बाह्रौं महाधिवेशनपछिको नेपाली कांग्रेस कस्तो होला? मूल नेतृत्वमा को आउला? कस्तो नेतृत्व छानिएला? यतिखेर देश र विदेश सबै कांग्रेसजनमा यही उत्सुकता छ। कांग्रेसको आसन्न महाधिवेशन विशेष परिस्थतिमा भइरहेको छ। पार्टीमा २००७ सालको क्रान्ति सम्पादन गरेको पुस्ता छैन। पार्टी स्थापनाकालका नेता कृष्णप्रसाद भट्टराई पार्टीसँग आफ्ना सैद्धान्तिक र नीतिगत मतभेद दर्शाएर पार्टीबाट अलग्गिनु भएको छ।
गिरिजाप्रसाद कोइरालाको देहवसानपछि पार्टी पञ्चायती निरंकुशताको प्रादुर्भावसँगै उदाएको अर्थात्, २०१७ सालको सेरोफेरोको पुस्तामा विधिवत् हस्तान्तरित हुँदैछ। देशबाट २४० वर्षे शाहवंशीय राजतन्त्र समाप्त भएको छ।
अहिले लोकतान्त्रिक व्यवस्था त छ तर पूर्ण संविधान छैन। गिरिजाप्रसाद कोइराला र कांग्रेसको नेतृत्वमा प्रारम्भ भएको शान्ति प्रक्रिया दोबाटोमै छ। मुलुक राजनीतिक अस्थिरता र अन्योलको चपेटामा छ। दलहरूबीच मेल छैन। प्रधानमन्त्रीले राजीनामा दिएको महिनौं बित्दासमेत व्यवस्थापिका संसद् प्रधानमन्त्री चुन्न निरन्तर असफल भइरहेको छ। कर्मचारीतन्त्रलगायत राज्यका अंगमा देशभक्ति, इमान र नैतिकताको खडेरी छ। यस्तो विकराल परिस्थितिमा नेपाली कांग्रेसले नयाँ नेतृत्व चयन र नीति निर्माण गर्दैछ।
नयाँ नेतृत्व कसरी छान्ने? कस्तो छान्ने? भन्ने बहस नै अहिले सान्दर्भिक भएको छ। कांग्रेसले के कस्ता विषयमा नीतिगत स्पष्टता कायम गर्नु जरुरी छ? देशका अगाडि देखिएका चुनौती सामना गर्नसक्ने कांग्रेस कसरी बनाउने? पार्टी पंक्तिलाई कामकाजी र उत्साही कसरी पार्ने? विपक्षीका तुलनामा सुयोग्य, सशक्त र प्रभावकारी कार्यकर्ता पंक्ति कसरी निर्माण गर्ने? आवरण र आचरण दुवैले, नीति र व्यवहारले, योजना र कार्यक्रमले, आदर्श र चरित्रले, नीति र कार्यान्वयनसमेतले पार्टीलाई कसरी समृद्ध बनाउने? माओवादी द्वन्दका कारण आफ्नो पूर्ख्यौली थातथलो र सम्पत्ति गुमाएर शरणार्थी जीवन बिताइरहेका कार्यकर्ताको भावनाको कदर गरी उनीहरूलाई पुनःस्थापित कसरी गर्ने? पार्टीका सामुयस्ता अनगिन्ती चुनौती छन्।
यस महाधिवेशनमा कांग्रेसका प्रतिनिधिले केही थप विषयमा गम्भीर भएर सोच्नु आवश्यक देखिएको छ। पार्टीको मूल नेतृत्व तथा अन्य पदाधिकारी छान्दा केही प्रमुख विषयमा ध्यान पुर्याउन जरुरी छ। प्रथमतः महाधिवेशनले छान्ने मूल नेतृत्वकै विषयमा चर्चा गरौँ। यतिखेर कांग्रेसको नेतृत्वमा आउन खोज्नेहरूमा देखिएका केही प्रवृत्तिमा ध्यान दिनु जरुरी छ।
पहिलो प्रवृत्तिः वर्षौदेखि पार्टी नेतृत्वमा स्थापित मूल्यहीन, आदर्शच्युत र सत्तालोलुप प्रवृत्ति। यो सबैभन्दा डरलाग्दो र गम्भीर प्रवृत्ति हो। यसका निम्ति पार्टी र मुलुकको सत्ता नै मुख्य प्राथमिकता हो। जे गर्दा र जसरी पार्टी नेतृत्व हत्याउन सकिन्छ, यसले ती सबै उपाय र अस्त्र प्रयोग गर्ने तयारी गरेको पाइन्छ। जनताका अगाडि पार्टीको छवि कसरी उज्यालो बनाउने, आफूमा भएका कमजोरी हटाउँदै जनविश्वास कसरी बढाउने, नेता र कार्यकर्ताको योग्यता र कामको आधारमा मूल्यांकन गर्ने परिपाटी कसरी बसाल्ने, पार्टीलाई जनताको सुखदुःखको सहयात्री कसरी बनाउने, अरू पार्टीसँगको कांग्रेसको प्रतिस्पर्धी क्षमता कसरी बढाउने र समग्रमा कांग्रेसलाई वैचारिक र संागठनिक दुवै आधारबाट सुदृढ र प्रभावकारी कसरी बनाउने भन्नेजस्ता विषयमा यस प्रवृत्तिलाई पटक्कै चिन्ता छैन। कुनै पनि मूल्यमा आगामी नेतृत्व हडप्नु यसको अभीष्ट र लक्ष्य हो। आवरणमा मात्र कांग्रेसीपन भएको यो प्रवृत्ति आचरणमा पूर्णसामन्ती र घोरपुँजीवादी छ। यसबाट पार्टीलाई बचाउनु समस्त कांग्रेसजनको दायित्व हो।
दोश्रो प्रवृत्तिः यो तेस्रो विश्वका नेपालजस्ता देशमा आदर्श र मूल्यको बलमा राजनीति गर्ने प्रवृत्ति हो। देख्दा निरीह र कमजोर देखिए पनि राजनीतिको आत्मा एवं मूल चरित्र यसले बोकेको छ। यस प्रवृत्तिका प्रतिनिधिहरू राजनीतिलाई जनसेवा ठान्ने, जनताको सुखदुःखलाई आफ्नै मान्ने, लोकतन्त्रको मूल्यमा कसैसँग सम्झौता नगर्ने, मुलुक र पार्टीको सत्तालाई गौण ठान्ने एवं जनता र राष्ट्रको भविष्यप्रति सदैव चिन्तित रहने गर्छन्। लोकतन्त्रसँग सत्तालाई नसाँट्ने, सरल र सादगीपूर्ण यस प्रवृत्तिमाथि सधैँ चौतर्फी प्रहार हुने गरेको छ। यो समूह दक्षिणपन्थी र उग्रपन्थी दुवै कोण, भ्रष्ट कर्मचारीतन्त्र, उच्च सभ्रान्त वर्ग, तथा राष्ट्रियता विरोधी तत्वको प्रहारको निसाना बन्दै आएको छ । आफ्नो कठपुतली नबनेको रिसले यी सबै तत्वले एक्लाएक्लै वा कहीलेकाहीँ संयुक्तरूपमा यसलाई प्रहार गर्ने गरेका छन्। यसपटक पनि कांग्रेस महाधिवेशनमा यी तत्वहरूको सक्रियता बढिरहेको छ। तसर्थ कांग्रेसको मूल आत्मा बोकेको यस प्रवृत्तिलाई पार्टी नेतृत्वमा स्थापित गर्नु आजको आवश्यकता हो। त्यसो नहुने हो भने नेपालको संक्रमणकालीन कमजोर लोकतन्त्र निरंकुशता या हिंसावादी दर्शनको चपेटामा पर्नेछ र मुलुकलाई गम्भीर राजनीतिक दुर्घटनाबाट बचाउने कोही हुनेछैन।
यस महाधिवेशनमा कांग्रेसका प्रतिनिधिले अरू केही विषयमा पनि ध्यान पुर्याउन जरुरी देखिन्छ।
१. नेपाली कांग्रेसलाई दलित, महिला, मधेसी, जनजाति, आदिवासी, युवा, गरीब एवं पिछडिएको वर्ग र क्षेत्रका जनताको साझा पार्टी कसरी बनाउने?
२. जनतासँग टुटेको कांग्रेसको सम्बन्धलाई कसरी पुनःस्थापना गर्ने र सुमधुर बनाउने?
३. जनताबीचमा गिरेको कांग्रेसको साख र प्रतिष्ठा कसरी पुनर्स्थापित गर्ने?
४. करोडभन्दा बढी संख्यामा रहेका युवाको भविष्य सुनिश्चित गर्ने कार्ययोजना कस्तो बनाउने?
५. कार्यकर्तालाई विचारले अनि पार्टीलाई संगठनले कसरी सुसज्जित र सुदृढ पार्ने?
६. आफ्नो सैद्धान्तिक, दार्शनिक र वैचारिक धरातलमा अविचलित रहने विशाल कांग्रेसी जमात कसरी तयार गर्ने?
७. अतिवादी दुवै ध्रुबबाट निरन्तर भइरहेको आक्रमणको सामना गर्ने आन्तरिक तयारी कसरी गर्ने?
८. शान्ति प्रक्रियालाई कसरी टुंग्याउने र नयाँ संविधान निर्माणलाई कसरी सार्थक तथा सफल बनाउने?
९. संघीय लोकतान्त्रिक गणतन्त्रलाई कसरी संस्थागत गर्ने?
१०. लोकतन्त्रको जगलाई मजबुत तुल्याई कांग्रेसको भविष्यलाई कसरी सुनिश्चित् गर्ने?
११. विदेशी मित्र राष्ट्रहरूसँगको सम्बन्ध प्रगाढ तुल्याएर सबै अन्तर्राष्ट्रिय लोकतान्त्रिक शक्तिहरूको भरोसा कसरी जित्ने?
१२. हिंसावादी दर्शनबाट अभिप्रेरित र आफ्नो पहिचान गुमाउन लागेका पार्टीसमेतलाई सहीबाटो हिँड्न कसरी उत्प्रेरित गर्ने?
कांग्रेस विचार र संगठन दुवैले समृद्ध हुनु जरुरी छ। यसका लागि पार्टीमा निरन्तर काम गर्ने स्थायी पंक्ति निर्माण गर्नु जरुरी छ। निर्वाचन र अधिवेशनमा मात्र सक्रिय हुने प्रवृत्तिले पार्टी जनस्तरमा कमजोर भएको हो। चुनाव र अधिवेशनको समयबाहेक अरूबेला भेट्न मुस्किल पर्ने नेता, कार्यकर्ता र यस्तै बेलामा मात्र खुल्ने पार्टी कार्यालय कांग्रेसको अर्को समस्या हो। वडादेखि केन्द्रसम्मको नेतृत्वको एउटा हिस्सामा रहेको पार्टीको साख भजाएर धन कमाउने प्रवृत्तिले पनि ठूलो क्षति पुगेको छ। पार्टीका हजारौं कार्यकर्ता समस्याग्रस्त र भोकभोकै छन्। यस्ता सबै कटु वास्तविकताको गहन अध्ययन गरी कमजोरीरहित स्वच्छ र भरपर्दो पार्टी बनाउन यो महाधिवेशन कोसेढुंगा साबित हुनुपर्छ।
हामी इतिहासको सर्वाधिक संकटमा छौँ। सायद नेपाल र कांग्रेसको इतिहासमा यति गम्भीर मोड कहिल्यै आएको थिएन। यो गम्भीर र संकटपूर्ण अवस्थाबाट राष्ट्र र जनतालाई मुक्त गर्नु कांग्रेसको मूख्य दायित्व हो। यसका लागि यो महाधिवेशन ऐतिहासिक अवसर पनि हो। यो महाभेलाले सही बाटो पहिल्याउन सक्यो भनेमात्र पार्टी र मुलुकको हित हुनेछ। अन्यथो महाधिवेशन नेतृत्व छान्ने एउटा यान्त्रिक प्रक्रियामा सीमित हुनेछ।
कांग्रेसमा आवरणमा कांग्रेसी तर आचरणमा सामन्ती र पुँजीवादी देखिने एउटा प्रवृत्ति तथा राजनीतिक आत्मा एवं चरित्र भएको सरल र पार्टी र लोकतन्त्रप्रति प्रतिबद्ध अर्को प्रवृत्तिबीच चर्को द्वन्द्व छ।