तीन महिनाअघि एक पत्रकारले नेपाली कांग्रेस संसदीय दलको नेताबारे प्रश्न गर्दा गिरिजाप्रसाद कोइरालाले झण्डै गालीको लवजमा आफैा संसदीय दलको नेता रहेको र यसमा शंका नगर्नू भनेका थिए । तर दलको आन्तरिक बैठक र औपचारिक कार्यक्रममा भने उनले संसदीय दलको चुनाव चााडै गर्न आग्रह गरेका थिए । शनिबार भएको चुनाव कोइरालाको शुभेच्छाका कारण सम्भव भएको भन्नेहरू पनि छन् तथापि यसका लागि उनलाई हालैका घटनाक्रमले बाध्य पारेकामा शंका छैन ।
छोरी सुजातालाई दलको नेतृका रूपमा माधव नेपाल सरकारमा पठाउादा धेरैले विरोध गरे पनि वरिष्ठ नेता शेरबहादुर देउवाले मुखमा पट्टी बााधेर कोइरालाको अभिस्ट पुर्याइदिएका थिए । आफ्नो परम गुरुको आज्ञा मानेका देउवा त्यसपछि संसदीय दलका नेता र प्रकारान्तरमा पार्टी अध्यक्ष हुनेमा निश्चिन्त थिए । त्यस बखत जति मुर्मुरिए पनि केही गर्न नसकेका सुशील कोइराला, रामचन्द्र पौडेल र अरुको मुख रातो भएको थियो । सुजाता प्रकरणमा राजीनामा दिने हल्लाको विरोधमा सुशीलले किन राजीनामा दिने भन्ने प्रतिप्रश्न गरेका थिए ? उनको प्रतिप्रश्नको रहस्य बल्ल खुलेको छ । उनको भनाइमा जो पार्टीको निर्णयविरुद्ध जान्छ उसले राजीनामा गर्नुपर्छ भन्ने आशय लुकेको थियो । पौडेललाई संसदीय दलमा जिताएर उनले दलमा आफ्नो प्रभावमात्र प्रमाणित गरेका छैनन् अपितु गिरिजाबाबुसाग मीठो बदला पनि लिएका छन् ।
जनता कांग्रेस संसदीय दलको चुनाव नजिकबाट नियालिरहेका थिए । कहिल्यै चुनाव नहुने, चुनाव भए पनि गिरिजाप्रसाद आफैाले जित्ने वा उनको लौरोले मात्र जित्ने अनौठो र आन्तरिक प्रजातन्त्रको सन्दर्भमा कालो टीका निधारमा बोकेको कांग्रेसले अचानक प्रतिस्पर्धा गराई नेता चुन्नु नेपाली राजनीतिका लागि सुखद सन्देश हो । पौडेल र देउवाको प्रतिस्पर्धामा अधिकांश नेता एकै ठाउामा उभिएको घटनाले भोलिको राजनीतिमा अवश्यै राम्रो प्रभाव पार्नेछ ।
देउवाले चुनाव जितेका भए कांग्रेसबाट परिवारवाद गयो भन्न सकिन्नथ्यो र चाँडै हुने भनिएको महाधिवेशनमा कोइराला परिवारकै बर्चश्व रहने पक्का थियो । राजनीतिमा देउवालाई व्यक्ति होइन, त्यस्तो प्रवृत्तिका रूपमा लिइन्छ जो आफ्नो हितका लागि जस्तोसुकै सम्झौता गर्न हिच्किचाउादैनन् । देउवाले सरकार टिकाउन विगतमा खेलेका फोहोरी खेल कसैले बिर्सेका छैनन् । सरकार ढल्न रोक्ने प्रयासस्वप सांसदलाई बैंकक पठाउनु, प्रधानमन्त्री पदमा कायम रहन संसद विघटनमा राजाको मतियार हुनु, दल फुटाउनु, राजाले गरेका जस्तोसुकै खर्च सदर गर्नु, एकपल्ट राजाले अक्षम भनेर निकालिसकेपछि फेरि उनकै छत्रछायामा प्रधानमन्त्री हुन धक नमान्नु आदि कारण उनको छवि राम्रो छैन । संसदीय दलमा पराजयसागै उनको राजनीतिक भविष्यमा पनि कांग्रेसी नेताले प्रश्न चिहृन लगाउन खोजेका हुन् भने कांग्रेसप्रति आशावादी हुन अझै सकिन्छ । दलमा आफ्नो साख पुनः कायम गर्ने हो भने देउवा पैसाको पोको खोलेर होइन, नैतिक साहस देखाएर अघि आउनुपर्छ भन्ने सन्देश यो पराजयले दिएको छ । आशा गरौा, उनी यो सन्देशलाई आत्मसात गर्नेछन् ।
कांग्रेस संसदीय दलमा देउवा प्रवृत्तिले हारेको अवस्था अवश्य हो तर रामचन्द्र पौडेल प्रवृत्तिले जितेको अवस्था भने अझै छैन । पौडेल व्यक्तिले मात्र जितेका हुन् । उनको व्यक्तित्व देउवाको भन्दा अवश्य नरम, इमान्दार र त्यागी देखिन्छ तर जनतामा प्रभावशाली नेताको रूपमा चिनिन उनले अझै धेरै मेहनत गर्नुपर्छ । उनले देश हााक्छन्, क्षमतावान् छन् भन्ने उनकै सहयात्री पत्याउदैनन् । अर्थात् सोझा छन्, घुस थोरै खान्छन् र अलि 'कमजोर' छन्, देश डुबाउनतिर लाग्दैनन् भन्नेसम्म होला । त्यसैले पौडेल व्यक्तिले जिते पनि उनको प्रवृत्तिले जितेको होइन । उनलाई जिताउन बरु सुशील, प्रकाशमान सिंह आदिको ठूलो भूमिका रहृयो ।
पौडेलले भोलिको कांग्रेसलाई अध्यक्षको रूपमा नेतृत्व दिने हो भने आफ्नो राजनीतिक व्यक्तित्व माझ्न प्रशस्त मेहनत गर्नुपर्छ । उनले आधुनिक पुस्तालाई प्रभाव पार्न सक्नुपर्छ । पुराना ढर्राका ब्राह्मणको स्वरूप परिवर्तन गर्नुपर्छ । उनलाई उनकै सहयात्री जेमा पनि उपस्थिति देखाउन चाहने तर दृढरूपमा आउन नसक्ने नेताका रूपमा चिन्छन् ।
नेपाली कांग्रेस कुनै पनि बेला सरकारको नेतृत्व लिने अवस्थामा पुग्नसक्छ । त्यसैले पौडेलले दललाई सबल, सक्षम र एकढिक्का बनाएर राख्न निकै परिश्रम गर्नुपर्नेछ । आसन्न महाधिवेशन जसरी पनि सफल बनाउन र सकभर नेतृत्वमा पुग्न पौडेलले आवश्यक तयारी गर्नुपर्छ । तर यी सबैका लागि उनले नैतिक बल, त्याग र इमान्दारी छोडेर होइन, निष्पक्षता, सशक्तता र साहस जोडेर अघि बढ्नुपर्छ । अब जनताले नेकालाई कसरी हेर्छ र भविष्यको चुनावमा कुन स्थानमा पुर्याउाछ भन्ने धेरै हदसम्म पौडेल र अरु नेताको व्यवहारमा भर पर्छ ।