जलवायु बजेट कोडः के हो ?
१२ भदौ २०७६
•
१८ मिनेट पाठ
जलवायु बजेट कोडः के हो ?
सार्वजनिक खर्च व्यवस्थित र नतिजामूलक बनाउन विभिन्न विश्लेषण संयन्त्र उपयोगमा ल्याउने गरिन्छ।  यस्ता संयन्त्र वा विधिबाट सार्वजनिक नीति र कार्यक्रमबीच सम्बन्ध बढाउन र जल्दाबल्दा समस्या समाधानबारे विश्लेषण गर्न सकिन्छ।  जलवायु बजेट कोड पनि यसैका सन्दर्भमा आविष्कार भई अभ्यासमा आएको एउटा विधि हो। 




जलवायु परिवर्तन बजेट कोड बुझ्न तीन कुरा जान्नुपर्छ ः पहिलो– जलवायु परिवर्तन, दोस्रो– बजेट कोड र तेस्रो– जलवायु परिवर्तन बजेट कोड।  सामान्य अर्थमा मानवीय क्रियाकलापका कारण पृथ्वीको हरितगृह प्रणालीमा असर परी वायुमण्डलको तापमान क्रमशः बढ्नु जलवायु परिवर्तन हो।  यो वायुमण्डलमा भएको फेरबदल र जलवायु अस्थिरता हो।  यो मानव क्रियाकलापले प्रकृतिमा गरेको अतिक्रमणको उपज हो।  जब प्रकृतिको स्वाभाविक क्रियाकलापमा मानवका अस्वाभाविक क्रियाकलाप बढ्यो, तब यस्तो स्थिति आएको हो।  जलवायु परिवर्तनमा नेपालजस्ता अल्पविकसित मुलुकको योगदान निकै कम भए पनि त्यसको असरको भार भने बढी छ।   

जलवायु परिवर्तन समकालीन विश्वको सबैभन्दा ठूलो चुनौती हो।  जलवायु परिवर्तनलाई न्यून गर्न र यसका असरसँग अनुकूलित हुन नीति तथा कार्यक्रमहरू जलवायु संवेदनशील हुन जरुरी छ।  जलवायु परिवर्तन अन्तरसम्बन्धित विषय भएकाले सबै मन्त्रालयका कार्यक्रमहरू जलवायु दृष्टिकोणमा कति सान्दर्भिक भए/भएनन् भनी विश्लेषण गरिनु आवश्यक छ। 

बजेटलाई घोषित नीति तथा कार्यक्रममा के कति सम्बोधन गरिएको छ भनी विश्लेषण र तुलना गर्ने विधि हो– बजेट कोड (संकेत)।  यो बजेट सुधारको अभिन्न अंग पनि हो।  नेपालमा वार्षिक विकास कार्यक्रम तर्जुमा गर्दा विभिन्न क्षेत्रमा बजेट नीति तथा कार्यक्रम विश्लेषण गर्न र क्षेत्रगत कार्यक्रमलाई नीति कार्यक्रमअनुकूल नतिजा मूल्यांकनका लागि बजेट कोड बनाउने गरिन्छ।  ती बजेट कोडमा (क) गरिबीउन्मुख बजेट कोड, (ख) लैंगिक कोड, (ग) आयोजनाको प्राथमिकीकरण कोड, (घ) रणनीतिक स्तम्भ कोड, (ङ) जलवायु परिवर्तन कोड र (च) दिगो विकास कोड छन्।  बजेट कोडले त्यस आर्थिक वर्षको बजेटमा समावेश भएका कार्यक्रम/आयोजनाले त्यस क्षेत्रमा कतिको योगदान गर्न सक्ला भन्ने संकेत गर्छ।  योे नीति विश्लेषणको दरिलो संयन्त्र हो। 

नेपाल जलवायु परिवर्तन बजेट कोड लागू गर्ने पहिलो मुलुक हो र अन्य देशले पनि नेपालको अभ्यास अवलम्बन गरिरहेका छन्।  यसले विश्वमा देखिएको जलवायु परिवर्तनबाट पर्न गएको प्रभाव न्यूनीकरण गर्न सार्वजनिक नीति तथा कार्यक्रमहरू कति संवेदनशील देखिएका छन् भन्ने विश्लेषण गर्न सघाउँछ।  यसले कार्यक्रमलाई जलवायु कम्पोनेन्टलाई कसरी कार्यान्वयन गरेको छ भन्ने अनुगमन गर्नसमेत मद्दत गर्छ।  

विश्व वायुमण्डलको तापमान बढ्दै गए पनि सन् १९९२ को रियो सम्मेलनअघि यस विषयलाई खासै ध्यान दिइन्नथ्यो।  रियो सम्मेलनपछि अन्तर्राष्ट्रिय मञ्चहरूमा जलवायु परिवर्तनसम्बन्धी विषयलाई महŒव दिन थालियो।  १९९५ बाट हरेक वर्ष जलवायु वार्ता (कोप) आयोजना गर्न थालियो जसमा नेपालले लगातार सहभागिता जनाउँदै आएको छ।  जलवायु परिवर्तनको असर न्यूनीकरण गर्ने काम खर्चिलो र लामो प्रक्रियाको हुन्छ।  अल्पविकसित मुलुकहरू आवश्यक साधन–स्रोतको कमी र भएका स्रोत उपयोग गर्ने क्षमता पनि न्यून रहेको दाहोरो मारमा रहन्छन्।  अर्कातर्फ जलवायु परिवर्तनको कारक आफू नभएर पनि त्यसको असरको भागीदार उनीहरू नै हुन्छन्।  यस्ता चुनौती सम्बोधन गर्ने एउटा उपाय वित्तीय उपकरण हुन सक्थ्यो।  वित्तका आधार भनेका सार्वजनिक वित्त र बजार संयन्त्र नै हुन्।

यही कुरा ध्यानमा राखेर नै राष्ट्रिय योजना आयोगले जलवायु वित्तको भविष्य नामक अध्ययनपछि सार्वजनिक क्षेत्रबाट हुने खर्चमा जलवायु परिवर्तनलाई कसरी सम्बोधन गरिएको छ, हेर्न जलवायु परिवर्तन खर्च र संस्थात्मक परिपाटीको समीक्षा (सिपिइआइआर) ग-यो।  उक्त समीक्षामा जलवायु नीति र रणनीति, संस्थात्मक व्यवस्था, वार्षिक बजेटमा जलवायु परिवर्तनका उद्देश्य र आवश्यकता र स्थानीय समुदाय, नागरिक समाज र निजी क्षेत्रका भूमिकालाई केन्द्रबिन्दुमा राखिएको थियो।  यस्तो समीक्षा नेपालका साथै भियतनाम, बंगलादेश, कम्बोडिया, मोरक्को, इन्डोनेसिया, फिलिपिन्स, थाइल्यान्ड र समाओमा एकैसाथ गरिएको थियो।  अध्ययनका दुई उद्देश्य थिए ः पहिलो– आवश्यक क्षेत्रमा जलवायु वित्तको उपयोग र दोस्रो– नीति, कार्यक्रम र संरचनाबीच समन्वय।  

त्यतिबेला (क) जलवायु खर्च के हो र केचाहिँ होइन भन्ने स्पष्ट थिएन, (ख) मौजुदा बजेट शीर्षकले जलवायु बजेटलाई स्पष्ट देखाउँदैनथ्यो,(ग) विषयगत १० मन्त्रालयमा परिभाषित जिम्मेवारीसहित कर्मचारी थिए र (घ) १० मन्त्रालयका ८३ खर्चकेन्द्र र कार्यक्रम मात्र जलवायु परिवर्तनमा देखिए।  यसर्थ बजेट र योजना संयन्त्रमार्फत जलवायु संवेदनशीलता सम्बोधन गर्न सकिन्छ र त्यसको सुरुवात सार्वजनिक क्षेत्रको बजेटबाट गर्नुपर्छ भन्ने साझा निष्कर्ष निकालियो।  साथै जलवायु परिवर्तनसम्बन्धी चेतना विस्तार, कार्यक्रमको स्थानीयकरण र स्थानीय स्तरका निकायको क्षमता विकासमा जोड दिनु आवश्यक मानियो।  र, जलवायु बजेट कोडको आविष्कार गरियो।  आर्थिक वर्ष २०६८/६९ को वार्षिक विकास कार्यक्रमदेखि लागू गर्दै आएको छ र अहिले संघीय बजेट कार्यक्रममा यो संस्थागत पनि भइसकेको छ।  

के कस्ता कार्यक्रम र आयोजनाका क्रियाकलापलाई जलवायु परिवर्तन सम्बन्धित मान्ने भन्ने विषय निकै जटिल हो।  यसको सर्वमान्य आधार स्थापना भइसकेको थिएन (अहिले पनि सर्वस्वीकार्य आधार छैन)।  तत्कालीन अवस्थामा योजना आयोगको कार्यदलले विज्ञ तथा सरोकारवालासँगको पटकपटकको छलफलअनुसार केही आधार तय ग¥यो, जसअनुसार हरितगृह ग्यास उत्सर्जन न्यूनीकरण, प्राकृतिक सम्पदाको दिगो व्यवस्थापन, खाद्य स्वच्छता र सुरक्षा, स्वच्छ ऊर्जा र पानीको दिगो व्यवस्थापनलगायत ११ विषयका कार्यक्रमलाई जलवायु परिवर्तनसँग सम्बन्धित कार्य मानी ती कार्यक्रमका क्रियाकलापमा विनियोजित बजेटलाई जलवायु परिवर्तन बजेट कोडमा प्रयोग गरिँदै आएको छ।  यसलाई निकैव वस्तुगत बनाउने सूचकहरू स्थापित छन्, जसअनुसार प्रत्येक आयोजनाका क्रियाकलापहरू ० देखि २० अंकभार पाएमा जलवायु तटस्थ, २० देखि ६० अंकभार पाउनेलाई सान्दर्भिक र ६० भन्दा माथि अंकभार पाउनेलाई अत्यन्त सान्दर्भिक मानिन्छ।  बजेट कोडिङ गर्दा विकास÷पुँजीगत खर्चको मात्र गरिन्छ, साधारणतर्फको बजेट गणनामा लिइँदैन।  

गत आर्थिक वर्ष २०७५/७६ मा संघीय सरकारका वार्षिक विकास कार्यक्रममा ३६४ कार्यक्रममा भएको कूल विनियोजनमध्ये ९.६ प्रतिशत अति सान्दर्भिक र १६.९ सान्दर्भिक देखिएका थिए भने बाँकी ७३.५ प्रतिशत जलवायु तटस्थ रहेका थिए।  चालु वर्षका कूल ३२६ आयोजनामा भएका लगानीमध्ये ९.४ अति सान्दर्भिक, २२.६ सान्दर्भिक र ६८ प्रतिशत जलवायु टतस्थ रहेका छन्।  बजेट कोड लागू गरिएको पहिलो वर्षमा १०.३४ प्रतिशत विनियोजन मात्र सान्दर्भिक देखिएका थिए।  यसले नीति कार्यक्रम जलवायु संवेदनशील बनाउनुपर्छ भन्ने संकेत दिएको छ।  किनकि कार्यक्रमको स्तर जलवायु तटस्थ देखिनु राम्रो मानिँदैन।  साथै आँकडाको विश्लेषणबाट जलवायु कोडिङ विधिलाई अझ वस्तुगत बनाउन जरुरी छ भन्ने सन्देश पनि दिएको छ। 

जलवायु परिवर्तन समकालीन विश्वको सबैभन्दा ठूलो चुनौती हो।  जलवायु परिवर्तनलाई न्यून गर्न र यसका असरसँग अनुकूलित हुन नीति तथा कार्यक्रमहरू जलवायु संवेदनशील हुन जरुरी छ।  जलवायु परिवर्तन अन्तरसम्बन्धित विषय भएकाले सबै मन्त्रालयका कार्यक्रमहरू जलवायु दृष्टिकोणमा कति सान्दर्भिक भए/भएनन् भनी विश्लेषण गरिनु आवश्यक छ।  कुनै पनि कार्यक्रम जलवायु तटस्थ हुनु हँुदैन।  हाल संघीय सरकारका वार्षिक कार्यक्रममा मात्र यस विश्लेषण संयन्त्र उपयोग भएको छ।  तर सबै तहका सरकार, समुदाय र निजी क्षेत्र सबै जलवायु संवेदनशील हुनुको विकल्प छैन।  

जलवायु परिवर्तन बजेट कोडको प्राज्ञिक मात्र होइन, व्यावहारिक महŒव पनि छ।  यसबाट खास आर्थिक वर्षका कार्यक्रमहरूलाई जलवायु परिवर्तनको आँखाबाट विश्लेषण गर्न सकिन्छ।  जलवायु नीति तथा कार्यक्रम (अनुकूलन, मिटिगेसन र क्षमता विकास) मा सरकारी निकायको कतिको नीतिगत संवेदनशीलता छ भन्ने पनि देखाउँछ।  यसले जलवायु परिवर्तनका क्षेत्रमा हुने खर्चको अनुगमन (एक्सपेन्डिचर ट्र्याकिङ) गर्न सघाउँछ।  जलवायु परिवर्तनका नकारात्मक असर न्यूनीकरण र अनुकूलन कार्यक्रम सञ्चालनका लागि सचेतना र संवेदनशीलता बढाउँछ।  साथै राष्ट्रसंघीय जलवायु परिवर्तन खाका सन्धिअनुसार स्थापित जलवायु कोषहरूबाट जलवायु वित्तमा पहुँच बढाउने आधार खडा गर्छ।  जलवायु परिवर्तन वित्त उपयोगमा साझा अवधारणा बनाउन सहयोग गर्छ।  अर्को महत्वपूर्ण पक्ष विषयगत मन्त्रालयहरू र सार्वजनिक निकायबाट सञ्चालित कार्यक्रमहरूको प्रभावकारिता विस्तारको आधार दिन्छ भने गैरसरकारी र निजी क्षेत्रका कार्यक्रमहरू सञ्चालन गरी राष्ट्रिय प्राथमिकतामा ल्याउन सघाउँछ।  क्रियाकलापको पारदर्शिता र जवाफदेहिता बढाउँछ अनि सबै तह र क्षेत्रको जलवायु साझेदारीका लागि आधार दिन्छ।  

नेपाल जलवायु बजेट परिवर्तन बजेट कोड अवलम्बन गर्ने विश्वको पायोनियर मुलुक हो।  यसलाई राष्ट्रसंघीय पद्धतिले पनि असल अभ्यासका रूपमा लिएको छ।  सन् २०१३ को अन्तमा विश्व विकास सम्मेलन (नैराबी) मा राष्ट्रसंघीय पद्धतिबाट नेपाललाई ग्लोबल लिडरसिप अवार्ड पनि प्राप्त भयो।  नेपालको अभ्यासपछि अन्य मुलुकले पनि यसलाई अपनाउन थालेका छन्।  नेपाल, फिलिपिन्स, इन्डोनेसिया र बंगलादेशलगायत मुलुकहरूले क्षेत्रीय सिकाइ सञ्जालसमेत बनाई अनुभव र अभ्यास आदानप्रदान पनि सुरुवात गरे।  यसले केही प्राज्ञिक र केही व्यावहारिक वस्तुस्थितिलाई पनि बाहिर ल्यायो।  

नेपालको अर्थतन्त्र र जीवन प्रणालीमा जलवायु परिवर्तनले बहुआयामिक प्रभाव पारिरहेको छ।  केही असर देखिएका छन् भने केही देखिने क्रममा छन्।  जनस्वास्थ्यमा पर्ने असर सबैभन्दा गम्भीर देखिएको छ।  सहरी क्षेत्रका वृद्धहरूको मृत्युदरमा देखिएको वृद्धि वातावरणीय प्रणालीमा आएको परिवर्तनको कारण हो भन्ने विश्लेषण छ।  परम्परागत बाली नासिन थालेका छन्।  बालीहरूमा रोग प्रतिरोधात्मक क्षमतामा ह्रास आएको देखिएको छ।  केही बाली र फलफूलका प्रजाती लोप भएका छन्।  बढ्दो तापको प्रभाव जीवजन्तुहरूमा पनि देखिएको छ र उनीहरूको अस्तित्व संकटमा परेको छ।  पहाडी धरातलमा पहिरो र तराई तथा भित्री मधेसमा बाढी तथा डुबानका कारण जनधन विनास हुन थालेको छ।

उच्च क्षेत्रका घाँसे मैदानको उत्पादकत्वमा कमी र वन डढेलो लाग्ने घटना बढेको पाइएको छ।  तापमानका कारण जलविद्युत्को उत्पादन लागत बढेको देखिएको छ तर यो निश्चित अवधिमा सीमित हुन्छ र भविष्यमा नदीको वहाब प्रणालीका आयोजना र सतह सिँचाइ प्रणालीमा चुनौती थपिनेछ।  पर्यावरणीय, सामाजिक, आर्थिक प्रणालीमा क्षति पुगेको छ र यो क्रम मौन संकटका रूपमा अघि बढ्दै छ।  यस अवस्थामा जलवायु बजेट कोड वार्षिक विकास कार्यक्रमलाई जलवायुमैत्री बनाउने संयन्त्र बन्न सक्छ।  यसको उद्देश्य पनि यही हो।  साथै यसले जलवायु वार्ताबाट स्थापित परिभाषित जलवायु कोषमा नेपालको पहुँच बढाउने आधार पनि दिन्छ।  तर यस प्रक्रियालाई अझै व्यावहारिक र विस्तृत बनाउनेतर्फ ध्यान दिन ढिला भइसकेको छ। 
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस