निजामती प्रशासनमा सुधार
१७ जेष्ठ २०७६
•
१५ मिनेट पाठ
निजामती प्रशासनमा सुधार
डा. माधवी भट्ट

सरकारले उच्च प्राथमिकता दिएर गठन गरेको ‘नीति अनुसन्धान प्रतिष्ठान’का अध्यक्ष प्रा. डा. चैतन्य मिश्रले राजीनामा दिएका छन्। समाजशास्त्री मिश्रको राजीनामा उक्त ‘थिंक ट्याङ्क’को भविष्यमा मात्र केन्द्रित छैन। यसले ‘समृद्ध नेपाल’को सरकारी सपनामा नै गम्भीर प्रश्न चिह्न उब्जाएको छ। राजीनामालाई व्यक्तिगत भने पनि मिश्रले प्रशासनिक झन्झट तथा ढिलासुस्तीको पराकाष्ठा र निजामती कर्मचारीको नियतकै कारण काम गर्न नसकेको खुलाएका छन् सञ्चार माध्यममा। प्राज्ञिक विशिष्टता बोकेका मिश्रले उठाएका विषय पक्कै पनि वस्तुपरक छन्। तसर्थ कर्मचारी नियुक्ति तथा पदोन्नतिका लागि लिइने परीक्षा र मूल्याङ्कन प्रणाली तथा निजामती कर्मचारीको आचरण र कार्यशैलीमा आमूल परिवर्तनका लागि रणनीति तयार गर्नुपर्ने देखिन्छ।

प्रख्यात समाजशास्त्री ‘माक्र्स वेवर’ प्रशासनतन्त्रमाथि औपचारिक अध्ययन गर्ने पहिलो व्यक्ति हुन्। सन १९२२ मा प्रकाशित आलेख ‘ब्युरोक्रेसी’मा उनले निजी र सार्वजनिक दुवैखालका प्रशासनतन्त्रका आधारभूत चरित्र उजागर गरेका छन्। सापेक्षितरूपमा प्रशासनतन्त्र प्रभावकारी र सान्दर्भिक हुने उल्लेख गर्दै वेवरले आधुनिक समाजमा ‘ब्युरोक्रेसी’ को अनिवार्य आवश्यकता औँल्याएका छन्। प्रशासनतन्त्रको आवश्यकता र सान्दर्भिकताबारे वकालतमात्र होइन, उनले यसको आलोचनात्मक विश्लेषण पनि गरेका छन्। प्रशासनतन्त्रमा हुने स्तरीकरण र नियम कानुनको अधीनका कारण व्यक्तिगत स्वतन्त्रता गुम्ने चिन्ता छ उनको। संसारभरि नै आधुनिक प्रशासनतन्त्र मूलतः वेवरकै सैद्धान्तिक आधार र विश्लेषणको जगमा उभिएका छन्। नेपाल पनि यसबाट अपवाद छैन। पछिल्लो समयमा समाज र प्रशासनका अनुसन्धानकर्ताहरूले ‘ब्युरोक्रेसी’लाई ज्यादै नकारात्मक भाव बोकेको शब्द मान्न थालेका छन्।

कर्मचारी नियुक्ति तथा पदोन्नतिका लागि लिइने परीक्षा र मूल्याङ्कन प्रणाली तथा निजामती कर्मचारीको आचरण र कार्यशैलीमा आमूल परिवर्तनका लागि रणनीति तयार गर्नुपर्ने देखिन्छ।

