भारतीय निर्देशक मणिरत्नमले एउटा चलचित्र बनाएका छन्, रावण। यसले रामायणप्रतिको प्रचलित अवधारणा पूरै भत्काइदिन्छ। अभिषेक बच्चन, ऐश्वर्या राय, गोविन्दाले अभिनय गरेको 'रावण' मा रामायणसँग मिल्दोजुल्दो आधुनिक कथा छ। यसमा राम होइन, रावण नायक छ।
बाल्मीकि रामायणअनुसार रावणले बित्थामा सीता अपहरण गरेका थिएनन्। रावणकी बहिनी शूर्पनखाले रामसँग बिहेको प्रस्ताव राखिन्। रामले आफू विवाहित भएकाले लक्ष्मणलाई देखाइदिए। लक्ष्मण उर्मिलासँग विवाहित थिए। रामले प्रणय कामना गरिरहेकी युवतीको भावनामाथि यसरी खेलवाड गरे। उनी लक्ष्मणकहाँ गइन्। रिसाहा लक्ष्मणले नाक, कान काटेर फर्काइदिए। बहिनीको यही दशाको प्रतिशोध लिन रावणले सीता हरण गरे। तथापि उनले सीतासँग बिहेको आग्रहबाहेक एउटै जबर्जस्ती गरेनन्। सीतालाई सीधै अन्तःपुर नलगी अशोक वाटिकामा राख्नु र उनको इच्छाविरुद्ध कुनै काम नगर्नु रावणको उच्च नैतिकता थियो। रावणकै भाइ विभीषणको सहारा लिएर रामले रावण-हत्या गरे र सीतालाई मुक्त गराए। हरणकारीकहाँ त्यत्रो समय बसेकी सीताप्रति रामलाई शंका थियो। 'कुनै तुच्छ नारीका लागि नभई शत्रुसँग बदला लिन' लंका आक्रमण गरेको भन्दै रामले सीता वरण गर्न अस्वीकार गरे। सीतालाई 'लक्ष्मणसँग बस्ने भए बस'समेत भनिदिए। आखिर सीताले अग्निपरीक्षा दिनुपर्यो। उनी सफल भइन्। पछि फेरि धोबीको आक्षेपलाई निहुँ बनाएर गर्भवती सीतालाई उनले बाघभालुको शरणमा घना जंगलमा छाडिदिए। अन्ततः सीताले आत्महत्या गर्नुपर्यो।
माणिरत्नमको सिनेमामा भने रावणको भूमिकामा विद्रोही आदिवासी युवक वीरा छ। सिनेमामा आदिवासी रहनसहन, विद्रोहको तयारी, छापामार युद्धको अभ्यासको अत्यन्त मोहक चित्रण छ। प्रहरीद्वारा बहिनीमाथि बलात्कारको बदला लिन ऊ प्रहरी अधिकारी देवकी सुन्दरी पत्नी रागिनीलाई हरण गर्छ। १४ घन्टाभित्र हत्या गर्ने घोषणा रद्द गर्दै ऊ अपहरितको अस्मिताको पूरै सम्मान गर्छ। रागिनीसँग आकर्षित भएर बिहेको प्रस्ताव राख्छ। अस्वीकृति र तिरस्कारको बदला मानवीय व्यवहार गर्छ। शान्ति सम्झौता गर्न गएको उसको भाइलाई प्रहरी अधिकारी देव गोलीले उडाइदिन्छ। 'लंका' जलाउन आएको 'हनुमान'लाई भने पक्राउ गरे पनि ऊ मार्दैन। देवलाई जिउँदै छाडिदिने सर्तमा रागिनी वीरासँग बस्न राजी छु भन्छे। रागिनीको असीम प्रेम देखेर देवलाई ऊ जिउँदै छाडिदिन्छ र रागिनीलाई मुक्त गर्छ। प्रहरी अधिकारी भने बिटुलिइसकेकी आरोप लगाएर रागिनीलाई अस्वीकार गर्छ। निराश 'सीता' रावणकहाँ फर्कन्छे। प्रहरी अधिकारी सशस्त्र फौजसहित निहत्था र एक्लो विद्रोहीमाथि आक्रमण गर्छ। ढाल बनेर उभिएकी 'सीता'लाई पन्छाउँदै 'रावण' वीरतासाथ मृत्यु स्विकार्छ। को राक्षस, को देउता? छुट्याउने जिम्मा दर्शकलाई छाडेर चलचित्र सकिन्छ। नागरिक शनिबारमा छापिएको ब्रजेशको कथा 'महारामायण'को दृष्टिकोण पनि यस्तै छ जसमा राम र कृष्णको प्रचलित आदर्श छविको विघटन छ।
रामायणलाई असत्यमाथि सत्यको जितको कथा भनिन्छ। सुन्दा यो मिथक गजब लाग्छ तर वास्तविकता त्यस्तो छैन। इतिहास जित्नेहरूकै हुन्छ। जित्नेहरू जति अन्यायी, असती र क्रूर भए पनि असल ठहरिन्छन्। युद्धमा नमारिएका भए रावण र बाली महान् ठहरिन्थे। हारे पनि युद्ध आचारसंहिता पालनका हिसाबले ती रामभन्दा कैयन् गुणा बढी महावीर थिए।
बाल्मीकि रामायणकै स्वतन्त्र अध्ययन गर्ने हो भने विवेकी पाठकले रामलाई आदर्श मान्नै सक्दैन। विजेता भएकैले उनलाई वीर, आज्ञापालक पुत्र, मायालु दाजु, सहृदय मित्र, प्रजावत्सल राजा, मर्यादा रक्षक पुरुष आदि विशेषण दिइएको छ। उनलाई मर्यादा पुरुषोत्तम भनिएको छ। धर्मका फौबन्जारहरूले उनलाई 'विष्णु'को पूर्ण अवतार घोषणा गरेका छन्। उनीसँगै सीता, लक्ष्मण, हनुमान, दशरथ आदिलाई पनि विभिन्न देवी, देवताको अवतार भनिएको छ। विवेकलाई कुनामा नराखी हेर्ने हो भने रामको चरित्र र शासन व्यवस्था सदैव प्रश्नको घेरामा पर्छन्। बाली बध, सीता परित्याग, शम्बुक बधलाई मर्यादा पुरुषोत्तमको कार्य कसरी मान्ने? सुग्रीब र बालीको मल्लयुद्ध भइरहेका बेला सात रुखको छेको लागी वाण हानेर रामले बालीको हत्या गरेका थिए। बाबु जिउँदै हुँदा एक ब्राह्मण बालकको मृत्यु हुनुमा नारद ऋषिको संयोजकत्वमा मार्केण्डेय, मौद्गल्य, वामदेव, काश्यप, कात्यायन, जाबाली, गौतमको समितिले तपस्यारत शूद्रलाई जिम्मेवार ठहर्याएको थियो। रामले शीर्षासन गरिरहेका शूद्र शम्बुकलाई स्पष्टीकरणको मौकासमेत नदिई तपस्यास्थलमै हत्या गरेका थिए। धर्मग्रन्थ वा इतिहासले व्याख्या गरेजस्तै सबै विजेता सही र सत्य पक्षधर हुन्छन् भन्न सकिन्न। मणिरत्नमले यही पाटोमा जोड दिएर रामायणको पुनर्व्याख्या गरेका हुन्।