राजधानीमा मंगलबार भएका दुई घटना आफैँमा रोचक छन्। प्रत्यक्षतः दुवै घटनाको आपसमा कुनै सम्बन्ध छैन। तर, परोक्षमा दुवै घटना वंशानुगत परम्पराको धागोसँग जेलिएका छन्। जतिबेला नेपाली कांग्रेसका नेता सुशील कोइराला परिवारको राजनीतिक उत्तराधिकार धान्न प्रजातान्त्रिक पध्दतिको अवलम्बन गर्दै सभापतिको निर्वाचन लड्दै थिए त्यति नै बेला ज्ञानेन्द्र शाह राज परिवारको परम्परा धान्न कुमारीहरूको दर्शनका लागि हनुमान ढोका दरवार जाने तयारीमा थिए। गणतान्त्रिक व्यवस्थाको जगेर्ना गर्न बसेको रैथाने कामचलाउ सरकार आफैँले 'विशिष्ट नागरिक' को हैसियत प्रदान गरेका उनलाई निवासमा नै रोक्ने रुन्चे निर्णय गर्यो। उनी निवासबाट बाहिर निस्किएर कुमारीहरूको दर्शन गर्न जान पाएनन्।
सुशीलले चुनाव जिते। ज्ञानेन्द्रले पनि हारेनन्। कार्यकर्ताले पार्टी विग्रहका लागि सँधै अपजसको गह्रुंगो भारी बोकाए पनि अन्ततः उनैलाई सभापति चुनेर कोइराला वंशप्रतिको सद्भाव र भक्तिको प्रदर्शन गरे। ज्ञानेन्द्रका हकमा पनि त्यस्तै भयो। आफ्ना बडा जिज्यूबाजेले काठमाडौंमा इन्द्रजात्राको उत्सव मनाइ रहेका तत्कालीन राजा जयप्रकाश मल्ललाई पराजित गरेको दिनको पूर्वसंध्यामा आयोजित जीवित कुमारीहरूको अभिनन्दन समारोहमा भाग लिनबाट उनलाई बलपूर्वक रोकियो। तै पनि, उनको जयजयकार रोकिएन। हनुमान ढोकामा समारोहका लागि एकत्रित अभिनन्दनकर्ताले उनको जयजयकार गर्दै जननिर्वाचित संविधान सभाका ६०१ सदस्यको हुर्मत लिए। आयोजकले दोस्रो जनआन्दोलनको मर्ममा प्रहारगर्दै देशबाट राजतन्त्र हटाउने र धर्मनिरपेक्ष बनाउने प्रस्तावको संविधान सभाले थपडी बजाएर पारित गर्दैमा राजतन्त्रको महान परम्परा अन्त्य नहुने चुनौती दिए। संस्कृतिको आवरणमा गरिएको राजनीतिको यो हूँकार नेताहरूको कानमा पक्कै परेको होला।
आफना दाजु, भाउजु, भतिजा-भतिजी र आफन्तको लाशको थुप्रोबाट सग्लो निस्किएर शाहवंशको उत्तराधिकार थाम्ने अवसर पाए पनि ज्ञानेन्द्रले त्यसको उपभोग गर्न पाएनन्। भावनात्मकरूपले कोही पनि उनलाई स्वाभाविकरूपमा राजा मान्न तयार भएनन्। देश शोक र अवसादमा डुबी रहेका बेला भएको उनको गद्दी आरोहण र राज्याभिषेक समारोह अन्ततः शाह राजाहरूको वंशवृक्षको सर्वनाश साबित भयो। ज्ञानेन्द्रको हातमा राज्यको बागडोर पर्नु नै एउटा ऐतिहासिक दुर्योग थियो। दुर्योग नै भएपनि, शताब्दीयौंदेखि आफनो वंशले भोग्दै आएको राज्य आफनो हातबाट चिप्लिनु उनका लागि असह्य पीडा र चरम दुःखको अवस्था हो। उनी यस अवस्थाबाट मुक्त हुन खोजी रहेका छन्।
संविधान सभाको निर्णयद्वारा राजतन्त्र समाप्त भएर ज्ञानेन्द्र गद्दीच्युत भएको दुई वर्षभन्दा केही बढी समय भएको छ। यस अवधिमा ज्ञानेन्द्रले आफू र आफनो परिवारलाई योजनाबध्द ढंगले, तर बिस्तारै, राज्यसत्ताको केन्द्रतिर घिसार्दै लगेका छन्। उनका छोरा पारस आफ्नो छवि चम्काउन प्रयत्नशील छन् भने पुत्रवधु हिमानी नेपालको सामाजिक जीवनलाई प्रभावित गर्ने गरी सार्वजनिक जीवनमा देखापरेकी छिन्। शदीयौंदेखि राज परिवारको नूनको सोझोगर्दै आएकाहरू, कुलीनतन्त्रका प्रतिनिधि व्यक्तित्वहरू, भृत्यतन्त्रलाई पुस्तैनी कब्जामा राख्दै आएका अधिकारी र बाध्यताले मात्र गणतन्त्रको पक्षमा लागेका राजनीतिक नेताको ठूलै भिड ज्ञानेन्द्रका पक्षमा बिस्तारै संगठित हुन र खुल्न थालेका छन्।
परिवर्तनकारी राजनीतिक दलका नेताको कर्कश कलहले ज्ञानेन्द्रका लागि सुविधाजनक ऊर्जाको काम गरेको छ। लगभग राज्यहीनताको स्थितिमा पुगेको देशको अवस्थाले आत्तिएका जनताको हतास मनस्थितिको लाभ उठाउने मौका पनि उनलाई सहज उपलव्ध भएको छ। राज्य सत्ताको आधिकारिकता खस्किएर देशमा अराजक तत्वको बिगबिगी बढेकाले उनलाई पक्कै पनि उत्साहित तुल्याएको हुनुपर्छ। व्यवस्थापिका संसद्का नाममा चिनिने प्रतिनिधि संस्थाले आठौं पटकसम्म पनि एउटा प्रधानमन्त्रीसमेत छान्न नसकेको देखेपछि उनी हर्षले गद्गद् हुनु स्वाभाविकै मान्नुपर्छ। जननिर्वाचित संविधान सभाले निर्धारित समयमा संविधान निर्माण गर्न नसकेपछि ज्ञानेन्द्रको आत्मविश्वासले निकै लामो छलांग मारेको हुनुपर्छ। अझ, नेपाली सञ्चार माध्यममा आफूसँग जोडिएका घटनाक्रमको सविस्तार विवरण निरन्तर प्रवाहित हुँदा जनताको चासो बढी नै केन्द्रित भएकाले पनि उनलाई सजिलो भएको छ।
आफूलाई देखिने मात्रै होइन सुनिने र बोल्ने राजाका रूपमा प्रस्तुत गर्ने ज्ञानेन्द्र हिजोआज सुन्नमात्र थालेका छन्। जनतालाई आफूले पाएको दुःख पत्रकारलाई सुनाउने सुझाव दिन्छन्। आफ्ना राजनीतिक वाणीमा लगाम लगाउँछन्। घटना र परिस्थितिको मूल्यांकन गरेर आफ्ना खातामा परेको जनताको समर्थन सुरक्षित राख्न खप्पिस भई सकेकाछन्। राजाका रूपमा ज्ञानेन्द्रले नेपालका राजनीतिक दलका सबै नेताको औकात र आन्द्राभुँडी चियाएर हेरी सकेका छन्। त्यसरी हेर्दा उनले के देखे त्यो उनै जानुन् तर, नेताहरूको गतिविधिले उनका राजकीय महत्वाकांक्षालाई पक्कै पनि जगाएको छ। कांग्रेस र एमालेको त कुरै भएन। उनले आफना 'निमेसिस'का रूपमा देखा परेका माओवादीको आँच अनुभवगर्न थालेका छन्। कतिपय माओवादी नेताहरू पनि अनौपचारिक भाषामा उनको सांस्कृतिक उपादेयताको बखान गरी रहेका हुन्छन्। देशभित्रै र राजनीतिक दलका नेताहरूको वरपरमा उनको सांस्कृतिक मान्यता स्थापित गर्ने चर्चा चलिरहेका हुन्छन्। त्यसमाथि, ज्ञानेन्द्रले धर्मलाई आफ्ना आकांक्षाको सेतु बनाएका छन्। उनलाई थाह छ, देश धर्म निरपेक्ष भए पनि नेपाली जनता धर्मभीरु छन्। त्यसबाहेक दक्षिण एसियाको सशक्त धार्मिक जमघटबीचमा अवस्थित छ नेपाल। त्यसैले, उनले आफनो पुनरागमनको सम्भावना पनि उत्तिकै जीवित देखेका होलान्।
राजतन्त्रात्मक वा अरू प्रकारका एकाधिकारवादी व्यवस्थाबाट गणतान्त्रिक व्यवस्थामा रूपान्तरित भएका सबै देशले गणतन्त्रको स्वागतमा भव्य उत्सव मनाएका छन्। आफू स्वतन्त्र गणराज्य भएको खुसियालीमा दीपावली गरेका छन्। स्वतन्त्रताको भव्य स्मारकको निर्माण गरेका छन्। तर, नेपालमा भने लुसुक्क आयो गणतन्त्र। न त्यसको स्वागतमा कुनै प्रकारको भव्यताको प्रदर्शन गरियो, न त नेताहरूले जनताबीच गएर गणतन्त्रप्रतिको आफ्नो प्रतिबध्दता प्रकटगर्ने आवश्यकता नै ठाने। कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला र माओवादी अध्यक्ष पुष्पकमल दाहालको आपसी सहमतिमा आयो गणतन्त्र। संविधान सभामा उपस्थित दलले त्यसमाथि छलफलै गरेनन्, अनुमोदन गरे। नेपाल सजिलै गणतन्त्रात्मक देशको लहरमा उभियो। जनताको प्रत्यक्ष अनुमोदन प्राप्त गरेर बाजागाजाका साथ गणतन्त्र भित्र्याइएको भए अहिले यसको रूप यति लिखुरे हुने थिएन। यसको जीवनमा चुनौतीहरू पनि कम हुन्थे। यसले जनताका बीच हुर्किने फराकिलो परिवेश पनि पाउने थियो। धर्मका नाममा शिखण्डीले यसलाई चुनौती दिन पनि पाउने थिएनन्।
नेपालमा राजतन्त्र फर्किने आशंका निश्चय पनि राजनीतिकरूपले ठीक होइन। तर, देशको व्यवस्थापन सही ढंगले हुन सकेन भने वैकल्पिक शक्तिका रूपमा जनताले राजालाई फर्केर हेर्दैनन् भन्ने प्रत्याभूति कसैले दिन सक्तैन। दलहरूको सहमतिमा संविधान सभाको म्याद थपिएको पनि तीन महिना बितिसक्यो। सहमतिको सरकार निर्माणका लागि माधवकुमार नेपालले दिएको राजिनामा पनि कचल्टिइसक्यो। तै पनि देशको राजनीति गतिशील हुन सकेको छैन। नेताहरूले राजनीतिक सहमतिको सपना जतिसुकै बाँडेपनि त्यसको धर्कोसम्म देखिएको छैन। माओवादी र गैरमाओवादीका दुई पद्धतिबीच ध्रुवीकृत भइसकेको राजनीति कहाँ पुगेर अड्किने हो कसैले भन्न सत्तै्कन। यो अवस्था अलि बढी लमिने हो भने राजा र उनका समर्थकका गतिविधि पनि बढ्दै जाने स्पष्ट छ। राज्यच्युत भए यता ज्ञानेन्द्रले तेत्तीस कोटी देवताको पूजा आराधना र महामृत्युञ्जयको एक करोड एक सय आठ जप गरिसकेका छन्। गणतन्त्रबाहेक यस उपासनाको अर्को लक्ष्य के नै हुन सक्छ र?