यस पटक गाउँमा सहरमा जस्तो रिमझिमका साथ दसैं आएन । विदेश गएको छोराले दसैं खर्च नपठाएको त होइन तै पनि वैभवको प्रदर्शन देखिएन। वैभवसँगै जोडिएर आउने उत्ताउलो प्रवृत्ति पनि देखिएन। गोरखकालीको मन्दिरसँगै जोडिएको गोर्खाको गाउँमा दसैं निकै शान्त र सौम्य थियो। गाउँघरका बूढापाकाले बताए - हामीले हाम्रो कर्म छाडेका छैनौ। अघिअघिको जस्तो छैन। देशकाल बदलिएको छ। परिस्थिति फेरिएको छ।
के बदलिएको छ देशकाल? कसरी फेरिएको छ परिस्थिति? यो प्रश्नको जबाफ दिन उनीहरू अन्कनाइरहेका थिए। दशक लामो विद्रोहका अभियन्ता शान्तिको बाटोमा आइसके पनि शान्ति मृगतृष्णा नै छ। गणतान्त्रिक चोलामा देश नूतन र नवीनतम भइसकेको घोषणा भएपनि मानिसको हालत फेरिएको छैन। कुनै परिवारको जेठो छोरो तीन वर्षदेखि बहराइनमा छ भने कसैको कान्छो छोरो तीन महिना अघिमात्रै मलेसिया पुगेको छ। त्यसैले पनि मानिस बोल्न हिचकिचाउँछन्। बोल्दाबोल्दै केही बोलिएला र ज्यान जाला भन्ने भयले गाँजेकै छ मानिसलाई। ज्यान जान वेर लाग्दैन। परिस्थितिलाई टुलुटुलु हेरेर चुप लाग्नु नै कमजोर मानिसले आफूलाई सुरक्षित राख्न प्रयोग गर्ने सबभन्दा बलियो हतियार हो।
अलिकति कोट्याएर सोध्दा तिनले यताउता हेरेर बिस्तारै भने- 'के गर्नु! लोकतन्त्र आएको त थाहा छ। तर, मानिसको ज्यानको कदर छैन। बाबुबाजेले भित्ताको पनि कान हुन्छ भन्थे। त्यो कान अझै टालिएको छैन।' कमजोर देशका दुर्बल मानिसका लागि काँचो माटोले बनेको साधारण घरको भित्ता पनि भयको सबभन्दा ठूलो कारण बनेकोछ। लोकतन्त्रको आवाज यति घनिभूत भएका बेला पनि कमजोर मानिसका लागि जोगिनु नै सबभन्दा ठूलो उपलब्धि बनेकोछ।
बितेका केही समयदेखि गाउँघरतिर हुलमुल बढाउने घटना निकै हुन थालेका छन्। राजनीतिमा त झगडा छँदै थियो। अब त्यो झगडा विस्तारित हुन थालेको छ। कतै जातिको झगडा र कतै पानीको झगडा। हुँदाहुँदा खेलकुदमा पनि झगडा सल्किन थालेको छ। पिँढीमा बसेर बूढापाका आफ्ना छोराछोरी, नातिनातिनीलाई अक्सर सम्झाउने गर्छन् - हुलमुलमा जीउ जोगाउनुपर्छ।
नेपाली समाजका लागि खासै नयाँ होइन यो। यो क्रम अनन्तदेखि चल्दैआएको छ। हजुरबाले बाहरूलाई यही अर्ती दिए। बाहरूले हामीलाई यही अर्ती दिए। अब अहिलेे देशकाल र परिस्थितिको आंकलन गर्दा हामीले हाम्रा सन्तानलाई र हाम्रा सन्तानले तिनका सन्तानलाई दिने अर्ती पनि यही होलाजस्तो छ।
त्यसो भए, के हामी तबेलामा बाँधिएका घोडामात्रै हौँ त? जसले जतिवेला आएर जस्तो काठी कसेपनि हुने।
जनताको जीवन स्तर हेर्दा हामी तबेलामा बाँधिने घोडाको स्तरसम्म पुगेका छौँ भन्नेमै पनि प्रशस्तै शंका बढ्न थालेकोछ। देशकाल बिग्रँदै गएको छ। परिवर्तन, आधुनिकता र सामाजिक दायित्वप्रति कसैको चासो देखिँदैन। सबैका आआफना व्यक्तिगत विचार छन्। कसैले पनि देशका लागि सामूहिक चेतनाको आवश्यकता देखेका छैनन्। शासन शिथिल भइसकेको छ। बालुवाटार दरबारमा बसेका मानिस कोटेश्वर घर सर्न नपाएको गुनासो गर्छन्। उनको गुनासोमा अरू रमाउँछन्। लोकतन्त्रका माध्यमद्वारा जनताका आधारभूत आवश्यकता पूरागर्ने हाम्रो 'होनहार' राष्ट्रिय कार्यक्रम राजनीतिक नाराका रूपमा मात्रै अस्तित्वमा छ। व्यवहारमा अलपत्र पारिएको त्यस कार्यक्रमप्रति कसैको पनि दह्रो निष्ठा र संकल्प देखिँदैन। यसबाटै हामीले राष्ट्रका रूपमा टिक्न र विकासगर्न चाहिने सम्पूर्ण गम्भीरता गुमाइसकेको स्पष्ट हुन्छ। जनतालाई जति सकिन्छ ढाँट्ने र जति सकिन्छ छल्ने शताब्दियौं पुरानो प्रवृत्तिमा अलिकति पनि परिवर्तन आएको छैन। एकाधिकार नेपाली राजनीतिको मनोवृत्ति बनेको छ। मानिसको मगजमा टाँसिएर बसेको यो मनोवृत्ति कुनै पवित्र गंगाको पानीले धोएर पनि धोइँदैन। राष्ट्रलाई गणतान्त्रिक शताब्दी अनुकूल र सार्थक बनाउन हामीले अझै कति कुर्नुपर्ने हो?
उपल्लो श्रेणीका केही प्रतिशत नेपालीलाई मात्र राष्ट्रको अधिकांश प्रतिशत आर्थिक ऊर्जा पचाउने क्षमता दिने हाम्रो लोकतान्त्रिक व्यवस्था र हाम्रो आधुनिक आर्थिक संस्थापनका कर्णधार देश विकासको मार्गमा जुटेको दाबी गर्छन्। उपल्लो श्रेणीका केही प्रतिशत नेपालीले राष्ट्रिय उत्पादनको अधिकांश भाग खान्छन् भनेर किटान गर्ने अन्तर्राष्ट्रिय संस्थाले हामीलाई अति कम विकसित मुलुकको श्रेणीमा राखेर विकासोन्मुख भनेका छन्। हामी विकासतिर उन्मुख छौँ अथवा छैनौं? त्यो अरूले होइन हामीले जान्नुपर्ने विषय हो। पुस्तौंदेखि चलिआएको एउटा अर्तीमा समेत त हामीले सामान्य परिवर्तन गर्न सकेका छैनौ भने हामी विकासतिर उन्मुख र विमुख के छौँ? त्यो हामी आफैँले सोच्नुपर्ने विषय हो।
केही दिनदेखि मुलुकमा एउटा नजानिदो तरङ्ग फैलिएको छ। तरङ्ग निकै चिसो खालको छ। देशको नियमित आर्थिक कार्यक्रम पनि आउन नसक्ने परिस्थिति बन्दैछ। प्रतिपक्षीहरू काम चलाउ सरकारले आर्थिक कार्यक्रम ल्याउन नसक्ने अडानमा छन् भने काम चलाउ सरकारका प्रतिनिधि आर्थिक कार्यक्रम ल्याएर देशलाई संकटबाट जोगाइछाड्ने प्रयासमा लागेको बताउँदैछन्। समझदारी र मेलमिलापको बाटोबाट अलिकति पनि अगाडि बढ्न आँट नगर्ने हाम्रो राजनीतिक समाजमा यो नै अहिलेको सबभन्दा ठूलो समस्या बनेको छ। एउटा हुनु नपर्ने अघटना ठूलो घटनाको कारण बन्ने क्रममा छ। यसअघि यस्तो कहिल्यै भएको थिएन।
दोस्रो जनआन्दोलनमार्फत जनताले देशमा शान्ति स्थापनाको अपरिहार्यतालाई स्वीकार गरी सकेपछि पुनर्स्थापित संसद्मा सहभागी भएका, त्यसपछि संविधान सभाकोे चुनावमा सबभन्दा ठूलो दलका रूपमा स्थापित भएर सरकारको नेतृत्व गरिसकेका माओवादीले 'फौजी मानसिकता' नत्यागेसम्म उनीहरूको नेतृत्व स्वीकार नगर्ने खेलमा लागेका छन् ठूला दलका नेता। यस खेलको सबभन्दा रमाइलो र विसंगत पक्ष हो, ठूला दलले संविधान निर्माणका लागि सभामुखको पहलमा बनेको कार्यदलको नेतृत्व फौजी मानसिकता त्याग्न नसकेको माओवादी पार्टीका अध्यक्षलाई सुम्पिनु। फौजी मानसिकता भएको पार्टीले संविधान निर्माणको दायित्व लिन हुने, सरकारको नेतृत्व गर्न नहुने! जनता नयाँ संविधानको खोजीमा छन् र नेता सरकारको हालीमुहाली सम्हाल्ने होडमा। के हुनसक्छ यसभन्दा ठूलो विसंगति?
भाषणमा नयाँ पुराना सबै नेता भन्छन् - संविधानले लोकतन्त्रलाई संस्थागत गर्छ। व्यवहारमा संस्थागत लोकतन्त्रको पक्षमा कोही पनि छैनन्। संस्थागत शब्द विभिन्न परिभाषामा विभाजित छ। यस विषयमा प्रसंगवश कुरा चल्दा माओवादी दलसम्बन्धमा वर्तमान सरकारका एक जना उच्च राजनीतिक पदाधिकारीको टिप्पणी थियो - 'घरमा अंश खोज्ने हो भने घरको रीतिस्थिति, मानमर्यादा र कुलपरम्पराको पालना गर्नैपर्छ। तपार्इँ मेरो घरभित्र पस्ने, अनि यस्तो र उस्तो भन्ने? यो त प्राकृतिक न्यायविपरीत भयो।'
जबाफमा भन्न सकिन्थ्यो, 'श्रीमान्, जनताको आह्वान र आदेशलाई स्वीकारेर घरभित्र पस्नेले घरको छानो चुहिने भएछ भन्न पाउने कि नपाउने? परिवारका सबै सदस्य अटाउनका लागि घरका कोठा अपुग भएको भन्न पाउने कि नपाउने? ‰यालढोका साघँुरो भएको भन्न पाउने कि नपाउने? तपाईँले लगाउनु भएको टोपी उल्टो भएछ भनेर सम्झाउन पाउने कि नपाउने?' यी तर्क संचारकर्मी र बुध्दिजीवीले हजारौं पटक दोहोर्याइसकेका छन्। लोकतन्त्रका लागि माओवादीको फौजी मानसिकता जति घातक छ अरू ठूला दलको परम्परागत मानसिकता पनि उत्तिकै घातक छ। दुवै मानसिकता प्राकृतिक न्यायका विपरित छन्। यी दुई मानसिकताको अनावश्यक घर्षणले नेपाली समाजलाई कहिल्यै नटुंगिने सघन द्वन्द्वमा हेलिदिएको छ।