असोज १८ गते सोमबार। अर्घाखाँचीको सन्धिखर्कमा राष्ट्रियताको बहसमा पुरेत्याइँ गरेर घर फर्कने मेसोमा म भैरहवामा अडिएँ। भैरहवा टेक्नु के थियो त्यसले भूपिका कविताको कारुणिक हरफ 'आउँदैन चरीको दुध, हुँदैन गरिबको घरबार'को नमीठो याद दिलायो।
साथमा दुई फुर्तिला र रसिक पथिक थिए, विमल अर्याल र चिरन मानन्धर। बहसको ताप, घामको राप र नागबेली बाटाको हल्लाइले गलेर म चूर भएको थिएँ। मालिक, भान्से र बेरा गरी थ्री इन् वान् भन्न मिल्ने राम दाइको होटलमा सायंकालीन खानपिन गरेर बेलैमा घुप्लुक्क निदाएँ म। बिहान सात बजे उठेर बाहिर हेर्छु त मेरी बास्सै सडकमा भयका लहर फैलाउँदै प्रहरी लादिएका ट्रक आक्रामक मुद्रामा यता र उता कुदिरहेका छन्। कुनै ट्रकमा टाटेपाटे बर्दीधारी प्रहरी छन्, कुनैमा छन् नीला बर्दीधारी प्रहरी। थोरै तलब, थोरै भत्ता र थोरै मान तर धेरै भुक्तमान पाउने प्रहरी तिब्बती च्याङ्ग्राझैँ ट्रकमा खचाखच कोचिएका छन्। चिया पसल, पान पसल र एकाध झिनामसिना पसलबाहेक सडकको दुईतिरैका सबै सटर बन्द छन्। फुस्रो सडक उदास छ, त्यसै त्यसै उद्विग्न छ। हाकिम टाइपका प्रहरी गाडीमा गुडिरहेका छन्, मसिना प्रहरी पेटीमा रगरग हिँडिरहेका छन्। सोचेँ, कतै जनअसन्तोषको गर्भबाट हुलदुङ्गा उठ्यो होला। हुलदङ्गालाई कुल्चिन र काम गरेको देखाउन काम चलाउ सरकार कस्सिएको होला। र नै त यसरी एकाबिहानै भएभरका सबै प्रहरी छ्याप्छ्याप्ती परिचालन गरिएका होलान्।
वाकीटकी बोकेका एक सादा पोसाकधारी प्रहरीलाई सोधेँ - ए हजुर! आज कतै केही हुँदैछ कि कसो? सबारी छ - जाँगर मरेको स्वरमा तिनले भने। अनायासै मेरा अभ्यस्त ओठबाट वचन चिप्लियो - कसको सबारी? राजाको?
वाकीटकीवालले कान कन्याए। र, ओठमा नजानिदो मुस्कान नचाउँदै मलुवा व्यङ्ग्य घोलिएको लबजमा भने - राजा भने पनि भो। राष्ट्रपति भने पनि भो। आखिर सबारी उस्तै त हो।
तिनका कुरा सुन्दा मलाई ओल्ला घरका नरे पल्ला घर सरे भन्ने आहानको याद आयो। राजा गए र राष्ट्रपति आए। के के न नयाँ भयो भन्ने लागेको थियो, तर सवारी आतङ्क ज्युँकात्युँ रह्यो। पात्र फेरियो, पत्रु प्रवृत्तिले पछ्याइरह्यो। शासकीय दम्भ र तुजुकले सताउन छाडेन। हिजो सिङ्गै सडक राजाको थियो, आज सिङ्गै सडक राष्ट्रपतिको कब्जामा छ। काठमाडौंमा पहिले देखेको थिएँ, अहिले भैरहवामा देखेँ।
खिन्न मन लिएर पेटी नाप्दै जाँदा एकजना बैंक म्यानेजर भेटिए। ती रहेछन् विमलका लगौँटिया यार। खल्तीबाट निम्तापत्र झिकेर तिनले देखाए। पत्रमा साढे दस बजे अगावै कार्यक्रम थलोमा आसन ग्रहण गरिसक्नु भन्ने उर्दी जारी गरिएको रहेछ। उपरवाले उर्दीदाता रहेछन् एसओएस बालग्रामका बोस। कारण सुरक्षा रहेछ। कसको डरले कसको सुरक्षा? म्यानेजरले रोष प्रकट गरे। राष्ट्रपतिको कोमल गाथको सुरक्षा होला, मैले ठट्टा गरेँ। नागरिकका मतको भर्याङ चढेर माथि उक्लिए। उक्लिएपछि उकाल्नेलाई भुसुक्कै बिर्सिए। र, सके आफूले टेकेको धरातल छाडेर अहङ्कारले फुल्दै सोच्न थाले, म जन्मजात अग्लो हुँ। विशेष धातुले बनेको महान् हुँ म। म उच्च हुँ, म विशिष्ट हुँ। मेरो गाथको मूल्य अपार छ। अतः म हुँ गणतन्त्र नेपालको सिङ्गो सडकको एकल अधिपति। तल यी जो छन् यी सब मेरा रक्षक हुन्, मेरा सेवक हुन्। हिजो राजा यस्तो सोच्थे, त्यो जनपिराहा सोचको सुके लुतो आज राष्ट्रपतिमा सर्लक्कै सल्किएको छ। आखिर म विष्णुको औतार हुँ भन्ने अहङ्कारको जायजन्म हुने यसरी नै त हो।
मित्र द्वयको पछि लागेर एयरपोर्ट जान रिक्सा चढेँ। राष्ट्रपतिको सवारीले एयर ट्राफिक जाम गरेर विमान आउन विलम्ब पो होला कि भन्ने फिक्रीले मन बेचैन भयो। कुरैकुरामा रिक्सा चालकले भने - आज दिन ठीक छैन, हजुर। सबारीले काम-दाम चौपट् भइजान्छ। कसको सबारी हो, भाइ? चालकको मन चोर्न सोधेँ। राजाको सबारी - ढुक्कैसँग तिनले भने। कुरा ठीकै त हो। 'राजा' र 'सबारी' शब्दले पात्र र प्रवृत्तिको प्रगाढ नाताको झल्को त दिन्छन् नै।
एयरपोर्टको प्राङ्गणको द्वारबाहिर प्रहरी र सैनिकको झुरुप्पै कुँडुलो लागेको थियो। ती असिनपसिन हुँदै चेकजाँचमा व्यस्त थिए। राष्ट्रपतिको एउटा गाथको रक्षार्थ सहश्र्र नागरिकका गाथ आशङ्का र तलासीको सिकार बन्न श्रापित थिए। भित्र पसेर कान थापेँ। जताततै चर्चा सबारीकै छ। जादुगरी गहुँत छर्केर पलभरमै माओवादी बनाइएका राजभक्त आरके मैनालीको ढपढाँचाका एक मनुवा कुर्लिए - तिनका बाउको सबारी छ तीन घण्टापछि। सातै बजे मेरो ट्रकको बाटो छेकियो। बाटोमा मेरो हक छैन? यति भनेर ती सबारीपीडित मानवले चाकरी प्रथामाथि कठोर कटाक्ष गरे। जो आए पनि कानै चिरेको, आतङ्कै भिरेको!
- हैन, सबारी केमा हुने हो? पल्लो बेन्चीबाट आवाज आयो। म लुसुक्क त्यतै लागेँ। राम हुँदै हुन् - एक मनोविनोदी ज्ञानीले फर्माए - तै तै तिनको सवारी पुष्पक विमानमै पो होला कि! सुलसुले शैलीमा घुमिघुमी कुरा सुनेँ। सवारी आतङ्कबाट आहत भएर सबका सब क्षुव्ध छन्। भैरहवा नगरीको नियमित दिनचर्या अस्तव्यस्त भएको छ। सारा नरनारीका नजर सबारीतिर एकोहोरिएका छन्। तर लाग्छ, कुनै नजरमा पनि 'सबारी प्रेमी' राष्ट्रपतिको छवि ग्राह्य, सुन्दर र प्रिय छैन। मौन मुद्रामा सबका सबले मानौँ अदृश्य धारे हात उजाएका छन्। एसओएस बालग्रामका बोसहरू प्रसन्न होलान्। ठूला भनेका ठालु हुन्। ठालुको छेवैमा उभिएर तस्बिर खिचाउन पाइन्छ। त्यो तस्बिर पहुँच र प्रतिष्ठाको अकाट्य प्रमाणपत्र बन्छ। र, पछि त्यसबाट ठूलै लाभ प्राप्त हुनसक्छ।
आकुल भैरहवाको दयनीय दशा हेर्दै म गम खान्छु, हाम्रा सम्भ्रान्त काजीहरूलाई कुनै चीजको उद्घाटन गराउन राष्ट्रपति, प्रधानमन्त्री वा मन्त्री नै किन चाहिँदो हो? उद्घाटनमा सवारी होऊ र जनजीवनमा आतङ्क फैलाऊ भनेर तिनलाई चुनिएको, एक रास तलब-भत्ता टक््रयाइएको र झण्डा एवं डण्डाको सान प्रदान गरिएको त होइन क्यारे। जनजनमाथि थोपरिने आतङ्कमा श्रेष्ठता र आनन्दको अनुभूति गर्ने ठालुहरू त उद्घाटनको निम्ता कुरी बस्दा हुन्। निम्ता गरिपठाउने ख्वामित्हरू सवारी आतङ्कबारे किन यतिविधि अनभिज्ञ छन्? नाम छ एसओएस बालग्राम, काम छ उद्घाटनका नाउँमा जानाजान भयावह आतङ्कलाई निम्त्याउनु। बालग्रामको उद्घाटन एक बालिकाबाट गराए पनि हुन्थ्यो, ग्रामलाई पुष्पवाटिकाको सौन्दर्य र सुवासले सुशोभित तुल्याउने मालीबाट गराए पनि हुन्थ्यो। तर बोसहरूलाई चाहियो आतङ्क बोकेर लौहचरीबाट खुत्रुक्क तल झर्ने राष्ट्रपति नै। आखिर किन?
गणतन्त्र नेपालका प्रथम राष्ट्रपति सबैका साझा त भएनन् नै, चिताएझैँ सजिला पनि भएनन्। सकल नेपालीका के कुरा, अब त यिनी सकल काङ्ग्रेसीका पनि हुन छाडे। सञ्चारले फिँजाएको ताजा कथा भन्छ - काङ्ग्रेसी नेतृत्वको चुनावमा यिनले एउटा प्यानललाई धाप दिए, अर्को प्यानललाई लात दिए। त्यो पनि लुकेर होइन, देखिने गरी र चाल पाइने गरी। काङ्ग्रेसी महलको राजनीतिक दीक्षामा हुर्किनु यिनको कुनै दोष होइन। तर, राष्ट्रको सर्वोच्च गद्दीमा आसीन भएपछि आफ्ना वचन, कर्म र आचरणले आफ्नो पहिचान र विश्वसनीयताको वृत्त फराकिलो पार्ने यत्नै नगर्नु र झन्झन् साँगरिँदै जानु भने खसोखास दोषै हो। जनजनका अपेक्षालाई अपहेलना गर्नु र तिनका गुनासा र दुखेसाको पर्वाहै नगर्नु त यिनको झनै ठूलो दोष हो। सवारी आतङ्कले सिर्जने जनआक्रोशको फिटिक्कै चेत नपाउनु अथवा चेत पाएर पनि बुझ पचाउनु अहङ्कारले फुल्नु हो।