समाजवाद र कांग्रेस नेतृत्व
०३ असोज २०६७
•
१० मिनेट पाठ
समाजवाद र कांग्रेस नेतृत्व
मेरा एक जना मित्र छन्। उनी महिनाको ३० हजार तलब खान्छन् र नेपालको कर नियमअनुसार २५ हजारमाथिको आम्दानीमा २५ प्रतिशत कर तिर्छन्। अर्का मित्र महिनाको पाँच लाख तलब खान्छन् र महिनाको २५ हजार माथिको आम्दानीमा २५ प्रतिशत नै कर तिर्छन्। मैले चिनेका अर्को एकजना महिनाको दश लाख तलब खान्छन् तर उनले तिर्ने करको दर पनि त्यही नै हो।
नेपालजस्तो देशमा महिनाको तीस हजार र दश लाख तलब खाने दुवैलाई करको दर समान रहेसम्म राज्य व्यव्स्था समाजवादी हुनसक्दैन। आफ्नै कुरा गरौँ, मैले पाउने तलबको निश्चित रकममाथि चालीसदेखि पचास प्रतिशतसम्म राज्यले कर नलिँदासम्म नेपाली कांग्रेसले प्रजातान्त्रिक समाजवादको नाराले मात्र राज्य व्यवस्था समाजवादी हुनै सक्तैन। उच्च व्यक्तिगत कर त प्रजातान्त्रिक समाजवादको एउटा पक्षमात्रै हो त्यसमा त्यागका अन्य पक्ष पनि छन्। महाधिवेशनका याममा समाजवादका चर्का चर्चा हुँदा नेपाली कांग्रेसका नेता र कार्यकर्तामा समाजवादी त्याग गर्न कतिजना तयार छन् भन्ने प्रश्न उत्तिकै महत्वपूर्ण छ ।समाजका निम्न वर्गको कल्याणका लागि आधारभूत शिक्षा, स्वास्थ्य, आपतकालीन सेवा, जेष्ठ नागरिकको सामाजिक सुरक्षाजस्ता क्षेत्रको जिम्मेवारी लिने राज्य व्यवस्थालाई समाजवादी भनिन्छ। राज्यले त्यस्ता जिम्मेवारी लिन नहुनेलाई सहयोग पुग्ने गरी हुनेसँग सक्तो कर लिनुपर्छ। बेलायतमा हुनेका लागि निजी विद्यायालय र अस्पताल छन् तर त्यहाँ नहुनेलाई निःशुल्क विद्यालय, अस्पताल र अरू धेरै सेवा उपलब्ध गराउन हुनेले राज्यलाई पचास प्रतिशतसम्म कर तिर्छन्।




‘समाजवाद' भन्दा पनि न्यायपूर्ण समाजका लागि अझ परिष्कृत ‘कल्याणवाद' अँगाल्ने नर्वे, फिनल्यान्ड, स्विडेन, डेनमार्कजस्ता देशमा त हुनेले राज्यलाई पचास प्रतिशतभन्दा माथि कर तिर्छन्। त्यहाँ न्याय, शान्ति, समृद्धि, र खुसी सबै छ। तिनीहरूसँग अमेरिका या बेलायतको जस्तो संसारै थर्काउने सैनिक र आर्थिक शक्ति नहोला तर त्यहाँका मानिस शक्तिशाली भनिएका राष्ट्रका भन्दा खुसी छन् भन्ने सर्वेक्षणहरूले प्रष्ट पारेका छन्। धनी र गरिब त ती समाजवादी र कल्याणवादी राष्ट्रमा पनि छन् तर त्यहाँ कम्युनिस्ट भने अत्यन्त न्यून संख्यामा छन्।

नेपाली कांग्रेसको सभापतिका तीनै जना उमेदवार प्रजातान्त्रिक समाजवादका अनुयायी होलान् तर भाषण सुन्दा तिनलाई नेपालको परिप्रेक्षमा प्रजातान्त्रिक समाजवाद कसरी चरितार्थगर्न सकिन्छ भन्ने ज्ञान नभएको स्पष्टै बुझिन्छ। तिनै जना उमेदवार नेतामा हुनुपर्ने सद्गुणका कारण नभएर राजनीतिक आन्दोलनमा रहेको समर्पणका कारण नेता भएका हुन् । उनीहरूसँग नेतामा हुनुपर्ने उत्कृष्ट गुण देखिएको छैन। तर परिस्थिति कस्तो छ भने तीमध्येबाटै एकजना सभापति चुनिने छन्।
सभापतिपछिको शक्तिशाली महामन्त्रीको पदका उमेदवारबाट पनि त्यति आशा गरिएको छैन। ती मध्येका नरहरि आचार्य बौद्धिकतामा अगाडि भएपनि संगठनमा पछाडि देखिन्छन्। त्यही कारण उनले सभापति पदमा उमेदवारी नदिएका हुनसक्छ। अरू दुई जना औसत स्तरका नेता हुन्। दलमा समूह बदल्दै आफूलाई माथि लैजाने बाटो त बनाउन सक्लान् तर सिँगो दललाई उँभो लगाउने बौद्धिक क्षमता चाहिँ छैन। तैपनि पार्टीका तीन हजारभन्दा बढी महाधिवेशन प्रतिनिधि इमानदार भए भने कांग्रेसको भविष्यका लागि आधार तयार पार्न सक्छन्।
ती प्रतिनिधिमा यसपटक चालीस प्रतिशत युवा भएको बताइँदै छ। तिनमा सबै आशा लाग्दा नै होलान् भन्न सकिँदैन। विविध कारणले दुर्गुणयुक्त युवा राजनीतिकर्मी पनि महाधिवेशन प्रतिनिधिका रूपमा आइपुगेका हुनसक्छन्। आफ्ना आधार दरिलो नभएकोले तिनको ध्येय चाकडी, चाप्लुसी र गुटबन्दी गरेर जसरी पनि अरूको बलमा सिँडी उक्लने हुनेछ। त्यस्तालाई केन्द्रीय समितिको निर्वाचनमा हराउन सकेभने कांग्रेसमा थोरै भए पनि परिवर्तनको आशा गर्न सकिन्छ। अन्यथा कांग्रेसको रूप त बदलिएला तर सारमा कुनै परिवर्तन हुनेछैन। त्यसको फाइदा कांग्रेसीहरूले सबभन्दा बढी विरोध गर्ने माओवादीलाई पुग्नेछ।

नेपाली कांग्रेसले २०६२ /६३ सालको जनआन्दोलनदेखि गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा माओवादीको पुच्छर समाउन थालेको थियो। गणतन्त्र, संघियता, धर्मनिरपेक्षताको अनुयायी बन्नुमा मात्र है कांग्रेस तुलनात्मकरूपमा समावेसी हुनुमा पनि माओवादीकै देन छ। माओवादी आफ्नो विचार र विश्वासमा अझै पनि अडिग छन् र त्यही मार्गमा हिँडिरहेका छन्। नेपाली कांग्रेस भने मणी हराएको सर्प भएको छ। राष्ट्रियता, प्रजातन्त्र र समाजवाद नेपाली कांग्रेसको मूल आदर्श थियो। आफूलाई जीवनभर दुःख र कष्ट दिँदा पनि बीपी कोइरालाले राष्ट्रियताको हकमा राजा र मेरो घाँटी जोडिएको छ भन्थे र उनले त्यसैअनुरूपको आचरण प्रस्तुत गरे। अहिलेका कांग्रेसका नेताको घाँटी भारतीय राजदूतसँग जोडिएको भान हुन्छ। कांग्रेसका लागि राष्ट्रियता अब अवलम्वन गर्नुपर्ने आदर्श नभएर नारामात्र रह्यो। कांग्रेसलाई देशमा प्रजातन्त्र चाहिन्थ्यो पार्टीभित्र कहिले प्रजातन्त्र चाहिएन। त्यस परिस्थितिमा भने कांग्रेस सुधारोन्मुख देखिएको छ। कांग्रेसका नेताले राजनीतिक र व्यक्तिगत दुवै तहमा समाजवादी चरित्र देखाउन सकेका छैनन्। समाजवाद मानवीय संवेदनासँग गाँसिएको सोच हो। त्यो अरूलाई दुख्दा आफूलाई दुख्ने राजनीतिक आदर्श हो। त्यसले ‘मलाई बढी दे' भन्दा, ‘म बढी दिन्छु' भन्छ। व्यक्तिगत तहमा कल्याणवादी हुन नसक्ने राजनीतिकरूपमा समाजवादी बन्न सक्तैन। त्यसैभएर नेपाली कांग्रेसका अधिकांश नेतालाई समाजवादको अन्तरवस्तु र नेपालको परिप्रेक्षमा त्यो हासिल गर्ने बाटो थाहै छैन। समाजवाद तिनका लागि आडम्बर भएको कारण त्यही हो। कांग्रेसको समाजवादलाई माओवादीले सैद्धान्तिकरूपमा ठूलो हदसम्म खाइदिइसकेका छन्। मौका पाए भने तिनले व्यावहारिकरूपमै खाइदिने छन्। अनि नेपाली कांग्रेससँग प्रजातन्त्रको धुरीमात्र बाँकी रहनेछ। त्यो धुरीले पनि देशका हुनेखाने, चाकडीचाप्लुसी गर्नलाई मात्र ओत दिने हो भने भाषणमात्र बेचेर कांग्रेसले आफूलाई कतिसम्म थेग्ला? महाधिवेशनका सबै प्रतिनिधिले यस पटक विचार पुर्‍याउनुपर्छ।
नेपाली कांग्रेस सिद्धान्त, व्यवहार र नेतृत्व सबैमा चुकेको धेरै भैसक्यो अब पनि व्यक्तिगत स्वार्थबाट माथि उठेर नेतृत्व चयन गर्न नसके भविष्य अन्धकारमै रुमल्लिने देशले दुख पाउने क्रम जारी रहनेछ।

 

 
अर्को समाचार
गणतन्त्र स्थापना गर्ने कामको नेतृत्व मैले गरेको हुँः माधव नेपाल
१९ भदौ २०७९
•
२ मिनेट पाठ
गणतन्त्र स्थापना गर्ने कामको नेतृत्व मैले गरेको हुँः माधव नेपाल
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने कामको नेतृत्व आफूले गरेको दावी गरेका छन्।




आइतबार काठमाडौँमा आयोजित ‘समाजवादको नेपाली मार्गचित्र’ विषयक विचार गोष्ठीमा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले आफू नेतृत्वको तत्कालीन एमालेले गणतन्त्रमा जाने निर्णय गरेर सो आन्दोलनको नेतृत्वदायी भूमिका निर्वाह गरेको बताए। गणतन्त्रको पक्षमा काँग्रेस नरहेको, माओवादी भित्र पनि सांस्कृतिक राजाको कुरा भईरहेका बेला आफू नेतृत्वको तत्कालीन एमालेको केन्द्रिय कमिटी बैठकले गणतन्त्रमा जाने निर्णय गरेर आन्दोलनलाई अघि बढाएको उनले बताए। अध्यक्ष नेपालले यथार्थवादी धरातलमा टेकेर मात्रै मुलुकमा समाजवाद ल्याउन सकिने कुरालाई कम्युनिष्टहरुले कहिल्यै पनि भुल्न नहुने पटकपटक दोहोर्‍याए।  

उनले भने, ‘यहाँ गणतन्त्र ल्याउनका लागि विभिन्न पार्टीमा बहस भएको थियो। काँग्रेस गणतन्त्रको पक्षमा आएको थिएन। माओवादी पार्टी गणतन्त्रवादी भएतापनि त्यहाँ भित्र पनि कहिले साँस्कृतिक राजाको कुरा हुने गर्दथ्र्यो। हाम्रो पार्टी भित्र पनि विवाद भयो। २०६२ सालको असार र साउन महिनामा बसेको तत्कालीन एमालेको केन्द्रिय कमिटी बैठकले गणतन्त्रमा जाने निर्णय ग¥यो। हामीले नै गणतन्त्र ल्याउनका लागि बुटबलबाट आन्दोलनको नेतृत्वका गरेका थियौं। धर्मेन्द्रजीले राष्ट्रपतिको उम्मेदवार घोषणा गर्नुभयो। एउटा निर्वाचन क्षेत्रमा त जितेर देखाउनु पर्‍यो। एउटा निर्वाचन क्षेत्रमा तपाई जित्न सक्नु हुुन्न, एउटा जिल्लामा तपाई जित्न सक्नुहुन्न भ भने अनि अहिले नै राष्ट्रपतिको निम्ति आकांक्षा नराख्नुस्।’

अध्यक्ष नेपालले निर्वाचनमा भाग लिई जितेर देखाउन पनि नेकपा (बहुमत)का संयोजक धर्मेन्द्र बास्तोलालाई चुनौती दिए। तर चुनाव जित्न नसक्ने अनि राष्ट्रपतिको उम्मेदवार आफू हो भन्न बास्तोलाले नमिल्ने उनको भनाई थियो। अध्यक्ष नेपालले समाजवादको मार्ग तय गर्नका लागि जनतामा जागरण ल्याउनुपर्ने धारणा समेत राखे। 
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस