शैलजाको अवसान
०४ असार २०६६
•
८ मिनेट पाठ
शैलजाको अवसान
शैलजा आचार्य नेपाली कांग्रेसका बिरलाकोटी नेतामध्य एक थिइन् जसका लागि पद पैसा र कसैले बक्सिसमा दिएको प्रतिष्ठाभन्दा आपुनो विश्वास र निष्ठा बढी मूल्यवान् थियो। त्यस्ता व्यक्तिको नेपाली कांग्रेसमा खडेरी छ र जतिजना छन् ती लोपोन्मुख अवस्थामा पुगेका छन्। नामनामेसी मेटिइनसकेको भएपनि आचार्यका यी मानसिक गोत्यारहरु कतै कुनाकाप्चातिर थोत्रा लुगाफाटा फ्याँकिएका भेटिन सक्छन्।

कोइराला निवासले पछिल्लो समयमा बसाएको राजनीतिक संस्कारका अनुयायी कतिपय नयाँ कांग्रेसजनका लागि यिनीहरु अपरिचित छन्। जसोतसो आपुनो अस्तित्व जोगाएर कांग्रेसमा टिकिरहेका पुराना कार्यकर्तासँग यिनका बारेमा सोच्ने फुस्रद र इच्छा दुबै पाइँदैन। लोकतान्त्रिक समाजवादको जगमा उभ्याइएको नेपाली कांग्रेसका आधारभूत मान्यताप्रति निष्ठावान कार्यकर्ताको हरिबिजोग देखिनु गंभीर चिन्ताको विषय हो। ब्रम्हले देखेको बोल्ने र मौसम नै पिच्छे ट्युनिक फेर्न नमान्नेका लागि कांग्रेस सौताने घर बन्न पुगेको छ। नेतृत्वले गरेको सौताने व्यवहारको पीडा भोग्नेको सूचीमा स्वयं सर्वोच्च नेता गणेशमान िसंहको नामसमेत सामेल हुनु त्यो ऐतिहासिक राजनीतिक संगठन पतनको गर्ततिर अगाडि बढेको बलियो प्रमाण थियो। कृष्णप्रसाद भट्टराई रामहरि जोशी भीमबहादुर तमाङ दमननाथ ढुंगाना ढुन्डिराज शास्त्री रामबाबु प्रसाइँ भूबिव्रुम नेम्वाङ केशवराज पराजुली खेमराज पौडेल र यिनीहरुजस्तै अन्य कतिपय लाखापाखा लागे।

शैलजा आचार्यले नेपाली कांग्रेसका सन्दर्भमा मात्र होइन समग्र मुलुकको राजनीतिकै सन्दर्भमा हेर्दा पनि राजनीतिकर्मीको त्यस्तो लोपोन्मुख प्रजातिको प्रतिनिधित्व गर्थिन् जसका लागि राजनीति व्यापार थिएन। राजनीति उनका लागि आस्थाको लडाईं थियो। आपुनो निष्ठाको प्रकटीकरण गर्ने माध्यम थियो। उनी भ्रष्टाचारको प्रखर विरोधी त छँदै थिइन् क्षणिक लाभको लोभमा गिरिजाप्रसाद कोइरालाले पूर्व छापामार नेकपा माओवादीसँग गरेको असमान र सिद्धान्तविरोधी सं´ाैताको पनि कटु आलोचक थिइन्।

माओवादीले मुलुकमा गुन्जाएको गणतन्त्र र संघीयतावादको नारा पनि उनका लागि रुचिकर थिएन। उनले लिएको संवैधानिक राजतन्त्रात्मक प्रजातन्त्रप्रतिको अडान समयको क्षणिक प्रवाहमा परेर अस्वीकृतिको कन्टेनरमा पुयाँकिएको मान्यता हुनपुगेको छ तर उनको सोचाइ ठीक थियो कि उनका शक्तिशाली मामा गिरिजाप्रसाद कोइरालाले अवलम्बन गरेको अवसरमुखी नीति उचित यसको छिनो फानो हुनका लागि केहीदिन पर्खनु पर्नेछ। एउटा पक्कापक्की कुरो चाँही के हो भने शैलजा र उनको ढाँचामा सोच्ने कांग्रेसजन सर्वथा गलत छैनन् कहिल्यै पनि थिएनन्। उनीहरुको धारणा अहिलेलाई पछाडि परेको मात्र हो। राजनीतिको मैदानमा यस्तो आरोह र अवरोह सामान्य कुरो हो।

शैलजाको राजनीतिक जमीन मोरङसंँगै गाँसिएको थियो। मोरङ माने कोइराला निवास। तर उनका लागि कोइरालाहरुको त्यो बलियो आधारभूमि राजनीतिक उत्थानका लागि धनात्मक प्रायः रहेन। उनको उँचो राजनीतिक कद मेधा साहस र भारतमा उनको साख र पहूँचले उनलाई कोइराला निवासभित्रका वािाछत अवािाछत महत्वाकांक्षाको आँखाको कसिङगर बनाइदिएको थियो। पार्टी सभापति कोइरालाले विदेशीसंँग विवाह गरेर अनेकौँ वर्ष मुलुकबाहिर रहेकी छोरी सुजातालाई कांग्रेस र राष्ट्रिय राजनीतिमा स्थापित गर्ने अभियान सुरु गरेपछि नै शैलजाका खराब दिन पनि सुरु भए। शैलजाजस्तो चम्किलो नक्षत्रको चमक यसरी धुमिल पारिनु निश्चय पनि दुःखको विषय हो। शैलजाले आपुनी मामाकी छोरी सुजाताको प्रतिस्पर्धा कोइरालाहरुकै शैलीमा गर्ने प्रयास पनि गरिनन्। संभवतः शैलजा राजनीतिको फोहोरी खेलका हिसाबले कमजोर खेलाडी थिइन्। उनलाई पुरानो पुस्ताको भद्र राजनीतिकर्मीको पंक्तिमा राख्न सकिन्छ जसका लागि राजनीति पद र पैसाको खेल मात्र होइन।

स्मृतिशेष शैलजाको राजनीतिक जीवनको उतारचढाव र व्यक्तिका रुपमा उनको असामयिक अवसान राजनीतिशास्त्रका विद्यार्थीका लागि गंभीर अध्ययनको बिषय हुनसक्छ। भविष्यमा नेपाली कांग्रेसको ईतिहास लेख्ने व्रुममा त ती शान्त स्वभावकी मीतभाषी तर आपुनो विचार र कर्मप्रति पूर्ण आत्मविश्वासी नेतृको व्यक्तित्व र कतृत्वको सम्पूर्ण लेखाजोखा अनिवार्य नै हुनेछ। साथै सभापति कोइरालापछि नेपाली कांग्रेसको साचालनको जिम्मेवारी जसको हातमा जानेछ उसले पनि शैलजाको जस्तो अवसान नहोस् र पार्टी एउटा व्यक्ति वा परिवारको बिर्तामा परिणत नहोस् भन्नेतर्फ पर्याप्त सतर्कता अपनाउन शैलजाको जीवन कथाबाट प्रेरणा लिनेछ भन्ने आशा गर्न सकिन्छ। शैलजालाई एकोहोरी अव्यावहारिक र संगठनको अनुशासनमा बस्न नसक्ने व्यक्तिका रुपमा चित्रण गर्ने पनि नभएका होइनन्। यी आरोपमा सत्यांश पनि होला। तर छलफलको मूल विषय यो हुनसक्दैन। छलफल त नेपाली कांग्रेसमा किन लामो इतिहास भएका व्यक्ति लगातार पाखा लाग्दै गए र संदिग्ध चरित्रका नवप्रवेशीको प्रभुत्व बढ्दै गयो त्यसमा हुन जरुरी छ।

तर यो समस्या कांग्रेसको मात्रै चाँही होइन। घटीबढी नेपालका सबै राजनीतिक दल यस समस्याबाट पीडित छन्। पार्टीहरुले आपुन कार्यकर्ताको कसिलो मूल्यांकन पद्धति नबनाउन्जेल र पार्टीमा आन्तरिक लोकतन्त्र कायम नहुँदासम्म गलत व्यक्ति र तत्वले पार्टी भत्र चलखेल गर्ने अवसर पाइनै रहनेछन्। र शैलजाहरुको यसरी नै अवसान भइरहने छ।
अर्को समाचार
शैलजाको अवसान र शोक धून
०६ असार २०६६
•
१४ मिनेट पाठ
शैलजाको अवसान र शोक धून
राजतन्त्रीय वंशवाद र परविारवादको रोग सबै रंगको नेपाली राजनीतिमा सल्किएको छ । राजतन्त्रमा पटमूर्ख होस् कि सन्काहा, राजाको जेठो छोरो स्वतः राजा बन्छ र निजकी पत्नी स्वतः रानी बन्छे । अनिर्वाचित राजतन्त्रको अन्ध-अनुकरण गर्दै केवल नेता पतिकी पत्नी भएर, नेता पिताकी पुत्री भएर वा नेता पतिको राजनीतिक अपुताली खान पाएर नेतृ बनेकाहरू अहिले अमर्यादित चुरीफुरीसाथ राजनीतिमा वाक्कलाग्दो अभिनय गररिहेका छन् । वंशवाद वा परविारवादको वृक्षमा पलाउने नेता वा नेतृहरू फेदबिनाका परजिवी ऐजेरु हुन् । टुप्पामा पलाएका यस्ता ऐजेरुहरू टपर्टुइँयाँ हुन्छन् । यी टपर्टुइँयाहरू जहाँजहाँ टेक्न पुग्छन्, त्यहाँ ती नैतिक प्रदूषण छर्दै जान्छन् । तर शैलजा आचार्य मामा बीपी र जीपीरूपी वृक्षमा पलाएकी ऐजेरु नेतृ किमार्थ होइनन् । ती आफ्नै आदर्श र निष्ठा, आफ्नै संकल्प र साहस अनि आफ्नै संघर्ष र समर्पणको गाथाको मौलिक जगबाट सानका साथ उठेकी नेतृ हुन् ।
दैहिक अस्तित्वमा शैलजा अब रहिनन् । अब शैलजाको जीवनको झझल्को तिनका आफ्नै कर्महरूले हाम्रा मनमा निर्माण गरेका स्मृति-बिम्बहरूमा छ । शैलजाको नामसँगै हाम्रा आँखाअगाडि एउटा प्रखर बिम्ब नाच्न थाल्छ । हाम्रा आँखामा उज्यालो र आसा भरिदिने यो बिम्ब शैलजाले सत्र सालको फौजी काण्डसँग हाक्काहाक्की आँखा जुधाउँदा बनेथ्यो ।

फागुन ७ गते राजधानीको टुँडिखेलमा फौजी बर्दी र कालो चस्मा लगाएका दम्भी तानाशाह महेन्द्र संगीनको घेराभित्र राजसी आसनमा गजधम्म बसेका छन् । किशोर वयकी शैलजाको सानो पाखुरो सहस्र संगीनको एकरत्ती पर्वाह नगरी कालो झन्डा बोकेर फुत्त माथि उठ्छ । झन्डाको कालो रङ गएर महेन्द्रका अनुहारमा पोतिन्छ ।

त्यो क्षण, शैलजाले अविस्मरणीय इतिहास रचेको त्यो क्षण, उनको उचाइ धरहरामाथि उठ्छ, र तानाशाह महेन्द्र लिलिपुट मानवको आकारमा तल धुलामा लुट्पुटिन पुग्छन् । त्यो संगीनमाथि विवेकको गौरवमय विजयको भव्य क्षण हो । प्रजातन्त्र र स्वतन्त्रताप्रतिको अदम्य निष्ठा नै शैलजाको त्यो साहस, त्यो शक्ति र त्यो गौरवको मुहान हो ।

जीवनको सहजकालमा बोल्ने मुख, लेख्ने हात र उठ्ने पाखुराहरू जति पनि हुन्छन् । तर संकट र जोखिमको समयमा बिरालाको घाँटीमा घन्टी कसले बाँध्ने भनी सबैजसो जीवात्माहरू मूक मुद्रामा अरूका मुख ताक्छन् । शैलजाले साहसको देउरालीमा उभिएर नागरकि अधिकारहरू चोरीखाने बिरालाका घाँटीमा घन्टी बाँधिन् । बिरालो झस्किँदा घन्टी बज्यो र ढाडे तानाशाह महेन्द्रको मुटु थर्कियो । इतिहासको यात्रामा ज्यानको बाजी थापेर आतंकमय सन्नाटा भंग गर्ने, अत्यासलाग्दो अन्धकारमा उज्यालोका फिलुंगाहरू छर्ने र मानवजातिलाई जीवनको उकालीतिर लम्किन प्रेरति गर्ने पात्रहरू विरलाकोटी हुन्छन् । शैलजा एक हुन् ।
शैलजाको त्यो साहसको जगमा सामूहिक स्मृतिबाट पैदा भएको शक्तिपुञ्ज थियो । पृष्ठभूमिमा त्यो सामूहिक स्मृति सिर्जना गरििदने पात्रहरू हसिनादेवी, मंगलादेवी, मेलवादेवी, मोतीदेवी, गोमादेवी, साधना र साहना प्रधान आदि थिए । दमनकारी तानाशाहविरुद्ध अपूर्व साहसका साथ उठेको शैलजाको सानो पाखुरोमा यी नारीहरूको संघर्ष र सिर्जनाको शक्ति स्नेहका साथ सञ्चार भएको थियो ।

राजनीतिमा शैलजालाई हुर्काउने र संस्कारति गर्ने मातृसंस्था नेपाली कांग्रेसमा ऊबेला युवा जोस र आवेगको जीवन्त स्पन्दन थियो । संस्कृत पाठशालाबाट 'जयतु संस्कृतम्'को गगनभेदी नारा उराल्ने अगुवाहरू कांग्रेसी युवा नै थिए । कांग्रेसी ब्राह्मणहरू टुप्पी ठुन्क्याएर र जनै छिनाएर रुढ परम्परामा क्रमभंग गर्ने मनसुवाले हलो जोत्न पनि तम्सिन्थे । युवा कांग्रेसीहरू बालविवाह र बहुविवाह प्रथा मास्न तरकमरक पनि गर्थे ।

अमानवीय वर्णाश्रम प्रथाले अछूत भनी पशुभन्दा तल गिराएका पीडित मानवहरूसँग बसेर सहभोजन गर्न पनि कांग्रेसी ब्राह्मणहरू जुर्मुराउँथे । रजौटा र विर्ता उन्मूलन गर्न पनि कांग्रेसीहरूले हात बढाएकै हुन् । युवा कांग्रेसका समाज र संस्कृतिमा सुधार ल्याउने पदचापका यी अनेकओली आवाजहरूले शैलजामा ऊर्जा र आँट भरििदएको थियो । र नै त आफूसमेत केवल पाँचजनाको सानो झुन्ड बनाएर महेन्द्रीय फौजी शासनको कालरात्रिमा तिनले तहल्का मच्चाइदिइन् । शैलजाका लागि दुई चीज अति पि्रय थिए । राजनीतिक आदर्श र राजनीतिक नैतिकता । कृषि मन्त्री छँदा तिनले आफ्नो मन्त्रालयमा भ्रष्टाचार व्याप्त छ भनी प्वाक्क बोलिन् । कांग्रेसीजन देश र दुनियाँको भाग्य र भविष्य अराजक बजारलाई सुम्पिदिएर जसरी हुन्छ धनसञ्चय र ऐसआरामको बाटोमा मग्न थिए ।
ती औंसीपुर्नेमा यसो 'प्रजातान्त्रिक समाजवाद'को सम्झना गर्थे । अनि फेर िउही सञ्चय र मोजमस्तीपथमा लिप्त भइहाल्थे । कांग्रेसीजनलाई भ्रष्ट सत्ता-संरचनामा सुधार गर्नु थिएन । त्यसैले शैलजाको त्यो वचन तिनलाई हुनुसम्म अपाच्य भयो । थुकेको थुक खान इन्कार गर्दै शैलजाले आफ्नो मन्त्री पदै त्यागिन् । लोभ र भोगको वर्चस्व कायम हुँदै गएको स्वार्थी राजनीतिमा तिनले आदर्श रोजिन् र तिनले आफ्नो वरपिरकिा निहित स्वार्थपूजकहरूमाथि नैतिकताका कोर्रा बर्साइन् । आदर्शबाट विमुख भएको कांग्रेसमा आदर्शप्रेमी शैलजा उपेक्षित र एक्ली भइन् । तिनले उपेक्षा र एक्लोपना रोजिन् । र, स्वार्थीहरूको भीडमा विलय हुन अस्वीकार गरिन् ।

समयक्रममा खूनी राजतन्त्रविरोधी उथलपुथलकारी आन्दोलनको प्रवाहले लपेटेर सनातनी कांग्रेसीहरूलाई लतार्दै आफ्नो प्रवाहमा बगायो । तिनले अताल्लिँदै प्रजातन्त्र-राजतन्त्रको दुईखम्बे सिद्धान्तको रट लगाए । तर जनआवेगको उत्ताल प्रवाहसामु त्यो रटना टिक्न सकेन । त्यसपछि तिनले डुब्न लागेको मानिसले परालको त्यान्द्रो समातेझैं आलंकारकि सम्राट अनि त्यसपछि शिशु सम्राटको याचना गरे । तर समयको कठोर धक्काले ती कुरूप याचनालाई पनि लोप्पा ख्वाइदियो । यसरी शैलजाका सकमक्षी र समवयी धेरैजसो सनातनी कांग्रेसीहरू गणतन्त्रप्रति कमसेकम ओठेभक्ति जनाउन विवश भए । तर शैलजा भने बीपी कोइरालाको मेलमिलापको सूत्र समातेर राजतन्त्र-प्रजातन्त्रको मिलनरूपी घिडघिडोमै झुन्डिरहिन् ।

समय फेरएिको थियो । जनभावना फेरएिको थियो । राजतन्त्र दागबत्तीको घडी कुर्दै ब्रह्मनालमा लम्पसार परसिकेको थियो । तर बीपीको प्रजातन्त्र-राजतन्त्र मेलमिलापको मिति गुजि्रसकेको सूत्रलाई शाश्वत देववाणी ठानेर शैलजा इतिहासको प्रवाहबाट हुत्तिएर निर्जन किनारमा एक्लै छाडिइन् । त्यो नै तिनको राजनीतिक अवसानको दुःखद क्षण थियो । इतिहासको त्यो उजाड किनारमा भौंतारिँदै निरीह स्वरमा तिनले गनगन गररिहिन् - कांग्रेसले बाटो बिरायो ! कांग्रेस बिगि्रयो ! समय धेरै अघि बढिसकेको थियो । पछिल्तिर फर्केर तिनको त्यो गनगन सुन्ने फुर्सद कसैलाई थिएन ।

अहिले अर्को कालखण्डमा इतिहास दोहोरएिको छ । राज्यको ढाँचा सुधार र आर्थिक-सामाजिक परविर्तनको तुमुल ध्वनिले समस्त आकास गुन्जायमान छ । यो ध्वनि, यो भयंकर ध्वनि सुनेर सनातनी कांग्रेसीजन आतंकित भएका छन् । सत्ता, दौलत र संस्कृतिमा आफ्नो सनातनी वर्चस्व गुम्ने डरले ती थर्थरी कामिरहेका छन् । र, ती आफ्नो अस्तित्वको रक्षा गरमिाग्न अनुहारभर िदागैदाग भएका फौजी महारथीको शरण परेका छन् । ती उही बासी 'प्रजातन्त्र'मा फर्केका छन् । र, ती राजनीतिमा नवीन मूल्यको उद्घोष गर्ने 'लोकतन्त्र' र 'गणतन्त्र' शब्दप्रति नै अरुचि देखाउादै मुख बिगार्न थालेका छन् । यसरी सनातनी कांग्रेसीहरू अप्रकटरूपले शिशु सम्राटको याचना गर्दै इतिहासको त्यो उराठलाग्दो बगरमा फर्केका छन् जहाँ शैलजा छुटेकी थिइन् ।
शैलजाका दुइटा जिब्रा थिएनन् । तिनले जे देखिन्, त्यो बोलिन् । जे बोलिन्, त्यसमा ती सदैव अडिग भइन् । यसरी आफ्नो अन्तस्करणको विश्वासप्रति ती सदैव बफादार रहिन् । तिनको वर्ग र वैचारकि प्रशिक्षणले तिनको दृष्टिलाई कम्युनिस्ट विरोध र 'प्रजातन्त्र-राजतन्त्र'को मेलमिलापको सीमाभित्र कैद गरेको थियो । तिनले इमानसाथ आफ्नो त्यो सीमा स्वीकार गरनि्, र समयको गतिमा ती बीचैमा छुटिन् । अरू सनातनी कांग्रेसीहरूले झैं तिनले पाखण्डको अभिनय कहिल्यै गरनिन् । त्यसैले सनातनी कांग्रेसीजनको भीडमा शैलजा अति इमानदार कांग्रेसी हुन् । समय-प्रवाहमा शैलजा अड्किएको उदास बगरमा फर्किएको सनातनी कांग्रेस नेपाली राजनीतिमा एक लोपोन्मुख प्रजाति हो । शैलजाको दैहिक अवसान कांग्रेसकै अवसानको एउटा विरक्तलाग्दो शोक धून हो । बूढो कांग्रेसको अवसानलाई नरहर िआचार्यको कहिलेकाहीँ विमतिमा उठ्ने लज्जालु र लुलो हातले रोक्न के सक्दो हो र ?

सत्र सालको अमिट स्मृति-बिम्बमा अमरत्व प्राप्त गरेकी शैलजा दिज्यू ! तिमीलाई मेरो हार्दिक श्रद्धाञ्जलि !
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस