यतिखेर नेपाली कांग्रेसको बाह्रौं महाधिवेशन सर्वाधिक जनचासोको विषय हो। पहिलो राष्ट्रिय जनआन्दोलनपछि कांग्रेसमा विचार चिन्तनको परिपाटी शिथिल भएको हो। अहिलेसम्म कांग्रेसले बिपी कोइरालाद्वारा प्रतिपादित सिद्धान्तहरूको मौसमी व्याख्या गर्दै पार्टी र सरकार चलाउँदै आएको छ। त्यसैले महाधिवेशनप्रतिको जनचासो कांग्रेसको मुख्य सैद्धान्तिक उद्देश्य र उपक्रममा केन्द्रित देखिँदैन भने यसलाई स्वाभाविकै मान्नुपर्छ। महाधिवेशनमा देशमा विकसित नयाँ राजनीतिक परिस्थिति सापेक्ष नीति र कार्यक्रमबारे छलफल हुने सम्भावना कमै देखिएको छ। सभापति पदको चुनावमै नेता, कार्यकर्ता र समर्थक, विरोधी सबैको ध्यान केन्द्रित छ। मानौं, सभापतिको चुनाव नै महाधिवेशनको मुख्य उद्देश्य र कार्यसूची हो।
महाधिवेशनको चुनावी अखडामा सभापति पदका तीन मुख्य प्रतिस्पर्धी देखिएका छन्। यीमध्ये सुशील कोइराला यथास्थितिवादी पक्षका मानिनुहुन्छ भने शेरबहादुर देउवाले यथास्थितिवादी, अनुदारवादी, उदारवादी र सुधारवादी सबैको एकैसाथ प्रतिनिधित्व गर्ने दुस्साहस गर्नु भएको छ। तेस्रा प्रतिस्पर्धी भीमबहादुर तामाङ पार्टीलाई आदर्शवादी धारमा उभ्याएर आमूल परिवर्तन गर्ने कल्पनामा रम्नु भएको छ। यी तीनै प्रतिस्पर्धी आ-आफ्नो विजयमा ढुक्क छन्। तीनमध्येका दुई प्रतिस्पर्धी सुशील कोइराला र शेरबहादुर देउवाका नाममा डामिएर आएका प्रतिनिधिको संख्या गनेर मात्रै चुनावको नतिजा छर्लंग हुने अवस्था भने विद्यमान छैन। कांग्रेस कार्यकर्ता राजनीतिक प्राणी हुन्। तिनको विवेक र निर्णय क्षमतामा कसैले पनि शंका गर्नु उचित हुँदैन। जिल्लामा चुनाव लड्दाको परिस्थिति र केन्द्रीय सभापति छान्दाको परिस्थिति समान रहन्छ भन्ने केही छैन।
यसपटक कांग्रेस सभापतिको निर्वाचक समूहका अगाडि तीन स्पष्ट विकल्प देखिएका छन्। यी तीन विकल्पमध्ये कांग्रेस नेतृत्वका लागि सर्वाधिक प्रभावशाली नेताको चयन निश्चय पनि सजिलो छैन। यस पटक कांग्रेसका कार्यकर्ताले नेता चयन गरेरमात्र पुग्दैन। त्यस्तो नेताको चयन गर्नुपर्छ जसले कांग्रेसको गुमेको वर्चस्व पुनर्स्थापित गर्न सकोस्।
कांग्रेस सभापति पदका उमेदवारको राजनीतिक 'पोर्टफोलियो' चिहाएर हेर्ने हो भने हालका कार्यवाहक सभापति सुशील कोइरालाले पार्टी सभापति पदमा लामो समयदेखि आँखा गाडिरहनुभएको छ। कांग्रेस सभापति पदका लागि 'बुढो' हुनु एकमात्र योग्यता हो भने उहाँ सबभन्दा योग्य उमेदवार हुनुहुन्छ। उहाँको उमेदवारीलाई पार्टीभित्र पारिवारिक उत्तराधिकारित्वको निरन्तरताका रूपमा प्रस्तुत गर्न खोजिएको छ। उहाँलाई दोस्रो पुस्ताका कोइरालाहरू शशांक, शेखर र सुजाताको समर्थनको सुविधा उपलब्ध भए पनि यो समर्थन भरलाग्दो छैन। परिवारका लागि सुशीलको उम्मेदवारी बाध्यात्मक बनेको स्पष्ट देखिन्छ। उहाँले परिवारको राजनीतिक वर्चस्व र परिवारका सदस्यको व्यक्तिगत आकांक्षा एकैसाथ धान्नसक्ने शंकास्पद छ। वंशानुगत राजनीतिको मामिलामा दक्षिण एसियाका अरू देशको दाँजोमा नेपाल केही भिन्न छ। यहाँका सबै नेतामा अदम्य सन्तान मोह भए पनि सौभाग्यवश सक्रिय उत्तराधिकारवादको परम्परा स्थापित भएको छैन। कांग्रेस र वामपन्थी पक्षका कुनै पनि मूर्धन्य नेताले थाहा पाउने गरी आफना सन्तानलाई राजनीतिमा प्रोत्साहित गरेको देखिएको छैन। गिरिजाप्रसाद कोइरालामाथि जीवनको उत्तरार्धमा पुत्रीमोहमा धृतराष्ट्र बनेको आरोप लगाइन्छ। तर, उहाँ स्वयंले आफनो राजनीतिक भूमिका आफैं तय गर्नुभएको थियो। राजनीतिमा उहाँको शैली फरक थियो। उहाँ बिपीको वैचारिक र राजनीतिक उत्तराधिकारसँग कहिल्यै जोडिन चाहनुभएन। सत्ताको शीर्षासनमा रहेको बेला उहाँले बिपी र उहाँको चिन्तनसँग सान्निध्य राख्ने कसैलाई कहिल्यै प्रोत्साहित गर्नुभएन।
यसलाई नेपाली राजनीतिको दुर्भाग्य मान्नुपर्ला, सुशील कोइरालाको नाम कांग्रेसको स्थिरतासँग भन्दा विग्रहसँग बढी जोडिएको छ। कांग्रेस केन्द्रीय समितिका सदस्यका रूपमा २०३५ सालमा देखा परेका कोइराला पार्टी संगठनमा भन्दा पनि पार्टीभित्र आफना मानिसहरूको गुट गठनमा पोख्त मानिनुहुन्छ। पहिलो जनआन्दोलन कांग्रेसमा भएका अनेकौं विग्रहवादी घटनामा उहाँको हात रहेको बताउने थुप्रै छन्। पहिलो संसदीय निर्वाचनमा पार्टी सभापति तथा अन्तरिम प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईविरुद्ध सांघातिक अन्तर्घातदेखि कलस कांग्रेसको निर्माणसम्मका घटनाक्रममा उहाँको सक्रियता सधै चर्चित रह्यो। तर, उहाँ आफैं यी घटनाक्रमका कारक हुनुहुन्थ्यो कि नेता गिरिजाप्रसाद कोइरालाको उपकरणमात्रै हुनुहुन्थ्यो? यसको लेखाजोखा इतिहासले गर्ने कुरा हो।
राजनीतिभन्दा सिने अभिनयमा बढी रुचि राख्ने सुशील कोइरालामा आफूलाई विभिन्न अवतारमा प्रस्तुत गर्नसक्ने खुबी छ। उहाँका प्रशंसक उहाँलाई परिवारिक स्वार्थ नभएको व्यक्ति बताउँछन्। तर, उहाँ स्वयंको गृहजिल्लामा किन इमानदार कार्यकर्तालाई किनारातिर घचेटेर कांग्रेस नेतृत्वमा उहाँका सहोदर भाइ स्थापित गरिएका छन् भन्ने बिर्सन्छन्। कहिल्यै मन्त्री पदका लागि लालायित नभएको आदर्श पुरुषका रूपमा पनि उहाँको चर्चा हुन्छ। त्यसो भए, बिनाआकांक्षा कुन हुटहुटीले उहाँलाई राजनीतिमा सक्रिय राखेको छ? सुशीलबारे संशयको प्रारम्भ यहींबाट हुन्छ।
शेरवहादुर देउवा कांग्रेसमा दोस्रो पुस्ताका त्यस्ता नेता हुनुहुन्छ जसले पार्टीभित्र युवा नेतृत्वको साहसिक वर्चस्व स्थापित गर्यो। नेताहरूको परिक्रमा गरेर सत्ताको सिंढी उक्लिने परम्पराको अन्त्य गर्दै उहाँले आफनै बुतामा जनस्तरमा कांग्रेस संगठनको विस्तार गर्नुभयो। पहिलो निर्वाचित सरकारका गृहमन्त्रीका रूपमा देउवाको छवि स्वच्छ र निष्पक्ष प्रशासकका रूपमा स्थापित भयो। मध्यावधि निर्वाचनमा कांग्रेसको अपमानजनक पराजयपछि एमाले सरकारविरुद्ध उहाँ खरो रूपमा प्रस्तुत हुनुभयो। एमालेको नौ महिने शासनपछि मिलिजुली सरकारका प्रधानमन्त्रीको हैसियतले उहाँले प्रभावकारी शासन चलाउनुभयो। प्रजातान्त्रिक राजनीतिमा मेलमिलाप र संवादको महत्व राम्ररी बुझेका देउवाको राजनीतिक योग्यता महाकाली सम्झौतामा प्रतिपक्षी एमालेलाई संसदीय सहमतिमा ल्याएका बेला साबित भयो। आफैं पजेरोको स्वाद र सुविधामा रमाएका वामपन्थीले उहाँमाथि सत्ता टिकाउन सांसदलाई पजेरो सुविधा दिएको र विदेश भ्रमणमा पठाएको आरोप लगाए पनि उहाँको व्यक्तिगत इमानदारीमा कसैले प्रश्न उठाउन सकेको छैन।
देउवामा पर्याप्त राजनीतिक गतिशीलता छ। निर्वाचित प्रधानमन्त्रीको हैसियतले उहाँले माओवादी विद्रोहीसँग शान्ति वार्ताको पहल गर्नु भएको हो। माओवादी अध्यक्ष प्रचण्डको साहसिक व्यक्तित्वको प्रशंसा गर्ने पहिलो नेता पनि उहाँ हो। क्षेत्रीय परिस्थितिको प्रतिकूलता, आवश्यक गृहकार्यको अभाव र आफनै पार्टीभित्रको कचमच र कलहका कारण माओवादीसँगको वार्ता टुंगोमा नपुगे पनि सरकारले पहिलो पटक विद्रोहीसँग वार्ताको आवश्यकता बोध गरेर शान्तिको वातावरण तयार पार्न देउवा सरकारले ढोका खोलेको अस्वीकार गर्न मिल्दैन।
आफ्नो राजनीतिक गतिशीलतामाथि बेलाबेलामा आफैं सम्झौताको अवरोध खडा गरेर छिटै परिणाम लिन चाहने स्वभावले देउवाको व्यक्तित्व घाटामा परेको छ।
आफनो नेतृत्वको सरकारप्रति पार्टी संस्थापनाको प्रतिपक्षी सरहको घोर असहयोगका कारण निर्वाचित संसद् भंग गरेर देउवाले साहसिक कदम चाल्नु भए पनि संसद्को चुनाव गराउने वातावरण तयार पार्न सक्नुभएन। राजनीतिक आफन्तहरूको सल्लाहभन्दा रैथाने कुलीन समूहको प्रभावमा उहाँ बहकिनुभयो। राजाद्वारा मनोनित प्रधानमन्त्रीका हैसियतले तेस्रोपटक सरकारको नेतृत्वमा पुग्नुभएका देउवाका लागि त्यो पद घाँडो साबित भयो। माओवादी हिंसात्मक आन्दोलनको विस्तारित प्रभावबारे सुरक्षा निकायहरूको मनगढन्ते विवरणमा भर परेकाले दुवैपटक देशको परिस्थिति बुझ्न उहाँ चुक्नुभयो। दोस्रोपटक प्रधानमन्त्री हुनु भएदेखि देउवाले देशको कथित 'रुलिंग एलिट' को अन्तरंग सदस्यता प्राप्त गरिसक्नुभएको थियो। उहाँ जुन गरिब जनताका नेता हुनुहुन्थ्यो, त्यही जनतासँग 'डिस्कनेक्ट' हुन थाल्नुभयो। आफूसँग असहमति व्यक्त गर्दै सुझाव र सल्लाह दिने सहयोगीसँग झर्किने नयाँ बानी विकसित भयो उहाँमा। यसले गर्दा उहाँ र जनताबीचको दूरी झनै बढ्यो। संविधान सभाको चुनावमा दुवै निर्वाचन क्षेत्र, डडेलधुरा र कन्चनपुरमा देउवाले सामना गर्नुपरेको कडा चुनौती त्यसैको प्रतिफल थियो। कुनै बेला शेरबहादुरको लौरोले चुनाव जित्ने क्षेत्रमा यस्तो खालको चुनौती राम्रो भविष्यको संकेत होइन।
जस्तोसुकै प्रतिकूलताबीच आफूलाई शीर्षस्थानमा राख्ने राजनीतिक खुबी छ देउवामा। आफ्ना गुरु गिरिजाप्रसादजस्तै उहाँ आफ्ना आकांक्षा पूरा गर्न निरन्तर सक्रिय रहनसक्ने व्यक्ति हो। कुनै सैद्धान्तिक वा दार्शनिक बन्देज नराखी उद्देश्य पूरा गर्न जुट्नु वर्तमान राजनीतिमा सबैभन्दा ठूलो खुबी हो। सभापति पदका उमेदवारका रूपमा देउवाले सर्प, बिच्छी र भ्यागुता सबैको समर्थन जुटाउनुभएको छ। चुनावका दिनसम्म संस्थापन पक्षका केही प्रमुख हस्ती उहाँको समर्थनमा आउने आशा पनि उत्तिकै छ।
भीमवहादुर तामाङ नेपाली कांग्रेसको 'आइकोन' हो। सरल, निर्मल र स्वच्छ छवि उहाँको परिचय हो। डाँडाकाँडा, पाखापखेरा, खोँचसमतल, मधेसतराई, चुरेभावर, सहरगाउँ, सबैतिरका गरिब र निमुखा कांग्रेसले चिनेका, जानेका र रुचाएका नेता भीमबहादुर तामाङ सहरी बौद्धिकताबाट पनि टाढा हुनुहुन्न। कांग्रेसका विवेकशील कार्यकर्ताले पार्टीको लोकतान्त्रिक समाजवादी आदर्शलाई पुनर्स्थापित गर्ने र पार्टीलाई नयाँ जीवन दिने चाहना राखेका छन् भने भीमबहादुर तामाङको विकल्प कोही हुन सक्तैन। उहाँको सभापतित्वमा मात्रै कांग्रेसमा सामूहिक विचार र सामूहिक नेतृत्व फस्टाउनेछ।
नेताहरूले व्यक्तिगत आकांक्षा पूर्तिका साधन बनाएकाले राजनीतिक दलहरू यतिखेर पतनको बाटोमा दौड लगाइरहेका छन्। पुरानो नेतृत्वको नपुंसकता साबित भइसकेको छ। नेतृत्वमा आमूल परिवर्तन नआएसम्म कांग्रेसको मात्र होइन, कुनै पनि पार्टीको साख जोगिन सत्तै्कन। कांग्रेसका विवेकशील मतदाताले यो गहन यथार्थ पक्कै बुझेका छन्। कसलाई चुन्ने हो? निर्णय उनीहरूले नै लिने हो।