वेवरको सिद्धान्तलाई व्याख्या र बिस्तार गर्ने क्रममा अमेरिकी समाजशास्त्री रोवर्ट के मर्टनले प्रशासनतन्त्रको असफल पक्ष केलाएका छन्। उनले प्रशासनतन्त्रलाई परम्परागत शिक्षा, तालिम तथा नियम, कानुन र अनुभवले थिचिएको पूर्वाग्रही भन्दै बदलिँदो परिवेशअनुसार निर्णय लिन नसक्ने देखाएका छन्। उनले कर्मचारीहरू संस्थाको भलाइका लागि भन्दा पूर्वाग्रही र स्वार्थबाट अभिप्रेरित हुने तथा स्थापित मान्यतामै रमाउने बताएका छन्। कर्मचारीहरू अन्तरव्यक्ति सम्बन्धमा भन्दा औपचारिकतामा सीमित रहन रुचाउने तथा विशेष परिस्थिति र निश्चित घटनालाई उपेक्षा गर्न अभ्यस्त हुने समाजशास्त्री मर्टनको ठम्याइ छ। वास्तवमा अन्तर्राष्ट्रिय शोधकर्ताहरूका विश्लेषण र निष्कर्ष नेपालमा पनि सान्दर्भिक देखिन्छन्। नेपालको निजामती प्रशासन आफूअनुकूलको निर्णय गर्न र गराउन जति सक्रिय छ सेवाग्राहीलाई सेवा दिने र संस्थागत सुधार गर्ने सवालमा उत्तिकै अनुदार देखिन्छ र चुनौती सामना गर्ने क्रममा सधैँ पछि हटेको पाइन्छ। परिणामतः राज्यका हरेक नयाँ प्रयास असफल भइरहेका छन्। परम्परागत मान्यता र असान्दर्भिक भइसकेको नियम कानुनको जोडबलमा केन्द्रीकृत र तहगत कार्य प्रणाली हाबी हुनु नेपाली कर्मचारीतन्त्रको अर्को खराब पक्ष हो। यो लेखमा निजामती प्रशासन सुधारका लागि केही सुझाव प्रस्तुत छ।

कर्मचारी नियुक्ति र पदोन्नति

राज्यलाई आवश्यक पर्ने जनशक्ति दक्षता र प्रतिस्पर्धाको आधारमा स्वतन्त्र निकायबाट निष्पक्षरूपले छनोट गर्न करिब ७० वर्षअघि २००८ सालमा लोकसेवा आयोग गठन भएको हो। आयोगले लिने परीक्षा प्रणालीको निष्पक्षतामा आमजनताको विश्वास कायमै भए पनि यसको प्रश्नपत्र र परीक्षा प्रणाली समयसापेक्ष नभएकामा विज्ञ समुदायबाट बारम्बार प्रश्न उठ्ने गरेको छ। घोकन्ते परीक्षा प्रणालीबाट आएका निजामती कर्मचारीको कार्यकालको मुख्य समय पदोन्नतिका निम्ति अध्ययनमा नै बित्ने रहेछ। नायव सुब्बामा नाम निकालेपश्चात् अधिकृतका लागि तयारी, अधिकृत बनेपश्चात् उपसचिवका लागि तयारी र त्यसपछि सहसचिवको निम्ति....। तोकिएको जिम्मेवारी कुशलता र इमानका साथ पूरा गरे÷नगरेको भन्दा पनि उत्तरपुस्तिकामा आधारित भएर मूल्यांकन गर्ने परिपाटी तथा एकपटक स्थायी भएपछि सधैँ सुरक्षित भइरहने निश्चिन्तताले कर्मचारीबाट राष्ट्रले सोचे जति प्रतिफल पाएको छैन।

नेपालको निजामती प्रशासन आफूअनुकूलको निर्णय गर्न र गराउन जति सक्रिय छ सेवाग्राहीलाई सेवा दिने र संस्थागत सुधार गर्ने सवालमा उत्तिकै अनुदार देखिन्छ र चुनौती सामना गर्ने क्रममा सधैँ पछि हटेको पाइन्छ।

यो असफल प्रणालीले इमान्दार कर्मचारीको क्षमता र सम्भाव्यताको पूर्ण परिचालन भएको छैन। पदोन्नति र आर्थिक हितका लागि हाकिममुखी हुनुपर्ने अवस्था छ कर्मचारीतन्त्रमा। स्थायीको अवस्था अन्त गरी कर्मचारीलाई कतिपय पश्चिमा मुलुकमा जसरी आवश्यकताको सिद्धान्तअनुसार नियुक्त गर्ने वा पद मुक्त गर्ने नयाँ व्यवस्था जरुरी छ। कर्मचारीलाई ५ वर्षे करारमा नियुक्त गर्ने नयाँ व्यवस्था ल्याउने हो भने राज्य र स्वयं कर्मचारी दुवै लाभान्वित हुनेछन्।  नेपाली कर्मचारीतन्त्रले यस्तो सुधारको बहस पचाउन नसकेपनि मानव पुँजीलाई पुनर्ताजगी गर्दै अधिकतम उपयोग गर्ने यो नै वैज्ञानिक उपाय हो।

केन्द्रीकृत र स्तरीकृत कार्यशैली

पञ्चायतकालीन कार्यविधिहरूमा आजसम्म पनि आवश्यक परिवर्तन गरिएका छैनन् प्रशासनतन्त्रमा। एउटा सामान्य फाइलमा समेत आदेश टिप्पणी र सदरको लम्बेतान प्रक्रिया पूरा गर्दा ३ देखि ६ महिनासम्मलाग्छ। अधिकांश काम कार्यालय प्रमुखको तजविजीबाटै अघि बढ्छ। आज त्यही प्रकृतिको फाइल सदर हुँदैन। भोलि हुन्छ। आर्थिक विषयसँग जोडिएका सबै फाइल अर्थ मन्त्रालय पु¥याउने प्रचलनले काम प्रभावकारी नहुने अवस्था छ। संविधान र ऐनबाट गठित स्वायत्त निकायले समेत थप रकम निकासाका लागिमात्र होइन, विनियोजित रकम परिचालन गर्नसमेत अर्थ मन्त्रालयको स्वीकृतिका लागि कुद्नपर्ने बाध्यता छ। निजामती कर्मचारीलाई बहालमा रहँदै वा निवृत्त हुनासाथै राजनीतिक र संवैधानिक नियुक्ति दिने खराब परिपाटीले उनीहरूमा राजनीतिक दल र नेता रिझाउने प्रवृत्ति हाबी छ। तल्लो तहका कर्मचारी खुलारूपले राजनीति गर्ने र माथिल्लो तहका कर्मचारी सरकार परिवर्तनसँगै रङ फेर्दै नजिकिन पुग्ने प्रवृत्तिका कारण प्रशासनतन्त्र व्यावसायिक हुन सकेको छैन। तसर्थ कर्मचारीतन्त्रमा विद्यमान पुरानो पद्धति खारेजगरी हरेक कर्मचारीलाई अधिकार सम्पन बनाउन जरुरी छ।

तलव, भत्ता र सुविधा

नेपालमा निजामती कर्मचारीको पारिश्रमिक उनीहरूको न्यूनतम जीवन यापन गर्न ज्यादै कठिन हुनेखालको छ। परिणामतः उच्च जोस, जाँगर र सपना बोकेर कार्यक्षेत्रमा प्रवेश गरेकाहरू हतोत्साहित र विचलित हुनपुग्छन्। वैकल्पिक आम्दानीले डेरा जमाउन थाल्छ उनीहरूको मनमा। भारतमै पनि कर्मचारीको तलव आकर्षक छ। त्यहाँ सङ्घीय सरकारका सचिवस्तरीय कर्मचारीको तलब झन्डै साँढे २ लाख रुपियाँछ। बुधबारको बजेट भाषणपश्चात् नेपालका सचिवहरूको तलब बल्ल ६० हजार रुपिैयाँ पुगेको छ। न्यून तलब सुविधाकै कारण हुनुपर्छ, कर्मचारीहरू कानुन विपरीतको सुविधामा लिप्त हुने गर्छन्। उदाहरणका लागि विशिष्ट श्रेणीको सचिवले पाउने सवारी संख्या १ मात्रै भए पनि हरेक सचिवले निर्लज्जरूपमा २ वा ३ वटा गाडी लिइरहेका छन्।इन्धनको दुरुपयोग उत्तिकै छ। बिनाकाम काजमा हिँड्ने र काजमा नखटिइकन भत्ता पचाउने रोग डरलाग्दो छ।

साथै सरकारले सयौँ निकायमा कार्यरत हजारौँ कर्मचारीलाई प्रोत्साहन भत्ता दिएर कामको परिणाम निकाल्न खोजेको छ। तर प्रोत्साहन भत्ता वितरण गर्ने गलत कार्यविधिका कारण त्यो लगानी बालुवामा पानी बराबर छ। कामै नगरीकन तन्नेरी उमेरका निजामती कर्मचारीसमेत प्रोत्साहन भत्ताका फाराम भरिरहेका भेटिन्छन्। मन्त्रिपरिषद्ले हचुवाका भरमा निर्णय गर्ने र कार्यालय प्रमुखले कामै नभएपनि कर्मचारीलाई भत्ता उपलब्ध गराइदिने गरेकाले राष्ट्रको अर्बौँ रुपियाँ सकिएको छ। सरकारले कर्मचारी सञ्चयकोषमा थप रकम जम्मा गरिदिने, उपदान र पेन्सन दिएर भविष्य सुरक्षित गरिदिनेलगायत व्यवस्था गरेपनि वर्तमानमा पाउने न्यून पारिश्रमिकका कारण कर्मचारीले राष्ट्रलाई प्रतिफल दिन सकेका छैनन्। त्यसैले पेन्सनलगायत सुविधा दिएर भविष्य सुरक्षित गर्ने होइन, पारिश्रमिकमा आवश्यक वृद्धि गरी कर्मचारीको वर्तमान सुरक्षित बनाउनुपर्छ। खुसी र सन्तुष्ट कर्मचारीले मात्रै तोकिएको जिम्मेवारी पूरा गर्छ।

एनजिओ/आइएनजिओमा संलग्नता

नेपालको निजामती प्रशासनको ‘एनजिओ र आइएनजिओ’मा संलग्नता छापाहरूमा धेरै आउने विषय हो। हुन त सर्वोच्च अदालत र राष्ट्रिय मानव अधिकार आयोगमा समेत बाह्य लगानी हुनु डरलाग्दो विषय हो। यसमा राज्य बेखबर जस्तो बनेको छ बेलाबेलामा। नागरिक समाजसँग साझेदारी वा सहकार्य गर्नु लोकतान्त्रिक राज्यको चरित्र नै हो। तर सरकारी कर्मचारी एनजिओ र आइएनजिओ’बाट आउने पारिश्रमिकको लालचामा परेर सूचना प्रेषित गर्ने तथा राष्ट्रहित विपरीत नीतिनियम तर्जुमा गर्नेलगायत गम्भीर कार्यमा समेत संलग्न भएका आरोपबारे राज्य संवेदनशील हुनुपर्छ। कुन गैरसरकारी संस्थाले कुन कर्मचारीलाई कतिपटक विदेश भ्रमण गरायो र भत्ताबापत कति रकम उपलब्ध गरायो भन्ने अभिलेख हुने हो भने हाम्रो राष्ट्रियता कति कमजोर जगमा अडेको छ भन्ने प्रस्ट हुन्छ।

अन्त्यमा, सरकारको समृद्ध नेपालको सपनाको सफलता निजामती कर्मचारीको क्षमता र इमान्दारितामा निर्भर गर्छ। अन्यथा समृद्धिको सारथि भनी नियुक्त जोकोही प्रा. डा. मिश्र जस्तै विरक्तिएर पछि हट्नेछन्।
अर्को समाचार
प्रशासनमा राजनीतिक हस्तक्षेप रोक्न आयोगको सुझाव
२८ असार २०७०
•
४ मिनेट पाठ
प्रशासनमा राजनीतिक हस्तक्षेप रोक्न आयोगको सुझाव
काठमाडौं—सार्वजनिक प्रशासनलाई दलीय प्रभावबाट मुक्त राख्न एक सिफारिस समिति गठन गरी त्यसको सिफारिसमा मात्र नियुक्ति दिन प्रशासन सुधार सुझाव आयोगले सिफारिस गरेको छ। आगामी आर्थिक वर्षको बजेटमा निजामती प्रशासनमा सुशासनका लागि नेपाल सरकारलाई दिएको २१ बुँदे सिफारिस पत्रमा सम्बन्धित क्षेत्रका विज्ञसहित समाजमा उच्च र स्वच्छ छवि बनाएका व्यक्ति रहने एक सिफारिस समिति गठन गर्न र सो समितिको सिफारिसबमोजिम नियुक्ति दिन समितिले सुझाएको हो।सार्वजनिक संस्थान राजनीतिक दलहरूको भर्ती केन्द्रको रूपमा रहेको र सरकारबाट भएको लगानीको व्यापक दुरुपयोग भएको गुनासो आएकाले सार्वजनिक संस्थानलाई राजनीतिक हस्तक्षेपबाट मुक्त राख्न मौजुदा व्यवस्थापनमा सुधारका लागि संस्थान सेवा आयोग गठन गर्न पनि सो समितिले सुझाव दिएको छ।

लामो समयसम्म स्थानीय निकायको निर्वाचन नभएका कारण विकास निर्माणको काममा कठिनाइ भएको र त्यस क्षेत्रमा जाने बजेटको दुरुपयोग भएको जनगुनासो आएकाले तत्काल स्थानीय निकायको निर्वाचनमा जोड दिनुका साथै गाविसलाई व्यवस्थित गर्न सबै गाविसमा सचिव, प्राविधिक, लेखा कर्मचारीलगायतको व्यवस्था गर्न पनि समितिले सुझाव दिएको छ।

निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियन नहुँदा हाल सञ्चालित ट्रेड युनियन राजनीतिक पार्टीसँग आबद्ध भएकाले छिट्टै एक आधिकारिक ट्रेड युनियनको निर्वाचन गराउन, सार्वजनिक निकायको वेवसाइटलाई नियमितरूपमा अध्यावधिक गर्न, सबै सार्वजनिक निकायमा सूचना अधिकारी तोक्न, मन्त्रिपरिषद्का सदस्यसहित सबै निकायमा आचारसंहिता तयार गरी प्रभावकारीरूपले लागू गर्न र सबै पदाधिकारीको सम्पत्ति सार्वजनीकरणको नीति अख्तियार गर्नका लागि पनि भनिएको छ।

मन्त्रालयमा सल्लाहकार नियुक्त गर्दा भित्रबाट हुन नसक्ने विशेषज्ञ परामर्शका लागि मात्र नियुक्ति गर्नुपर्ने र त्यस्ता सल्लाहकारलाई कार्यालयको गोपनीयतामा पहुँच नहुने गरी आचारसंहिता तयार गरी लागू गर्न पनि जोड दिइएको छ.

कार्यअनुभवको आधारमा विशेष बढुवा पाएका कर्मचारीको शैक्षिक योग्यता पुगेको छ भने पद र व्यवसायको जिम्मा दिने तर योग्यता नपुगेमा भने प्राविधिक काममा नलगाउन पनि जोड दिइएको छ ।

विगतको पे–कमिसनको प्रतिवेदन, राष्ट्र बैंकबाट जारी हुने उपभोक्ता मूल्य सूची र सार्क राष्ट्रका कर्मचारीलाई दिइएको सुविधाबमोजिम कर्मचारीको तलबवृद्धि गर्न पनि सिफारिस पत्रमा उल्लेख गरिएको ।

जिम्मेवारी सम्हालेका पदाधिकारीमै सकारात्मक सोचको कमी, कानुनको कार्यान्वयनमा फितलोपना, कामको मूल्याङ्कन तथा अनुगमन नहुनु, कार्यक्रमहरूमा प्राथमिकता दिनुको साटो राजनीतिकरण बढाउनुजस्ता कारणले सुशासन हुन नसकेको समितिका संयोजक रहनुभएका प्रशासकीय अदालतका अध्यक्ष काशीराज दाहाल बताउँछन्। प्रशासनको बागडोर सम्हाल्ने राजनीतिको मुहान नै सफा नभएसम्म अन्य क्षेत्र राम्रो हुन नसक्ने भएकाले दलहरूले राजनीतिक सुधारका लागि इच्छाशक्ति देखाउनुपर्ने र कर्मचारीको दक्षता तथा व्यावसायिकताका लागि पहल हुनुपर्ने आवश्यकता उनले औंल्याए।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ५ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस