नेपाली काँग्रसको वार्हौं महाधिवेशनलाई सम्वोधन गर्दै नेपाल कम्युनिष्ट पाटी माओवादीका अध्यक्ष प्रचण्डले नेपाली काँग्रेसका नेताहरुलाई प्रजातान्त्रिक पद्धतिका वारेमा चुनौतिकै भाषामा सुनाउनु भएका कुराले अहिलेको राजनीतिक अन्यौल समाप्तगर्न मद्धत पुर्याउला या नपुर्याउला यो अहिलेनै भन्न सकिदैन। प्रचण्डले नेपाली काँग्रेसको मञ्चवाट आफ्नो पार्टी आत्म-समर्पणको शैलिमा शान्ति प्रकृयामा आएको होइन भन्दै आफूले संसदीय पद्धति भन्दा फरक वाटो हिंड्न खोजेको कुरा स्पष्ट गर्नु भएको छ।
निश्चय पनि, प्रचण्डको यो भनाईले आगामी दिनमा देशको राजनीति अझ जटिल हुन सक्छ भन्ने संकेत गरेको छ भने दलहरुको वीचमा राजनैतिक पद्धतिका वारे वैचारिक स्पष्टताका आधारमा सहमति नभएसम्म संविधान निर्माण सम्भव छैन।
संविधानका केही आधारभूत कुराहरुमा दलहरुवीच मेल-मिलाप र सहमति भएपनि राजनीतिक पद्धतिको मुख्य कार्यसूचिमा मेल-मिलाप नभएसम्म देशले स्पष्ट वाटो पाउने छैन। यो विषयमा सवै दलका नेताहरुको ध्यान पुग्न सक्यो भनेमात्र अहिलेको अन्यौल चिर्नका लागि उनीहरु समर्थ हुनेछन्।
नेपाली काँग्रसले शान्ति प्रकृयामा दिएको योगदानलाई माओवादी वा अरु कसैले पनि कम आँक्न मिल्दैन। यस्को अर्थ कांग्रेसले शान्ति प्रकृयाको मर्म अनुरुप देशको राजनीतिलाई गतिदिन अग्रसरता देखाएको भन्न पनि मिल्दैन। संविधान सभामा सबै भन्दा ठूलो पार्टीका रुपमा नेपाल कम्युनिष्ट पार्टि माओवादीको उपस्थिति सबै पाटिका लागि खड्किए पनि यसलाई वदल्न सकिदैन। माओवादी पाटिले सबै भन्दा ठूलो पाटिका रुपमा सरकारको नेतृत्व गरिसकेपछि पनि उसमाथि संसदीय मान्यता अनुरुप नसुधि्रएको र अन्य दलहरुको माग अनुसार पुरानो वाटोमा हिंड्न नखोजेको आरोप लगाउनुको पनि कुनै अर्थ छैन। माओवादीले नेपालमा खुला राजनीतिक पद्धतिमा आफुलाई समाहित गरेपनि संसदिय पद्धति प्रतिको आफ्नो विमति स्पष्ट ढंगले राख्दै आएको छ। संसदीय फाँटका अन्य दलहरुले जति सुकै आग्रह गरेपनि यो कुरामा माओवादीले संझौतागर्न चाहेको देखिएको छैन। यसैकारण प्रचण्डले नेपाली काँग्रैसको महाधिवेशनलाई सम्वोधनगर्दा दलका नेताहरुलाई संकेतगर्दै जनताले सवैभन्दा ठूलो राजनीतिक पार्टीको रुपमा मान्यता दिएको कुराको अनुमोदन खोज्नु भयो। उहाँले २०३६ सालमा विपि कोइरालाले निर्दलिय व्यवस्था विरुद्धको जनमतमा वहुदल पक्षको पराजयपछि चुनाव परिणामलाई स्विकार्नु भएको वताउंदै वीपीको त्यही स्पीरीटमा नेताहरुलाई ठूलो पार्टीको प्रजातान्त्रिक मान्यता स्थापित गर्न आग्रह पनि गर्नु भयो।
प्रचण्डको यो आग्रहलाई नेताहरुले मान्यता देलान् नदेलान् यो उनिहरुको कुरा हो। तर अहिलेको वास्तविकता यतिमात्र हो कि शासन र शान्ति प्रकृयामा माओवादीको सक्रिय सहभागिता विना न त संविधान वन्न सक्छ, न त मुलुकले स्थायी शान्तिको चाहानालाई संस्थागत नै गर्नसक्छ। राजनीतिमा खेलका नियमहरु मान्नै पर्ने मान्यता सवैतिर स्थापित भएको छ। त्यो मान्यताका विपरित कुनै पनि पार्टिले आफुलाई जतिसुकै प्रजातान्त्रिक भने पनि त्यो आचरण आफैमा प्रजातान्त्रिक हुन सक्दैन। अहिले माओवादीसँग असहमत दलका नेताहरुले केही यस्ता मागहरु राखेका छन् जसको महत्व देशको राजनीतिको वृहत आयामभित्र स्थापित हुन सक्दैन।
वाईसियलको अर्ध सैनिक संरचनाभंग गर्ने र द्वन्दकालमा कव्जा गरि्एका सम्पति फिर्तागर्ने जस्ता प्राविधिक मागलाई राजनीतिक भन्न मिल्दैन। कुनै पनि राजनीतिक दलको भातृ संगठनको संरचनालाई सम्पूर्ण त भंङ्गगर्ने माग गर्नु पनि आफैमा प्रजातान्त्रिक कुरा होइन। वाइसिएलले साँच्चै हतियारको राजनीति गरिरहेको छ भने देशको कानुन अनुसार उनिहरुमाथि कार्वाही गर्न सक्ने साहस सरकारले देखाउनु पर्दछ। जहाँसम्म कव्जा भएको सम्पतिलाई राजनीतिक माग वनाएर समस्याको टुंगो लाग्दैन। तल्लो तहदेखि सम्वादको तहमा माओवादी पार्टी र सवै दलका नेताहरुको वार्तावाट मात्र यो समस्या टुङ्ग्याउन सकिन्छ।
अहिलेको अवस्थामा यस्ता सानातिना कुराहरुमा राजनीतिक दलका नेताहरु अल्भि्कनु भन्दा समझदारी वनाएर संविधान निर्माणको वाटोमा अघि वढ्नु देश र जनताको पक्षमा सहि कदम हुनेछ। शान्ति प्रकृयाका जटिल विषयहरुमा काँग्रेसले माओवादीसंग गम्भिर वार्ता नगरेसम्म आउने दशौं वर्षसम्म संविधान नवन्ने स्पष्ट नै छ। संविधान निर्माणका लागि जनताले सवै दलको सहमति खोजिरहेका वेला संविधान निर्माणकै प्रयोजन पुरा गर्न गठन भएको सरकारले त्यस्तो दायित्व पुरा गर्न नसक्नु आफैमा उदेक लाग्दो कुरा हो। सरकारको निर्माण वहुमतका आधारमा गर्ने र संविधान सहमतिमा वनाउने जुन आग्रह र सोचाइ कांग्रेसका नेताहरुले वनाएका छन् त्यस्ले देशको समस्यालाई थप जटिल वनाउने छ। अहिलेनै राजनीतिक दलहरुको व्यवहार देखेर जनता आजित भैसकेको छ। देश भित्र सक्रिय रहेको अतिवादी र प्रजातन्त्र विरोधि शक्तिले नेताहरुको असक्षमताको फाइदा उठाउदै देशको भयावह तस्विर प्रस्तुत गर्न थालि सकेका छन्। समयमै संविधान निर्माण हुन सकेन भने देश अराजकताको दलदलमा जाकिने कुरामा कसैले पनि शंङका गर्नु पर्ने अवस्था अव रहेन। जनताको मनमा निरासाको आगो दन्किएर वलेको वेला संघिय लोकतान्त्रिक गणतन्त्रका विरोधीहरुले त्यसमा थप्ने उर्जाले यो आगोको रापलाई अझै वढाउने छ।
काँग्रस महाधिवेशनमा प्रचण्डले उठाउनु भएका प्रश्नहरुको स्पष्ट जवाफ कार्यकारी सभापति सुशिल कोइराला र वरिष्ठ नेता शेर बहादुर देउवा दुवैले दिनु भएन। सम्भवतः अधिवेशनको कार्यक्रम लम्विएर साँझ परेकोले पनि उहाँहरुले प्रचण्डसँग शास्त्रार्थ गर्न नचाहनु भएको हुनसक्दछ। तर प्रचण्डले उहाँहरुलाई अधिवेशनकै आँगनमा प्रजातान्त्रिक पद्धतिको पालनाका लागि दिनुभएको चुनौतिको कुनै न कुनै अवस्थामा उहाँहरुले सामना गर्नै पर्ने छ।
देशको सवैभन्दा ठूलो प्रजातान्त्रिक पार्टीका नेताहरुले देशका जटिल समस्याहरुलाई पन्छाएर खालि सरकार निर्माणमा मात्र केन्द्रित रहनु यो सन्दर्भको सवभन्दा ठूलो दुर्भाग्य हो। कांग्रेसले सरकार वनाएर देशको अवस्थामा सुधार आउने संभावना छैन। शान्ति प्रकृया टुङ्गोमा नपुग्दै सरकार निर्माणमा सहमतिको वाटो नहिंड्ने अडान लिनु राजनीतिक हिसावले ठीक होइन। संविधान निर्माणको कार्य पुरा भैसके पछि सवै पाटिहरुले प्रतिर्स्पधाको वाटामा हिंड्नै पर्छ। तर संविधान नवन्दै प्रतिस्पर्धाको वाटो हिंड्न खोज्दा देश ठूलो दुर्घटनामा पर्ने निश्चित नै छ।
अहिले नेपाली काँग्रसका हर्ताकर्ता र यसका शक्ति केन्द्र मानिने महाधिवेशनका प्रतिनिधिहरु खाली सभापति चुन्ने कामका लागि मात्र काठमाण्डुमा भेला भएका होइनन् भने उनीहरुले आफ्ना नेताहरुसँग शान्ति प्रकृया प्रारम्भ भएदेखि अहिलेसम्मका उपलव्धि र असफलताहरुको हिसाव किताव खोजनु पर्दछ। पार्टीलार्ई जनताको पक्षमा र समतामूलक वाटोमा हिंडाउने हो भने उनिहरुले कुनै पनि नेताको मुलाहिजामा लाग्नु हुँदैन। हिजोको समयमा नेताहरुको मुलाहिजामा लागेकाले नै कार्यकर्ताहरुले संगठनभित्र आफ्नो इज्जत गुमाउनु परेको हो। यो सत्यलाई आत्मसात गरेर काँग्रेसका कार्यकर्ताहरुले आगामि दिनहरुका लागि पाटिका नीतिहरुमा स्पष्ट दिशा निर्देश गर्न सकेनन् भने कांग्रेसको योगदान खिइदै जाने छ। अहिलेसम्म भएका प्रजातान्त्रिक आन्दोलनहरुको नेतृत्व गरेको गर्वमा अव धेरै दिन टिक्न सकिंदैन। अहिलेको समय भविष्यमुखी छ। अहिलेको समयमा परिवर्तनका पक्षमा काम गर्नेले राजनीतिक आर्थिक र सामाजिक रुपरेखा पनि प्रष्ट ढंगले राख्न सक्नु पर्दछ। जनताले धेरै लामो समयसम्म राजनीतिक पाटिहरुलाई विश्वास गरिसकेको छ र अव उसले चाहे जस्तो सहमतिको राजनीतिमा दलहरु नजाने हो भने यो विश्वास आफैमा प्रतिउत्पादक हुन जाने छ।