ध्रुवीकरणमा कांग्रेसका जिम्मेवारी
१५ असोज २०६७
•
१४ मिनेट पाठ
ध्रुवीकरणमा कांग्रेसका जिम्मेवारी
नेपाल अहिले इतिहासको सबैभन्दा कठिन परीक्षणकालमा छ। पुराना मान्यता र पद्धति फ्यालिए तर नयाँ स्थापित हुन सकेका छैनन्। संक्रमण कालको फाइदा उठाएर साम्प्रदायिक र विघटनकारी तत्वले राज्यलाई चर्को दबाब दिइरहेछन्। यसै बेला दुवै छिमेकी राष्ट्रका साथै टाढाको महाशक्ति राष्ट्रले पनि नेपालको आन्तरिक मामिलामा अनीष्टकारी चासो देखाउन थालेको छ। आआफ्नो राष्ट्रिय स्वार्थपूर्ति गर्ने खेल मैदान नेपाललाई बनाउनेतर्फ अन्तर्राष्ट्रिय गतिविधि तीव्र भएको देखिएको छ।
हालै आएको उच्चस्तरीय चिनियाँ प्रतिनिधि मण्डलले नेपालमा तिब्बती गतिविधि बढेको र बाह्य शक्तिले तिनलाई प्रयोग गरेर तिब्बतमा गडबडी मच्चाउने षड्यन्त्र गरेको भन्दै आपत्ति प्रकट गर्‍यो। प्रतिनिधि मण्डलले राष्ट्रपतिदेखि सरकार प्रमुख र ठूला दलका शीर्ष नेतालाई भेटी यस्ता ‘अवाञ्छित' गतिविधि ...नसहने' चेतावनी दिएको थियो।
यसभन्दा अघि नेपाल आएका अमेरिकी उपमन्त्रीले गृहमन्त्री भीम रावललाई भेटेर सन् १९८९मा अमेरिका र नेपालबीच भएको ...भद्र सहमति' कार्यान्वयन गर्न दबाब दिएका थिए। तिब्बतीलाई नेपाल आउन र दलाई लामालाई भेट्न भारत जान रोकतोक नगर्ने सहमति त्यति बेलाको पंचायती सरकारले गरेको रहेछ। त्यसलाई लागू गर्न अमेरिकाले अहिले आग्रह गरेको हो। चिनियाँ प्रतिनिधि मण्डल आउनुभन्दा पहिले भारतीय प्रधानमन्त्रीका विशेष दूत नेपाल आएका थिए। उनले पनि राष्ट्रपतिदेखि प्रधानमन्त्री र ठूला दलका शीर्ष नेतालाई भेटे। औपचारिकरूपमा उनका अभिव्यक्तिहरू बाहिर नआए पनि भेटघाट र वार्तामा गरेको कुराहरू आपत्तिजनक भएको नेपालको राजनीतिक वृत्तमा वायुजस्तै अगोचर तर सर्वत्र अनुभव गरिएको छ। नेपालको आन्तरिक मामिलामा भारतको स्वार्थ पक्षपोषण गर्नु उनको भ्रमणको उद्देश्य रहेको अनुमान सहजै हुन्छ। त्यसपछि नेपालसँगको खुला सीमाका कारण भारतको सुरक्षामा खतरा रहेको चिन्ता भारतीय प्रधानमन्त्रीले त्यहाँको प्रमुख प्रतिपक्षसँगको वार्तामा प्रकट गरेका थिए। यसैले मुलुक सायद, आफ्नो इतिहासकै सबैभन्दा कठिन अवस्थामा छ भनिएको हो।
मुलुक संकटमै भएका बेला नेपाली कांग्रेसको १२औं महाधिवेशन सम्पन्न भएको छ। केन्द्रीय पदाधिकारी र सदस्यको निर्वाचन परिणाम पनि सार्वजनिक भइसकेको छ। विगतको विवाद र मुलुकमा विद्यमान तरल राजनीतिको पृष्ठभूमिमा महाधिवेशनको सफलतामा सन्देह गरिएको थियो। त्यसविपरीत निर्वाचन परिणामले पार्टीमा भावनात्मक एकता बलियो भएको सन्देश दिएको छ। जित्नेले मात्तिने र हार्नेले आत्तिनुपर्ने अवस्था छैन। मिलेर जानुपर्ने आदेश कार्यकर्ताले दिएका छन्। वास्तवमा सातौं महाधिवेशनपछि यही १२औं महाधिवेशनले कांग्रेसको आन्तरिक संगठनका साथै राष्ट्रिय राजनीतिमा पनि नयाँ तरङ्ग ल्याएको छ। वीरगंजमा २०१२ सालमा भएको सातौं महाधिवेशनमा पार्टीका दुई ठूला हस्ती सुवर्ण शमशेर र गणेशमान सिंह सभापतिमा लडेका थिए। सुवर्णजीले जित्नु भयो। त्यही महाधिवेशनमा नेपालका ठूला भूमिपतिमध्येका सुवर्ण शमशेरको नेतृत्वमा कांग्रेसले आफूलाई ...प्रजातान्त्रिक समाजवादी' पार्टी घोषणा गरेको थियो। ...अब जमिन हुन्छ जोत्नेको' भन्ने कांग्रेसको नारा भयो। कांग्रेसको यस घोषणाले सामन्ती भूमिपति वर्गमा हल्लीखल्ली मच्चियो। पार्टीका महामन्त्री हृषिकेश शाहले तुरुन्त राजीनामा दिए। अन्य धेरै भूमिपतिले पार्टी छाडे। कांग्रेसले आफूलाई समाजवादी पार्टी घोषणा गरेको सामन्तका नाइके राजा महेन्द्रलाई सह्य भएन। उनले यसलाई फुटाउने अनेक षड्यन्त्र गरे तर सकेनन्। कांग्रेसले २०१५ सालको चुनावमा दुईतिहाइ बहुमत ल्यायो। प्रजातान्त्रिक समाजवादी कांग्रेस मुलुकका बहुसंख्यक किसान र मजदुरबीच लोकप्रिय भएको डाहा र डरले २०१७ सालमा सैनिक ...कु' गरेर महेन्द्रले कांग्रेसलाई राष्ट्रिय राजनीतिबाट विस्थापित गर्ने कोसिस गरे। त्यसपछि राजनीतिको मूल धारमा आउन कांग्रेसलाई ३० वर्ष संघर्ष गर्नुपर्‍यो।
कांग्रेसले बाह्रौं महाधिवेशनमा अवलम्बन गरेको ...समावेशी' नीतिले पनि कांग्रेसका साथै राष्ट्रिय राजनीतिमा तरंग ल्याएको छ। महिला, दलित र पिछडिएका वर्गको केन्द्रीय नीति निर्माण तहसम्मै अनिवार्य प्रतिनिधित्वको प्रावधानले सदीयांैदेखि पछाडि पारिएका कमजोर वर्गको साझा पार्टी नेपाली कांग्रेस भएको छ। यसले उनीहरूको आशा र भरोसालाई बढाएको छ। यो २०५३ सालपछि भयमुक्त वातावरणमा भएको पहिलो अधिवेशन हो। यसभन्दा पहिलको दुई महाधिवेशन २०५७ मा माओवादीको र २०६१ मा राजाको आतंकको छायामा भएका थिए। त्यति बेला गाउँसँग टुटेको कांग्रेसको सोझो सम्बन्ध यस अधिवेशनले पुनः जोडेको छ। यस पटक कांग्रेसका तीन लाख सक्रिय सदस्य बनेका छन्। यसले कांग्रेसको शक्तिका साथै दायित्व पनि बढाएको छ।
यस पृष्ठभूमिमा ठूलो उमंग र उत्साहका साथ निर्वाचित कांग्रेस नेतृत्वले अहिले राष्ट्र सामु उपस्थित गंभीर समस्याको तत्काल समाधान खोज्नु आवश्यक छ। कांग्रेसले लिने नीतिमा नै लोकतान्त्रिक संविधान, शान्ति प्रक्रियाको भविष्य निर्भर रहनेछ। अहिले कांग्रेसले आफ्नो एजेन्डा तय गर्न नसकेकाले अरूको पछि लागेको भन्ने आक्षेप गरिएको पाइन्छ। त्यसको स्पष्ट र सही जबाफ कांग्रेसले दिनु परेको छ।
कांग्रेसकै नेतृत्वमा २४० वर्षको राजतन्त्र समाप्त भई मुलुक गणतन्त्रात्मक भयो। उसैको नेतृत्वमा मुलुकमा संघीयताको घोषणा भएको हो। यसलाई अरु दलले खोसेका छन् तर कांग्रेसले आफ्नो भन्न सकेको छैन। राज्य पुनःसंरचनामा पनि कांग्रेसको दृष्टिकोण स्पष्टरूपमा आउन सकेको छैन। कांग्रेस स्पष्ट नहुँदा अरू दल पनि अलमलमा परेका छन्। शान्ति प्रक्रियालाई तात्विक निष्कर्षमा पुर्‍याउन र मुलुकलाई हिंसामुक्त बनाउन कांग्रेस बढी क्रियाशील र स्पष्ट नीतिका साथ खडा हुनु जरुरी छ।
संविधान सभाको दुई वर्ष खेर गएपछि थपिएको समयावधिमा पनि संविधान बन्ने संभावना क्षीण हुँदैगएको छ। संविधान बनेन भने त्यसबाट उत्पन्न हुने परिस्थितिका लागि पनि कांग्रेस तयार भएर बस्नु पर्छ। संविधान बन्ने अवस्थामा कांग्रेसले लोकतन्त्रमा विश्वास गर्ने अन्य दललाई समेत विश्वासमा लिएर आफ्नो लोकतन्त्रको ‘बटम लाइन' स्पष्ट गर्नु जरुरी छ। राष्ट्रको भावी शासकीय स्वरूप कस्तो हुने? राष्ट्रपतीय वा प्रधानमन्त्रीय पद्धति अपनाउने। माओवादी संसदीय व्यवस्थाको ...स' र बहुलवादको ...ब' पनि मान्न तयार छैन। बहुलवाद सहितको संसदीय व्यवस्था कांग्रेसको ६५ वर्षदेखि मान्यता हो। यसमा संझौता हुन सत्तै्कन। कांग्रेस नेतृत्व यसमा दृढ रहनु पनि त्यत्तिकै जरुरी छ। लोकतान्त्रिक संविधानको आत्मा मानिने स्वतन्त्र र सक्षम न्यायलय, दल माथि प्रतिबन्ध लगाउन नपाउने प्रत्याभूति, प्रेस स्वतन्त्रतालगायतका मौलिक हकको सम्झौतारहित स्पष्ट व्यवस्था नै कांग्रेसको मान्यता र ‘बटम लाइन' हो भन्ने सबैलाई स्पष्ट गर्नु जरुरी छ। अबको नेतृत्वले पार्टीको आन्तरिक संचालनमा प्रजातान्त्रिक विधि र प्रक्रियालाई संस्थागत गर्नुपर्छ भने नेपाली कांग्रेसको कामकारबाही र कारोबार पारदर्शी हुँदैन भन्ने आरोपलाई अभ्यासबाटै मेटाएर देखाउनु आवश्यक छ।
देशको बिग्रँदो शान्ति सुरक्षा, पटकपटक हुने सरकार परिवर्तन र स्पष्ट आर्थिक नीतिको अभावले नै लाखौं युवा यतिबेला कामको खोजीमा विदेसिएका छन्। ‘प्लस टु' पुस्ता "नेट" मा राम्रो भविष्य खोज्नमा व्यस्त छ। अब देशभित्रै वृत्ति र विकासको राम्रो सम्भावना छ भन्ने विश्वास दिलाउनु पनि नयाँ नेतृत्वको दायित्व हो। युवा प्रतिनिधिको दरिलो उपस्थिति रहेको वर्तमान कार्यसमितिले युवावर्गमा व्याप्त निराशालाई आत्मविश्वासमा परिणत गर्ने ठोस नीति र कार्यक्रम बनाउनेतर्फ ध्यान दिनु जरुरी छ।
यति नै बेला विदेशी शक्तिको संयोजनमा नेपालको राजनीतिमा साँप र छुचुन्द्राको राजनीति खेलिरहेका प्रमुख कम्युनिस्ट घटक अचानक ‘कम्युनिस्ट र गैरकम्युनिस्ट' ध्रुवीकरणतर्फ अग्रसर भएका छन्। यसको फलस्वरूप नेपाली कांग्रेसलाई चरम दक्षिणपन्थी केन्द्रतर्फ तान्ने प्रयास हुनसक्छ। यसरी मुलुकमा कम्युनिस्ट र गैरकम्युनिस्ट ध्रुवीकरण चर्कँदै गयो भने कांग्रेसले अहिलेसम्म अख्तियार गरेको मध्यमार्गी नीति चेपमा पर्नेछ र मुलुकमा उग्रदक्षिणपन्थी तत्वको प्रभाव बढ्नेछ। सायद, २०६२-६३को जनआन्दोलनबाट फ्यालिएको उग्रदक्षिणपन्थी तत्वको अहिलेको सलबलाहट त्यसैका लागि हो।
नेपालको वर्तमान संक्रमणकालीन अवस्थाबाट दुवै छिमेकीले आफ्नो आन्तरिक सुरक्षामा खतरा रहेको निष्कर्ष निकालेका छन्। छिमेकीको विश्वास गुमाउनु निकै महंगो हुन्छ। यस्तो संवेदनशील परिस्थितिमा निर्वाचित नेपाली कांग्रेसको नयाँ नेतृत्वले दुवै छिमेकीलाई विश्वासमा लिने कूटनीति अघि बढाउनु जरुरी हुन्छ। त्यस्तो विश्वास दिलाउने आधार कांग्रेसको मध्यममार्गी चरित्र नै हो। यसैले कांग्रेस ध्रुवीकरणमा कतैतिर तानिने हैन केन्द्रमा अडिन सक्षम हुनुपर्छ।


अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस