको प्रत्यक्ष सिटमा चुनाव जितेका एक जना पनि छैनन्। यसबाट उसले संविधानसभा चुनावलाई पूर्णतः अस्वीकार गरेको ठहर्छ। जनताबाट अस्वीकृत नेता पुरस्कृत भएको कीर्तिमानले संविधानसभा चुनावको जनादेशको मात्र होइन लोकतन्त्रकै उपहास गरेको छ। यो सरकारको अर्को कीर्तिमान हो- अप्राकृतिक गठबन्धन अर्थात् सबभन्दा ठूलो पार्टी नेतृत्वको सत्ता ढलेपछि तेस्रो ठूलो दलको नेतृत्वमा सरकार बन्नु। दोस्रो ठूलो दल कांग्रेस नेतृत्वमा सरकार बनेको भए त्यो प्राकृतिक हुन्थ्यो तर तेस्रो ठूलो पार्टीको नेतृत्वमा सरकार बन्नु आफैंमा रोचक र रहस्यमय घटना हो। वर्तमान समीकरणको पक्षमा बहुमत पुर् याउन एमालेको भन्दा बढी हात कांग्रेसको छ। त्यति हुँदा पनि सत्तालोलुप मानिने कांग्रेस यसचोटि सरकारको नेतृत्व गर्न किन अघि सरेन त्यो आफैंमा खोजीको विषय हो।
सरकार सुशासनको मर्मसमेत लत्याउन उद्वेलित भइरहेको छ। सरकार घडीको सुईलाई उल्टो घुमाउने दुष्प्रयास गर्दैछ। सरकारद्वारा गठित विभिन्न आयोगले मन्त्रालयको संख्या घटाएर १८ वटामा झार्न सिफारिस गरेका छन्। तर प्रधानमन्त्री सत्ता साझेदार दललाई रिझाएर आफ्नो सत्ता लम्याउन मन्त्रालय फोर्ने अभियानमा छन्। कांग्रेसका सात मन्त्रीलाई भाग पुर् याउन जलस्रोत मन्त्रालयलाई फुटाइसकिएको छ। सभापति गिरिजाप्रसाद कोइरालाले पार्टीको संसदीय समितिमा विधानसम्मत ढंगले छलफल नगरी कोटको खल्तीबाट सात मन्त्री र तीन राज्य मन्त्रीको नाम दिएका हुन्। उनलाई मन्त्री बनाउन कांग्रेसका कुनै पनि पनि सदस्यले धम्क्याएका थिएनन्। कोइरालाले छ मन्त्रीको नाममात्र दिएको भए पनि पार्टीमा कसैले विरोध गर्ने थिएन। कांग्रेसबाट धेरै जनाको नाम दिएर मन्त्रालय फोर्ने प्रधानमन्त्रीको गलत कार्यमा कोइराला सारथी बने। फोरम र तमलोपालाई भाग पुर् याउन प्रधानमन्त्रीले कृषि तथा सहकारी विज्ञान तथा प्रविधि र वातावरणलगायतका मन्त्रालयसमेत फोर्दैछन्। यी यावत् घटनाले मन्त्रिपरिषद्ले पूर्णता नपाउँदै एमाले-कांग्रेस नेतृत्वको गठबन्धनले सान्दर्भिकता गुमाइसकेको छ।
एमाले-कांग्रेस नेतृत्वको गठबन्धनले आफ्नो नेतृत्वमा सरकार बनाउन पार्टी फोरेको कीर्तिमानसमेत कायम गरेका छन्। संविधान विद्यमान कानुन र पार्टी विधानअनुसार संसदीय दल पार्टीको मातहतमा रहन्छ। सभासद्हरुले ४० प्रतिशत या बढी संख्या जुटाएर पार्टी विभाजन गर्न सक्ने कुनै वैधानिक व्यवस्थासमेत छैन। एमाले-कांग्रेसले िसंगै पार्टीका तर्फबाट समर्थन दिएको यथार्थलाई बेवास्ता गरी फोरम संसदीय दलको बहुमतको निर्णयलाई मान्यता दिई विजयकुमार गच्छदारलाई उपप्रधानमन्त्री बनाएर संविधान कानुन र विधानविपरीत कर्म गरेका छन्। मधेशको राजनीतिमा फाइदा हुने हिसाबकिताब गरेर तमलोपा र सद्भावनासमेत यसमा मतियार बनेका छन्। एमाले-कांग्रेसले अरु पार्टी विभाजन गराउँदा अरु दलले पनि आफूमाथि त्यस्तै व्यवहार दोहोर् याउन सक्छन् भन्ने बुझ्नुपथ्र्यो। फोरमको एउटा समूहको होइन िसंगै पार्टीको समर्थन लिएको भए सरकारसमेत बढी टिकाउ हुन्थ्यो भन्ने वास्तविकता पनि ती दुई दलले नबुझेको महसुस भइरहेको छ।
balaram@nagariknews.com