दसैंको पूर्वसंध्यामा थारु समाजमा भर्खरै कहलिन थालेका क्रान्तिकारी युवा नेता लक्ष्मण थारु नेपाली समाजको कथित सदाचारविपरीत दैहिक आचरण गरेको अभियोगमा प्रहरीद्वारा समातिए। त्यसरी समातिएपछि अत्यास र आवेगमा उनले बताए, म जुन सुन्दरीसँग सुतेको हुँ, ती मेरी पे्रमिका हुन्। हामी बिहे गर्दैछौँ। तर, सामाजिक शुध्दीकरण अभियानमा लागेको प्रहरीले उनको कुरा सुनेन। उनी लजबाट हिरासत पुगे। पछिल्लो सूचनाअनुसार, दसैं उत्सवको वातावरणलाई मध्यनजरँ राख्दै प्रहरीले उनलाई हिरासतबाट मुक्त गरी दिएको छ।
देह सुखको इच्छाले संसारका धेरै शक्तिशाली मानिसलाई तान्ने गरेको छ। अमेरिकाका राष्ट्रपति बिल क्लिन्टन र मोनिका लेविन्स्की यसका पछिल्ला उदाहरण हुन्। अमेरिकी समाजले यस्ता कुरालाई पचाएको छ। नत्र, मोनिका काण्डपछि क्लिन्टन दोस्रोपटक राष्ट्रपति हुने थिएनन्। बेलायती युवराज चार्ल्सकी पत्नी डायना उदार विचारका कारण लोकप्रिय भइन्। हाम्रो समाजमा समेत डायनाको उदार व्यवहारको प्रशंसा भयो। उनको त्यो व्यवहार परपुरुषसँगको संसर्गका कारण वढी चर्चित भएको थियो। होइन भने डायनाले त्यस्तो कुनै काम गरेकी थिइनन् जसका लागि उनको चर्चा गर्नै परोस्। मानिसभित्र रहेको दमित कामेच्छा सामाजिक अपराध हो कि व्यक्तिको प्रवृत्ति? यसबारे समाजशास्त्री पनि एकमत हुन सकेका छैनन्।
माओवादी सशस्त्र संघर्षको पृष्ठभूमिबाट आएका तन्नेरी नेता लक्ष्मण थारु माओवादीसँग मोहभंग भएपछि थारु जातिलाई मधेसी राजनीतिको छायाँबाट टाढाराख्ने अभियानमा लागेका कारण थोर बहुतँ चर्चामा आउन थालेका थिए। ठूला पार्टीहरूबाट निस्किएका व्यक्तिलाई राजनीतिमा वर्चस्व राख्न कठिन हुने गर्छ। केही टाठाबाठाबाहेक अन्य नेता एउटा पार्टीबाट विस्थापित भएपछि अर्को पार्टी खोलेर स्थापित हुन सकेका छैनन्। लक्ष्मण थारु राजनीतिमा टिक्न संघर्ष गर्दै थिए। उनको शरीरमा संचारित भइरहेको तातो रगतले उनलाई बढी नै आक्रोशित तुल्याएको थियो। तातेको रगत संयमित हुँदैन। धेरै तातेको रगतले जन्माउने आक्रोशले कुण्ठा जन्माउने काम गर्छ। सम्भवतः, त्यही कुण्ठाले लक्ष्मणलाई थिचेको थियो। उनी सहरको कुनै सामान्य लजको कोठामा यौनकर्मी युवतीसँग रतिसम्बन्ध राख्दाराख्दै समातिए। स्वाभाविक थियो, उनी एकाएक चर्चाको शिखरमा पुगे। आखिर मानिसको चाहना पनि हुन्छ : नाम हो, बदनाम हो, गुमनाम न हो
राजनीतिमा लागेको चौँतीस-पैंतीस वर्षको 'गवरु जवान' काम तृष्णाले राँकिएर कुनै यौनकर्मी वा अन्य युवतीको अँगालोमा पुग्नु आफैँमा ठूलो र आश्चर्यलाग्दो घटना होइन। काठमाडौंमा यस्ता घटना प्रतिदिन भइरहेका हुन्छन्। जुवाको खालबाट मन्त्री समातिनु, नेताले तस्कर संजालको सम्पर्कसूत्रका रूपमा कामगर्नु र समाजसेवामा लागेका मसाज पार्लरमा कामदेवको आराधनामा लिप्तरहनु नेपालीका लागि अब अनौठो घटना रहेनन्। राजनीतिको पर्दाभित्र यीभन्दा पनि आंग सिरिङ्ग पार्ने खालका घटना भई नै रहेका हुन्छन्। पछिल्लो समयमा राजनीतिमा बढेको धनको प्रभुत्वका कारण राजनीतिकर्मी र अपराधीबीच सम्बन्धको दूरी साँगुरिँदै गएको छ। दुवै पेसाबीचको सम्वन्ध अन्योन्याश्रित हुँदै गएको छ। सरकारी योजना र आयोजनाबाट नेताले गर्ने आम्दानी बहुपक्षीय भागबन्डामा पर्ने भएकोले त्यसबाट मात्र बढदो राजनीतिक आकांक्षा धान्न सकिने अवस्था छैन। त्यसैले भ्रष्टाचारको विस्तारित स्वरूपका रूपमा दुर्दम्य अपराध मौलाएको हो।
नारी देहको व्यापारमा सामेल रहेका, विदेशी मुद्राको अपचलन र दुई नम्वरी धन्दामा लागेका, नेपाल-भारतका ससाना नाका नियन्त्रणमा लिएर लागू पदार्थको व्यापारमा सक्रिय रहेका धेरै नेताको नाम र हुलिया नेपाल प्रहरीले सुरक्षित राखेको हुनुपर्छ। अपराध र अपराधीसँग सम्बन्धित सूचना संकलनमा नेपाल प्रहरीको दक्षतामा प्रश्न उठाउन सकिँदैन। तर, विधिका आधारमा भन्दा पनि राजनीति र अनेक शक्तिकेन्द्रको दबाबमा काम गर्नुपर्ने बाध्यताका कारण प्रहरी आफैँ पनि नैतिकरूपले खुम्चिएकोछ। प्रहरी कति शक्ति हीन छ भने आफैँले तयार पारेका नीतिको समेत स्वतन्त्र ढंगले पालना गर्न सक्तैन।
लक्ष्मण थारु देह सुख प्राप्तिका लागि कुनै तारे होटल वा स्तरीय रिसोर्टमा पुगेका भए समातिने थिए कि थिएनन्? यो यस्तो प्रश्न हो जसको जवाफ स्वयं प्रहरीले नै पनि दिन सक्तैन। तर, यो प्रश्न त सही हो। किनभने, प्रहरी यसप्रकारका मोरल पुलिसिंगँ मा कस्सिएर लाग्ने हो भने लक्ष्मण थारु जे अपराधँ गरबापत तानिएका छन् त्यस्तो अपराधमा समाजका नामुद राजनीतिक हस्ती तानिन सक्छन। देह तृष्णा मेटाउन स्तरीय र सुरक्षित स्थानमा जाने नवधनिक वर्गका राजनीतिकर्मी र लक्ष्मण थारुबीच कुनै लक्ष्मण रेखा तानिन सक्तैन। त्यसैले लक्ष्मणविरुध्दको प्रहरी कारबाहीको नियत जतिसुकै सफा र स्पष्ट भएपनि स्वाभाविकरूपले शंकाको दायराभित्र पर्छ।
हिंसात्मक राजनीतिको वकालत गर्दै हिँड्ने उग्रवादी स्वभावका लक्ष्मण थारुलाई राजनीतिक हिसावले कानुनको दायरामा ल्याएर कारबाही गर्न नसकेपछि सरकारले अनैतिक यौन सम्पर्क गरेको अभियोगमा फसाएको तर्कको उत्तर सरकारसँग छैन। अपराधको संसार नियन्त्रण गर्न नसक्ने सरकार यस्तै फुच्चे नौटङ्कीमा रमाउनु अस्वाभाविक होइन।
नेपाल प्रहरीका अधिकारी हिजोआजका हिन्दी सिनेमाबाट निकै प्रभावित देखिन्छन्। हिन्दी सिनेमामा एउटा युग त्यस्तो थियो जतिबेला प्रहरीलाई घुस्याहा र बेइमान पात्रका रूपमा चित्रण गरिन्थ्यो। यति बेला सिनेमाका नायकहरूले प्रहरी पात्रको मान, सम्मान र हौसलालाई बुलन्दीमा पुर्याएका छन्। प्रहरीको छवि अचानकै समाज सुधारकका रूपमा स्थापित हुन थालेको छ। देशका लागि बर्दीको समेत पर्वाह नगर्ने सन्नी देवल आजादँ र अपराधीको पैसा लुटेर गरिबको उद्धारगर्ने सलमान खान रोबिनहुड पाण्डेँ जस्ता पात्रले सिनेमा हलमा ताली पाउन थालेका छन्। यता, नेपाल प्रहरीका नायकहरू देशको सामाजिक, राजनीतिक परिवेश र आफनै संगठनभित्र बढ्दो अपराध प्रवृत्तिप्रति ध्यानै नदिई समाज सुधारको क्षेत्रमा जुटेका छन्। झलक्क हेर्दा यो राम्रोजस्तो लाग्छ तर राजमार्गमा सबारी रोकेर मनपरी चन्दा र जरिवाना असुली रहेका आफनै प्रहरीको गतिविधि रोक्न नसक्ने, अपराधीसँग हातेमालो गरेर जनता सताउने र मध्यदिनमा सहरको व्यस्त बजारमा किनमेल गरी रहेका महिलाको घाँटीमा टलक्क टल्किएको सिक्री लुछेर लाने अपराधीको बिगबिगी रोक्न नसक्ने प्रहरी संगठनले रातको अन्तिम प्रहरमा युवतीको अँगालोमा निदाएका लक्ष्मण थारु खोज्दैे लजको कोठामा ढोका ढकढक्याउन जानु आफैमा विसंगत व्यवहार हो। आफूलाई अतिराजनीतिकरण र आपराधिक प्रभावबाट मुक्त तुल्याउन नसकेसम्म नैतिकता र सदाचारको चटक मञ्चन गर्दैमा प्रहरीको विश्वसनीयता स्थापित हुन सत्तै्कन। लक्ष्मणविरुध्दको प्रहरी कारबाहीले सुकिलामुकिला समाजको मनोरञ्जन गरेपनि उनले जुन समाजको प्रतिनिधित्व गर्छन् त्यहाँ यो खासै अपराध नि मानिदैन। बरु यसले वर्तमान राज्यप्रति थारु समाजमा रहेको वितृष्णा बढाउने काम गर्नेछ।