सहमतिमा राष्ट्रिय सरकार गठनगर्न संविधान सभामा पहिलो दल एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी) र तेस्रो दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) का प्रमुख नेताबीच भएको 'आरआरएन' सहमतिलाई कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेल र महामन्त्रीमा निर्वाचित भएपछि आफूलाई सभापतिका 'हात-गोडा' बताउने सभासद प्रकाशमान सिंहले अस्वीकार गर्नु भएकोछ। तर, राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष तथा वयोवृध्द नेता सूर्यबहादुर थापालाई भने यो सहमतिले आशावादी बनाएको छ।
महाधिवेशनका निर्वाचनलगायत सबै परिणामबाहिर आइसकेपछि कांग्रेसले आरआरएन सहमतिको पक्षमा निर्णय लिनेमा थापा लगभग ढुक्क हुनुहुन्छ। दक्षिणका समतल फाँटबाट बगेर हिमालयमा ठोकिने हावाको बहाबका चरित्रका बारे राम्रो जानकारी राख्ने थापाले गर्नु भएको यो निश्चयात्मक प्रकारको भविष्यवाणीमा निकै दम देखिन्छ। पछिल्लो समयमा कांग्रेस राजनीतिले आवश्यकताभन्दा बढी नै दक्षिणी हावाको चाप थेगी रहेकाले पनि नेता थापाको विश्लेषण विश्वसनीय बन्न खोजेकोछ।
कांग्रेस महाधिवेशनबीचमा भएको आरआरएन सहमतिले माओवादी-एमाले गठबन्धन टुटेपछि पहिलो पटक धेरै नजिक ल्याएकोछ। यो सहमति गोदावरी, धुलिखेल, नगरकोट वा दक्षिणकालीका सुविधाजनक रिसोर्टमा नखोजिएर किन गैरसरकारी संस्था आरआरएनमा नै खोजियो? सहमति र सम्झौतामा स्थानको पनि सांकेतिक महत्व रहन्छ। लगभग सबै युरोपेली देशले नेपालको राजनीतिक समस्याको समाधान राजनीतिक दलबीच आपसी सहमतिको आधारमा खोजियोस् र त्यसका लागि सहमतिको सरकार बनोस् भन्ने चाहना राख्दै आएका छन्। राजधानीमा रहेका युरोपेली दाता समूहका प्रतिनिधि यसका लागि सक्दो योगदान गर्न जमजमाएका छन। यस समूहसँग आरआरएन र यसका अध्यक्षको विश्वसनीय सम्बन्धका कारण माओवादी र एमालेका नेताले सहमतिका लागि आरआरएनको प्रयासलाई पछ्याएका हुन्। माओवादी र एमालेलाई सहमतिमा ल्याउन सके कांग्रेसलाई सहमतिमा ल्याउन कठिन हुनेछैन भन्ने विश्वास सहमतिका सूत्रधारमा देखिन्छ। 'आरआरएन' सहमतिमा एमाले नेता केपी शर्मा ओलीको सक्रिय उपस्थिति र सहमतिका बारे नेता सूर्यवहादुर थापाको विश्लेषणले यही संकेत गरेको छ।
तर, यो सहमतिमा कतै न कतै तुस बाँकी छैन भन्न सकिँदैन। पहिलो त, शान्ति प्रक्रियाको सबभन्दा महत्वपूर्ण पक्ष नेपाली कांग्रेसलाई सहमति बैठकमा सहभागी गराइएन। दोस्रो, चार वर्षदेखि कचल्ट्याएर राखिएको लडाकु समायोजनको समस्या चार महिनाभित्र समाधान गरेर अनमिनलाई बिदा गर्न माओवादी र एमाले एकसाथ र अचानक सहमत भए। निष्त्रि्कय विशेष समितिलाई रातारात सक्रिय पारियो। लडाकु समायोजनका लागि माओवादी र एमालेले जतिसुकै चासो र तदारुकता देखाएपनि चार महिनामा समायोजन हुनु लगभग असम्भव नै छ। तेस्रो, सहमतिको चारदिनपछि, कुन्नि कताको दबाब महसुस गरेर हो, प्रधानमन्त्री माधवकुमार नेपालले सहमतिको उद्देश्य माओवादी-एमाले गठबन्धन सरकारको निर्माण नभएर राष्ट्रिय सहमतिको सरकारको गठन भएको स्पष्टीकरण दिनुभयो। उहाँको यो कथन वामपन्थी गठजोडले झस्किएका कांग्रेसका नेतालाई सन्तुष्ट तुल्याउने हिसाबले आएको थियो।
आरआरएन सहमतिपछि माओवादी नेतामा समायोजनको गोल चक्कर परिक्रमा गर्ने दायित्व थपिएकोछ। लडाकुसँग अत्यन्त निकट सम्बन्ध राख्ने युवा नेता जवानको इच्छा अनिच्छाको पहिचान गर्न शिविरतिर लागेका छन्। अहिलेसम्म विविध विषयमा उद्भट विचार प्रकटगर्दै आएका अन्य नेताको मुखमा पार्टीले ताल्चा ठोकेकोछ। महत्वपूर्ण नेता या त फोन उठाउँदैनन्, उठाएपनि राजनीतिक सन्दर्भमा बोल्न चाहँदैनन्। गणतन्त्र स्थापनापछि वाक स्वतन्त्रताको सबभन्दा वढी उपभोग गरेको आरोप खेप्दै आएका अध्यक्ष पुष्पकमल दाहालसम्मले राम्ररी बोल्नु भएको छैन। कांग्रेस सभापति सुशील कोइरालाको स्वास्थ्यबारे जानकारी लिएर फर्किँदा यतिमात्रै बोल्नुभयो -राजनीतिक समस्याका बारे कोइराला स्वस्थ्य हुनु भएपछि छलफल हुनेछ। माओवादी पार्टीको अहिलेको धरातलीय यथार्थ के हो? त्यसका बारे यसै भन्न सकिँदैन। तर, केन्द्रीय गतिविधि हेर्दा उनीहरू कांग्रेस-एमाले दुवैले पत्याउने गरी 'सुध्रिने' धुनमा देखिन्छन्।
एमालेसँग माओवादीको अर्थपूर्ण सहमति भएपनि कांग्रेस र माओवादीबीच तत्काल सहमतिको लक्षण देखिँदैन। अहिलेको अवस्थामा माओवादी र कांग्रेसबीच सहमतिहुन कि त माओवादी कांग्रेसको नेतृत्वमा सरकारमा सम्मिलितहुन तयार हुनु पर्यो नभए माओवादी र कांग्रेसले एमालेको नेतृत्व स्वीकार्नु पर्यो। आरआरएन सहमतिका लागि एकठाउँमा आउन तयार भएपनि माओवादी वा एमाले दुईमध्ये कुनै पनि दलले एक अर्काको नेतृत्व स्वीकार गरेर कांग्रेसलाई एक्ल्याउने अवस्था देशमा विद्यमान छैन। सबभन्दा महत्वपूर्ण त कांग्रेस प्रधानमन्त्रीको प्रतिस्पर्धाबाट बाहिर ननिस्किएसम्म अन्य विकल्पका बारे सोच्ने संवैधानिक प्रावधान नै छैन। बहुमतीय पध्दतिको सरकारलाई नै लोकतन्त्रको मेरुदण्ड मान्दै आएको कांग्रेसका बहुसंख्यक नेता रामचन्द्र पौडेललाई प्रतिस्पर्धाबाट बाहिर ल्याएर सहमतिगर्न तयार देखिँदैनन्। कांग्रेसलाई रेसबाट बाहिर ल्याउन माओवादी र कांग्रेसबीच एउटा पूरक सहमतिको आवश्यकता छ। त्यो सहमति आरआरएनमा हुन सक्छ कि सक्तैन? यसमा भने शंकै छ।
महाधिवेशनबाट आफ्नो नेतृत्वको नवीकरण गराएर वैधानिक सभापति बन्नु भएका सुशील कोइराला माओवादी समस्याका बारेमा भिन्न विचार राख्नुहुन्छ। उहाँले गिरिजाप्रसाद कोइरालाको उत्तराधिकारी बन्ने सुयोग पाउनु भएको छ। यसको अर्थ, उहाँले गिरिजाप्रसादमा जत्तिकै 'राजनीतिक खतरा' उठाउनसक्ने क्षमतापनि उत्तराधिकारित्वमा पाउनु भएको छ भन्ने लाग्दैन। गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईलाई किनारा लगाइसकेपछि पार्टीभित्र गिरिजा कोइरालालाई चुनौतिदिने हैसियतका नेता कोही थिएनन्। तै पनि, उहाँले आफ्नै चेला शेरबहादुर देउवावाट मात खानु परेको थियो। सुशील कोइरालाबाट पराजित देउवा अहिले झनै मुखरित हुनसक्ने अवस्थामा हुनुहुन्छ। यो अवस्थामा सुशील कोइराला सरकार, शान्ति प्रक्रिया र संविधानका बारे देउवालाई किनारा लगाएर निर्णय गर्नसक्ने स्थितिमा पक्कै हुनुहुन्न। पक्कै पनि, आरआरएन सहमतिले राष्ट्रिय सरकार निर्माणको पक्षमा प्रयत्नको ढोका उघारेकोछ। तर, कांग्रेसलाई संलग्न गरेर सहमतिको पुनर्लेखन नगरेसम्म यसको औचित्य स्थापित हुन सक्तैन। राजनीतिमा कांग्रेसको सम्मानजनक भूमिकाको कदर गर्दै सहमतिमा भित्र्याउन वामपन्थी शक्तिले पहल गरेको खण्डमा हावाको संकेत बुझेरपनि कांग्रेस सहमतिबाट बाहिर बस्न सक्तैन। अन्ततः कांग्रेस वामपन्थीले चित्रण गरेजस्तो घोर दक्षिणपन्थी पार्टी होइन। त्यसपछि, यो सहमतिमा मधेस तराइका दललाई पनि सामेल गराउनुपर्ने आवश्यकता त छँदैछ। उनीहरूको सहभागिताले समस्यालाई फैलिनबाट रोक्नेछ।
समस्याको विश्लेषण जुनसुकै कोणबाट गरेपनि राज्यको पुनर्संरचना र नयाँ संविधानको निर्माणमा दलका नेताहरूको अभिरुचि र इमानदारी नरहेसम्म कुनै परिणाम आउँदैन। देशमा प्राथमिकताका साथ समाधान गर्नुपर्ने थुप्रै जटिल विषयको थुप्रो लागेपनि सरकार बनाउने खेलमा मात्रै दलहरूको ध्यान जानु उदेकलाग्दो हो। दलहरू सरकारमा अल्भि्कएर मुख्य र कठिन एजेन्डाबाट भाग्न खोजिरहेका हुन् वा जनतालाई जिस्क्याइरहेका हुन्? यसै भन्न सकिँदैन। यही हिसाबले २०६८ को जेठ सम्मका लागि बढाइएको म्यादभित्र संविधान निर्माणहुन सक्दैन। दलहरू अन्तरिम समयबाट बाहिर आउन चाहेकै छैनन्। दलका नेताले संविधान निर्माणपछि स्थायी र सुदृढ सरकारका लागि हुनैपर्ने चुनावको कल्पना पनि गरेका छैनन्। कतै यिनले आफ्नो जीवन रहेसम्म म्याद थपेरै संविधान सभाको अस्तित्व कायम राख्ने त हैनन्!