समृद्धिको आधार पर्यटन क्षेत्र
३० साउन २०७६
•
१३ मिनेट पाठ
समृद्धिको आधार पर्यटन क्षेत्र
चीनको स्वायत्त प्रदेश तिब्बतले सन् २०१८ मा मात्र ३ करोडभन्दा बढी पर्यटक भित्र्यायो।  आफ्नो जनसंख्या (३३ लाख) भन्दा १० गुणा बढी आन्तरिक र विदेशी पर्यटक भित्र्याएर तिब्बतले ४९ अर्ब युआन आम्दानी गरेको छ। कठिन भूगोल, पठार मरुभूमि, उच्च अक्षांश, पातलो बस्ती, न्यून अक्सिजनजस्ता चुनौती हुँदाहुँदै तिब्बतको मुख्य उद्योग व्यवसाय पर्यटन बनेको छ।  ग्रामीण क्षेत्रमा खुलेका होेमस्टेले त्यहाँको सामाजिक, आर्थिक अवस्था उकासेका छन्।  तिब्बतसँग नेपालको १ हजार ४१४ किलोमिटर सीमा जोडिन्छ।  तिब्बतको तुलनामा नेपालका कठिनाइ र चुनौती त्यति धेरै छैनन्।  अनि तिब्बतको तुलनामा नेपालसँग असंख्य पर्यटन गन्तव्य छन्।




आगामी वर्ष सन् २०२०, नेपाल भ्रमण वर्ष हो।  यस अवसरमा नेपालले मुख्य गरी भारतीय र चिनियाँ पर्यटक उल्लेख्य रूपमा बढाउने लक्ष्य लिएको छ।  २० लाख पर्यटक नेपाल भिœयाउने महŒवाकांक्षी योजना सफल पार्न नेपाल सरकारको भन्दा निजी क्षेत्रको भूमिका महŒवपूर्ण हुनेमा दुईमत छैन।  पर्वतारोहण, ट्रेकिङ, ¥याफ्टिङ, प्याराग्ल्याडिङ, माउन्टेन फ्लाइट, बन्जी जम्पिङजस्ता मनोरञ्जनात्मक र साहसिक खेलहरू नै नेपालमा पर्यटक तान्ने विधि हुन्।  

पर्यटन उद्योगको उन्नति–प्रगतिको सिको गर्न नेपालले धेरै टाढा जानै पर्दैन।  सीमा जोडिएको तिब्बतबाट यथेष्ट शिक्षा लिन सकिन्छ, हाम्रा नीति–निर्माताहरूले देशमा बढीभन्दा बढी पर्यटक भित्र्याउन के गर्नुपर्छ भन्ने कुरा सिक्न सक्छन्।  नेपाल भ्रमण वर्ष २०२० लाई लक्ष्य गरेर हामीले के कस्ता संरचना निर्माण गरिरहेका छौँ, ती पर्याप्त छन् कि छैनन् भन्ने समीक्षा गर्ने समय घर्किसकेको छ।  लक्षित कार्यक्रम सुरु हुन अब ४ महिना मात्र बाँकी छ।  त्यसकारण भएका स्रोत–साधन कसरी परिचालन गर्ने र क्षमता वृद्धि गर्ने भन्नेमा सरकारको ध्यान जान आवश्यक छ।  

पर्यटनका लागि उर्वर भूमि नेपालले यसबाट लिएको लाभको मात्रा भने अति नगण्य छ।  नेपालले आफ्ना अथाह सम्भावनाहरूलाई छिमेकमै पनि बेच्न सकिरहेको छैन।

पर्यटन उद्योग नेपालको विकासमा निर्विकल्प सम्भावना हो।  सगरमाथाको देश नेपालका हिमाल साहसिक पर्यटन पारखीहरूका लागि विश्वमै प्रख्यात छन्।  नेपालका ट्रेकिङ रुटहरूको सुन्दरता विश्वका अरू देशका रुटसँग तुलना हुन सक्दैन।  ¥याफ्टिङका लागि नेपालका नदीहरूको आकर्षण वर्णन गर्नै सकिन्न।  हाम्रो देशका कला, संस्कृति, परम्परा र संस्कार विश्वकै अद्वितीय अध्ययन केन्द्र हो भन्दा अत्युक्ति हुँदैन।  गौतम बुद्धको जन्मस्थल लुम्बिनी नेपालमै हुनुजस्तो सौभाग्य हामी नेपालीका लागि अरू के हुन सक्छ र ! विश्वको करिब एकतिहाइ जनसंख्या बराबर मानिस बौद्धमार्गी छन्।  चीनमा मात्र ३५ करोड मान्छे बौद्ध धर्ममा विश्वास गर्छन्।  विश्वभरका बौद्धमार्गीका लागि नेपाल एक पवित्र पुण्यभूमि हो।  तर नेपालले यस्ता असंख्य पर्यटकीय गन्तव्यलाई विश्वसामु उजागर गर्न सकेको छैन।  पर्यटनका लागि उर्वर भूमि नेपालले यसबाट लिएको लाभको मात्रा भने अति नगण्य छ।  नेपालले आफ्ना अथाह सम्भावनाहरूलाई छिमेकमै पनि बेच्न सकिरहेको छैन।  सबैभन्दा ठूलो कुरा त पर्यटकका लागि पूर्वाधार तयारी नेपालले राम्रोसँग गर्न सकेको छैन।

होटल, एयरलाइन्स र अरू कैयौँ सेवा क्षेत्रका पूर्वाधार निर्माणमा नेपालले निजी क्षेत्रलाई आकर्षण गर्न सकेको छैन।  भएका निजी क्षेत्रका संरचनाहरूलाई संरक्षण र प्रोत्साहन गर्न पनि सरकार आनाकानी गर्छ।  सेवा क्षेत्रको उपलब्धता निजी क्षेत्रबिना असम्भव भएको जान्दाजान्दै पनि सरकारका कतिपय काम निजी क्षेत्रलाई हतोत्साहित गर्ने खालका देखिन्छन्।

नेपालको पर्यटन क्षेत्रलाई निराश बनाउने एउटा समाचार साउनको पहिलो हप्ता सार्वजनिक भयो।  चन्द्रागिरि हिल्स प्रालिले सञ्चालनमा ल्याइसकेको रिसोर्टबारे प्रश्न उठाइएको समाचारमा उल्लेख थियो।  करिब आधा करोड मानिसको उकुसमुकुस रहेको काठमाडौँका लागि चन्द्रागिरि लोकप्रिय गन्तव्य बनेको छ।  त्यहाँ बनेका केबल कार, बाल उद्यान, रिसोर्टजस्ता लोभलाग्दा संरचना राज्यका सम्पत्ति हुन्।  योे आकर्षक गन्तव्यमा स्वदेश र विदेशका प्रबुद्ध वर्गदेखि लाखौँ सर्वसाधारण पुगिसकेका छन्।  चन्द्रागिरिले भारतीय नाकाबन्दी र महाभूकम्पको त्रासदीले थिलथिलो पारेको नेपालको अर्थतन्त्रलाई प्राणवायु भर्ने कामको एक सफल उदाहरणको प्रतिनिधित्व पनि गरेको छ।

काठमाडौँ उपत्यकाबाट नजिकै रहेका नगरकोट र धुलिखेल मात्र पर्यटकीय स्थल रहेको परिप्रेक्ष्यमा चन्द्रागिरि, मुलुकको सिंगो अर्थतन्त्रमा आशा जगाउँदै नयाँ गन्तव्य निर्माण गर्न सकिन्छ भन्ने उदाहरण पेस गर्न सफल भएको छ।  चन्द्रागिरिमा निर्मित संरचनाले वातावरण नियमावली उल्लंघन ग¥यो भन्ने निहुँमा सरकारले जरिवानाका अतिरिक्त रिसोर्ट सञ्चालन नै हालका लागि स्थगित गर्ने आसयको पत्र काटेको समाचारमा उल्लेख थियो।  मन्त्रीस्तरीय निर्णयको सो पत्रले वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनमा वातावरणमैत्री ४० वटा कटेज निर्माण गर्ने भनिएकामा चारवटा बहुतले आरसिसी भवन बनाएकाले उक्त प्रतिवेदन उल्लंघन भएको औँल्याएको छ।  ४०  कटेज बनाउँदा धेरै रूख काट्नुपर्ने र त्यस क्षेत्रको प्राकृतिक सौन्दर्य र वातावरण विनास बढी हुने हुँदा चारवटा भवन मात्र बनाइएको भन्ने उक्त कम्पनीको भनाइ छ।  ती कटेजको आयु बढीमा १०/१२ वर्ष मात्र हुने र बारम्बार भत्काउने र बनाउने गर्दा थप वन एवं पर्यावरण क्षति हुने, तर पक्की भवन ५० वर्षभन्दा बढी टिक्ने भएकाले प्रकृति संरक्षणका हिसाबले  उपयुक्त ठानी बनाइएको उसको तर्क रहेछ।  

निर्माण भएर सञ्चालनमा आइसकेकोे होटल बन्द नै गर्नुपर्ने आसयको पत्र सरकारबाटै आउँदा पर्यटन क्षेत्रमा लगानी गर्न चाहने स्वदेशी तथा विदेशी लगानीकर्ता झस्किएका छन्।  नेपालको पर्यटन उद्योगमा लगानी गर्न चाहने चिनियाँहरू पनि सशंकित भएका छन्।  अर्बौं रुपैयाँ लगाएर संरचना बनाइसकेपछि त्यसलाई निरन्तर सञ्चालन गर्ने वातावरण बनाउने काम सरकारको हो।  प्रत्यक्ष रूपमा ५ सय र अप्रत्यक्ष रूपमा झन्डै १ हजार मजदुर तथा कर्मचारी कार्यरत चन्द्रागिरि हिल्सबारे प्रश्न उठाएर सरकारले व्यवसायीलाई निराश बनाउने होइन, अन्य लगानीकर्तालाई पनि त्यस्तै संरचना निर्माण गर्न हौसला दिनुपर्छ।  

सरकारको यस्तो व्यवहारले नेपालको समग्र होटल व्यवसाय र त्यहाँ लगानी गर्न ऋण दिने बैंकलाई पनि झस्काउँछ।  होटल बुकिङ गराएका पर्यटकमार्फत विश्वभर नकारात्मक सन्देश फैलिन्छ। सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’ नारा अघि सारेको छ।  समृद्धि प्राप्त गर्न रोजगारी वृद्धि हुनुपर्छ।  स्वदेशी–विदेशी लगानी आकर्षण गर्नुपर्छ।  समृद्धिको आधार नै पर्यटन क्षेत्र हो।  लामो समयको अस्थिरतापछि नेपालमा स्थायी प्रकृतिको सरकार बनेपछि विदेशी लगानीकर्ताहरू उत्साहित भएका छन्।  तर यस प्रकारका गलत कार्यले नेपालमा लगानी गर्न चाहनेलाई तर्साएको छ।  सरकार अभिभावक भएकाले सबैको संरक्षण गर्नु उसको कर्तव्य पनि हो।  

पर्यटक अवतरण गर्ने विमानस्थलदेखि होटलसम्मै सडकको अवस्था दयनीय छ।  नगरकोट जाने सडक मर्मत गर्ने जिम्मा लिएको ठेकेदारले काम नगर्दा पनि ऊ, सरकार तथा शक्तिकेन्द्रबाट संरक्षित छ।  दुई छिमेकी चीन र भारतका गरी साढे २ अर्बभन्दा बढी जनतालाई लक्ष्य गरेर नेपाल सरकारले कुनै खाका, योजना बनाउन सकेको छैन।  एउटा जहाज किन्दाको महाभारत अझै सकिएको छैन।  देशको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल, जहाज अवतरण गराउन पालो कुर्नुपर्ने हालतमा पुगेको छ।  नेपालको अर्थतन्त्रको आधार नै पर्यटन हो भन्ने थाहा हुँदाहुदै यसलाई टेवा दिने काम हुन सकेको छैन।

पहिले चीनको सबैभन्दा गरिब प्रान्त मानिएको तिब्बत २६ वर्षदेखि देशकै सबैभन्दा बढी आर्थिक वृद्धि हुने प्रान्त बन्न सफल भएको छ।  विश्वको छानो तिब्बतको कठिन भूगोलमा पर्यटन उद्योगका लागि चीन सरकारले गरेका काम र निजी क्षेत्रले गरेका व्यवसायमा सरकारले निर्वाह गरेको अभिभावकत्वले ऊ समृद्धिको बाटोमा लम्किरहेको छ।  त्यहाँका विकासका बाछिटा नेपालमा पनि पस्छन्।  पर्यटन विकासमा तिब्बतले प्राप्त गरेका अनुभव नेपालका लागि महŒवपूर्ण हुन सक्छन्।  त्यसकारण समृद्धिको नारा लगाएर मात्र हुँदैन, त्यो प्राप्त गर्ने किसिमको उपयुक्त काम पनि गर्न आवश्यक छ।

(आचार्य बेइजिङस्थित चिनियाँ अन्तर्राष्ट्रिय रेडियो सिआरआई नेपाली सेवामा विदेशी विषेशज्ञका रूपमा कार्यरत छन्। )
अर्को समाचार
पर्यटनका लागि सकसपूर्ण वर्ष २०७२
२७ चैत्र २०७२
•
६ मिनेट पाठ
पर्यटनका लागि सकसपूर्ण वर्ष २०७२
काठमाडौं– मुलुकको अर्थतन्त्रको मूल आधार मानिने पर्यटन क्षेत्र २०७२ का लागि सकसपूर्ण बन्यो। गत वैशाख १२ को 'गोरखा भूकम्प' र असोजमा संविधान जारी भएपछि भारतले गरेको अघोषित नाकाबन्दीका कारण मुलुकको पर्यटन क्षेत्र थला पर्यो।




आर्थिक समृद्धिको दरिलो आधार पर्यटन क्षेत्रको दयनीय अवस्थाले समग्र व्यवसायी मात्र नभई देशलाई नै असर पुग्यो। साहसिक पर्यटन पर्वतारोहण र पदयात्रा पर्यटनका लागि उपयुक्त मौसम मानिने वसन्त ऋतुको आवागमनसँगै प्राकृतिक विपत्तिलगायतले पर्यटन उद्योगलाई नराम्रो धक्का लाग्यो।

प्राकृतिक, सांस्कृतिक तथा भौगोलिक सम्पदाको अनुपम विविधताले भरिपूर्ण नेपाल पर्यटनका लागि विश्वमा आकर्षण मानिन्छ। साहसिक पर्यटन पर्वतारोहण र पदयात्रा तथा सांस्कृतिक सम्पदाको अवलोकन गर्न उल्लेख्य सङ्ख्यामा विदेशी पर्यटक नेपाल आउँछन्।

भूकम्पले सर्वोच्च शिखर सगरमाथासहित सम्पूर्ण हिमालको आरोहण रोकियो भने, मनास्लु,अन्नपुर्णलगायतका पदमार्गहरु पनि अवरुद्ध हुन पुगे। पर्यटन क्षेत्रबाट सबैभन्दा बढी राजस्व उठ्ने पर्वतारोहण नै रोकिएपछि अन्य पर्यटकीय गतिविधि पनि कमजोर बन्दै गयो। पर्वतारोहण अवरुद्धले राज्यले करोडौँ राजस्व गुमायो।

भूकम्पको त्रास ताजै रहेका बेला संविधान निर्माणप्रति असहमति जनाउँदै भारतले गरेको अघोषित नाकाबन्दीले झनै पर्यटन क्षेत्र चौपट हुन पुग्यो। नाकाबन्दीले पर्यटन व्यवसायलाई मात्र नभई देशको समग्र अर्थतन्त्रलाई नै जाममा पार्यो। त्यसो त, अघिल्लो वर्ष (२०७१) पनि सगरमाथाको आधार शिविरमा आएको हिम पहिरो र 'हुदहुद' सामुद्रीक आँधीका कारण विश्व चर्चित पदमार्ग राउण्ड अन्नपूर्णमा भौतिक तथा मानवीय क्षति पुग्यो। जसका कारण मुलुकको पर्यटनले ठूलो क्षति बेहोर्नु पर्यो। ती दुवै घटनामा धेरै पर्यटक तथा पदयात्रीको मृत्यु भएको थियो।

यद्यपि भूकम्प र नाकाबन्दीबाट थलिएको मुलुकको पर्यटनमा वर्षको उत्तरार्धमा सकारात्मक सङ्केत देखा परेको छ। पछिल्लो पटक बेलायती राजकुमार हेनरी चाल्र्स अल्वर्ट डेबिड (ह्यारी) को नेपाल भ्रमणले पर्यटन प्रवद्र्धनमा टेवा पुगेको छ। भूकम्पपछि नेपालबारे विश्वभर फैलिएको भ्रम चिर्न ह्यारीको भ्रमणबाट सकारात्मक सन्देश प्रवाह भएको छ।

पर्यटकको चहलपहल बाक्लिएको छ। उल्लेख्य सङ्ख्यामा विदेशी पर्यटक यतिखेर नेपालका पर्यटकीय गन्तव्यमा छन्। ती गन्तव्यका होटलको अकुपेन्सी बढेको छ। सरकारले अघिल्लो वर्ष सगरमाथालगायतका हिमाल आरोहणका लागि अनुमति लिर्इ आरोहण गर्न नपाएका आरोहीका लागि आगामी दुई वर्षसम्म पुनः आरोहण गर्न दिने निर्णयले पनि पर्यटनमा सकारात्मक प्रभाव परेको छ। अहिले ठूलो सङ्ख्यामा विभिन्न मुलुकका आरोहीहरु नेपाल आउने क्रममा छन्।

अर्कोतर्फ विश्वमै सबैभन्दा बढी पर्यटक पठाउने मुलुक चीनबाट पर्यटक आकर्षण गर्न सरकारले जनवरी १ देखि सुरु गरेको निःशुल्क प्रवेशाज्ञाको प्रावधानले पनि चिनियाँ पर्यटक बढाउन भूमिका खेलिरहेको छ। संयुक्त राष्ट्रसङ्घीय पर्यटन सङ्घका अनुसार एक करोड २० लाख चिनियाँ पर्यटक विश्वमा पुग्ने गरेका छन्। त्यसको केही प्रतिशत मात्र नेपाल भित्र्याउन सके नेपालको पर्यटनले उचाइ लिने निश्चित छ। त्यसैले मित्रराष्ट्र चीन, भारतलगायत अन्य मुलुबाट बढी पर्यटक आकर्षण गर्न सरकारले विशेष पर्यटकीय प्याकेज तथा पूर्वाधार विकासमा जोड दिन जरुरी छ।

नेपाल पर्यटन बोर्डको विवरणअनुसार सन् २०१३ मा ७ लाख ९७ हजार ६१६ र सन् २०१४ मा ७ लाख ९० हजार १ सय १८ पर्यटकले नेपाल भ्रमण गरेका थिए। अध्यागमन विभागको विवरणअनुसार सन् २०१५ मा अघिल्लो सन् २०१३ र २०१४ को तुलनामा २९.७ प्रतिशतले गिरावट आई जम्मा ५ लाख ५४ हजार ७ सय ४७ विदेशी पर्यटकले नेपाल भ्रमया गरेका छन् । रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस