बाह्र बुँदे सहमतिपश्चात् नेपालका राजनीतिक शक्तिहरूबीच विभिन्न महत्वपूर्ण सहमति भएका छन्। अहिले सहमति हुन नसक्दा देशमा सरकार निर्माण हुन सकेको छैन। बजेटको अभावमा सरकारी कामकाज ठप्प हुने स्थिति समेत पैदा भएको छ। पूर्वराजाले नेतृत्व गरेको उग्रदक्षिणपंथी शक्तिको सल्बलाहट ह्वात्तै बढेको छ र विदेशी चलखेल गहिरिंदै छ। ठूला छिमेकीको फरक स्वार्थको टकराव सतहमै देखिन थालेको छ। करिब आठ महिनाको समयभित्र संविधान र शान्ति प्रक्रियाको टुंगो लगाउनै पर्ने अवस्थामा विपरीत धु्रवीय अडान बोकेका पार्टीबीच कसरी सहमति होला भन्ने अनुमान गर्न नेपाली राजनीतिका पण्डितहरूलाई धौधौ परेको छ। नेताहरूबीच आरोपप्रत्यारोपको शृंखला अन्त्य भएको छैन। प्रधानमन्त्री निर्वाचनको विफलताले जनतामा वितृष्णा र गणतन्त्र विरोधीको अनुहारमा मुस्कान देखिन थालेको छ।
ढिलो हुनु अगावै परिस्थिति सुधार्न नेतादेखि नागरिकसम्म गम्भीर र सचेत हुनु जरुरी छ। नेता निश्चित राजनीतिक स्वार्थ बोकेको नागरिक हो र नागरिक राजनीतिक स्वार्थविहीन नेता हो। त्यसकारण सहज अवस्थामा नागरिकले देश नेताहरूका जिम्मा छोड्न सक्छन् तर असहज अवस्थामा नागरिकले हस्तक्षेपकारी भूमिका पूरा गरेरमात्र देशले निकास पाउन सक्छ। सय समस्याको बखानभन्दासमाधानको एउटा उपाय देश हितकारी हुनसक्छ।
१. सेना समायोजन
एनेकपा (माओवादी) ले देशका तमाम समस्याको समाधान शान्तिपूर्ण संघर्षको वैधानिक बाटोबाट गर्ने प्रतिबद्धता केन्द्रीय कमिटीबाटै औपचारिक घोषणा गर्ने। माओवादी लडाकुको संख्याका विषयमा अरू पार्टीले पनि हदैसम्मको लचकता देखाउने। यसो गर्दा शान्तिप्रतिको सबैको इमान्दारी एकैपटक वास्तविक अर्थमा प्रदर्शित हुन सक्छ।
२. घरजग्गा कब्जा
विगतको सशस्त्र द्वन्दका बखत वा त्यसपछि पनि माओवादीले के कति जग्गा कब्जा गरेको छ, त्यसको यथार्थ विवरण जिल्लास्तरीय शान्ति समितिमार्फत् १ महिनाभित्र संकलन गराउने र उच्चस्तरीय अधिकारसम्पन्न आयोग बनाई वैज्ञानिक भूमिसुधार आयोगको प्रतिवेदनको आधारमा तीन महिनाभित्र जग्गा वा सम्पत्तिको फिर्ता वा व्यवस्थापन गर्ने। यस कार्यमा स्थानीय शान्ति समितिलाई परिचालन गर्दा स्थानीय स्तरमा समेत शान्तिको जग बस्ने स्थिति पैदा हुन्छ।
३. वाईसीएलको ब्यारेकीय संरचना
सेना समायोजन र जग्गा कब्जासम्बन्धी समस्याको समाधान भएपछि वाईसीएलको वर्तमान संरचनामा स्वतः परिवर्तन हुन्छ। व्यक्तिका कब्जा गरिएका घर कम्पाउण्डमा वाइसीएलका ब्यारेक रहेका छन्। सम्पत्ति फिर्ता वा व्यवस्थापन भएपछि यो अवस्था स्वतः रहने छैन।
४. संविधान निर्माण
संविधान निर्माणको सिलसिलामा देखिएका प्रमुख विवाद शासकीय स्वरूप र संघीयता विषयमा जनमत संग्रह गर्नु उपयुक्त हुनेछ। राष्ट्रपतीय प्रणाली, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री वा संसदीय प्रणाली वा अन्य नमुनाबारे जनमत संग्रह गर्न सकिन्छ। त्यसैगरी कस्तो खालको संघीय प्रणाली उपयुक्त हुन्छ वा नेपालमा संघीय प्रणाली आवश्यक छैन भन्ने बारेमा जनमत संग्रह गर्दा राम्रो हुन्छ।
५. सरकार गठन
उल्लिखित चार बुँदामा सहमति जुट्नसक्यो भने सहमतिको सरकार गठनमा कुनै समस्या देखिँदैन। शान्ति र संविधानलाई मिसन बनाएर गठन हुने सर्वदलीय सरकारको प्रधानमन्त्री र मन्त्री उत्तिकै शक्तिशाली हुनेछन्। बजेट निर्माण पनि शान्ति पक्रिया र संविधानलाई नै केन्द्रविन्दुमा राखेर सर्वपक्षीय विज्ञको सुझावमा गरियो भने त्यसमा सबै पार्टीको अपनत्व कायम हुन्छ। सरकारको नेतृत्वको सबालमा हाल छलफलमा समेत रहेको चक्रीय प्रणाली नै उपयुक्त हुनसक्छ।
६. शीर्ष नेताको कार्यशैली
नेपालका नेताहरू भाषणमा गरेको गालीको मात्राअनुसार ताली प्राप्त हुन्छ। त्यसकारण ताली खान गाली ओकल्ने बानी परेको छ। चुनावको वेला वा अन्य बेलामा नसकेपनि संविधान निर्माण र शान्ति प्रक्रिया निष्कर्षमा नपुगुन्जेल ताली कम प्राप्त भए पनि देशको भलाइका निम्ति गाली कम गर्नु आवश्यक छ। दक्षिण एसियामा 'नेताहरू जे बोल्छन् त्यो गर्दैनन् र जे गर्छन् त्यो बोल्दैनन्' भन्ने व्यंग्यात्मक वाक्य प्रयोग गर्ने गरिन्छ। संविधान निर्माण र शान्ति प्रक्रिया निष्कर्षमा पुर्याउन नेपालका नेता जे बोल्छन् त्यही गर्छन् भन्ने कुरा स्थापित गर्नुपर्छ।