नेपालमा त्यस्ता को छन् जसका नाम लिनेबित्तिकै श्रद्धाले हाम्रा शिर झुक्छन् ? मेरो सूचीमा केवल दुई जना छन्, साहित्यमा लक्ष्मीप्रसाद देवकोटा र राजनीतिमा रूपचन्द्र विष्ट । हामीकहाँ कविका भेषमा जालीफटाहा धेरै छन् । देवकोटा तिनबाट पूरै पृथक थिए । 'यात्रा' कवितामा जस्तै लेखन र जीवनशैली दुवै हिसाबले उनी पक्का कवि थिए । विष्ट त्यस्ता दार्शनिक थिए जसले जीवनभरि छाप्रे-झुप्रेको राजनीति गरे र तिनकै स्तरको जीवनशैली अपनाए । लोकतान्त्रिक राजनीतिका नाममा लोकतन्त्रकै पखेटा काट्ने कांग्रेसी र गरिबका नाममा राजनीति गर्ने तर गरिब, दुःखीको सपनाकै हुर्मत लिने धूर्तहरू नैतिक उचाइमा यिनका गोलीगाँठासम्मै पुग्दैनन् ।
मकवानपुरको दामनमा हालै विष्टको शालिक अनावरण गरिएको छ । कलाकार लक्ष्मण भुजेलले त्यसका लागि नौ वर्ष खर्च गरेछन् । नास्तिक बुद्धलाई कालान्तरमा बुद्धमार्गीले पूजा गरेजस्तै हो यो घटना तथापि यसले रूपचन्द्रको दर्शनलाई एकपल्ट फेरि व्यापक बनाइदिएको छ । २०५६ साल असार ७ गते विक्षिप्त अवस्थामा बितेका विष्ट त्यस्ता अनुपम दार्शनिक थिए जसले पूरै जीवन 'महाडाँकातन्त्र'विरुद्ध भोका, दासी, झुत्रेझाम्रे, लुरे-त्यान्द्रेलाई जगाउन खर्च गरे । जीवनभरि उनले पञ्चे, मण्डले र समाजका सारा दुष्टविरोधी आन्दोलन गरे तर पुनःस्थापित प्रजातन्त्रमा फस्टाएका जालीफटाहाले उनैलाई विक्षिप्त अवस्थामा पुर्याइदिए ।
तीसको दसकमा उनले थाहा आन्दोलन चलाए जसको सार थियो निष्पक्ष सक्रियताको अभ्यास । निष्पक्ष भएपछि सक्रिय हुन असाध्यै गाह्रो हुन्छ तर मान्छेले जीवनरि यही गाह्रो काम गर्नुपर्छ । एक पटक वा केही समयका लागि होइन, जिन्दगीभरि निष्पक्ष रहेर सक्रियताको अभ्यास गर्नुपर्छ । कसैको पक्ष लाग्ने होइन, सत्य र ठीकको पक्ष लाग्नुपर्छ । आफू ठीक काम गर्ने, सत्यको पक्षमा निर्भिक भएर उभिने, अन्याय नगर्ने, अरुले गरेको बेठीक र अन्यायलाई नसहने हो भने संसारमै अन्यायी, अत्याचारीहरू टिक्न सक्दैनन् । श्रमिकको राजनीति पुाजीपतिले गरेर हुादैन । छाप्रेको राजनीति दरबारले गरेर हुादैन । मोहीको राजनीति तल्सिङले गरेर हुादैन । महिलाको राजनीति पुरुषले गरेर हुँदैन । उनीहरू आफैं जागृत भएर गर्नुपर्छ । मरिमरी काम गर्ने कंगाल हुने, महाअल्छी, फटाह धनाढ्य हुने, जाँड खाएर, तास खेलेर हिाडे पनि लोग्नेमान्छे मालिक हुने, जति काम गरे पनि जति सम्पत्ति उब्जाए पनि स्वास्नीमान्छे कमारी हुने, व्यभिचार गरे पनि लोग्नेमान्छे देवता हुने, सावित्री भए पनि स्वास्नीमान्छे चरित्रहीन हुने व्यवस्थालाई उनी महा-डाँकातन्त्र भन्थे । यस्तो महाडााकातन्त्र ध्वस्त पार्न उनी सबैले 'थाहा' पाउनुपर्ने आग्रह गर्थे ।
सत्य र ठीकका अघोर पक्षपाती विष्ट तत्कालीन राष्ट्रिय पञ्चायतमा जनपक्षीय विधायक थिए । भतिजा युद्धकलाका राष्ट्रिय खेलाडी रणसंग्राम विष्ट उनका अंगरक्षक भएर मकवानपुरका गाउा-गाउा र देशका कुनाकाप्चा चहारेका थिए । त्यसैताक प्रशिक्षणका लागि जापान जाने कोटा आयो । रणसंग्रामले निवेदन लेखे र त्यसमा सिफारिस लेखिदिन रूपचन्द्रलाई आग्रह गरे । सिफारिस त रूपचन्द्रले तुरुन्त लेखिदिए तर त्यसको बेहोरा यस्तो थियो, 'निज निवेदनकर्ता योग्य भएमा निजलाई सिफारिस गर्छु । निजभन्दा अरु योग्य भएमा उसैलाई सिफारिस गर्छु ।' मन्त्री, उपप्रधानमन्त्री पदको लोभ देखाउने लोकेन्द्रबहादुर चन्द, मरिचनमान सिंहको उनी धज्जी उडाउाथे । पालुङस्थित जनकल्याण मावि बनाउादा उनले सम्भ्रान्त वर्गकी पत्नी उमा शाहलाई पनि आफूसरह ढुंगा बोक्न लगाएका थिए । आफू कठोर परिश्रम गर्ने र पत्नीलाई पनि त्यस्तै गर्न लगाउने बानीकै कारण उनको वैवाहिक जीवन विच्छेद भएको प्रसंग निकै मार्मिक छ । उनका निष्पक्षताका किम्बदन्तीजस्ता लाग्ने उदाहरण थुप्रै छन् जसका साक्षी मकवानपुरबासी जनता छन् ।
राजनीति विश्लेषक श्याम श्रेष्ठका अनुसार उनी नैतिकताका हिमाल थिए । सूचना आयोगका मुख्य आयुक्त विनय कसजूले 'थाहा'लाई सूचनाको हकका रूपमा व्याख्या गरेका छन् । विष्टले जगाउन त थुप्रै मानिस जगाए जो पछि जालीफटाहालाई काम लागे । एउटै कमजोरी, उनी ज्यादा दार्शनिक र कम नेता थिए जसका कारण जीवनको अन्तिम चरण उनी एक्लोमात्र भएनन्, झण्डै विक्षिप्तसमेत भए । सबैभन्दा दुःख उनलाई आफूले जगाउन खोजेकाहरू नजागेका, 'एक अँगालो स्वास्नी वा लोग्ने र एक थाल भात'मा सीमित भएकामा थियो ।
अन्तिम पटक बिरामी पर्दा उनले आफ्ना साथीहरूलाई भनेका थिए, 'छाप्रेहरूले उपचार गर्नसक्ने ठाउँ वीर अस्पताल हो, मलाई त्यहीँ लानू । भर्ना गर्नुपरे क्याबिनमा होइन, जनरल वार्डमा गर्नु । क्याबिनमा सर्बसाधारणले उपचार गराउन सक्दैनन् ।' आफ्नो काजकिरिया नगर्न, लासमा फूल, अबिर नचढाउन र लासको राजनीति नगर्न उनले साथीहरूलाई आग्रह गरेका थिए । विक्षिप्त भनिएका विष्ट अन्तिम अवस्थासम्म आफ्नो आदर्शमा अडिग थिए ।
गणतन्त्र 'कार्यान्वयन' भए पनि रूपचन्द्रले भनेको महाडााकातन्त्र मन्त्रिमण्डलमा, अड्डा-अदालतमा, घर-घर र व्यक्ति-व्यक्तिमा व्याप्त छ । ठगी खान,े सत्ताको दलाली गर्नेले प्रमोसन खाने, सात क्लास फेल हाकिम हुने, एमए पास पियन हुने, इमान्दार र योग्यलाई लोप्पा ख्वाउने, लेख्न नजान्ने वरिष्ठ पत्रकार र बहुचर्चित लेखक हुने, सत्य पर्गेल्नै नखोज्ने, चम्चाकै कुरालाई सबथोक ठान्ने महाडाँकातन्त्र गणतन्त्र नेपालको पनि अभिन्न संस्कृति बनेको छ । यसलाई सखाप पार्न सत्य र न्याय पक्षधर सबैले थाहा आन्दोलनलाई निरन्तरता दिनु जरुरी छ । रूपचन्द्र भन्थे-
हामी कसैका होइनौ, कोही हाम्रा होइनन्
हामी सत्य र ठीकका, सत्य र ठीक हाम्रा ।