चीनको अभियान
०२ जेष्ठ २०७६
•
१५ मिनेट पाठ
चीनको अभियान
सांस्कृतिक क्रान्तिका नाममा सम्पदा तहसनहस बनाउने चीनयतिबेला सांस्कृतिक सम्पदालाई आफ्नोे पहिचान बनाउन उद्यत छ। सन् १९६६ देखि १९७६ सम्म चीनमा सांस्कृतिक क्रान्ति चलेको थियो। पुराना ऐतिहासिक र सांस्कृतिक महत्वका सम्पदाहरूलाई खोजी खोजी ध्वस्त बनाउने अभियान चलेका बेला चीनका वर्तमान राष्ट्रपति सी चिनफिङ किशोरथिए। उनका बुबा उपप्रधानमन्त्री भए पनि जेलमा हालिएको थियो र किशोर सीलाई माध्यमिक तह अध्ययन पूरा गर्नासाथ श्रमशिवर पठाइएको थियो। चिनियाँ संस्कृति बदल्ने विध्वंसात्मक क्षणलाई किशोरावयमै देखेका तीनै सी चिनफिङ यतिबेला चीनका राष्ट्रपति छन् र उनी चिनियाँ संस्कृतिलाई विश्वव्यापी बनाउने अभियानमा लागेका छन्।

चिनियाँ संस्कृति विश्वका प्राचीन सभ्यतामध्ये एक हो। चिनियाँ सभ्यताको इतिहास ५ हजार वर्षभन्दा लामो छ। पूर्वी एसियामा चिनियाँ संस्कृति र सभ्यताले चीनबाहिर पनि विशाल प्रभाव पारेको छ। जापान, कोरिया, थाइल्यान्ड, भियतनाम, मंगोलिया, कम्बोडिया, सिंगापुर, मलेसियालगायतका पूर्वी एसियाली मुलुकले अँगालेका संस्कृति र सभ्याताको उद्गम थलो चीन हो। उल्लिखित पूर्वी एसियाका मुलुकहरूले मनाउने नयाँ वर्षपोसाक, खाना, सामाजिक चालचलनजस्ता कैयौँ कुराचिनियाँसँग हुबहु मिल्छन्। पाँचहजार वर्षको सभ्यता र संस्कृति बोकेको चीन विश्व समुदायसँग सांस्कृतिक आदानप्रदानमा उदार बनेको छ। त्यही चिनियाँ उदारताको पछिल्लो उदाहरण हो– चीनले आयोजना गरेको एसियाली सभ्यता संवाद सम्मेलन।

सन् २०१५ मा चिनियाँ राष्ट्रपति सी चिनफिङले चीनको दक्षिणी टापु हाइनानमा आयोजित पोआवो एसिया मञ्चमाएसियाली सभ्यता संवाद सम्मेलनको प्रस्ताव गरेका थिए। उनले प्रस्ताव गरेको ४ वर्षपछि सम्मेलन आयोजना गर्नचीन सफल भएको हो। सम्मेलनमा ४७वटा एसियाली मुलुक र अन्य थुप्रै गैरएसियाली मुलुक सहभागी छन्। केही मुलुकबाट त राष्ट्रप्रमुख अथवा सरकार प्रमुख पनि सहभागी भएका छन्।

एसियाली सभ्यता संवाद सम्मेलनमार्फत चीनले विश्वमा सांस्कृतिक प्रभाव विस्तार गर्ने मनसाय राखेको छ ।

बेइजिङमा चालु एसियाली सभ्यता संवाद सम्मेलनमा चीनले चलाखीपूर्वकबिआरआईका अजेन्डा घुसाएको छ। बिआरआईमा सहभागी नभएका मुलुकहरूलाई आकर्षित गर्नचीनले बिआरआई नभनिकनै त्यस्ता अजेन्डा प्रवेश गराएको हो। हुनत बिआरआईको थालनी पनि प्राचीन रेशमी मार्गको सांस्कृतिक तथा आर्थिक गतिविधिलाई पुनः सक्रिय बनाउनभएको हो।त्यसकारण यी दुवै अभियानमा केही साझा पक्ष छन्। एसियाली सभ्यतामा चीनपछि भारतको महŒव रहन्छ। बिआरआईमा छुटेको भारतलाई चीनले एसियाली सभ्यता संवाद सम्मेलनको नामबाट जुटाएको छ।

भारत र चीनजस्ता विशाल मुलुकको बीचमा नेपाल छ। यी दुई अर्थशक्ति विश्व सभ्यता र संस्कृतिमा पनि समृद्ध छन्। तसर्थयी मुलुकको बीचमा रहनु नेपालका लागि गौरव र अवसर पनि हो। दुवै मुलुकको आर्थिक वृद्धिले नेपालको अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्छन्। दुवै मुलुकको विकासका बाछिटानेपालमा पुग्छन्। अनि दुवै मुलुकका पर्यटक नेपाली अर्थतन्त्रका सबैभन्दा महŒवपूर्ण आधार हुन्। यस पृष्ठभूमिमा दुवै देश सँगै रहेको साझा मञ्चमा उभिनबाट नेपाल चुकेको छ।

चीनले आयोजना गरेको एसियाली सभ्यता संवाद सम्मेलनले सांस्कृतिक पर्यटन विषय उठाएको छ। सांस्कृतिक पर्यटन नेपाली अर्थतन्त्रको मेरुदण्ड हो। नेपालले अन्तर्राष्ट्रिय समुदायमा अहिलेसम्म सांस्कृतिक पर्यटनको सानो अंश मात्र प्रवद्र्धन गर्नसकेको छ। भारतबाट हिन्दु र चीनबाट बौद्ध समुदायलाई सांस्कृतिक कोरिडर बनाएर व्यवस्थित गर्ने हो भने नेपालसँग अथाह सम्भावना छ। काठमाडौँ उपत्यकाको सानो क्षेत्रमै सातवटा विश्व सम्पदा सूचीमा रहेका सांस्कृतिक धरोहरछन्। यस्तो संयोग विश्वमा अन्त कतै पनि छैन। भगवान् बुद्धको जन्मस्थल लुम्बिनीलाई युनेस्कोले विश्व सम्पदा सूचीमा राखे पनि भारतले बारम्बार लुम्बिनी भारतमा पर्छभन्दै भ्रम छर्ने काम गरिरहेको छ। चिनियाँ पाठ्यक्रममा पनि शाक्यमुनि बुद्धको जन्म भारतमा भएको हो भन्ने कुरा उल्लेख थियो÷छ। यस्तो अवस्थामा लुम्बिनी जान चाहने चिनियाँ र भारतीय पर्यटक वञ्चित भएका छन्। फलतः नेपाली पर्यटन व्यवसायले ठूलो क्षति बेहोर्दै आएको छ। तसर्थबेइजिङमा बुधबार सुरु एसियाली सभ्यता संवाद सम्मेलनले सांस्कृतिक पर्यटन विषय उठाएर नेपाललाई राहत दिएको छ। दुर्भाग्यवश, यो सम्मेलनमा नेपालको सरकारी स्तरबाट कुनै सहभागिता छैन।

बेइजिङमा बुधबार सुरु एसियाली सभ्यता संवाद सम्मेलनले सांस्कृतिक पर्यटन विषय उठाएर नेपाललाई राहत दिएको छ । दुर्भाग्यवश, यो सम्मेलनमा नेपालको सरकारी स्तरबाट कुनै सहभागिता छैन ।

चीनले अगाडि सारेको बिआरआईमा भारत सहभागी नभए पनि एसियाली सभ्यता संवाद सम्मेलनमा भने ऊ निकै सशक्त रूपमा उपस्थित भएको छ। यो अवसर सदुपयोग गर्दै नेपालले कैलाशबाट मुक्तिनाथहुँदै लुम्बिनी र भारतको बोधगया जोड्ने सांस्कृतिक कोरिडर प्रस्ताव गर्नसक्थ्यो। नेपालले प्रस्ताव गर्ने यो कोरिडरमा भारत पनि खुसी हुन्थ्यो किनभने कैलाश दर्शनमा जाने हिन्दु पर्यटकमा नेपालीभन्दा बढी भारतीय हुने गर्छन्। चीन र भारत दुवै मुलुकको हितमा रहेको यो सांस्कृतिक कोरिडरले सबैभन्दा बढी नेपाललाई फाइदा गर्छ। दुवैतर्फबाट पर्यटकको हब नेपाल बन्ने कुरामा दुईमत रहँदैन।

चिनियाँ संस्कृतिमा नेपालका थुप्रै पहिचानछन्। चीनका प्रायः गुम्बामा रन्जना लिपि देख्न पाइन्छ। चीनका ग्रेटवालदेखि प्रख्यात सांस्कृतिक स्थलसम्मछापिएका रन्जना लिपि नेपालबाट आएको हो भन्ने कुरा चिनियाँलाई थाहै छैन। अलिअलि संस्कृति र इतिहास जानेका चिनियाँले थाहा पाए पनि त्यो सत्यलाई स्वीकार गरेको देखिँदैन। सातौँ शताब्दीमा भृकुटीले चीनमा ल्याएकी थांकाहरू अहिले पनि तिब्बतमा सुरक्षित छन्। अरनिकोले बनाएका चैत्य र मूर्तिहरू चीनमा छँदैछन्। तर ती कुराको पछाडि नेपालको नाम जोडिएको तथ्य बेवास्ता गरिँदा नेपालको सांस्कृतिक पहिचान लुकेको छ।

प्रत्यक्ष र अप्रत्यक्ष रूपमा छिमेकी दुई विशाल मुलुकले नेपालको संस्कृति दबाउने कार्य गरिरहेका बेला एसियाली सभ्यता संवाद सम्मेलनमा नेपालले सरकारी स्तरबाट राम्रो तयारी गरेर उपस्थिति जनाउन सक्नुथ्र्याे। नेपालले आफ्ना कुरासशक्त रूपमा राख्ने र नेपालका विविध संस्कृति प्रचार गरी एसियाली मुलुकलाई आफूतिर आकर्षित गर्ने एउटा महत्वपूर्णअवसर पनि गुमाएको छ।

एसियाली सभ्यता संवाद सम्मेलनमार्फत चीनले विश्वमा सांस्कृतिक प्रभावविस्तार गर्ने मनसाय राखेको छ।व्यापारिक द्वन्द्वबाट चिनियाँ अर्थतन्त्रलाई अमेरिकाले कडा टक्कर दिइरहेको छ। शीतयुद्धजस्तो अवस्था नरहे पनि विश्वमा बढ्दै गएको चिनियाँ प्रभावबाट अमेरिकालाई जलन भएको छ। त्यसमाथि चीनले सांस्कृतिक सहकार्य र आदानप्रदानका नाममा अन्य एसियाली मुलुकसँग सहकार्यको हात बढाएपछि अमेरिका एक्लिएको छ। किनभने अमेरिकासँग ५ सय वर्षको पनि सांस्कृतिक इतिहास छैन र उसले अन्य मुलुकसँग चीनले जस्तो सहकार्यर आदानप्रदानको नारा घन्काउन पनि सक्दैन। अर्थतन्त्रमा अमेरिकाको पेलान भोगेरै हुनसक्छ– चिनियाँ राष्ट्रपति सी चिनफिङले एसियाली सभ्यता संवाद सम्मेलन उद्घाटन सत्रलाई सम्बोधन गर्दै भनेका छन्– ‘मानव जातिले साझा चुनौतीसामना गर्न आर्थिक तथा वैज्ञानिक शक्ति मात्र नभई सांस्कृतिक सभ्यता शक्ति पनि चाहिन्छ।’ यो भनाइको अमेरिकाप्रति लक्षित छ।लोकप्रिय नारा ल्याएर आफ्नोे वरिपरी झुलाउन चीन चतुर छ। उसले सधैँ विकासोन्मुख मुलुकका लागि भनेर कार्यक्रम लक्षित गर्छ। विकासोन्मुख मुलुकसमेट्ने र उनीहरूको हितमा भनेपछि ती मुलुक त तानिने भई नै हाले, विकसित मुलुकले पनि विरोध गर्न सक्दैनन्।

विश्वको दोस्रो अर्थतन्त्र बनेको चीनले सांस्कृतिक रूपमा पनि आफ्नोे प्रभाव विस्तार गर्ने नीति अँगालेको छ। पैसा र हतियारबाट विश्वमा प्रभाव विस्तार गर्ने अमेरिकाको पुरानो नीति हो। अर्को मुलुकको राजनीतिक परिपाटीमा हस्तक्षेप गर्ने र आफ्नोे स्वार्थसिद्ध गर्ने अमेरिका विश्वबाटै अलोकप्रिय बनिरहेको छ। त्यसमाथि उसलाई चीनको सुधार र खुलापन नै टाउको दुखाइ बनेको छ। विश्वमा एकछत्र प्रभाव जमाइरहेको अमेरिकी ‘हार्डपावर’लाई खुलापन र सुधार गरेको केही दशकमै चीनले ‘सफ्टपावर’मार्फत भत्काइदिएको छ। कुनै पनि मुलुकको राजनीतिक व्यवस्था र शासनसत्तामा कहिल्यै हस्तक्षेप नगरिकन सहयोग र साझेदारी गर्दै चीनले आफ्नोे प्रभाव बढाउँदै लगेको छ। विभिन्न मुलुकमा विस्तार गरिएका चिनियाँ भाषा प्रशिक्षण कार्यक्रम, चिनियाँ चलचित्र प्रदर्शन, चिनियाँ चाडपर्वका विधि, शिक्षा तथा प्रविधिमा सहयोग र पूर्वाधार विकासमा गरेको हातेमालोले चीनलाई त्यस्ता मुलुकले सहजै स्वीकार गरेका छन्।

सांस्कृतिक क्रान्तिको अवसानसँगै सुरु भएको सुधार र खुलापनकै बागडोर समाएर सी चिनफिङले चिनियाँ सभ्यता अन्तर्राष्ट्रिय क्षेत्रमा पु¥याउँदैछन्। चीनमा व्यापक प्रचार गरिएको सी चिनफिङ युगलाई ब्रिक्स, एपेक, साङहाई सहयोग संगठन, बिआरआई, पोआवो एसिया मञ्च, जिबिस समूह, आसियानलगायतका अन्तर्राष्ट्रिय मञ्चमार्फत विश्वव्यापी बनाउने प्रयास सुरु भएको छ। (लेखक चिनियाँ अन्तर्राष्ट्रिय रेडियो (सिआरआई) नेपाली सेवा, बेइजिङमा विदेशी विशेषज्ञका रूपमा कार्यरत छन्।) 
अर्को समाचार
ठोरीमा मुख्य नाका खोल्न अभियान सुरु, केरुङसँग जोड्न सकिने
०६ पौष २०७२
•
५ मिनेट पाठ
ठोरीमा मुख्य नाका खोल्न अभियान सुरु, केरुङसँग जोड्न सकिने
चितवन–भारतको अघोषित नाकाबन्दीसँगै चर्चामा आएका दुईवटा नाका रसुवागढी नजिकको चीनको केरुङ र चितवन हुँदै पुगिने पर्साको ठोरीलाई जोडेर सडक निर्माण गर्न दबाव दिने उद्देश्यका साथ चितवनमा अभियान सुरु भएको छ।चितवन उद्योग वाणिज्य संघले सोमबार पत्रकार सम्मेलन आयोजना गरेर ठोरी नाकालाई मुख्य नाकाको रुपमा विकास गर्न सरकारसँग माग गरेको छ। चीनले दिएको इनधन भित्राएसँगै रसुवा नजिकको केरुङ चर्चामा आएको हो। त्यस्तै पर्सामा परे पनि मधेसी समुदायको बसोबास नरहेको र मधेस आन्दोलनको प्रभाव नरहेको ठोरीमा अवैध रुपमा दिनहुँ लाखौं लिटर इन्धन आउने गरेको छ। सरकारले ठोरी नाकालाई व्यवस्थित गरेर मुख्य नाकाको रुपमा विकास गर्न अबेला गर्न नहुने चितवन उद्योग वाणिज्य संघका अध्यक्ष कल्याण जोशीले बताए।

ठोरीमा मुख्य नाका बनाएर सडकमार्फत केरुङ जोड्न सम्भव भएको उनले बताए। 'लगभग १९२ किलो मिटर सडक बनाए ठोरी र केरुङ नजिकको रसुवागढी जोडिन्छ । ठोरी नाका भारत र चीन जोड्ने महत्वपुर्ण अन्तराष्ट्रिय नाका बन्न सक्ने सम्भावना छ,' चितवन उद्योग वाणिज्य संघका अध्यक्ष जोशीले भने।

यो मार्ग चीन र भारत जोड्ने छोटो मार्ग हुने उनको भनाइ छ। चितवनवासीले धादिङ, नवाकोट र रसुवाका राजनैतिककर्मी र सामाजिक व्यक्तित्वलाई समेटेर ठोरी–केरुङ (रसुवागढी) लोक मार्ग निर्माण अभियान चलाउँदै आएका छन्। यही अभियान अन्तर्गत मंगलबार बिहान ठोरीबाट मोटरसाइकल ¥यालीसमेत निस्केर रसुवागढी जाँदै छ।

'हामीले तीन वर्षअघि अभियान समिति गठन गरेर काम गर्दै आएका छौं । सरकारलाई प्राविधिक समितिले निर्माण गरेको प्रस्ताव पनि दिएका छौं । सरकारले यो मार्ग निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)पनि तयार गर्दै छ,' अभियानका संयोजक तारानाथ पौडेलले भने। मोटरसाइकल र्यालीले योजना निर्माणमा दबाव पुग्ने पौडेलले बताए।

अभियानमा रहेका सातजना इन्जिनियरहरुले तयार पारेको प्रतिवेदनमा रसुवाबाट मलेखु निस्किएको सडकलाई मलेखुवाट सुरुङ खनेर भण्डारा निकाल्ने योजना छ। यसका लागि लगभग साढे तीन किलो मिटर सुरुङ खन्नु पर्ने संयोजक पौडेलले बताए। त्यस्तै भण्डराबाट भरतपुरहुँदै जगतपुरबाट निकुञ्ज छिचोलेर माडी पु¥याउने उनले बताए ।

निकुञ्ज पर्यावरणका हिसावले निकै नै संवेदनशिल क्षेत्र भएकाले जमिनमाथि फ्लाई ओभर निर्माण गरेर सडक लैजाने उनले बताए। यसकालागि साढे छ किलो मिटर फ्लाई ओभर बनाउनु पर्ने पौडेलको भनाइ छ । माडीपछि निकुञ्ज नछोइ रिउ खोला हुँदै सडक ठोरीसम्म लैजाने उनले बताए ।

'इन्जिनियर राजन सुवालसहितको सात सदस्यीय उच्च स्तरीय प्राविधिक समितिले अध्ययन गरेर सरकारलाई प्रतिवेदन बुझाएको छ। सरकारले डिपिआर गर्दै छ। त्यही प्रस्तावलाई मान्न पनि सक्छ वा अन्य उपाए पनि ल्याउला,' अभियानका संयोजक पौडेलले भने । विश्व प्रशिद्ध चितवन निकुञ्ज हुँदै जाने भएकाले यो योजना निर्माण हुनेमा भने शंका कामयै छ।

संयुक्त राष्ट्र संघीय निकाय युनेस्कोको विश्व सम्पदा सूचीमा रहेको निकुञ्जमा प्रतिकुल असर पर्ने सम्भावना भएमा आयोजना स्वीकृत हुन गाह्रो छ। 'सडक भनेको विकास हो । ठोरी नाका अति नै आवश्यक भएको देखियो । यो नाका खोलेर सडक बनाउँदा निकुञ्जमा असर नपुगोस भन्नेमा निकै सजग हुने नै छौं,' अभियानका संयोजक पौडेलले भने।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस