सुन्दा प्रहसनको संवादजस्तो लाग्छ। प्रधानमन्त्री खड्गप्रसाद ओली जगत प्रसिद्ध ‘विद्वान्’ हुन्, उनका समर्थकका दृष्टिमा। केही विश्वविद्यालयले उनलाई विद्यावारिधिको उपाधिसमेत दिएका छन्। सायद त्यसैले होला, उनलाई ‘थाहा नभएको’ कुरा केही छैन। हरेक विषयमा उनी धाराप्रवाह बोल्छन्। ‘राजतन्त्रवादी’ सबै मूर्ख हुन्छन् भन्ने नयाँ ‘डक्ट्रिन’ घोषणा गरे उनले। ‘अक्सफोर्ड’ जानुअघि संसारका कुनै राजनीतिशास्त्री र राजनीतिशास्त्रले प्रमाणित गर्न नसकेको रहस्य उद्घाटन गरे उनले। भनिन्छ– गणतन्त्रमा पनि फरक विचारको सम्मान गरिन्छ। तर ओली त्यो मान्न तयार देखिएका छैनन्। उनी ‘अरूको’ कुरै नसुन्ने जिद्दी नेता भनेर परिचित छन्। त्यसैले सत्तालाई रुचिकर नलाग्ने फरक विचार, प्राचीन सभ्यता, धरोहर, गुठी, मूल्य/मान्यता सबै उन्मूलन गर्ने डिजाइनअन्तर्गत राज्यसत्ताको प्रयोग भइरहेको देखिन्छ।
ओलीतन्त्र उदेकको छ। योग्यता, क्षमता, इमानदारी, देशप्रेम, राष्ट्रिय एकता र स्वाभिमानलाई एउटै व्यक्तिको अभिमानले थिचेको छ भन्छन् उनकै दलका नेताहरू। यसमा गर्वोन्मक्त छन् ओली। दलका कैयन् नेता आफ्ना सर्वोच्च नेतालाई ‘सर्वमान्य’ ठान्दैनन्। ओलीलाई पदेन विद्वान्, पदेन कूटनीतिज्ञ, पदेन राजनीतिज्ञ र पदेन सर्वज्ञ मान्छन् उनको गुटको मान्द्रोभित्र बेरिएका केही नेता÷कार्यकर्ता। नेपाल कम्युनिस्ट पार्टीभित्रको यथार्थ अर्कै छ। पुष्पकमल दाहाल र केपी ओलीले पार्टीलाई बर्बाद बनाइरहेका छन् भन्नेहरूको जमात ठूलो छ। त्यहाँ राष्ट्र र जनताको हित एकादेशको कथा बन्दै छ।
म्याग्ना–कार्टामा हस्तक्षर गरेर ब्रिटेनका राजा जोनले रन्निमिड भन्ने ठाउँमा जनताको प्रतिनिधि संस्था संसद्लाई बाध्यतापूर्वक धेरै अधिकार दिए। सन् १२१५ को सो घटना त्यहाँको इतिहासमा मात्र होइन, विश्वकै राजनीतिक इतिहासमा अर्थपूर्ण र महत्वपूर्ण मानिन्छ। राजा र संसद्बीच तनाव शान्त गर्न त्यसले ठूलो मद्दत ग-यो। तर राजाको अधिकार कटौती गरियोस् भन्नेहरूले राजालाई र राजाले जनताका प्रतिनिधिलाई ‘मूर्ख’ भनेनन्। मत–मतान्तर भए पनि ब्रिटिसहरूले शिष्टाचार बिर्सिएनन्।
रसियाको रोमानोभ राजवंश, जर्मनीको होहेन–जोलर्न राजवंश, हंगेरीको हब्सवर्ग राजवंश होस् वा इटलीका राजतन्त्र समर्थक र विरोधीहरू, उनीहरूले थुप्रै आरोह–अवरोह देखे तर आफ्नै स्तर घटाएर निम्नकोटिको भाषा बोलेनन्। इटलीमा गेरीबाल्डी, मेजिनी र क्याभोरजस्ता प्रसिद्ध राजनेताले बहुजनको शासनभन्दा राजतन्त्रात्मक पद्धतिले राष्ट्रको हित गर्छ भन्दै वकालत गरे तर कसैले पनि उनीहरूलाई ‘मूर्ख’ भनेनन्। ती राजतन्त्रवादीले इतिहास बनाए।
इतिहासमा राजतन्त्रको प्रसंग जताततै आउँछ। युरोपमा ‘किङ’ शब्द प्रयोगमा आउनुभन्दा हजारौँ वर्षपहिले ऋग्वैदिककालमै राष्ट्र र राजाजस्ता शब्द प्रचलनमा आएको देखिन्छ। तसर्थ राजतन्त्र शब्द पनि त्यति नै पुरानो भएकाले राजतन्त्रवादीको इतिहास प्राग्ऐतिहासिक मानिन्छ। पश्चिमी राष्ट्रका धेरै सभ्यता राजतन्त्रसँग गाँसिएका पूर्वीय गोलाद्र्धमा पनि यहाँको सभ्यता, भाषा, साहित्य, धर्म, संस्कृति सबै राजतन्त्रसँग गाँसिएकोे छ। नेपालमा पनि राजतन्त्रकालका महत्वपूर्ण उपलब्धिलाई छोपिदिने हो भने हाम्रो इतिहास र सभ्यता नै छोपिन्छ।
सन् १९७५ मा कम्युनिस्टलाई प्रयोग गरेर विदेशी शक्तिको बलमा राजा हेली सेलासीलाई गद्दीच्युत गरियो, इथियोपियामा। त्यसपछि भीषण गृहयुद्ध भयो र देश टुक्रिएर इरिट्रिया बन्यो। कम्युनिस्टका शब्दकोशमा गाली–गलौज भएन भने त्यो नूनबेगरको तरकारीजस्तो खल्लो हुन्छ। त्यसैले राजतन्त्र समर्थकहरूलाई विभिन्न देशका कम्युनिस्ट बेस्कन गाली गर्छन्। त्यस्ता अप्रिय, अशिष्ट र अभद्र शब्दको उच्चारण गर्न पनि सभ्य मानिसलाई लाज लाग्छ। हत्या र आतंकजस्तो कुकर्ममा लागेर सजाय वा क्षमा पाउनेले आफूलाई प्रजातन्त्रवादी, लोकतन्त्रवादी भनेर दाबी गर्न मिल्छ भने अलकायदा, बोको हराम वा त्यस्ता धेरै समूहका अगुवालाई के भन्ने ? राज्यको ढुकुटीको चरम दोहन गर्ने, ऐन, कानुन र आफैंले बनाएको संविधान मिचेर जथाभावी गर्ने अनि सुशासन, समृद्धि र जनाधिकारको कुरा गर्नेहरूको
वाचा कसले पत्याउँछ ?
एक अध्ययनअनुसार गणतन्त्र भएका कैयन् राष्ट्रमा पनि लाखाँै राजतन्त्रवादी छन्। त्यहाँ पहिला राजतन्त्र छँदा सुख, शान्ति, समृद्धि भएकाले पुराना मानिस पनि इतिहास सम्झेर बसेका छन्। ती सबै मूर्ख होइनन्। राजतन्त्र मासिएको झण्डै ८० वर्ष बिते पनि जर्मनीमा आज १९ प्रतिशतभन्दा बढी राजतन्त्रवादी रहेको अध्ययनले देखाउँछ। यस्तै तथ्यांक अरु देशमा पनि पाइन्छ, जहाँ राजतन्त्र छैन।
आजको युगमा कुनै पनि निरंकुश वा अधिनायकवादी शासन जनताले स्वीकार गर्दैनन्। तर सबैलाई समेट्न सक्ने र दलको घेराबाट माथि उठेर राष्ट्रको बृहत्तर हित सोच्ने संस्था राजसंस्था नै हो भन्ने कुरा करोडौँले स्वीकार गरेका छन्। विज्ञान, प्रविधि, कूटनीति र ज्ञानका क्षेत्रमा प्रसिद्धि कमाएका जापान, नर्वे, डेनमर्क, ब्रिटेनदेखि लिएर विभिन्न २८ राष्ट्रमा राजतन्त्र छँदै छ। ती राष्ट्रका जनताले राजतन्त्रको समर्थन गरेका छन्। गणतन्त्रवादी नेताहरूसमेत एसिया र युरोपका राजा र राजपरिवारका सदस्यलाई स्पर्श गर्न पाउँदा प्रसन्न हुने गर्छन्। राजतन्त्रवादीहरूलाई मूर्ख भन्ने प्रधानमन्त्री ओलीले नै बेलायतका महारानीका नातिलाई केही दिनअघि स्पर्श गर्न पाउँदा खुसी र भाग्यमानी ठानेको देखियो।
राजतन्त्रको समर्थन गर्ने व्यक्तिमध्ये कैयन् विश्वप्रसिद्ध पनि छन्। नोवेल पुरस्कारदेखि लिएर विभिन्न उच्चस्तरको सम्मान पाउनेहरूमा राजतन्त्रवादी धेरै छन्। दरिद्र, अभावग्रस्त र असभ्य राष्ट्रको सूचीमा कुनै पनि राजतन्त्रवादी मुलुक परेको देखिँदैन। किनभने त्यहाँको जरो सभ्यतासँग गाँसिएको हुन्छ। साहित्य, कला, संगीतको कुरा गर्दा युरोपका भोल्तेयरदेखि लिएर अधिकांश स्रष्टा राजतन्त्रवादी नै थिए। ‘द एज अफ लुइ फोर्टिन्थ’ ग्रन्थमा विश्व प्रसिद्ध साहित्यकार भोल्तेयरले लुई चौधौँको कार्यकाल फ्रान्सको इतिहासमा स्वर्ण युग नै थियो भनेका छन्।
नेपालमा पनि पृथ्वीनारायण शाहदेखि पछिल्लो पुस्ताका राजाहरूले विभिन्न प्रतिभाको सम्मान गरेको पाइन्छ। राजा महेन्द्रले त विदेशमा बसेका प्रतिभाशाली नेपालीलाई समेत बोलाएर योग्यताअनुसारको दायित्व दिएको देखिन्छ। देशका विभिन्न भागमा रहेका इमान्दार, प्रतिभाशाली, सक्षम र लगनशील व्यक्तिहरूलाई राजदरबारमा बोलाएर जमिन र दायित्व दिने राजाहरूले सबैलाई समेट्न खोजेका थिए। यसरी इतिहास हेर्दा न राजा मूर्ख ठहरिए न उनका समर्थक नै। तर राजतन्त्र मान्ने सबै मूर्ख हुन् भन्नु आफँैमा अतिशयोक्तिपूर्ण देखिन्छ।
हंगेरी, अल्वानिया, बुल्गेरिया, इटली, इरान, रसिया, अफगानिस्तानलगायतका राष्ट्रमा लाखौँ राजतन्त्रवादी आज पनि प्रखर छन्। ती अल्पमतमा छन् तर आजको पुस्ताले इतिहास पढेर राजतन्त्रका कथाबारे चाख लिन थालेको त्यहाँका कतिपय लेखकले उल्लेख गरेका छन्। चीनको ग्रेटवाल होस् वा भारतको ताजमहल, विश्वका धेरैजसो प्राचीन स्मारक र महŒवपूर्ण सम्पदा राजतन्त्रकालमै निर्माण भएको पाइन्छ। तसर्थ इतिहास, संस्कृति, धर्म, सभ्यताको सम्मान गर्ने राजतन्त्रवादीहरू मूर्ख हुनै सक्दैनन्। ‘मूर्खहरू’ द्वारा निर्माण गरिएको सभ्यताले विश्वलाई आज पनि आकर्षित गरिरहेको छ। राजतन्त्रकालमै बनेको सिंहदरबारमा बसेर गणतन्त्रवादी नेताहरू राजतन्त्रलाई गाली गरिरहेका छन् भने राजा महेन्द्र र वीरेन्द्रले निर्माण गरेका विकास आयोजनाहरू आज पनि उदाहरणीय मानिन्छन्। ती सबै कुराको प्रशंसा गर्ने राजतन्त्रवादीहरू मूर्ख हुन् र उनीहरूले आदर गर्ने राजा पनि मूर्ख हुन् भने नेपाललाई लाखौँ ‘मूर्ख’ चाहिएको छ।
ब्रिटिस मूलका अमेरिकी लेखक म्याथ्यु फिनी लेख्छन्– ‘बितेका सय वर्षमा युरोपले सैनिक तानाशाही, फासिस्ट शासन, कम्युनिस्ट शासन सबै देख्यो तर राजतन्त्रले मात्र प्रजातन्त्र बचाएको ठहरियो।’ डेनमार्क, ब्रिटेन, स्विडेन, हल्यान्ड, नर्वे, बेल्जियम, क्यानडा, अस्ट्रेलिया, जापान, थाइल्यान्ड आदि राष्ट्रको प्रजातन्त्र सुरक्षित छ आज पनि। त्यहाँ स्थायित्व भएकै कारण शान्ति छ भने शान्ति भएकै कारण प्रगति र स्थायित्व छ। तसर्थ जसरी गणतन्त्र अस्थिरताको प्रतीक हो, त्यसैगरी राजतन्त्र स्थायित्वको प्रतीक बनेको देखिन्छ।
सन् १९४३ मा ब्रिटिस लेखक सिएस लेवीले लेखे– राजतन्त्र हटाएपछि त्यो राष्ट्रको इतिहासले अर्कै मोड लिन्छ। त्यो बेला जनताले सभ्य, सुसंस्कृत, शिक्षित, मर्यादित, व्यक्ति (राजा वा महारानी) लाई महान् भन्नुको सट्टा अर्बपति तस्कर, वेश्या, गुण्डा आदिको तारिफ गरेर चित्त बुझाउनुपर्ने हुन्छ।
नेपालमा राजतन्त्र चाहिन्छ भन्नेमध्ये धेरैले राजावादी (रोयलिस्ट) र राजतन्त्रवादी (मोनार्किस्ट) बीचको अन्तरबारे भेउ नपाएको देखिन्छ। राजावादीलाई एउटा राजाको मात्र चिन्ता हुन्छ। राजतन्त्रवादीहरू राजसंस्था चिरकालपर्यन्त बलियो होस् र त्यसको संरक्षण, संवद्र्धन तथा सम्पोषण होस् भन्ने चाहन्छन्। डा. तुलसी गिरी ‘राजावादी’ थिएनन्, राजतन्त्रवादी थिए। राजतन्त्रबारे उनको धारणा स्पष्ट थियो। सत्तामा पुग्नका लागि गणतन्त्रात्मक संविधानको समर्थन गर्दै शपथ ग्रहण गर्ने र सत्ताच्युत हुनुपर्दा राजतन्त्र नै सही हो भन्ने अवसरवादी चरित्रले पनि कैयन् राजतन्त्रवादीलाई अप्ठ्यारोमा पारेको देखिन्छ।
नेपालमा राजतन्त्रात्मक परम्पराले सयकडौँ साहित्यकार, संगीतकार, कलाकार, खेलाडी, राजनीतिज्ञ, कूटनीतिज्ञ सबैलाई समेटेको थियो। दल, गुट, जात, क्षेत्र वा ‘तेरो–मेरो’ भन्दैन राजसंस्थाले। सभ्यता, कला, संस्कृति र प्राचीन धर्म बचाएर राख्ने संस्था राजसंस्था नै भएकाले राजसंस्था बलियो भएका देशका सभ्यता र संस्कृतिसमेत बलियो भएको देखिन्छ। राजतन्त्रवादी ‘मूर्खहरू’ राष्ट्रियता, प्रजातन्त्र, धर्म र सभ्यताप्रति संवेदनशील हुने गर्छन्।
सन् २०१२ मा १ हजार सदस्यमात्र भएको ‘मोनार्किस्ट’ (राजतन्त्रवादी) दल खुल्यो रसियामा। कसैले पनि उनीहरूलाई ‘मूर्ख’ भनेनन्। पुराना कम्युनिस्टले पनि विरोध गरेनन्। ‘अरिङ्गाल’ पठाएर समाप्त पारिदिने तुजुक पनि देखाएनन्। नेपालमा जनमत संग्रहको परिणाम सहजरूपमा स्वीकार गरे बिपीले। उनले भने– ‘विचारको सम्मान गर्नुपर्छ।’ बिपी राजतन्त्रसहितको प्रजातन्त्र हुनुपर्छ भन्थे।
कम्युनिस्ट स्कुलिङमा मौका पर्दा फरक विचार राख्नेको घाँटी निमोठिन्छ। प्रेस, मानव अधिकार, निजी क्षेत्र, गुठी प्रथा, बुद्धिजीवी, प्राध्यापक, लेखक, उद्योगपति, व्यापारी, कूटनीतिज्ञ सबैलाई दबाउन चाहने वर्तमान सरकारका ‘हेडमास्टर’ नीति, विधि, आदर्श, सिद्धान्त र दर्शनभन्दा आफू धेरै उच्च आसनमा रहेको ठानिरहेका छन्। यस्तो उन्माद हानिकारक हुन्छ। राष्ट्र निर्माता, इतिहास र पम्पराको अपमान गरेर २०६२/६३ सालपछि मात्र बल्ल नेपाल ब्युँझिएको हो भन्दै सबैलाई मूर्ख ठानिँदैछ। प्रधानमन्त्रीको अभिव्यक्तिले यही संकेत गरेको छ।

सबैलाई समेट्न सक्ने र दलको घेराबाट माथि उठेर राष्ट्रको बृहत्तर हित सोच्ने संस्था राजसंस्था नै हो भन्ने कुरा करोडौँले स्वीकार गरेका छन्।

गणतन्त्रवादी नेताहरूसमेत एसिया र युरोपका राजा र राजपरिवारका सदस्यलाई स्पर्श गर्न पाउँदा प्रसन्न हुने गर्छन्। राजतन्त्रवादीहरूलाई मूर्ख भन्ने प्रधानमन्त्री ओलीले नै बेलायतका महारानीका नातिलाई केही दिनअघि स्पर्श गर्न पाउँदा खुसी र भाग्यमानी ठानेको देखियो।