केरुङ–काठमाडौं रेलमार्ग ‘गेमचेन्जर’
२६ वैशाख २०७६
•
१५ मिनेट पाठ
केरुङ–काठमाडौं रेलमार्ग ‘गेमचेन्जर’
चीनले आयोजना गरेको दोस्रो बिआरआई अन्तर्राष्ट्रिय सहकार्य शिखर मञ्चको ३८ बुँदे संयुक्त घोषणापत्र अनुसूची १ मा ‘सम्पर्क सञ्जालद्वारा उत्प्रेरणा र सहयोग गर्ने आर्थिक कोरिडर र अन्य परियोजना’ अन्तर्गत २३ नम्बरमा ‘नेपाल–चीन सीमापार रेलमार्गसहित नेपाल–चीन हिमालयपार बहुआयामिक सम्पर्क सञ्जाल’ उल्लेख गरिएको छ। १ सय ५० मुलुकआबद्ध बिआरआईको उक्त महत्वपूर्ण दस्तावेजमा नेपालीको सपना बोकेको परियोजना समावेश गर्नु उल्लेखनीय र महŒवपूर्ण हो। यस विषयले नेपालमा फेरि चिनियाँ रेलको बहस उजागर गरेको छ।




चार वर्षपहिले प्रधानमन्त्रीका रूपमा केपी शर्मा ओलीले पहिलोपटक चीन भ्रमण गर्दा चिनियाँ रेल नेपालसम्म लाने कुरा थालनी भएको हो। गत वर्ष प्रधानमन्त्री ओलीले दोस्रोपटक गरेको चीन भ्रमणका क्रममा हिमालयपार बहुआयामिक सम्पर्क सञ्जाल (ट्रान्स हिमालय मल्टी डाइमेन्सनल कनेक्टिभिटी नेटवर्क) का नाममा नेपाल र चीनबीच सहयोग र सहकार्य अझ घनीभूत बनाउने काम भयो। फलस्वरूप बिआरआईको दोस्रो अन्तर्राष्ट्रिय शिखर मञ्चको घोषणापत्रमा पनि यही विषय उल्लेख गर्दै चिनियाँ रेल नेपालसम्म लाने कुरा लिपिबद्ध गरियो।

सन् २००६ मा ल्हासा पुगेको रेल चीनले सन् २०१४ मै २ सय ४३ किलोमिटर पश्चिम तिब्बतको दोस्रो ठूलो सहर सिगात्से पु¥याएको छ। सिगात्सेदेखि केरुङसम्म ५ सय २८ किलोमिटर पर्छ। केरुङदेखि काठमाडौँसम्म रेलमार्ग दूरी करिब ७२ किलोमिटर मात्र हुनेछ। केरुङदेखि काठमाडौँसम्म रेलमार्ग निर्माणको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाउन साढे २ अर्ब रुपैयाँभन्दा केही बढी लाग्ने बताइएको छ। अब चाँडै काम थालनी भए डिपिआर तयार गर्न करिब एक वर्ष र पूरै रेलमार्ग निर्माणका लागि थप ७ वर्ष लाग्ने र यसका लागि २ अर्ब ५७ करोड अमेरिकी डलर आवश्यक पर्ने अनुमान गरिएको छ।

केरुङ–काठमाडौँ रेल चल्न थालेपछि चीनले नेपाललाई प्रयोग गर्न दिएका बन्दरगाहहरूबाट सामान एक सातामै काठमाडौँ पुग्छन्।

चीनले छिमेकी मुलुकहरूलाई रेलमार्ग सञ्जालमा जोड्दै आएको छ। अब केही वर्षमै दक्षिणपूर्वी एसियाली मुलुकहरू थाइल्यान्ड, कम्बोडिया, लाबोस, भियतनाम, म्यान्मारलगायतका देशसम्म चिनियाँ रेलमार्ग जोडिँदैछ। चीन–पाकिस्तान आर्थिक कोरिडरले पाकिस्तान हुँदै इरानसम्म चिनियाँ रेलसञ्जाल जोडिनेछ। उत्तरमा मंगोलिया र रुसमा लामो समयदेखि चिनियाँ रेल सञ्चालन भइरहेका छन्। युरोपका विभिन्न मुलुकमा चिनियाँ रेल पुगिसेकेका छन्। केरुङ हुँदै काठमाडौँ पुग्ने रेलमार्गले चीनलाई दक्षिण एसियासँग जोड्नेछ। काठमाडौँ पुग्ने चिनियाँ रेल पोखरा र लुम्बिनीसम्म लाने कुरा चीनले पहिल्यै व्यक्त गरिसकेको छ र यी क्षेत्रमा सम्भावना अध्ययन पनि भइसकेको छ।     चीनमा ३५ करोड मानिस बौद्धधर्मावलम्बी छन्। बौद्धमार्गी चिनियाँहरूका लागि भगवान् बुद्धको जन्मस्थल लुम्बिनी भ्रमण जिन्दगीको ठूलो लक्ष्य हो। आफ्ना जनताको आत्मसन्तुष्टि र आत्मशान्तिका लागि पनि चीनले यो रेलमार्ग निर्माणमा चासो राखेको चिनियाँ विज्ञहरू बताउँछन्।     काठमाडौँबाट पोखरा र लुम्बिनी पुग्ने चिनियाँ रेल अन्ततः भारतीय रेलमार्ग सञ्जालसँग जोडिनेछ। भारतका अत्यधिक जनसंख्या भएका उत्तर प्रदेश र बिहारसँग चीनले छोटो स्थलमार्गबाट व्यापार गर्ने मौका पाउँछ। तसर्थ यो रेलमार्गले तिब्बत स्वायत्त प्रदेशको वैदेशिक व्यापार बढाउँदै पर्यटन विकासमा महत्वपूर्ण टेवा पु-याउँछ।

अहिले नेपालमा निकै तातो बहस, केरुङ–काठमाडौँ रेलमार्ग निर्माण लागतबारे भइरहेको छ। यति ठूलो लगानी गरेर बनाइने रेलमार्गको उपयोगिता र फाइदा कस्तो हुने भन्ने विषयलाई श्रीलंकाको हबन्टोटा बन्दरगाहसँग तुलना गर्न थालिएको छ। पूर्वाधार निर्माण तथा विकासका सन्दर्भमा नेपालले प्राथमिकता दिनुपर्ने विषय अन्य थुप्रै रहेको र यो सेतो हात्ती हुने भन्दै केही कथित विद्वान्का लेख पनि प्रकाशन भएका छन्। केरुङबाट काठमाडौँ जोडिने रेलमार्गका अधिक भागमा सुरुङ र पुल निर्माण गर्नुपर्ने हुन्छ। केरुङ नाका समुद्र सतहबाट २ हजार ७ सय मिटर तथा रसुवाको स्याफ्रुबेँसी १ हजार ५ सय मिटर उचाइमा छन्। काठमाडौँ १ हजार ३ सय मिटर उचाइमा छ। चिनियाँ रेल केरुङबाट स्याफ्रुबेँसी झर्दा छोटो दूरीमै हजार मिटरभन्दा बढी तल ओर्लनुपर्छ, यही विषयलाई हाउगुजी बनाउनु कुनै अर्थ छैन। यस्तै अप्ठ्याराहरूमै नयाँ आविष्कार हुने गर्छन्। विज्ञान र प्रविधिले विभिन्न विकल्प दिएका छन्। रेलमार्गका उकालो र ओरालोको तर्क गर्नु केबुलकार ओरालो त तारमा खुरुरु झर्छ तर उकालो चढ्न सक्दैन भन्नुजस्तै हो। केरुङ–काठमाडौँ कठिन भूमि भएकाले सम्म मैदानमा भन्दा उक्त स्थानमा रेलमार्ग निर्माण गर्न पुँजी, प्रविधि, समय र जनशक्ति बढी नै लाग्छ। चिनियाँ रेलका विपक्षमा रहेका विज्ञहरूले सामान, ट्रक तथा मान्छे ओसारपसार गर्न सडक र हवाई सुविधा हुँदाहुँदै किन रेलमार्ग चाहियो भनेर तर्क गरेका छन्। यस्ता सतही तर्क मान्ने हो भने साइकल हुँदाहुँदै मोटरसाइकल आविष्कार नै हुने थिएन। अहिले विश्वव्यापी रूपमै, सामान ओसारपसारका लागि पानीजहाजभन्दा रेलसेवा छिटो, सस्तो र भरपर्दो भएको छ। चीनका मुख्य बन्दरगाहदेखि युरोपका विभिन्न सहरमा कार्गो रेल चल्न थालेका छन्। पानीजहाज नै ठीक भएको भए ती ठाउँमा सयौँ वर्षपछि रेल चल्नुपर्ने दर्कार थिएन। यात्राका लागि त अन्य सवारीसाधनसँग रेलको तुलनै हुँदैन।

केरुङ–काठमाडौँ रेलसेवा सञ्चालन भएपछि चीनले नेपाललाई प्रयोग गर्न दिएका बन्दरगाहहरूबाट सामान एक सातामै काठमाडौँ पुग्छन्। तीन वर्ष अगाडिदेखि क्वाङचौबाट नेपाललक्षित मालवाहक रेल सिगात्से गुडिरहेका छन्। ती रेलमार्फत नेपाली व्यवसायीका सामान १० दिनमै काठमाडौँ पुगेका छन्। समुद्री बाटोबाट कलकत्ता बन्दरगाह हुँदै काठमाडौँ पुग्न कम्तीमा ३५ दिन लाग्छ। केरुङ–काठमाडौँको साँघुरो बाटो हुँदा त कम्तीमा २५ दिन चाँडो सामान काठमाडौँ पुग्छ भने काठमाडौँसम्मै रेलमार्ग बनेपछि क्वाङचौबाट काठमाडौँ पुग्न बढीमा ४ दिन लाग्ला। अहिले सिचुवानबाट सीधै ल्हासा जोड्ने रेलमार्ग निर्माण भइहरेको छ। यो बाटो खुलेपछि १ हजार ५ सय किलोमिटर छोटिन्छ।

चिनियाँ रेलले चिनियाँ पर्यटक मात्र ओसार्दैन, नेपाली उत्पादन पनि चिनियाँ बजारमा ल्याउँछ। फलस्वरूप नेपालको व्यापार घाटा पनि कम हुनेछ। त्यसैले केरुङ–काठमाडौँ रेलमार्गलाई ‘गेमचेन्जर’ भनिएको हो।

तिब्बत पुगेका ३ करोड पर्यटकमध्ये ५ प्रतिशतमात्र रेलले नेपाल पु¥याउने हो भने पनि वार्षिक १५ लाख चिनियाँले नेपाल भ्रमण गर्नेछन्। चिनियाँ रेलले चिनियाँ पर्यटक मात्र ओसार्दैन, नेपाली उत्पादन पनि चिनियाँ बजार ल्याउँछ। फलस्वरूप नेपालको व्यापारघाटा पनि कम हुनेछ। त्यसैले केरुङ–काठमाडौँ रेलमार्गलाई ‘गेमचेन्जर’ भनिएको हो।

चिनियाँ समसामयिक अन्तर्राष्ट्रिय सम्बन्ध अध्ययन संस्था ‘सिआइसीआइआर’का एसिया तथा ओसियानिक विभागका निर्देशक प्राध्यापक हु सिसेङका अनुसार चीन र नेपालको साझेदारीमा ट्रान्स हिमालय मल्टी डाइमेन्सनल कनेक्टिभिटी नेटवर्कमार्फत चीनबाट रेल नेपाल पु¥याउन चीनले नेपाललाई सघाउनेछ। छिङहाई–तिब्बत  र उच्च गतिको रेलमार्ग बनाउने निर्णय गर्दा चीनमा पनि व्यापक विरोध भएको प्राध्यापक हु सुनाउँछन्। छिङहाई–तिब्बत रेलमार्ग निर्माण सन् २००१ मा सुरु भएको थियो। त्यतिबेला यस परियोजनामा ४ अर्ब अमेरिकी डलर लगानी भएको थियो। तीस लाख हाराहारी जनसंख्या भएको तिब्बतमा यति महँगो रेलमार्ग प्रयोग हुनै सक्दैन भनेर व्यापक विरोध भएको थियो। विश्वका अर्थशास्त्री, भूगर्भशास्त्री, भूगोलविद्लगायतका वैज्ञानिकले तिब्बतमा रेल गुड्नै नसक्ने ठोकुवा गरेका थिए। २००६ जुलाई १ देखि छिङहाई–तिब्बत रेलमार्ग खुल्यो। यसअघि वार्षिक १५ लाख १० हजार पर्यटकले तिब्बत भ्रमण गर्थे भने रेलसेवा सुरु भएको एकै वर्षमा पर्यटक संख्या ४० लाखभन्दा बढी पुगेको थियो भने ४ अर्ब ८० करोड चिनियाँ युआन आम्दानी गर्न स्वायत्त प्रदेश तिब्बत सफल भएको थियो।

जुन आम्दानी रेल सञ्चालन हुनुअघिको तुलनामा ७३ प्रतिशतभन्दा बढी तथा तिब्बतको कूल गार्हस्थ्य उत्पादनको १४ प्रतिशत थियो। अहिले तिब्बतमा वार्षिक ३ करोड पर्यटक पुग्ने गर्छन्। सन् २००६ मा तिब्बत स्वायत्त प्रदेशको कूल गार्हस्थ्य उत्पादन २५ अर्ब चिनियाँ युआन थियो भने सन् २०१८ मा १ खर्ब ४७ अर्ब ७६ करोड चिनियाँ युआन पुगेको छ। सन् २००८ मा चीनले ३ खर्ब अमेरिकी डलर लगानी गरी १० वर्षभित्र २५ हजार किलोमिटर उच्चगतिको रेलमार्ग बनाउने घोषणा गरेको थियो। रेलमार्ग हुँदाहुँदै यति ठूलो लगानीमा उच्चगतिको रेलमार्गको सट्टा अन्य क्षेत्रमा लगानी गर्नुपर्ने आवाज चीनमा व्यापक उठेको थियो। सन् २०१८ को अन्त्यसम्ममा चीन लक्ष्यभन्दा ४ हजार किलोमिटर बढी २९ हजार किलोमिटर उच्चगतिको रेलमार्ग बनाउन सफल भयो। विश्वमा भएका उच्च गतिको रेलमार्गको दुईतिहाइ भाग चीनमा छ। गत मार्चमा चिनियाँ प्रधानमन्त्री ली खछ्याङले राष्ट्रिय जनकंग्रेसमा पेस गरेका कार्ययोजनामा चालु वर्ष सन् २०१९ मा मात्र चीनले ८ खर्ब चिनियाँ युआन रेलमार्ग निर्माणमा खर्च गर्दै छ।

प्राध्यापक हुका अनुसार चीन सरकार आलोचना सुनेर डराएको भए अहिले तिब्बतमा रेल गुड्ने थिएन र हाइस्पिडको रेल पनि हुने थिएन। विकास निर्माणमा हुने लगानीलाई ठूलो बोझका रूपमा लिनु नहुने उनी बताउँछन्। प्रत्यक्ष रूपमा आउने नाफा मात्र प्रतिफल नभएर राष्ट्रको समृद्धि र जनताको अनुहारमा आउने खुसी तथा उज्ज्वल भविष्यलाई ध्यान दिनुपर्ने उनको सुझाव छ।  (लेखक, चिनिया“ अन्तर्राष्ट्रिय रेडियो (सिआरआई) नेपाली सेवा, बेइजिङमा विदेशी विशेषज्ञका रूपमा कार्यरत छन्।)
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस