राजा वीरेन्द्रको सम्झना
१७ जेष्ठ २०७६
•
१३ मिनेट पाठ
राजा वीरेन्द्रको सम्झना
राष्ट्रको हित सर्वाधिक महत्वको हुन्छ, राजनेताका लागि। राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाक्रमहरूले बेलाबखत जटिल परिस्थिति सिर्जना हुँदा पनि समुद्री आँधीमा पानीजहाजलाई डुब्नबाट बचाएझैं, सक्षम राष्ट्रनायकले राष्ट्रलाई संकटबाट जोगाउँछन्। दलको नेताले गुट र दल मात्र हेर्छन्। उनीहरू ‘राजनीतिज्ञ’ मात्र हुन सक्छन्। सुदूर भविष्य हेरेर सदैव राष्ट्रप्रति समर्पित, इमानदार तथा चिन्तित रहने व्यक्ति मात्र योग्य राजनेता मानिन्छन्। राजा वीरेन्द्र त्यस्तै राजनेतामध्येका एक थिए।

मेलबर्न विश्वविद्यालयका प्राध्यापक स्कट वर्चिलले ‘द नेसनल इन्ट्रेस्ट इन इन्टरनेसनल रिलेसन्स’ ग्रन्थमा कूटनीति र हरेक राजनीतिक दर्शनले राष्ट्रिय हितलाई मध्यविन्दुमा राख्नुपर्ने सुझाव दिएका छन्। अन्तर्राष्ट्रिय सम्बन्ध स्थापना गर्दा राष्ट्रहितलाई नै केन्द्रमा राखेर कूटनीति र राजनीति सञ्चालन गरे, राजा वीरेन्द्रले। बेलायतको इटन कलेज र अक्सफोर्ड विश्वविद्यालयका साथै अमेरिकाको हार्वर्ड विश्वविद्यालयमा अध्ययन गरेका वीरेन्द्रले त्यहाँका प्रसिद्ध प्राध्यापकहरूबाट कूटनीति र राजनीतिको शिक्षा लिए। त्यसपछि राष्ट्रको धरातलीय यथार्थ बुझ्न उनी नेपालका कुनाकुनामा पुगे। यसले उनलाई लोकप्रिय, सफल र असल राष्ट्रनायक सावित गर्न सहयोग पु-याएको देखिन्छ।

राजा वीरेन्द्र राष्ट्रवाद, शान्ति, विकास र प्रजातन्त्रका प्रवल पक्षधर थिए। आँखा, कान, नाक र मुखमध्ये कुन रोज्ने भनेर प्रश्न गरियो भने मानिस अल्मलिन्छन्। त्यस्तै, सभ्य राष्ट्रलाई पूर्ण बनाउन राष्ट्रिय स्वाभिमानमा आधारित राष्ट्रवाद अपरिहार्य हुन्छ। शान्ति र विकास अन्योन्याश्रित हुन्छन्। स्वतन्त्रता, प्रजातन्त्र र मौलिक हकबेगर पनि जीवन चल्छ भन्ने ‘कम्युनिस्ट चिन्तन’ आजको सभ्य समाजले कदापि स्वीकार गर्दैन। तसर्थ अधिकांश मुलुकले प्रजातन्त्रलाई नै जीवन पद्धति बनाएका छन्।

दरबारका पुराना फर्निचरसमेत मर्मत गरेर काम चलाउने, उत्ताउलो खर्च नगर्ने, सरल रहन मन पराउने, शिष्टाचारमा विशेष ध्यान दिने, राजोचित व्यवहार प्रदर्शन गर्ने, सबैलाई मीठो बोलेर आफ्नो बनाउने अद्भूत गुण थियो, वीरेन्द्रमा।

युवराज छँदा रसुवाबाट पैदल यात्रा गर्दै वीरेन्द्र आफ्ना सहयोगीहरूसँग पाल्पा पुगे। त्यहाँबाट बुटवलसम्म पदयात्रा गरेर जिपमा काठमाडौं फर्किने कार्यक्रम रहेछ। त्यसबेला तानसेनमा बडाहाकिम थिए, कृष्णबहादुर बर्मा। कमलपोखरीस्थित निवासमा झन्डै पच्चीस वर्ष अघि पंक्तिकारसँग कुरा गर्दै बर्माले भनेका थिए, ‘युवराज वीरेन्द्रको उमेर त्यसबेला बीस÷एक्काइस मात्र थियो तर वचन र व्यवहार परिपक्व थियो। पैदलयात्राका क्रममा सवारी हुँदा हामीसँग तानसेनमा भलिबल खोलिबक्स्यो। अनौपचारिक शैलीमा कुराकानी गरिबक्स्यो। जनतासँगै सोच्नू, जनतासँगै हिँड्नु र जनतासँगै काम गर्नु भन्ने सम्झाइबक्स्यो। प्रजातन्त्र भनेको त्यही हो भन्ने उहाँको धारणा पाएँ। खेलकुदको प्रसंग पनि चल्यो। प्रथम एसियाली ओलम्पिकमा भाग लिन म टिम लिडर भएर दिल्ली गएको थिएँ, २००८ सालमा। भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरूले खेलको उद्घाटन गरेका थिए। युवराजबाट ठट्टा गरिबक्स्यो –‘म पनि त्यो बेला पाँच÷छ वर्षको छँदा दरबारको आँगनमा फुटबल खेल्थें होला।’

राजा त्रिभुवनको शुभराज्याभिषेकका बेला (सन् १९१३) काठमाडौंस्थित ब्रिटिस राजदूतबाहेक कोही विदेशी सहभागी भएनन्। किनभने त्यो बेला नेपालको कूटनीतिक सम्बन्ध ब्रिटेनसँग मात्र थियो। भारत ब्रिटेनकै अधीनमा थियो। चीनमा सन् १९१२ मा राजतन्त्र मासिएपछि गृहयुद्धको धुवाँ फैलिन थालेको थियो भने नेपालसँग चीनको कूटनीतिक साइनो पनि थिएन। दक्षिण एसियाको सबैभन्दा प्राचीन राष्ट्र नेपाल विश्वबाटै अलग थियो भन्ने कुरा त्रिभुवनकी पत्नीको उपचारमा खटिएकी एरिका ल्युस्टागले लेखेकी छन्।

राजा महेन्द्रले पचासांै राष्ट्रको भ्रमण गरेर नेपाललाई विश्व समुदायमा चिनाए। संयुक्त राष्ट्रसंघको सदस्य बनाए, चीन र भारतसँग सन्तुलित सम्बन्ध स्थापना गरे। उनको शुभराज्याभिषेकमा पन्ध राष्ट्रका राष्ट्राध्यक्ष, सरकार प्रमुख तथा विशिष्ट पाहुनाहरू सामेल भएका थिए। ‘माउन्टेन इज यङ्’ उपन्यासमा तत्कालीन नेपाल र काठमाडौंको शिक्षित÷सम्भ्रान्त वर्गको सुन्दर चित्रण गरेकी छन् सो पुस्तककी लेखिकाले। हाल निर्वाचन आयोगको कार्यालय रहेको बहादुर भवनमा भव्य होटल रहेको र त्यहाँ केही पाहुनालाई राखिएको पुराना मानिसहरू बताउँछन्। सोही होटलमा बसेर रिपोर्टिङ गरेका केही राष्ट्रका पत्रकारले ‘कोरोनेसन’ भव्य भएको उल्लेख गरेका छन् भने माउन्टेन इज यङ् पुस्तककी लेखिकाले तत्कालीन कालखण्डको वर्णन गरेकी छन्।

सन् १९७५ को मार्च १० तारिखमा प्रकाशित ‘टाइम’ पत्रिकाले राजा वीरेन्द्रको शुभराज्याभिषेक, उनको अन्तर्राष्ट्रिय सम्बन्ध, राजनेता र कूटनीतिज्ञका गुणले भरिएको व्यक्तित्व आदिको चर्चा गरेको पाइन्छ। झन्डै साठी राष्ट्रका राष्ट्रनायक, सरकार प्रमुख, विशिष्ट विद्वान–विदुषीले वीरेन्द्र राजाको शुभराज्याभिषेक अवलोकन गरे। क्रिश्चियन, मुसलमान, बौद्धमार्गी र यहुदीलगायतका पाहुनाले हिन्दु राजाको शुभराज्याभिषेक अभिरुचिपूर्वक हेरे। अन्तर्राष्ट्रिय मिडियाका निम्ति पनि त्यो उत्सव सुखद र अभूतपूर्व घटना थियो।

राजा महेन्द्रले छोराछोरीलाई दार्जिलिङको प्रसिद्ध युरोपेली शैलीको स्कुलमा पढाए। त्यसबेला भारतमा ब्रिटिसहरूको शासन थियो र स्कुलको अनुशासन पनि कडा थियो। युरोपका सुयोग्य शिक्षक शिक्षिकाले पढाउने सेन्ट जोसेफ र सेन्ट हेलेन्स जस्ता स्कुल नामी थिए। महेन्द्रका छोराहरू वीरेन्द्र, ज्ञानेन्द्र र धीरेन्द्रले सेन्ट जोसेफमा पढे। छोरीहरू शान्ति, शारदा र शोभाले सेन्ट हेलेन्स (खर्साङ) पढे।

कठोर अनुशासन, व्यावहारिक ज्ञान, नैतिक शिक्षा, सच्चरित्र तथा जीवन उपयोगी व्यवहारको धरातलमा ‘स्कुलिङ’ भएकाले राजा वीरेन्द्र मितव्ययी तथा नवीन शैलीमा सोच्ने राष्ट्रनायक बने। दरबारका पुराना फर्निचरसमेत मर्मत गरेर काम चलाउने, उत्ताउलो खर्च नगर्ने, सरल रहन मन पराउने, शिष्टाचारमा विशेष ध्यान दिने, राजोचित व्यवहार प्रदर्शन गर्ने, सबैलाई मीठो बोलेर आफ्नो बनाउने अद्भूत गुण थियो, वीरेन्द्रमा। कसरी जनता खुशी र सुखी होलान्, कसरी राष्ट्र सवल, स्वाभिमानी र आत्मनिर्भर रहिरहला भन्ने वीरेन्द्रको मुख्य चिन्ता र चासो देखिन्थ्यो। उनलाई भेट्ने तथा उनका सहयोगीहरूको धारणा छ, राजा वीरेन्द्र सदैव राष्ट्र र जनताकै बारेमा मात्र कुरा गर्थे। उनको निजी स्वार्थ थिएन।

सुरुमा राजतन्त्रविरोधी रहेका राजनीतिज्ञ गोरेबहादुर खपांगी (मगर) भन्ने गर्थे, ‘मलाई पनि राजा भनेको टर्रो, घमण्डी, शोषक र हेपाहा हुन्छ भन्ने लाग्थ्यो। तर, वीरेन्द्रसँग भेट गरेपछि मेरो धारणा नै बदलियो। वीरेन्द्र शालिन, शिष्ट, बौद्धिक, ज्ञानी, सभ्य र साह्रै संस्कारी रहेछन्। त्यस्तो राजालाई कुरै नबुझी गाली गरेछु। राष्ट्रियता र प्रजातन्त्रप्रति मात्र होइन, विकास र शान्तिप्रति उनी हृदयदेखि समर्पित थिए।’ खपांगीका लेख, भाषण र अन्तर्वार्ताहरूमा पनि यस्ता प्रसंगहरू आएका छन्।

३ जुन २००१ मा बार्बरा क्रोसेटले ‘न्यूयोर्क टाइम्स’ पत्रिकामा लेखिन्, ‘नारायणहिटी हत्याकाण्डपछि नेपाल गम्भीर राजनीतिक संकटमा फस्ने देखिएको छ।’ उनले भनेझंै नारायणहिटी हत्याकाण्डपछि नेपाल साँच्चिकै गहिरो संकटमा फस्यो। अहिलेसम्म पनि हाम्रो राजनीतिक बाटो र भविष्य स्पष्ट देखिँदैन। राष्ट्रले सक्षम नेतृत्व नपाउँदा संकट गहिरिँदै गएको छ।

टाइम पत्रिकाले राजा वीरेन्द्रको हत्यापछि ‘द डेथ अफ विष्णु’ शीर्षकको आलेखमा वीरेन्द्रलाई नेपाली जनता साँच्चै भगवान् ठान्थे भनेको छ। (३ जुन २००१) विदेशका धेरै राजनेता तथा विद्वान–विदुषीले वीरेन्द्रको हत्याप्रति गहिरो दुःख व्यक्त गरे। उनी इमानदार, सरल र सच्चा राष्ट्रवादी मात्र थिएनन्, नेपालीका भरपर्दा अभिभावक पनि थिए। त्यसैले नेपाल र नेपालीको हितबाहेक झिनामसिना स्वार्थमा अल्मलिएनन् वीरेन्द्र।

राजा वीरेन्द्रलाई हरेक वर्ष उनको जन्मदिन (पुस १४ गते) र देहान्त भएको दिन (जेठ १९ गते) राष्ट्रवादी नेपालीले सम्झना गर्छन्। उनको यागदान अतुल्य, अमूल्य र अजर–अमर छ। राजा महेन्द्र र राजा वीरेन्द्रका योगदान तथा सत्कर्महरूलाई छोपिदिने हो भने देखाउन योग्य थिति, सुधार, संरचना र निर्माण, के–के बाँकी रहन्छ र ! तसर्थ राजा वीरेन्द्रका ढालिएका सालिकहरू उठाउँदै उनका बारेमा नयाँ पुस्तालाई ज्ञान दिन सके त्यसले राष्ट्रवादी चिन्तनको पुनर्जागरण हुनेछ र वीरेन्द्रप्रति सच्चा श्रद्धाञ्जलीसमेत ठहरिनेछ।
अर्को समाचार
स्वर्गीय राजा वीरेन्द्रको सम्झना
१४ पौष २०७५
•
१ मिनेट पाठ
स्वर्गीय राजा वीरेन्द्रको सम्झना
गोदावरी -  स्वर्गीय राजा वीरेन्द्र शाहको ७४ औँ जन्मजयन्ती शनिबार मनाइएकाे छ। स्व.राजाले आफ्ना कार्यकालमा नेपाल र नेपालीलाई पुर्याएको योगदानलाई कदर गर्दै ललितपुरको जाउलाखेलमा योगी नरहरिनाथ ट्रष्ट आध्यात्मिक परिषद्ले उनको शालिकमा माल्यार्पण तथा श्रद्धाञ्जलि कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा योगी नरहरिनाथ ट्रष्ट आध्यात्मिक परिषद्का अध्यक्ष शङ्खर पौडेलले स्व राजा वीरेन्द्र एक प्रजातन्त्रप्रेमी र सच्चा देशभक्त राजा भएको विचार व्यक्त गरे। वीरेन्द्रको शालिक माल्यार्पण तथा श्रद्धाञ्जलि अर्पण कार्यक्रममा पूर्व राजाका प्रमुख मुख्य सचिव पशुपतिभक्त महर्जन, संवाद सचिव डा फणीराज पाठकलगायत धार्मिक सङ्घसंस्थाका प्रतिनिधि र समाजसेवीको उपस्थिति रहेकाे थियो । वीरेन्द्र शाहको २०५८ साल जेठ १९ मा राजदरवारमै सपरिवार हत्या भएको थियो।रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस