रामचन्द्र पौडेलले प्रधानमन्त्रीको उमेदवारी फिर्ता गर्न हुन्न भन्नेहरूको तर्कमा दम किन छ भने प्रमुख दलहरूले माओवादीसँग पर्याप्त सम्झौता गरिसकेका छन् र अब सम्झौता गर्ने पालो माओवादीको हो।
गत असार १६ गते यसै स्तम्भमा मैले त्यति बेलाको गतिरोध निकासका लागि प्रधानमन्त्री माधवकुमार नेपालले राजीनामा दिनैपर्ने तर्क गरेको थिएँ। संयोगवश, उनले त्यसै दिन राजीनामा दिए। माओवादीले नेपाल प्रधानमन्त्री भएदेखि नै उनले राजीनामा दिनेबित्तिकै गतिरोध अन्त्य हुने दाबी गर्दैआएका थिए। नेपालले बिनाबाध्यता संसद्मा पूर्ण बहुमत हुँदाहुँदै राजनीतिक निकासकै लागि भनेर राजीनामा दिए। उनको राजीनामा संविधान सभाको एक वर्ष म्याद थप्न जेठ १४ गते भएको तीन बुँदे संझौताको तेस्रो नम्बरको सर्त पनि थियो। माओवादी नेताहरूले सो सर्त पूरा भएपछि मात्र पहिलो बुँदामा उल्लेख भएझैँ शान्ति प्रक्रियाका बाँकी काम सम्पादन गर्न आफू तयार हुने बताउँदै आएका थिए। तर प्रधानमन्त्रीको राजीनामा आउनबित्तिकै माओवादीको भाका फेरियो। त्यो भाका बदलिन्छ भन्ने स्पष्टै थियो पनि। किनभने परिस्थितिअनुसार भाका बदलीबदली माओवादी यहाँसम्म आइपुगेको हो। माओवादीको त्यही रणनीति बुझेरै माओवादी 'युद्ध' समाप्त भएको टिप्पणी भैरहँदा यस स्तम्भकारले बारम्बार माओवादी युद्ध जारी छ भनेर लेखेको थियो। अहिले पनि कोही भ्रममा नपरे हुन्छ - माओवादी युद्ध जारी छ।
उनीहरूले गरेका प्रधानमन्त्री नेपालको राजीनामाको माग जारी युद्धकै परिस्थितिजन्य चाल हो भन्ने बोध हुँदाहुँदै पनि प्रधानमन्त्री नेपालले राजीनामा दिनु नै उचित हुन्छ भन्ने लागेको थियो। किनभने, उनले राजीनामा नदिएर गतिरोध जारी रहेको भए त्यसपछि उत्पन्न हुने सबै जटिलताको दोष प्रधानमन्त्री नेपाल र उनलाई साथ दिने दुई ठूला दल नेकपा (एमाले) तथा नेपाली कांग्रेसले बोक्नुपर्ने हुन्थ्यो। उनीहरूले सत्ता मोहमा र माओवादीलाई जबरजस्ती दबाउन पटक्कै लचकता नदेखाएको आरोप बेहोर्नु पर्थ्याे। अब त्यो स्थिति रहेन। माओवादीले प्रधानमन्त्री नेपालले राजीनामा दिएपछि आफूले पूरा गर्नुपर्ने शान्ति प्रक्रियाका सर्त पूरा गर्ने प्रतिज्ञा गर्दैआएका थिए। यस्तै तात्कालीन गतिरोधको पनि दुई घन्टाभित्रै समाधान निकाल्न सकिने दाबी गर्दैआएका थिए। ती दुवै प्रतिबद्धता तिनले पूरा गर्न चाहेनन्। त्यो पनि तिनको जारी युद्धकै आर्को परिस्थितिजन्य चाल थियो। अब माओवादीले नेपाली कांग्रेसका प्रधानमन्त्री उमेदवार रामचन्द्र पौडेले उमेदवारी फिर्ता नलिएसम्म समस्या समाधान नहुने जिकिर गर्न थालेका छन्। यो माओवादीको आर्को चाल हो र कथंकदाचित पौडेलले उमेदवारी फिर्ता लिए भने माओवादीले आफैँ या आफूले चाहेको व्यक्ति सत्तामा पुग्ने वातावरण सिर्जना नभएसम्म नयाँ परिस्थितिका आधारमा नयाँ सर्त अगाडि सारिरहने छन्।
यति भइसकेपछि आफ्ना प्रतिबद्धतामा इमानदार भएको नदेखिएसम्म अन्य दलले माओवादीलाई थप छुट दिनुपर्ने कुनै कारण छैन। संसद्मा बहुमत हुँदाहुँदै कुनै बाध्यताबिना राजीनामा दिएर प्रधानमन्त्री नेपालले ठूलो छुट दिइसकेका छन्। त्यसपछि प्रमुख दलहरूले माओवादीलाई सत्ताको नेतृत्व दिनै नचाहेको भए त्यो अनुपयुक्त मानिन सक्थ्यो। उनीहरूले शान्ति प्रक्रियाका मुख्य सबाल माओवादी लडाकु व्यवस्थापनका विषयमा ठोस सहमति भएपछि माओवादीकै नेतृत्वमा सरकार बने पनि आफूहरूलाई आपित्त नहुने बताउँदै आएका छन्। माओवादीहरूले भने लडाकु व्यवस्थापनका विषयमा पनि आफूले चाहेअनुरूप नै दलहरूलाई गलाउन खोजिरहेका छन्। शान्ति प्रक्रियाका लागि माओवादी नेतृत्वमै सरकार बन्नु राम्रो हुन्थ्यो तर महत्वपूर्ण सबालहरू कुनैमा पनि ठोस संझौता नगर्ने र कुरैकुरामा अरूलाई अलमलाउन चाहने हो भने माओवादीलाई कसैले पनि पोल्टोमा सत्ता हालिदिने छैन। लडाकु समायोजनबारे माओवादीले नै चाहेअनुरूप हुनुपर्ने, बहुमतप्राप्त प्रधानमन्त्रीले माओवादी चाहनाअनुसार राजीनामा दिनुपर्ने अनि हुनुपर्ने विषयमा सहमति नभईकनै रामचन्द्र पौडेलले प्रधानमन्त्रीको उमेदवारी पनि फिर्ता लिनुपर्ने? अतिको पनि सीमा हुन्छ। माओवादी अतिको साझेदार बनेका छन् नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल। खनालले भनेझैँ सहमतिको सरकारबिना शान्ति स्थापना संभव छैन तर तालैपिच्छे सहमतिको ठोस खाकाबिना नै माओवादीले जेजे भन्यो अरूले त्यही, त्यही मान्नुपर्ने भने हुनै सक्दैन। पर्याप्त समय हुँदो हो त माओवादीले अग्रीम संझौता नगरे पनि सरकारको नेतृत्व उनीहरूलाई दिएर शान्ति प्रक्रियाका शर्त पूरा गर्न दबाब दिनु राम्रो हुनेथियो। किनभने सरकारको नेतृत्व गर्दाको जिम्मेवारीले बाध्यता सिर्जना गर्थ्याे। अटेर गरेको खण्डमा सरकार ढालिदिँदा कसैले केही भन्ने ठाउँ नै रहने थिएन। अन्य दलहरूले त्यसो गर्न चाहेनन्, त्यो भिन्दै हो। अब त त्यसो गर्नै चाहे पनि पर्याप्त समय छैन।
त्यसैले, सहमतिकै आधारमा अघि बढ्ने माओवादीको चाहना हो भने शान्ति प्रक्रियाका मूल सबालमा तिनले ठोस कदम नचाली र अर्को प्रधानमन्त्री को बन्ने भन्नेमा अग्रीम सहमति नगरी रामचन्द्र पौडेलले कुनै पनि हालतमा उमेदवारी फिर्ता लिन हुँदैन भन्ने तर्कमा राम्रै बल छ। प्रमुख दलहरूले माओवादीसँग पर्याप्त सँझौता गरिसकेका छन्। माओवादीलाई देशमा भएको परिवर्तनको जगेर्ना गर्ने र शान्ति प्रक्रिया जोगाउने चाहना भए अब संझौता गर्ने पालो उसैको हो। संझौताको इमानदार प्रयास गर्दागर्दै पनि अन्य दलले माओवादीलाई सत्तामा पुग्नबाट रोक्नकै लागि या तिनलाई दबाउनकै लागि निहुँ खोजे भने उनीहरूलाई दोष दिनुपर्छ। अन्यथा, अबका कुनै पनि अनीष्टको दोष मूलरूपमा माओवादील्यै लिनुपर्ने हुन्छ। त्यतिबेला ६०१ जना सभासद सबैलाई दोष दिन पनि मिल्दैन।
पछिल्ला साताहरूमा माओवादीले लडाकु व्यवस्थापन र संविधान लेखनमा केही गम्भीरता देखाएको भान परेको छ तर ठोस परिणाम नदेखिएसम्म उत्साहित हुन सकिँदैन। लडाकु व्यवस्थापन र संविधान लेखनका लागि बाँकी समयमा ती कार्य सम्पन्न नभए के हुन्छ भन्ने विश्लेषण हुन थालिसकेको छ। राष्ट्रपति रामवरण यादव स्वयंले समयमा शान्ति पक्रिया पूर्ण नभए परिस्थिति दलहरूको नियन्त्रणबाहिर जानसक्ने चेतावनी दिएका छन्। त्यस्तो स्थिति आएका खण्डमा सेनापति प्रकरणमा २२ दलको सहमतिमा उठाएको कदम जस्तै राष्ट्रपति यादवले तिनैको सहमतिमा त्यस्तै कदम उठाउने प्रबल संभावना रहन्छ। त्यस्तो कदमलाई भारत र अमेरिकाजस्ता देशले पूर्णसमर्थन गर्नेछन्। माओवादीबाहेकका सबै प्रमुख दलको सहमतिमा राष्ट्रपतिले त्यस्तो कदम चाले भने त्यसले राजनीतिक मान्यता पनि पाउने छ र त्यो कदम संवैधानिक थियो या थिएन भन्ने विषय कानुनी बहसमा सीमित हुनेछ। सर्वोच्च अदालतले त्यस्तो कदमको संवैधानिकताबारे फैसला गर्नु अगावै परिस्थिति धेरै अगाडि बढिसकेको हुनेछ। त्यो स्थिति आउनु अर्को रूपको द्वन्द्व निम्त्याउनु हो।
‘जनयुद्ध'बाट अहिले ‘जनविद्रोह'का कुरा गर्न थालेका माओवादीले शान्ति पक्रिया भंग भए के हुन्छ भन्ने आकलन गरेकै होलान्। हेर्दा, तिनको आकलन त्रुटिपूर्ण रहेको देखिन्छ। नत्र त तिनको व्यवहार सुझबुझ र कूटनीतिक हुन्थ्यो। बारम्बार चीन धाएर, भारतलाई पूर्णरूपमा चिढाएर, देशभित्रका प्रमुख दलहरूलाई सधैँ धोखा दिएर अनि स्वतन्त्र विश्लेषक र बुद्धिजीवीबीच विश्वसनीयता गुमाएर माओवादीले राष्ट्रपति, उनलाई साथ दिने दलहरू र सेना सबैको शक्तिको सामना गर्न सक्लान्? के त्यस परिस्थितिमा तिनले गर्ने जनविद्रोह सफल होला? कि त्यतिबेला देश अर्को चरणको लामो द्वन्द्वमा प्रवेश गर्ला? पूर्व राजा र राजावादी अनि चीनसँग बढेको भनिएको साँठगाँठले माओवादीलाई त्यस्तो परिस्थितिमा सत्ता कब्जा गर्न मद्दत गर्ला? माओवादीले यी प्रश्नको उत्तर खोज्नु जरूरी छ। तिनले सर्वसाधारणको सोचबाहिरका योजना तयार पारेका छन् र त्यस्तो परिस्थितिमा आफ्नो प्रभुत्व कायम हुने आकलन गरेका छन् भने बेग्लै हो। नत्र माओवादीले लडाकु व्यवस्थापनका प्रश्नमा दलहरूसँग सक्दो छिटो सहमति गर्नुपर्ने हुन्छ, जसले रामचन्द्र पौडेललाई प्रधानमन्त्रीको उमेदवारी फिर्ता लिन बाध्य तुल्याउनेछ र वर्तमान गतिरोधलाई पनि निकास दिनेछ। होइन भने घड्किँदै गएको समय माओवादीका लागि अनुकूल होलाजस्तो छैन।