चिनियाँ मोडलको दीक्षा : जनतालाई धोका
०८ असोज २०७६
•
१७ मिनेट पाठ
चिनियाँ मोडलको दीक्षा : जनतालाई धोका
नेपालमा नवसमाजवादको परिकल्पना सुरु भएको छ। नेपालका कम्युनिस्ट विश्लेषक र कम्युनिस्ट बुद्धिजीवीहरूका अनेक पूर्ववत्र्ती धारणामा परिवर्तन आएको हो कि विचलनका अस्थीर आयामहरूको समुद्रमा पौडी खेल्दै अगाडि बढ्दा र भौतारिँदै जाँदा जस्तो नमुना मिल्छ त्यसैमा विचार अड्याउने उनीहरूको प्रयास हो, अहिले नै प्रस्ट भएको छैन।छिमेकी मित्र राष्ट्र चीनका शक्तिशाली राष्ट्रपतिले चीनको विकासमा अख्तियार गरेको आर्थिक राजनीतिक मोडलका पक्षमा नेपालका कम्युनिस्टहरूमाझ बहस आरम्भ भएको छ। यस बहसलाई समर्थन गर्नका लागि चीनबाट राष्ट्रपति सिका विचार विवेचकहरू, विज्ञहरूसमेत नेपालमा आएर कम्युनिस्ट पार्टीका बुद्धिजीवीलाई दिग्दर्शन गराउन लागेका छन्।

चिनिया जनकांग्रेसले राष्ट्रपति सिका विचारलाई मार्गदर्शक विचार भन्ने स्वीकार गर्दा यस विचारलाई निर्यात गर्ने योजनासमेत बनेको विज्ञहरू बताउँछन्। अर्थात् सन् १९१७ को अक्टोबर क्रान्तिपछि समाजवाद निर्यातगर्ने सोभियत रुसको असफल प्रयासको पाठका रूपमा नवीन धारको जन्म हुन लागेको छ। अर्थात् नेपालका कम्युनिस्टहरूका लागि अरु केही वर्ष आमनागरिकलाई भ्रमित पार्ने वैचारिक मसला प्राप्त भएको छ। माक्र्सले राज्य, राष्ट्र, धर्म, जातका कुनै पनि शब्द स्वीकार गरेका थिएनन्। उनी वर्ग संघर्षमार्फत् विकसित समाजवाद स्थापनाको लक्ष्यमा केन्द्रित थिए।हुने र नहुने, मालिक र मजदूरका बीचमा संघर्ष अनिवार्य हुने र त्यसपछि स्थापित वर्गीय अधिनायकत्वले अन्ततः वैज्ञानिक स्थापना गर्ने कल्पना माक्र्सको थियो।

अब नेपालका कम्युनिस्टहरूका लागि विचारको कुनै गन्तव्य नभेटिएपछि चीनका शक्तिशाली शासक सि चिनफिङको विचारको विरासत बोक्ने प्रयास हुनथालेको छ।

जग्गा, घर÷बास नभएका, श्रीसम्पत्ति नभएकाहरू, मजदूरी गरी खाने शोषित, पीडित जनता नै माक्र्सका विचारमा सर्वहारा वर्ग हुन् तर आधुनिक कम्युनिस्टहरूको शब्दकोशमा अब त्यस्तो सर्वहारा भेटिने छैन।कम्युनिस्टका नेताहरू, विचारहरू, विश्लेषकहरू नै नवधनाढ्य वर्गमा रूपान्तरित भएको अवस्था छ। सत्ता, शक्ति, सबै मदहरूको जोड नै कम्युनिस्टहरूकालागि धन आर्जन गर्ने, सुविधा लिने र रहेसहेका गरिबहरूलाई सपनाको खेती गराएर आफ्नो, आफ्ना परिवारको र आफन्तको श्रीसम्पत्तिको सुरक्षागर्ने माध्यम र लोकप्रिय नाराअन्तर्गत कम्युनिस्ट शब्दावली, समाजवाद, सर्वहारावर्ग हुन पुगेका छन्।माक्र्सवादका अनुयायी भएको र उनले परिकल्पना गरेको समाज स्थापनार्थ तत्कालीन रुसमा लेनिनले सन् १९१७ को अक्टोबर क्रान्तिमार्फत आफ्ना विरोधीलाई समाप्त पारेका थिए। बहुमतमा रहेको विपक्षीहरूको कत्लेआम गरी प्राप्त सत्तालाई उनले कठोरपूर्वक आरम्भ गरे। उनीपछि  सोभियत सत्तामा पुगेका स्टालिनले साम्यवाद निर्यात गर्ने रणनीति बनाए र पूर्वी युरोप हँुदै दक्षिण अमेरिकासम्मको यात्रा तय गरी सन् १९९०  पुग्दैगर्दा २५ देशमा कम्युनिस्ट प्रणाली स्थापित भयो।

अत्यन्त क्रूर शासकमध्ये स्टालिन र पोलपोटको नाम अग्रस्थानमा आउँछ। अहिले उत्तर कोरियाका शासकको नाम त्यसरी नै लिइन थालिएको छ। तर माक्र्सका विचारहरू एकापट्टि थन्काएर लेनिनबाट आरम्भ कम्युनिस्ट सत्ता चीनमा  माओ, भियतनाममा हो चि मिन्ह, उत्तरकोरियामा किम इल सुङ, क्युबामा फिडेल क्यास्त्रो, युगोस्लाभियामा मार्सल टिटो, हँुदै कम्बोडियामा दुर्नाम कम्युनिस्ट पोलपोट सत्ता स्थापित भयो। सन् १९९० कै हाराहारीबाट पतनको बाटोमा लागेको साम्यवादी राजनीतिक प्रणालीले पुनर्जीवन पाउन सकेको छैन। बर्लिनको पर्खाल ढल्नुअघि भत्कन लागेकोकम्युनिस्ट राज्य प्रणालीले पोल्यान्डको मजदूर आन्दोलनलाई थेग्न नसकी लोकतन्त्रको अभ्यास थालिसकेको थियो। बर्लिनको पर्खाल विनाशसँगै सोभियत संघ १५ स्वतन्त्र राज्यमा परिणत हुन पुग्यो।

देङले तियानमेन चोकमा हजारौँ विद्यार्थीमाथि बुल्डोजर प्रयोग गरी स्वतन्त्रताको माग गर्ने अनेक निर्दोष युवाको जघन्य हत्या गरेको कलंकको टीका लगाएका छन्। त्यही इतिहास हङकङमा दोहोरिने संकेत देखा परिरहेको छ।

चीनमा सन् १९४९ मा च्याङ काइसेकमाथि विजय हासिल गरी कम्युनिस्ट प्रणाली सुरु भएपनि माओत्सेतुङले समृद्धि दिन सकेका थिएनन्। चिनिया जनतालाई गरिबी वितरण गर्ने र आफ्नी पत्नी र उनका साथीहरूको महŒवाकांक्षा पूरा गर्न सांस्कृतिक क्रान्तिका नाममा सम्पूर्ण विपक्षी र प्राचीन सम्पदाको विनाश गरेका माओको अवशानपछि उदाएका देङ सियाओ पेङले चीनमा नयाँ आर्थिक नीति अवलम्बन गरे। आजको चीनको आर्थिक परिवर्तनका पिता नै देङ मानिन्छन्। देङ माओको कार्यकालमा दुई वर्षसम्म जेलमा बस्न बाध्य बनाइएका थिए। तर तिनै देङले तियानमेन चोकमा हजारौँ विद्यार्थीमाथि बुल्डोजर प्रयोग गरी स्वतन्त्रताको माग गर्ने अनेक निर्दोष युवाको जघन्य हत्या गरेको कलंकको टीका लगाएका छन्। त्यही इतिहास हङकङमा दोहोरिने संकेत देखा परिरहेको छ।

नेपाल कम्युनिस्ट पार्टीको एकीकरणलगत्तै उत्साहितयुवा बुद्धिजीवीले दश हजारभन्दा बढी युवालाई एक वर्षभित्रमाक्र्सवाद पढाउने उद्घोष गरेका थिए। त्यो उद्घोष पूरा गर्न प्रयास चलिरहेको हुनुपर्छ। वैज्ञानिक समाजवादको भ्रमको अन्त्य धेरै पहिले संसारमा भइसकेको हो। कताकति केही स्वप्नशील र समाजबाट भड्किएकाहरूले हतियारमार्फत वर्ग संघर्षको अभियान चलाइरहेका देखिन्छ र सुनिन्छ। नत्र वर्गसंघर्षबारे पाठ तयार पार्ने कार्ल माक्र्सले घोषणा गर्दै अनिवार्य ठहराइएका विचारका अनेक पुलिन्दा इतिहासको कालचक्रीय गोबरमा विलिन भइसकेका छन्। वर्ग संघर्षको परिकल्पनालाई बिस्तारै सबै कम्युनिस्टले परित्याग गरिसकेका छन्। किनभने  संसारका सबै कम्युनिस्टका नाममा स्थापित पार्टीका नेताहरू गरिब, शोषित, पीडितहरूलाई भरिया जस्ता बनाएर आफू नवधनाढ्य वर्गमा रूपान्तरित भइसकेका अवस्था छ।

कम्युनिस्टहरूको शब्दकोशमा मात्र सीमित सर्वहारा शब्दले उनीहरूकालागि कुनै औचित्य स्थापित हुँदैन। सर्वहारा वर्गको आडमा वर्ग संघर्षमार्फत विकसित समाजवादका परिकल्पनाकार कार्ल माक्र्सका अनेक मान्यतालाई गतिशीलताका आवरणमा कम्युनिस्ट नेता र नेतृत्वले नै विनाश गरिसकेका छन्। माक्र्सले राष्ट्र, राज्यको समाप्ति, जात र धर्मको अस्वीकृति तथा वर्ग समाप्तिको मार्गचित्र तयार पारेका थिए। अहिले यो मार्गचित्रको अवशेष कतै पनि भेटिँदैन। तर नेपालमा कम्युनिस्टहरूको प्रयास फेरि माक्र्सवादको मार्गचित्र कोर्नमा ब्यस्त देखिन लागेको छ। नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाललाई पहिलो चरणमा बहिष्कार अस्वीकार गर्दै व्यक्ति हत्यादेखि पछिल्लो चरणमा क्रूर हिंसा चलाएका कम्युनिस्टहरू नै अहिले नेपालको शासनसत्तामा छन्। पुष्पलाललाई अस्वीकार गर्ने उग्र जमातले मदन भण्डारीको जनताको बहुदलीय जनवादको आवरणमा लोकतन्त्र स्वीकारेको थियो।

जनताको बहुदलीय जनवादलाई तिरस्कार गर्दै माओवादीले चलाएको सशस्त्र हिंसामा सत्र हजार नेपालीको रगत बग्यो। माओवादीले प्रचण्डपथ भन्ने ससानो गोरेटो घोषणासमेत गरेका थिए। तर त्यो पनि निष्फल भयो। अब नेपालका कम्युनिस्टहरूकालागि  विचारको कुनै गन्तव्य नभेटिएपछि चीनका शक्तिशाली शासक सि चिनफिङको विचारको विरासत बोक्ने प्रयास हुन थालेको छ। यसअघिको दुई पटकभन्दा बढी राष्ट्रपति हुन नपाउने संवैधानिक व्यवस्थालाई उल्टाउँदै संशोधनमार्फत् आफूलाई लामो समयसम्मको शासक बनाउने सुविचारित योजनाका तहत चीनको विकासको मोडेल प्रस्तुत गरेका राष्ट्रपति सिको आसन्न नेपाल भ्रमणका सन्दर्भमा विचार बहसको तीव्रता देखिन लागेको छ। केही दिनपहिले चीनका विदेशमन्त्रीको नेपाल आगमनले नै राष्ट्रपति सिको नेपाल भ्रमणको पूर्वतयारी गरेको स्पष्ट गरेको थियो।

नेपालको कम्युनिस्ट आन्दोलनका निष्ठावान्, जुझारु नेता, बुद्धिजीवी लोककृष्ण भट्टराईका शब्दमा‘पुष्पलालको पदमार्गबाट शासनमा पुग्नेहरूले चीनका नेताको विचारको वैशाखीमा चढ्नु र राष्ट्रपति सिको पदमार्ग पछ्याउन खोज्नु अत्यन्त लाजमर्दो विषय हो।’ शान्तिपूर्ण संयुक्त जनआन्दोलनको मार्ग थियो पुष्पलालको। पुष्पलालले लोकतान्त्रिक शक्ति र वामपन्थी शक्तिबीचको सहकार्यबाट नै नेपालमा परिवर्तन आउने र देशको विकास हुने विचार प्रस्तुत गरेका थिए। अहिले शासनमा पुगेको कम्युनिस्ट पार्टी पुष्पलालका विचारको अनुशरण गर्दै विगतमा निर्वाचनमा सहभागी भएको हो। तर अब नेपाल कम्युनिस्ट पार्टीको रोलमोडल विचार भने चीनका राष्ट्रपतिको विचार हुन लागेको छ। अहिले चिनियाँकम्युनिस्ट पार्टीका विशेष सदस्यहरू आएर सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका सदस्यहरूलाई अबको बाटोका विषयमा प्रशिक्षित तुल्याउँदैछन्।

नेपालमा स्थापित लोकतन्त्रका सार्वभौम मूल्य छन् र यी मूल्य नेपाली जनताको कठोर वलिदान र योगदानका परिणति हुन्। चीन नेपालको अत्यन्त निकटको मित्र र भरपर्दो आधार पनि हो। चीनको राजनीतिक प्रणाली जे÷जस्तो भए पनि सम्पूर्ण नेपालीले चीनका विषयमा कहिल्यै पनि नकारात्मक सोच बनाएका छैनन्। अर्थात् छिमेकी मित्रराष्ट्र चीन सबै नेपाली जनताको मनमा समानरूपमा रहेको थियो। तर बिस्तारै चीनको कम्युनिस्ट पार्टीको नेतृत्व र नेपालको कम्युनिस्ट नेतृत्वको सरकार र पार्टी मिलेर चीनलाई कम्युनिस्ट पार्टीको मित्रमा खुम्च्याउन लाग्दै गएको स्पष्ट छ। अहिले पनि चीनमा केही दिनपहिले तीसजना मेयर÷उपमेयर अध्ययन भ्रमणमा गएका छन्। तीमध्ये दुईजनालाई छाडेर सबै नै कम्युनिस्ट पार्टीका सदस्य छन्।

चीनले नेपालको विकासकालागि आर्थिक सहयोग गर्न सक्छ। आर्थिक विकासका सन्दर्भमा केही महŒवपूर्ण सम्झौता पनि भएका छन्। भलै ती स्वप्नशील भए पनि सम्भावनाविहीन देखिँदैनन्। यसको अर्थ चीनले नेपालमा उसले गरेको आर्थिक र राजनीतिक मोडलका विषयमा शिक्षा प्रदान गर्नसक्छ भन्ने पटक्कै होइन। नेपालले अवलम्बन गरेको राजनीतिक प्रणाली र आर्थिक प्रणालीलाई सहयोग गर्नु र चीनको वर्तमान शासकीय मोडलबारे शिक्षा दिनु समान हुनसक्देैन। विगतमा सोभियत रुसले जसरी आफ्नो देशको राजनीति र विचारलाई छरछिमेकमा निर्यात गर्दै गयो त्यसले युरोपमा निरंकुश सत्ताकालागि चरम हिंसाहरूसमेत निम्त्याउने काम गरेको इतिहास छ। नेपाल सानो आकारको भए पनि चीनका लागि महŒवपूर्ण दक्षिण ढोका र सुरक्षा किल्ला पनि हो। अर्को छिमेकी मित्रराष्ट्र भारतकालागि नेपालको भूगोल चीनको भन्दा महत्वको हुन सक्छ।

अहिले त अन्तर्राष्ट्रिय समुदायले समेत नेपालको भूमिलाई चनाखो आँखाले हेरिरहेको देखिन्छ। यसरी त्रिपक्षीय महत्वको सानो देशको राजनीतिक विचारलाई विस्थापन गर्ने शैलीमा नेपालमा चीनको मोडलका विषयमा बहस चल्नु, चलाइनु कदापि उचित मानिँदेैन। नेपालको लोकतन्त्र, गणतन्त्र, संघीयतासहित परिवर्तित लोकतान्त्रिक आदर्श, सिद्धान्त, यसले वरण गरेका मूल्य, मानव अधिकार, स्वतन्त्रता जस्ता विषयलाई सुनिश्चित गर्ने तरिका चीनको वर्तमान शासकीय अभ्यास हुनसक्देैन।लोककृष्ण भट्टराईले भनेजस्तै पुष्पलालको पथबाट सत्तामा पुग्नेहरूले चीनको नियन्त्रित राजनीतिक प्रणालीको पथतिर बहस गर्नु भनेको जनतालाई धोका दिनु नै हो।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ५ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस