नेपाली कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेल यति बेला प्रधानमन्त्रीको दौडमा हुनुहुन्छ। प्रतिद्वन्द्वीले छाडिसके पनि उहाँ मैदानमा दरिलो ढंगले उभिनु भएको छ। संसदीय पद्धति र यसको मर्यादाका लागि एक्लै भएपनि मैदानमा उभिइरहनुलाई उहाँले राजनीतिक कर्तव्यका रूपमा लिनु भएको छ। व्यवस्थापिका संसदमा उहाँको भोट घट्दै गए पनि पार्टी उहाँका पछाडि चट्टान बनेर उभिएको छ। एक्लै भएपनि प्रतिस्पर्धामा दृढ रहन संसद््का साना पार्टीले उहाँलाई हौस्याएका छन्। एक पटक सत्ताको शिखरमा राइँंदाइँं गर्नु नै राजनीति गर्ने मानिसको मुख्य उद्देश्य हो। यसमा पौडेलको कुनै दोष छैन। उहाँ दौडमा हुनुहुन्छ र परिणामको पर्खाइमा पनि। उहाँलाई पनि थाह छ, यो दौड परिणामविहीन हो। तर, लौकिक मान्यताअनुसार पनि मानिसले पर्खिन सक्नुपर्छ। किनभने, नेपालको भूगोल नै कस्तो अपरम्पार छ कि यहाँ उन्यु फुल्न पनि सक्छ र ढुंगो टुसाउन पनि सक्छ। के थाहा, कुनै दिन पौडेलको एक्लो चुनावी दौडले आजित भएका माओवादी-एमालेका नेताले उहाँको नाममा सहमति दिने पो हुन् कि? राजनीति अलिकति भाग्यको कुरा पनि हो। पुरुषहरूको भाग्यका बारे कसले के नै भन्न सक्छ र? ईश्वरलाई त थाह छैन भने हामी त मानिसमात्रै हौँ।
पौडेलले पनि प्रधानमन्त्री चुनावको मैदान छोडनु भयो भने के होला नेपाली लोकतन्त्रको भविष्य? कसले धान्ला संसद््को मर्यादा? कांग्रेस र यसका समर्थकहरू यतिखेर लोकतन्त्रप्रति चिन्तित देखिएका छन्। प्रधानमन्त्री पदका लागि संसद््मा प्रतिस्पर्धा रोकियो भने लोकतन्त्र धराशायीहुने निश्चित् छ। अहिलेको संविधान सभा वा व्यवस्थापिका संसद््ले पक्ष-प्रतिपक्षको पारम्परिक पहिचान धान्न सकेन भने देशमा गैरलोकतन्त्रवादी शक्तिको प्रभुत्व हुने भयले कांग्रेस आक्रान्त देखिएको छ। कांग्रेसका नेता कार्यकर्तालाई जनतामा पार्टी, राजनीतिज्ञ र संसद््प्रति बढदै गएको घृणा र वितृष्णाको पत्तो छैन। अतिशय राजनीतिकरणका कारण दुर्घटनामा पर्न थालेको राष्ट्रियता, नक्कली लोकतन्त्रवादीको बिगबिगी, औँंलो ठड्याएर तोक्न नसकिने सीमाबाहिरका संस्थाको सक्रियता, टाट पल्टिने तैयारीमा रहेको अर्थतन्त्र, झन्झन् बढ्दो सामाजिक असमानता र विग्रह जस्ता लोकतन्त्रका बाटामा रहेका अवरोधबारे देशको सबैभन्दा पुरानो लोकतान्त्रिक पार्टीका नेता नै गम्भीर छैनन् भने बिचरा कार्यकर्ता गरुन् नै के र? आखिर, लोकतन्त्रको अवसान नै भयो भने पनि ती कार्यकर्ताले गर्नसक्ने के नै छ र?
कांग्रेसका नेता सहमतिको विपक्षमा पनि छैनन्। नेता पौडेलले सहमतिको सूत्रलाई पटुकामा गाँठो पारेर राख्नु भएको छ। उहाँ र दलका अन्य नेता एकातिर माओवादी-एमालेले कांग्रेसलाई 'आइसोलेसन'मा पार्न लागेको चिन्ताले छटपटिनु भएको छ भने अर्कोतिर जनमतको अंकगणितको ख्यालै नराखी सर्तसहित सहमतिको खोजी पनि गर्नुहुन्छ। प्रधानमन्त्रीको चुनाव प्रतिस्पर्धाको आधारमा हुनुपर्छ भन्ने अडान लिँदै आएको लोकतान्त्रिक पार्टीले विपक्षीले आफूलाई एक्ल्याउन खोजेको गुनासो गर्दै सहमतिको कुरा गर्नु हास्यास्पद हो। गैरलोकतान्त्रिक पार्टीको लिकमा जोडिएर सहमतिको खोजी गर्ने नै हो भने पौडेल पनि संसदीय दौडबाट बाहिर निस्किए भै हाल्यो।
माओवादी अहिलेकै रूपमा संसदीय पद्धति स्वीकार गर्न तयार छैन। यो उसले पटक पटक दोहोर्याइसकेको छ। एमालेका लागि पनि संसदीय पद्धति रुचिकर नभएर बाध्यात्मक प्रावधानमात्र हो। संसदीय पद्धतिको बाटाबाट यी दुवै पार्टी कहिल्यै पनि नयाँ जनवाद स्थापनाको लक्ष्यमा पुग्न सक्तैनन्। एमाले २०४७ सालदेखि संसदीय पद्धतिमा मिसिए पनि वामपन्थी चुरो अझै मरेको छैन। त्यो चुरो मर्नु एमाले भारतीय कम्युनिस्ट पार्टीको नियतिमा पुग्नु हो। कुनै बेला भारतीय राजनीतिमा भाकपाको प्रभाव विस्तारित थियो। तर, भारतको नयाँ पुस्ताले मार्क्सवादी कम्युनिस्ट पार्टीबाहेक अर्को कम्युनिस्ट पार्टीको नाम सुनेको पनि छैन होला। कांग्रेसले आफ्ना साथी र सहयोगीका रूपमा पहिचान गरेका नेता माधवकुमार नेपाल हुन् वा केपी शर्मा ओली, कोही पनि कांग्रेसको सतीजान तैयार छैनन्। उहाँहरूको आँखाले रातो नेपालको पहिचान गर्छ। हरियो वा अन्य कुनै रंगमा रंगिएको नेपालसँग तादात्म्य रहनै सक्तैन।
अहिलेका लागि कांग्रेसको एकमात्र राष्ट्रिय कर्तव्य नयाँ संविधानको निर्माण हो। कांग्रेस र कांग्रेस-एमाले शासनका अनुभव पटक पटक गरिसकेका जनता नयाँ किसिमको शासनको अनुभव गर्न चाहन्छन् भने त्यो उनीहरूको अधिकार हो। उनीहरूलाई त्यसको उपभोग गर्ने मौका दिनुपर्छ। भारतको बंगालमा जस्तो नेपालमा वामपन्थीले दशकौंसम्म रजगजगर्ने परिस्थिति देखिँदैन। शासन र सरकारबाट सँधै केही प्राप्तिको आशा गर्ने व्यक्तिमा राजनीति खुम्चिएको देशमा परिवर्तन स्वयं पनि आफूलाई धान्न नसक्ने अवस्थामा पुग्छ। यस्तो खालको समाज राजनीतिकरूपले परिपक्व नभएसम्म कुनैपनि पार्टीले आमूल परिवर्तनका लक्ष्य प्राप्त गर्न सक्तैन।
सभापति गिरिजाप्रसाद कोइरालाको निधनपछि संविधान निर्माणमा पनि कांग्रेसको भूमिका खुम्चिँदै गएको छ। कांग्रेस लोकतान्त्रिक परिवर्तनको वाहक भएपनि देशमा भइरहेको मौन परिवर्तनसम्बनधमा यसको अध्ययन र अवलोकन अपूर्ण र एकांगी छ। आफैलाई सर्वज्ञ ठान्ने कांग्रेसका नेता अतीतमा रमाइरहेका छन्। भर्खरै सम्पन्न अधिवेशनमा निर्वाचित अधिकांश साठी नाघेका नेता राजनीतिको व्यवसायवाट निवृत्त हुन चाहँदैनन्। सापेक्षिक परिवर्तनका लागि पार्टी संयन्त्र तयार हुन सकेको छैन। लोकप्रिय उद्देश्यमाथि वामपन्थीहरूको एकाधिकार, क्षेत्रीय विकास र अधिकारका विषयमा क्षेत्रीय पार्टीहरूको बढ्दो वर्चस्व र बजारमुखी अर्थतन्त्रमाथि चरम पुँजीवादी देशको भन्दा बढी निष्ठा नै कांग्रेसका मुख्य कमजोर विन्दु देखिएका छन्।
कतिपय कांग्रेसी गणतन्त्रलाई सातसालदेखि नै कांग्रेसले बोकेको एजेन्डा बताउने गर्छन्। यो सत्य भएपनि गणतन्त्रको एजेन्डालाई कांग्रेसले दराजभित्र थन्क्याएको धेरै भइसकेको थियो। पछिल्लो जनआन्दोलनपछि संवैधानिक राजतन्त्रबाट लोकतान्त्रिक गणतन्त्रमा सहज ढंगले छलांग मारेपनि त्यो संस्थागत थिएन। सभापति गिरिजाप्रसाद कोइरालाको उद्दाम महत्वाकांक्षा, साहस र गतिशील नेतृत्वका कारण कांग्रेस गणतन्त्रमा पुगेको थियो। यसले गर्दा कांग्रेसभित्रको राजनीतिक सन्तुलन छिन्नभिन्न भएको छ। कांग्रेसका स्थायी आधारमा धमिरा लाग्न थालेका छन। यसका दर्जनभर नेताको आर्थिकहैसियत युरोपेली मापदण्डभन्दा माथि उक्लिए पनि मध्यवर्गीय र निम्न मध्यवर्गीय समर्थकहरू गरिबीको रेखातिर ओर्लिदैछन्। कति सीमान्तकृत वर्गमा परी सकेका छन्। त्यसैले पनि २०६३ सालसम्म जनआन्दोलनको नेतृत्व गर्ने कांग्रेसले अबको नेपाली समाज व्यवस्थाको नेतृत्व लिन धेरै मेहनत गर्नुपर्छ।
यी त नीति र नेताका कुरा भए। तर, जति बेला नेता पौडेल एक्लै प्रधानमन्त्रीको दौडमा हुनुहुन्छ दसैंको जोसमा पूरै राजधानी 'दबंग' मुन्नीको गीतमा थपडी बजाइरहेको छ - 'मुन्नी बदनाम हुई...ओ सरकार तेरे लिये!'