आशा र आशंकाको दोसाँध
३१ भदौ २०६७
•
१३ मिनेट पाठ
आशा र आशंकाको दोसाँध
नेपाली कांग्रेसको बाह्रौं महाधिवेशनले सभापतिमा कसलाई चयन गर्छ भन्ने चासो स्वाभाविक हो। विश्वेश्वरप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई, र गिरिजाप्रसाद कोइरालाजस्ता सन् पचासको दशकका नेताबाट पोषित र विकसित देशको एकमात्र प्रजातान्त्रिक दलको नेतृत्व पहिलो पटक सन् साठीको दशकपछि प्रजातान्त्रिक संघर्षका विभिन्न चरण पार गर्दै हुर्केबढेका र सन् नब्बेको दशकपछि सत्ता राजनीतिको स्वादमा रमाउँदै आएका नेताको हातमा जाँदैछ।
माओवादी सशस्त्र हिंसा समापनपछि शान्ति प्रक्रिया संक्रमणकालीन अवस्थामै रहेका बेला कांग्रेस नेतृत्वको पुस्तान्तरण प्रक्रियाले महाधिवेशनलाई रोचक बनाएको छ। निर्दलीय व्यवस्था अन्त्यपछि अहिलेसम्म गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाको नाममा छायाँ युद्ध लड्दै आएका दोस्रो पुस्ताका नेताहरू प्रत्यक्ष र पारस्परिक प्रतिद्वन्द्वितामा उत्रिएका छन्।
सभापतिमा जोसुकैले विजय हासिल गरे पनि राजनीतिक यथास्थितिमा त्यसले खासै प्रभाव पार्ने लक्षण देखिएका छैनन्। कांग्रेस हाँक्ने चरम उत्साह बोकेर मैदानमा उत्रिएका उम्मेदवारहरूले अहिलेसम्म चलिआएको पारम्परिक नीतिका विकल्पमा नयाँ नीति र कार्यसूची प्रस्ताव गर्न सकेका छैनन्। तेस्रो धारका रूपमा चर्चित भीमबहादुर तामाङले प्रस्ताव गरेका सुधार र निर्माणका कार्यसूची मूलतः कांग्रेसका आन्तरिक समस्या सम्बोधन गर्ने उपायका रूपमा आएका छन्। सभापतिको दौडमा रहेका तीनै नेताले खुला बजारको आर्थिक प्रणाली यथावत स्वीकार गरेका छन्। देशमा प्रारम्भ शान्ति प्रक्रिया, नया" संविधान, साम्यवादी प्रतिपक्षीसँगको प्रतिस्पर्धा र अन्तर्राष्ट्रिय सम्बन्धमा सवै उम्मेदवारको मौनता हेर्दा महाधिवेशनपछि पनि कांग्रेसमा खासै नीतिगत परिवर्तन नहुने स्पष्ट छ।




अहिलेका नेताले कांग्रेस संगठनलाई संस्थागत स्वरूप दिनेमा विशेष जोड दिँदै आए पनि संस्थागत शब्दको प्रयोग कुन अर्थमा भएको हो, स्पष्ट छैन। केन्द्रीय कार्यालयका लागि आधुनिक फर्निचरसहितको सुविधासम्पन्न भवन र दैनिक प्रशासन सञ्चालन गर्न सचिवालय व्यवस्थालाई नै संस्थागत भनिएको हो भने त्यो पूरा भइसकेको छ। संस्थागत शब्दले पार्टीभित्र विचार परिमार्जन र परिवर्तित परिस्थितिअनुसार नया" रणनीति निर्माण पनि समेट्न खोजेको हो भने यो मामिलामा कांग्रेस अरु पार्टीभन्दा निकै कमजोर देखिएको छ।

सशस्त्र संघर्षको बाटो त्यागेर माओवादी राजनीतिक मूलधारमा नआउँदासम्म कांग्रेसको भूमिका खुम्चिएको थिएन। पहिलो राष्ट्रिय जनआन्दोलनपछि बनेको प्रजातान्त्रिक संविधानको आलोचनात्मक समर्थन गर्दै संसदीय मूलधारमा आएर सुधि्रएको नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले सुरुका दुईतीन वर्ष टुँडिखेलको रेलिङ भाँच्ने र टेलिफोनको क्याबिनेट भत्काउने काम गरे पनि त्यसपछि कांग्रेसका लागि इमान्दार प्रतिपक्षको भूमिका निर्वाह गर्‍यो। पहिले कांगे्रस सभापति गिरिजाप्रसाद कोइराला र त्यसपछि कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले एमालेबाट मनोमानी समर्थन प्राप्त गरे। ज्ञानेन्द्र शाह राजगद्दीमा बसेपछि पनि एमालेले आफ्नो भूमिका कायमै राख्यो। दोस्रो जनआन्दोलन र त्यसपछि पनि एकदुई अपवाद छाडेर एमाले कांग्रेसको प्रभावक्षेत्रबाट बाहिर छैन।

माओवादी देशको राजनीतिक मूलधारमा प्रवेश गरेपछि कांग्रेसको राजनीतिक क्षमता सीमित हुन थालेको छ। कांग्रेसका नेता माओवादी शान्ति प्रक्रियामा आएकाले स्वतः संसदीय राजनीतिको मूलधारमा आएको भ्रममा बा"चेका छन्। तर, माओवादी राजनीतिको मूलधारमा आए पनि संसदीय राजनीतिको मूलधारमा आएको छैन। देश गणतन्त्रमा प्रवेश गरिसकेपछि माओवादीले स्पष्ट रूपमा संसदीय पद्धतिप्रति अरुचि र अनास्था प्रकट गरिसकेको छ। यसले गर्दा पहिलो पटक कांग्रेसले संसदीय प्रजातन्त्रप्रति मैत्रीभाव नराख्ने एउटा ठूलो राजनीतिक समूहसँग प्रतिस्पर्धामा जुट्नुपरेको छ। शान्ति प्रक्रिया प्रारम्भ गर्ने कांग्रेस स्वयम् नै अहिलेको अन्योलबाट बिच्कनुपर्ने अवस्थामा छ। उसको संसदीय सहयोगीका रूपमा रहेको एमाले झन् अप्ठेरोमा छ। माओवादी वामपन्थी पार्टी भएकाले ऊसँग भाइचाराको सम्बन्ध राख्नुपर्ने आवाज एमालेभित्र चर्को रूपमा उठ्दै छ। केही ठूला नेता कांग्रेससँगै समीकरणका पक्षमा देखिए पनि उनीहरूको प्रभाव न्यून देखिएको छ। कांग्रेस नेतृत्वको सरकार गठनका लागि हाल भएको निर्वाचनमा सातौं पटकसम्म एमालेको तटस्थता नटुटेबाटै कांग्रेस-एमाले सम्बन्धमा धा"जा फाट्न थालेको स्पष्ट देखिइसकेको छ। यसलाई नेपाली राजनीतिमा कांग्रेसको खुम्चिन थालेको प्रभाव वा माओवादी पार्टीले सुरु गरेको राजनीतिक ध्रुवीकरणको चमत्कार जे नाम दिए पनि हुन्छ।

दोस्रो जनआन्दोलन निर्माणका लागि माओवादीसँग सहमति र सहकार्यको सम्झौता गर्दा कांग्रेसले राज्य पुनर्संरचनाको कार्यसूची यथावत स्वीकार गरेको थियो। त्यतिबेला सम्भवतः कांग्रेस माओवादीलाई पनि एमालेकै बाटोमा हिँडाउन सक्ने विश्वासमा थियो। जनआन्दोलनको सफलतापछि कांग्रेसले राज्य संरचनाको कार्यसूचीमाथि खासै ध्यान दिएन। राजाको झन्डै निरंकुश शासनबाट आत्तिएको कांग्रेस आफ्नो हातबाट सत्ताको बागडोर उम्कन नदिने खेलमा लाग्यो। प्रजातन्त्रप्रति कहिल्यै इमान्दार नरहेका व्यक्ति र संस्थाप्रति कांग्रेस नेतामा अन्तरंग भाव तरंगित हुन थाल्यो। राज्यको वैधानिक उत्तराधिकार स्थापित गर्ने धूनमा कांग्रेसले यथास्थितिलाई अंकमाल गर्‍यो। एकातिर संघीय लोकतान्त्रिक गणतन्त्रप्रतिको समर्थन र अर्कोतिर यथास्थितिवादको प्रवर्द्धन- कांग्रेसले हा"सको चाल पनि पछ्याउन सकेन। कुखुराको चालमा पनि चल्न सकेन। अन्ततः परिवर्तनको सम्पूर्ण कार्यसूची माओवादीले एकलौटी बनायो। कांग्रेसका लागि परिवर्तनका कुरा गर्ने जति जम्मै माओवादी समर्थक ठहरिए। माओवादीले कांग्रेसको स्वभाव, आचरण र इतिहासविपरीत चेप्दै र घचेट्दै अनुदारवादी पक्षको प्रवक्ताको स्थितिमा पुर्‍याइदियो।

जनतासँग वाचा गरेको परिवर्तनका कार्यसूचीमा टिक्न नसकेकैले संविधानसभा निर्वाचनमा कांग्रेसले गौरवपूर्ण इतिहासमै पहिलोपल्ट अपमानजनक पराजय बेहोर्नुपर्‍यो। चुनावमा माओवादी प्रतिरोध गर्ने वा उनीहरूको एकाधिकारवादी प्रवृत्तिको विरोध गर्ने नैतिक साहस पनि उसमा रहेन। दशक लामो सशस्त्र संघर्षका अवधिमा जनतासँग टाढिएका कारण पनि कांग्रेसले आफ्ना मजबुत आधार क्षेत्रमा समेत आफ्नो पकड राख्न सकेन। संविधानसभाको चुनावपछि पनि कांग्रेसको भूमिका प्रजातान्त्रिक मर्यादा सुहाउ"दो रहन सकेन।

अहिले कांग्रेसको महाधिवेशनमा जुटेका प्रायः सबै नेता देशमा सुरु भएको शान्ति प्रक्रियासँग वाक्क भएका छन्। उनीहरूमध्ये धेरैले सभापति गिरिजाप्रसाद कोइरालाका कारण आफूहरू र कांग्रेस संगठन अप्ठेरोमा परेको सार्वजनिक अभिव्यक्ति दिँदै आएका छन्। उनीहरूले दश वर्ष लामो सशस्त्र द्वन्द्वका बेला आफू जनताप्रतिको जिम्मेवारीबाट बेपरवाह रहेको र आफ्नै ज्यान बचाउन ज्यान फालेर लागेको बिर्सिएका छन्। नेताहरूले पार्टी संगठन र राजनीतिक सिद्धान्तलाई आफू सत्तामा रहने हतियारका रूपमा प्रयोग गर्न छाडेका छैनन्।

कांग्रेस महाधिवेशनमा सहभागी हुन आएका कांग्रेसी अहिलेको राजनीतिको अन्तर्ध्वंसी चरित्रसँग अपरिचित छैनन्। देशमा अग्रगामी प्रजातान्त्रिक परिवर्तन इतिहासले नै कांग्रेसलाई सुम्पिएको दायित्व हो। कांग्रेसको जन्म नै प्रजातान्त्रिक परिवर्तनका लागि भएको हो। तर, कांग्रेसले परिवर्तनको यो गहन दायित्व पूरा गर्न सकेको छैन। यतिबेला कांग्रेसले वामपन्थी परिवर्तनविरुध्द प्रजातान्त्रिक परिवर्तनका लागि संघर्ष गर्नुपर्थ्यो। नेताहरू त्यस्तो जोसमा देखिँदैनन्। उनीहरू कांग्रेसलाई अनुदारवादी खेमामा थन्क्याएर जति लाभ प्राप्त हुने हो, त्यसैमा रमाउन खोज्दैछन्। कांग्रेसका तरुणले यो विवेकहीन अवस्था केलाएर महाधिवेशनमार्फत प्रजातान्त्रिक परिवर्तनको बाटो पहिल्याउन सकेनन् भने इतिहासमा टेक्ने र भविष्यमा समाउने ठाउ" रहने छैन। परिवर्तनको कार्यसूचीमा माओवादीको एकाधिकार स्थापित हुनु कांग्रेसको बेइज्जती हो। त्यसैले पनि, कांग्रेसजनले चुनावलाई मात्रै महाधिवेशनको कार्यसूची बन्न नदिएर सैद्धान्तिक, वैचारिक र भावनात्मक एकतामा जोड दिनु आवश्यक छ। कांग्रेस आन्दोलनको चुरोलाई व्यापकता दिएर समतामूलक समाजका लागि अघि नबढेसम्म प्रजातान्त्रिक राजनीतिले गति पाउने छैन।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस