बीसौँ मधुमास
०४ असार २०६६
•
११ मिनेट पाठ
बीसौँ मधुमास
मानिसको जिन्दगी छ दशक पश्चात् ओरालो लाग्छ। जवानीमा हाड समेत चपाउन सक्ने शरीरले पछि नरम मखन पनि पचाउन सक्दैन। म हरेक बिहान पसिना चुहाइचुहाई एक घन्टा व्यायाम गर्छु तर राती आलु एउटा मात्र खाए पनि एकै दिनमा जिउको वजन ह्वात्तै बढिहाल्छ। जब उमेर बढ्दै जान्छ यो शरीरको पाचन शक्ति कम हुँदै जान्छ। अङ्ग-प्रत्यङ्ग खिइँदै जान्छ अनि शरीर कमजोर हुँदै जान्छ। यही नै हो हाम्रो जिन्दगीको वास्तविकता- उकालो लाग्दा बाटो लामो हुन्छ ओरालो लागेपछि त्यही बाटो एकदम छोटो। बैंकको अस्पतालमा उपचार गर्न जाँदा बुद्धजयन्तीको दिन नाती पाउँदा खुसी भएको हिजै जस्तो लाग्छ मलाई। पाँच वर्ष बितेछ चालै पाइएन।




मानिसको उमेर ढल्दै जाँदा बिस्तारै सोचमा परिवर्तन हुन्छ। तर अस्तव्यस्त घोर्ले अवस्थाबाट बुढ्यौलीमा आइपुग्दा पनि इच्छा र आकांक्षाको भुमरीमा अल्ामलिएर मानवीय दर्शन र चिन्तन चिन्न नसक्नु अदूरदर्शिता नै हो। बाहिरीे आँखाले हरेक मूल्यको भौतिक जोखतौल त गर्न सकिन्छ तर मान्यताको मूल्यांकन हृदयभित्रको आँखाले मात्र गर्न सकिन्छ। हुनत समय सँगै नेत्रदृष्टि धमिलिएर जान्छ तर मनको आँखा चाहिँ बिस्तारै खुलेर आउँछ अनि हरेक कुराको अर्थ बुझिन्छ। जीवन एउटा 'आब्स्ट्रयाक्ट आर्टु जस्तो लाग्छ मलाई। जिन्दग्ाीको 'आर्ट ग्यालरी'मा चित्रहरु अवलोकन गर्न जादु टाढाबाट धमिलो देखिन्छ तर नजिकबाट तस्बिरको रेखारेखा स्पष्ट देखिन्छ। पहिले त मैले अमूर्त चित्रको अर्थ नै बुझिन जब समयसँगै बाक्लो जीवनको गन्तव्य नजिक आईपुगेँ बिस्तारै ती आब्स्ट्रयाक्ट आर्टको 'त्रिआयामिकु चित्रण स्पष्ट हेर्न सकेँ बुझ्न सकँे र अनुभव गर्न सकेँ।

हिमालबाट पग्लेर छहरा झरना र खोलानाला हुदै नागबेली बाटो लिएर जब चाचल पानी सागरको छेउछाउ पुग्छ त्यो शान्त र गहिरो बन्छ। सायद त्यसरी नै मानिस अस्तव्यस्त जिन्दगीबाट गुज्रेर बुढेसकालमा आइपुग्दा ऊ सुख र शान्तसित बाँच्न खोज्छ। भत्केको र धरासायी भएकॊ बासस्थानको तस्बिर मानसपटलमा राखेर मानिस मर्न चाहँदैन। यस्तो सम्वेदनशील अवस्थामा सुखद भविष्यको आश गर्नु पाप होइन। आशलाई मारेर जीवनयापन गर्नु धेरै कठिन हुन्छ। खासगरी एउटा श्रमजीवीका लागि त मेहनतअनुसारको फल प्राप्त गर्न खोज्नु उनको अधिकार हो। जिन्दगीभर काम गरेर उनीहरु केही आफू खान्छन् र अरुलाई पनि खुवाउछन्। त्यसैले एउटा स्वाभिमान कर्मशील मान्छेको लागि जिन्दगीको साँझमा निराशाको अँध्यारोमा बस्नुपर्दा धेरै रिस उठ्छ।

 

तर दुर्भाग्यवश देशलाई छक्याएर नै शासन गर्नुपर्छ भन्ने सोच व्याप्त भइरहेकेा छ। कस्तो विडम्बना आजकाल नेपालमा गरिबी र उत्पीडनको प्रतिस्पर्धात्मक खेल खेलेर टाठाबाठाहरु फाइदा उठाउन खोजिरहेका छन्। टेलिभिजन रेडियोमा राजनीतिक संवाद र परिसंवादका कार्यक्रम त हेर्न र सुन्नै नसकिने भइसकेकेा छ। कसरी निर्लज्ज तरिकाले ठाडै झुट बोलेर दर्शकलाई पागल बनाउन खोजिँदो रहेछ। विपक्षीलाई हराउन कसैको चित्त नबुझ्ने कुतर्क गरेर क्षणिक हिरो बन्न खोजिँदो रहेछ। वादविवाद जितेर के नै हुन्छ र दर्शकको मन पो जित्नु पर् यो। के हजारौँ मानिससामु फुटबलको म्याचमा फल हानेर गोल गर्दैमा खेलाडी सिपालु र खेलमा गोल हुन्छ र अहिले साच्चै देश कसले बिगार् यो भनेर प्रश्न गर्दा सारा जनताको मुखमा एउटै मात्र स्पष्ट उत्तर छ त्यो हो नेता र नेतारुपी बौद्धिक व्यक्तित्व। उनीहरुको धूर्त मनस्थिति एउटा सरुवा रोगजस्तो भइसकेको छ। सबभन्दा डरलाग्दो के भयो भने यो सरुवा रोगले त अब जनतालाई समेत छोइसकेको छ। यो ' सरुवा महामारी' को उन्मूलन गर्ने हो भने जरैमा गएर उपचार गर्नुपर्छ।

जिन्दगीभर काम गरेर अब सुखसँग बाँच्ने बेला देशको परिस्थिति देखेर कहिलेकाहीँ रुन पनि मनलाग्छ। तर म रुन्न। ती अदूरदर्शी र स्वार्थी व्यक्तिका कारण आफ्नो जीवनलाई संक्रमणकालीन बनाउन चाहन्न। परिस्थितिले हामीलाई परिवर्तन गर्ने होइन हामीले परिस्थितिलाई परिवर्तन गर्ने हो। त्यसैले जतिसक्छु त्यति म आत्मसन्तुष्टिको लागि काम गर्न खोज्छु। म अहिले ६७ वर्ष पुगिसकेको छु। अहिले पनि म आफू बलियो र सकि्रय नै छु जस्तो लाग्छ। कसैले मलाई 'बुढेसकालमा कति कति कमाउछौ एकदिन मुठी खोलेर यो संसार छोड्नुपर्छु भनी व्यङ्ग्य हान्दा अलि रिस पनि उठ्छ। मरणपश्चातको यो कस्तो शून्यवादी निराशा मलाई लाग्छ मरणपश्चात् मानिसले धेरै लिएर जान्छ। सन्तानको भविष्यको सुन्ािश्चितता लिएर जान्छ आफ्नो कामको प्रतिफल लिएर जान्छ आफूले गरेको सेवाको शुभेच्छा लिएर जान्छ। आºनो सहयोगीहरुको सद्भावना लिएर जान्छ। एउटा कर्मशील मान्छे मरेर हराउन चाहदैन।

जिन्दगीमा एकदिन ओरालो लाग्नैपर्छ। म पनि लागिरहेको छु। सायद त्यसैले होला मलाई आजकाल सूर्य पश्चिममा अस्ताउँदा खुल्ला आकाशमा सुनौला र रुपौला बादलका आकृतिहरु हेर्न मन लाग्छ र हराउन मनलाग्छ। जीवनचक्र सुस्ताउने बेला मानिसको हरेक पल हरेक क्षण मूल्यवान हुन्छ। भन्छन् यो बेला एकदिन मात्र सुखले कटे पनि भगवानप्रति आभार व्यक्त गर्नुपर्छ।
रमाइलोसँग कसरी बाँच्ने भन्ने पनि जीवनको महत्वपूर्ण कला रहेछ। केही हदसम्म मलाई यो कला पोखरामा बस्ने एक युवा प्ा्राध्यापक महेन्द्र श्रेष्ठले सिकाएका हुन्। उनले मेरो 'सोचु र 'खोजु पढेका रहेछन्। त्यसैबाट प्रभावित भएर उनले पनि आफूले अन्नपूर्ण क्षेत्रमा गरेको भ्रमणको स्मरणलाई सेता पाइला नाम दिई एउटा किताब प्रकाशन गर्न खोजेका रहेछन्। एकदिन उनले टेलिफोन गरेर मलाई उसको किताबको विमोचन गर्नुको साथै उनको विवाहको २० औं वार्षिकोत्सवमा समेत मुख्य अतिथि बन्न निम्तो गरे। उनको भावना देखेर म पनि आºनो घरमा दिवाली हुँदाहुँदै पोखरा पुगिहालेँ। झकिझकाउ सभाकक्षमा पुग्ना साथ महेन्द्र श्रेष्ठ र उनकी अत्यन्त शीलवती र रुपमती श्रीमती आएर मलाई फूल गुच्छा दिए। स्वागत गरे। त्यहाँ अन्दाजी तीनसय पोखरेलीको जम्ाघट थियो। मैले महेन्द्रलाई पहिले चिनेको थिइन। उनी त प्रख्यात साहित्यकार सरुभक्तको भाइ रहेछन्। माचमा वरिष्ठ व्यक्तिहरुसँगै मलाई मुख्य अतिथिको आसनमा राख्दा अलि लाज पनि लाग्यो।

महेन्द्रको सोचले मलाई एकदम प्रभावित बनायो। चालीस-पैतालीस वर्षको बैसमै आफ्नो प्रिय अर्धाङगिनीप्रतिको माया अभिव्यक्ति गर्न किताब समेत प्रकाशन गरी उनले आफ्नो सुखद विवाहको बीसौं वार्षिकोत्सब रमाइलो गरी मनाए। पतिपत्नीबीच हुनुपर्ने सुमधुर सम्बन्ध र मायाप्रीतिको भावुक परिवेशमा महेन्द्र र उनकी पत्नीले सबैलाई प्रेरणा दिए। साँच्चै आफूलाई मन परेको अर्थपूर्ण रमाइलो काम समयमै गर्नुपर्ने रहेछ। २५ वर्ष पहिले मैले पनि विवाहको २५ औं वार्षिकोत्सव मनाउने विचार गरेकेा थिएँ। तर पत्नीको देहावसान भएकाले गर्न सकिनँ। अब म त्यो मौका गुमाउन चाहन्न। मैले दोस्रो विवाह गरेको बीस वर्ष भयो। अब म महेन्द्रले जस्तै २५ वर्ष नपर्खी बीसौं 'मधुमास' मनाउन चाहन्छु र मेरो नयाँ पुस्तक 'म सक्छु को विमोचन पनि त्यही सुखद अवसरमा गर्न चाहन्छु। जिन्दगीभर मिहिनेत गरेको छु। मिहिनेतअनुसार रमाइलो गर्ने मेरो अधिकार छ। ईश्वरले दिएको यो अमूल्य जिन्दगीको हरेक क्षण किन सुखी भएर नबाँच्ने आनन्दका हरेक पलहरु अरुसित हाँसी- हाँसी किन नबाँड्ने जिन्दगीको यो महत्वपूर्ण दर्शन मलाई पोखरेली भाइले दिएका हुन्। म उनलाई हृदयदेखि धन्यवाद ज्ञापन गर्न चाहन्छु।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ५ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस